सामाजिक एकाताको मूल आधार – हाम्रा पर्व र ब्रत संस्कार

187

चक्रपाणि गौतम
कुनै पनि मानव, समुदाय र देशको सांस्कृतिक एकताको निर्माण त्यस देशको मूल्य ,आदर्श ,प्रेरक सिद्धान्त एवं प्रेरक मान्यताबाट बनेको हुन्छ । यी चिजहरु जति सुदृढ,ब्यापक ,उदार र जिवन्त हुन्छन त्यस देशका मानव समुहको सांस्कृतिक र सामासजिक एकता पनि त्यति नै सुदृढ ,स्थिर र अविचल हुन्छ । यसर्थ हाम्रा ब्रत पर्वहरु संस्कृतिका अंग उपांगहरु हुन । व्रत पर्व जस्ता कर्महरु मानवजीवनका ब्यबहारका केन्द्रबिन्दुका रुपमा रहेका पनि हुन्छन । यीनै केन्द्रविन्दुका चारैतिर भावना ,विचार विश्वास तथा धार्मिक भावनाहरुको विस्तार भएर मानव सामुहिक रुपमा एकताको सुत्रमा बांधिने प्रयास गर्दछ । सांस्कृतिक एकरुपताको संस्कृतिले नै मानवलाई ब्यष्टिको सीमित दायराबाट हटाएर सामुहिक अथवा समष्टि सम्पन्न बनाउदछ ।
सनातन संस्कृतिको मुख्य तत्व उसको धार्मिक परम्परा हो र यो परम्पराको ईतिहास अति प्राचीन छ । ऋग्वेदको पृथ्वीसुक्तमा बताए अनुसार “ हाम्रो मातृभूमिले अनेक प्रकारका जन र जनसमुदायलाई धारण गरेकी छिन । र यी समुदायहरु अनेक प्रकारका भाषा बोल्नुका साथै अनेक प्रकारका धर्म पनि मान्ने गर्दछन” । परन्तु सनातन संस्कृतिको अन्तरात्मा यस्तो विविधतामा पनि कहिल्यै आक्रान्त बनेन । यहांका ऋषीमहर्षीहरुले समाजमा रहेका विविधताको मूलमा लुकेको एकताको रहस्यलाई खोजी गरेर पर्वउत्सवका रुपमा स्थापित गरिदिए जो आज पनि सांस्कृतिक एकतालाई स्थापित गर्न सफल भएका छन । सनातन संस्कृतिमा त्यस्तो कुनै दिन हुदैन जुन दिन कसनै ब्रत पर्व या उत्सव नहोस । हाम्रो देश धर्म प्राण देश हो । आध्यात्मिक उर्जा यस देशको कण काणमा समाहित छ । हाम्रो संस्कृतिको समबन्ध आध्यात्मदर्शन , देवदर्शन र आरोग्यतासंग जोडिएको छ । यस कारण यसकारण समन्वयात्मक संस्कृति हाम्रो समाजको आत्मा हो । मेची देखि महाकाली मात्र हैन सांस्कृतिक रुपले एक मानिएको भारतबर्षलाई पनि अध्ययन गर्ने हो भनें अनेक स्थानमा हरेक समय कुनै न कुनै ब्रत पर्व र उत्सव चलिरहेका हुन्छन ।सनातन संस्कृतिका साथ नेपालमा पनि सांस्कृतिक एकता अनुस्युत देखिन्छ । हाम्रा तीर्थस्थल मठ मन्दिर वा नदीतटहरुमा आयोजना हुनै सबै प्कारका चाडबाड उत्सव मेलामा आम जनसमुदाय आप्mनो भाषा भेषभूषा सबै बिर्सिएर स्वतस्पूmर्तरुपमा सबै सहभागी हुन्छन र सांस्कृतिक एकताको सहज प्रदर्शन गर्दछन । यसकारण नेपाल कुनै भौगोलिक ईकाई या हिमाल पहाड र तराई जस्ता भौगोलिक सुगम या दुर्गमताकोे विभाजन हैन । यो देश त सांस्कृतिक आकर्षण र एकताको समष्टिगत रुप हो ।र यो देशको एकताको मूल सूत्र नै यहांको सांस्कृतिक विविधता र विविधतामा एकता हो । समाज र राष्ट्रको एकताका कारक हाम्रा ब्रत र पर्वहरु हुन । यस आलेखमा हामी यस्तै केही ब्रत पर्वहरुको समीक्षा गरौ ।
