ध्रुवशरण ढुंगाना
बुटवल
ओमवाणी ३० पाैष
माघे संक्रान्ति एउटा यस्तो पर्व हो नेपालमा वस्ने प्राय समुदाय हरुले आफ्नै मौलिकताले मनाउने गर्दछन् । माघ महिनको पहिलो दिन मनाउने पर्व लाई माघे संक्राति माघि भनिन्छ । यो पर्व प्राय ओकार परिवार भित्रका सवैले हर्षोलास पूवर्क मनाउने गर्दछन् । हाम्रो देशमा योलाई पर्वलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी, खिचडी, आदि नामले मनाउने गरिन्छ । नेपाली हरुले मनाउने यो चाडँ नेपालको एक प्रमुख चाड हो । पहाड, तराई, मधेस सबै तिर यो पर्व आफ्नै मौलिकता ले मनाउने पर्वको रुपमा पनि यो पर्वले पहिचान वनाएको छ । यो पर्व सवैले आ–आफ्नो रीति–रीवाजले मनाउछन् । माघे संक्रान्तिका दिन नेपाल भर नदी, संगम, त्रिवेणी आदि पवित्र स्थल हरुमा स्नानगर्ने भक्त तथा श्रद्धालु हरुको घुईचो लाग्ने गर्दछ । स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डुु र तरुल खाने र खुवाउने पनि गरिन्छ, । वैदिक ग्रन्थ धर्मसिन्धु, भविष्यपुराण आदि ग्रन्थहरुमा माघे संक्रान्तिका दिन स्नानगरी घिउ, चाकु, तिलको लड्डु, तरुल, कन्दमुल, कम्मल सहित सिधा दान गर्ने हो भने सुख शान्ति मिल्ने र खाएमा शरीर पोषिलो हुने कुराको चर्चा गरिएको छ ।
हाम्रोदेश मात्र नभएर भारत, श्रीलंका, थाईलेन्ड, म्यनमार,कम्वोडीया, लाओस आदि देशमा पनि माघे संक्रान्ति मनाउने गरिन्छ । भारतमा मकर संक्रान्ति, श्रीलंकामा उझवर,तिरुनल , थाईलेन्डमा सोकरण, म्यनमारमा थिद्ययान, कम्बोडीयामा मोहा संगक्रान, लाओसमा पि मा लाओ भनेर माघे संक्रान्ति मनाउने गरिन्छ । माघे संक्रान्तिमा देवघाट, रिडी, त्रिवेणी तथा नेपालका धेरै तीर्थस्थलहरुमा भव्यमेला लाग्ने गर्दछ । माघे संक्रान्तिमा स्नानको अतिनै महत्व रहेको धार्मिक गुरुहरु वताउनु हुन्छ ।
के गरिन्छ माघे संक्रान्तिमा ?
माघे संक्रान्तिको दिन उिहाँनै उठेर धार्मिक आस्था सहित श्राद्ध पूर्वक नदी तथा तीर्थस्थलहरुमा गइ स्नागर्ने परम्परा छ । माघमा स्नानको ठूलो महत्व रहेको धार्मिक ग्रन्थहरुले उल्लेख पाइने गर्दछ । यसदिन तीलको लड्डु खाने प्रचलन पनि रहेको छ । तरुल कन्दमुल हरु खाने तथा यस बाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, अदुवा, चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ । कतिपय सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन् । उक्त दान आफ्ना लागि वा पितृहरूका लागि पनि दान गर्ने परम्परा रहिआएको छ । तीलको परिकार खाने र तिलको परिकार दान गर्ने गरिन्छ ।
माघे संक्रान्तिका दिन मेला लाग्ने विशेष स्थान
माघे संक्रान्तिका दिन मुलुकका विभिन्न स्थानमा मेला लाग्ने गर्दछ । नवलपरासीको त्रिवेण्ीधाम, चितवन र तनहुँको सिमान कालीगण्डकी नारायणीको संगम देवघाटधाम, सुनसरीको बराहक्षेत्र, गुल्मीको रिडी, काभ्रको पनौती र दोलालघाट, झापाको कन्काई, ताप्लेजुङ तथा पाँचथरको सीमानामा पर्ने प्रसिद्ध धार्मिक नदी काबेली, इलामको माइबेनी तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्दछ । यसै गरि लुम्बिनी प्रदेशको दाङको रिहारमा पर्ने वगार वावाको मन्दिरमा भव्य मेला लाग्ने गर्दछ ।
माघीको तिल उपयोगी