माघे संक्रान्ति
सनातन संस्कृतिमा सौरमास गणना अनुसार दशौ महिना र चन्द्रमास गणना अनुसार एघारौ महिना माघ महिना भनिन्छ । यो महिनामा मघा नक्षत्रले युक्त पूर्णीमा र सूर्य मकर राशीमाा प्रवेश गर्ने भएकाले यो महिनालाई माघ महिना भनिएको हो । ज्योतिष शास्त्र अनुसार सूर्यले आप्mनो कक्ष परिवर्तन गरेर दक्षिणायण बाट उत्तरायणको यात्रा प्रारम्भ गर्दछन । जुन राशीमा सूर्यको कक्ष परिवर्तन हुन्छ त्यसलाई संक्रमण वा संक्रन्ति भनिन्छ । शास्त्र अनुसार संक्रान्ति पर्वमा श्नान दान जप यज्ञ गर्दा पुण्य प्राप्त हुन्छ । आचार ग्रन्थहरुका अनुसार श्नान गर्दा पुण्य आर्जन हुनुका साथै स्वास्थ्यलाभ पनि हुन्छ । सूर्य मकर राशिमा प्रवेश गर्दा उत्तरायण प्रारम्भ हुन्छ अयन परिवर्तनको संक्रमण (संक्रन्ति) अरु संक्रान्ति भन्दा विशेष हुन्छ । उत्तरायण पछि अचानक गर्मी प्रारम्भ हुने संभावना अधिक रहन्छ ।संक्रान्तिका दिन श्नान गरेर जप या आप्mनो इष्ट देवताको एकाग्र चिन्तनले आगामी ऋतुकालिक मौसम परिवर्तन र यसबाट हुने कठिनाईबाट बच्ने ईच्छाशक्ति प्राप्त हुन्छ । यसकाराण जपको महत्व सर्बदा उपयुक्त मानिन्छ । माघे सग्रातीका दिन नदीकिनारमा गएर नुहाउने नियम रहेको छ । सूर्य पूर्व क्षितिजमा आप्mना प्रभावशाली अरुण आभा प्रवाह गर्दै ब्रह्म मुहुर्तमा अमृत तत्वलाई संचार गरिदिन्छन यसकारण चिसै भए पनि मकर संक्रान्तिको बिहानको श्नान अति ताप र उत्साह बर्धक मानिन्छ । स्वास्थ्यका दृष्टिले हेर्ने हो भने ब्रह्म मुहुर्त नुहाउनका लागि सधैभरी अति उपयुक्त समय हो । प्रात काल पृथ्वी अति शान्त रहेको हुन्छ । सूर्योदयसंगै सूर्यरश्मीहरु क्रमसः जल , बायु र प्रकृतिमा समाहित हुन्छन र बस्तुमा रंग प्रबाहित गरिदिन्छन र आफै पनि सप्तरंगी बनिदन्छिन । यो अवस्थामा सूर्यरश्मी संश्लिष्ट जलश्नानले शरीर पवित्र बनाई दिन्छ र बाह्य अस्वस्थता समाप्त गरिदिन्छ । यस दिन नदी किनारमा कपडा र खानेकुराहरु दान गर्ने विधान रहेको छ । स्वभावैले जाडो महिनाका लागि उपयुक्त हुने न्याना कपडा दान गर्नु पुण्यको काम हो नै । दान गर्नाले धन घट्छ भन्नु स्वार्थी चिन्तन हो । दान यथासक्य गर्नु पर्दछ शास्त्रलेआपूmलाई नहुदा नहुदै अरुलाई दान गर्नु भन्दैन पनि । आपूmसंग भएको संम्पत्तिको दशांस दान पुण्य हो भन्दछ शास्त्रले, यसकारण दान यथाशक्ति गर्नु पर्दछ । अर्को कुरा संसाधनमा कसैको अधिकार हुदैन ।