तिलको परिकार खानु स्वास्थ्यको दृष्टिले पनि लाभ हुने आयुर्वेद ग्रन्थ हरुले वताएका छन् । तिललाई आयुर्वेदमा तिललाई गर्मि प्रकृति, गैस सामक, दिमाग तथा हृदयलाई तागत प्रदान गर्ने भनिएको छ । तिललाई अग्रेजीमा सेसेमी भन्ने गरिन्छ । तिल संसारमा पाँच प्रकारको सेतो, पहेलो, खैरो, रातो र कालो तिल रंगको पाइन्छ । संसारमा सवै भन्दा धेरै तिल आयात गर्ने देश जापान हो भने निर्यात गर्ने देश भारत हो । तिलमा प्रोटीन, विटामिन,फाइवर भरपूरमात्रामा पाईने हुन्छ भने यसमा कैल्शियम, फास्फोरस, मैग्नेशियम, आयरन, विटामिन बि वान्, बी थ्री, बी सिक्स, मात्रा र कोलेस्ट्रोल कमगर्ने फीटोस्टेरोलको मात्रा पाइने गर्दछ । त्यसैले पनि तिल हाम्रो शरीरको लागि आवश्यक रहने देखिन्छ । कालो तिल स्वाथ्यको लागि अतिनै उपयोगि हुने जडीवुटीका अनुसन्धानकर्ता योगी धर्ममहारथ जी वताउनु हुन्छ उहाँँका अनुसार तिलको प्रयोगले ढाँड, हड्डी तथा पोषणको लागि तिल अतिनै राम्रो हुने हुन्छ । योगी वताउनु हुन्छ – “ दिमाग कमजोर भएका हरुले तिल खानले धेरै लाभ हुन्छ यस्तै धेरै श्रमगर्ने हरुले पनि थकान हटाउन को लागि तिलको प्रयोग चमत्करी हुने हुन्छ र तिलखानले कुपोषण हटेर जान्छ” । उहाँँ भन्नु हुन्छ युरिकेसिड तथा अधिक मोटोपना भएको व्यक्तिले तिल सेवन गर्नु हानिकारक हुन सक्छ । तिल यस्तो अन्नहो यो त्यति चाडै खराव हुदैन भने यस खेतिका लागि श्रमपनि अधिक खर्चहुदैन यसलाई चटनी, छोप, लड्डु, तिल पट्टीको रुपमा प्रयोग गरिदै आएको छ । सायद माघ अति जाडो हुने भएका कारण सर्दीवाट वच्नको लगि तिलको परिकार खाने परम्पराको विकास भएको हुनसक्ने जानकार हरुको तर्क छ ।
माघे संक्रन्तिको ज्योतिषीय मान्यता
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मान्ने गरिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ज्योतिष केशवप्रसाद गौतमका अनुसार सूर्य मकर राशिमा प्रवेश गर्ने भएकारण यो दिन दान पूण्य गर्ने गरिन्छ किन भने शनि र सूर्यको मित्रता राम्रो छैन शनिको घरमा सूर्य प्रवेशगरे पछि कुनै प्रकारको अनिष्ट नहोस् भन्नको लागि नै दान पुण्य तथा स्नान तथा संगम नदि तलाउ तीर्थ स्नान गर्नाले उक्त दोष वाट वच्न सकिन्छ । किन भने सूर्य उष्ण रष्मि भएको ग्रह मानिन्छ यसको तपवाट वच्नको लागि स्नान गनुपर्ने गौतम वताउनु हुन्छ । शास्त्र अनुसार दक्षिणयनलाई देवताको रात्री अर्थात् नेगेटिभ इनर्जीको प्रतिक मानिन्छ , उत्तरायणलाई भने देवताको दिन अर्थात् पोजेटिभ इनर्जीको प्रतिक मानिन्छ उत्तरायणमा गरेको पूजाब्रत प्रतिष्ठा राम्रो हुने ज्योतिषीय ग्रन्थ मुहूर्तचिन्तामणी उल्लेख भएको पाईन्छ । तेसैले पनि माघ संक्रन्तिका दिन जप, तप, ध्यान, स्नान, श्रद्धा, तर्पण आदिको विशेष महत्व छ । मकर संक्रान्तिदेखि सूर्य उत्तरतर्फको मार्ग हिड्न थाल्छन् । अर्थात गर्मी मौसमको सुरुवात हुन्छ । दिन लामो हुदै जान्छ भने रात्री छोटो हुदै जाने हुन्छ अन्धकार कम हुन्छ र सूर्यको प्रकाश तेजहुन सुरु गर्दछ । तेज र प्रकाश नै मानवको सवैभन्दा ठुलो उर्जा भएको कारण प्राणिको चेतना र कार्यशक्तिमा समेत वृद्धि हुने हुन्छ ।
थारुसमुदायको माघी
थारुसमुदायमा माघी भनेर माघे संक्रान्ति मनाउने गरिन्छ । माघीकै दिनवाट नयाँ काम सुरुहुने तथा नयाँ बर्षसुरु हुने बिश्वास गरिन्छ । माघीको दिन आफ्नो चेटीवेटी वोलाएर मिठा–मिठा परिकार खुवाउने रमाइलो गर्ने, धमार गाउने परम्परा थारु समुदायमा रहेकोछ । माघ १ गते वाट नयाँकामसुरु गर्ने , मुखीया चुन्ने , घरपरिवारका दाजु भाइ भेला भई अव आगामि दिनमा कसरी आगाडी बढ्ने भन्ने कुराको सल्लाह पनि गर्ने परम्परा छ । थारुकल्याणकारी सभाका रुपन्देही जिल्ला अध्यक्ष सतीसकुमार चौधरीका भन्नु हुन्छ माघी थारु समुदयमा नयाँ वर्षकोरुपमा मान्ने गरिन्छ, उहाका अनुसर माघीको दिन पहिले परम्परा देखिनै खेति किसानीमा व्यस्त हुने भएकाकारण यसदिन “बोध–बाँध” गर्ने , बर्ष दिनको कार्य योजना वनाउने , गाँउको मुखीय (बढ्घर) चयन गर्ने गरिन्थो तर अहिले भने यस्ता कार्यहरु कमहुदै गएको छ । पश्चिमका केही स्थानमा भने अहिले पनि यो प्रथा रहेको उहाँँ वताउनु हुन्छ । चौधरीका अनुसार पहिलेको भन्दा अहिले माघीमनाउने प्रचलनमा केही अन्तर आएको छ पहिले घर घरमा मनाउने गरिन्थो भने अहिले सामुहिक रुपमा नाचगान मेलाको अयोजना गरेर हर्षोल्लासका साथमा मनाउन थालएिको छ । चौधरी भन्नु हुन्छ माछा नभईकन हाम्रो समुदायमा माघी मनाई दैन माघीमा विषेशरुपले ढीकरी, केकडा (गँगटो) झिगेंमाछा घोगी हुन पर्ने विश्वास रहेको छ । चेटीवेटी वोलाउने र खुवाउने पनी गरिन्छ आउन नसकेका चेलीवेटी हरुको लागी भनेर खिचडी पुयाउने पठाउने परम्पर कायमै रहेको चौधरी वताउनु हुन्छ । माघीले ठुलोसानो धनी गरीव सवै लाई भेदभाव रहीत समाज निर्माण गर्न सहायोग पुग्ने सतीसकुमारको बुझई छ ।
माघे संक्रान्ति मगर समुदायको राष्ट्रिय पर्व
माघे संक्रान्ति मगर समुदयले पनि भव्यरुपमा मनाउने गर्दछन् माघेसंक्रान्ति मगरहरूको राष्ट्रिय पर्वको रुपमा चिनिने गर्दछ । माघे संक्रान्ति मनाउने प्रचलनमा भने पूर्व र पश्चिम मगरहरू बीचमै पनि भिन्न विशेषता रहेको नेपाल मगरसंघ रुपन्देहीका अध्यक्ष आन् बहादुर सोती वताउनु हुन्छ – सोतीका अनुसार पहिले–पहिले तीन दिन सम्म मनाउने गरिन्थो तर आज भोली समय र छिटो छरितोले गर्दा एकै दिनमा मनाउन थालिएको छ । कहीकाहि त अहिले पनि तीन दिनमनाउने गरिन्छ । सोती भन्नु हुन्छ – “ हाम्रो समुदायमा माघे संक्रान्तिका दिवंगत पितृहरुको संझनागर्ने गरिन्छ मरेको तिथी थाहा नहुने तिथीमा पितृ सझननपाउने हरुले पनि यसदिन खोला नदिमा स्नान गरेर उनको संझना स्वरुप खिचडी अथवा मुठी चढाउने प्रचलन छ ” सोतीका अनुसार संक्रान्तिको दिन चेलीवेटी बोलाएर खुवाउने यदी चेलीवेटी आउन सकेनन् भने उनिहरुलाई अनकुल पर्ने दिनका दिन संक्रान्तिको भाग भनेर खुवाउने प्रचलन पनि रहेको छ । परिकार हरुमा बिषेश वारा (वटुक) नामे , वन तरुल वाक्से खुवाउने र खाने प्रचलन रहेको सोतीको भनाई छ । बालकहरू धनु काँड खेल्ने, तारो हान्ने, माघे संक्रन्तिको अर्को रौनकको रुपमा पनि देख्न सकिन्छ । वन तरुल तथा तरुल बिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले तरुल आदि को जोहो पहिले देखिनै गर्ने गरिन्छ । एक आपसमा प्रेम साटा– साट यसरी माघेसंक्रान्ति मगर समुदायमा रमाइलो र भव्यताका साथ मनाउने गरिन्छ ।
#माघे_संक्रान्ति