शास्त्र अनुसार पृथ्वीमा उब्जिएको कुनै पनि बस्तु आवश्यकता भन्दा अधिक राख्नु अपराध हो । संसाधनको अति भण्डारण रुपी पापबाट बच्न दान अनिबार्य छ । र मकर संक्रान्ति जस्तो विशेष र महत्वपूर्ण समयमा संरक्षित अन्न धन र कपडा दान गर्नु आध्यात्मिक र मानवीय दुबै दृष्टिकोणबाट उपयुक्त हो । संक्रान्ति कै दिन शरीरलाई तरोताजा र स्पूmर्ति राख्न विभिन्न प्रकारका सख्खरबाट बनेको चाकु , तीलका लड्डु ,तरुल सेवन गर्ने नियम छ । शिशिर याममा पाकेका यी खाद्य वस्तु वास्तवमै रक्तशोधन र शरीको मल नाश गर्ने हुन्छन यसकारण माघे संक्रन्तिमा भोजनको पनि महत्व बर्णन गरिएको हो ।
माघे संक्रातिका दिन विशेष गरेर नदी किनारहरुमा मकर मेला लाग्ने गर्दछ । ठूला नदीहरुमा विभिन्न स्थानबाट आएका श्रद्धालुहरु एक साथमा श्नान गरेर आपसमा आ आप्mना क्षेत्रमा उत्पादित बस्तुहरु किनबेच गरेर धन मात्र कमाउदैनन भिन्नभिन्न स्थानका विशेष बस्तुहरुको प्रबद्र्धनमा समेत सहयोग पुर्याछन । अलग अलग स्थानका भेसभुसा ,बोलीचाली र शिष्टाचार आदानप्रदान गर्ने तौर तरीका एकै ठांउमा सिक्ने मौका मिल्दछ । यस कारण बिभिन्न नदी किनारमा लाग्ने माघे मेलाले सांस्कृतिक समन्वय कायम गर्न अतुल्य सहयोग गर्दछ ।
स्वस्थानी व्रत
चन्द्रमास गणना विधिअनुसार पौष शुक्लपक्ष पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनाभरि श्रीस्वस्थानी व्रतकथा सुन्दै दैनिक शुद्ध सात्विक अन्न भनेजन गरेर शिव–पार्वतीको पूजा गरी व्रत समाप्त गर्ने नियम छ । यो पर्व शिव–पार्वतिको अटुट, अमर प्रेमको द्योतक पर्व हो । आधुनिक अतिभौतिकवादी दृष्टिकोणमा आपूm अनुकुल नहुंदा सबै मर्यादा र सामाजिक नियमलाई उल्लंघन गरेरै भएपनि केवल भौतिक र शरीर सुखका लागि स्वविवेकले निर्णय गर्ने नियम रहिआएको छ । पति–पत्निबीचको सम्बन्धजति दृढ र प्रेममय रहन्छ त्यति नै पारिवारिक प्रेम र सामाजिक संगठन मजबुत हुन्छ । दाम्पत्य सम्बन्ध आत्मिक पनि हो र यो सम्बन्ध जस्तोसुकै विषम परिस्थितिमा पनि अटुट रहनुपर्दछ भन्ने सन्देश श्रीस्वस्थानी व्रतकथाले हामीलाई दिन्छ ।
श्रीपञ्चमी (सरस्वती पूजा)
सनातन धर्म अनिवार्य नियम हो शिक्षा र त्यसको सदुपयोग । आहार, निद्रा, डर र यौनक्रिया यी चिजहरु सबै प्राणीमा समान रुपले रहेका छन् । संसारका सबै प्राणीमा प्राकृतिक गुणहरुका रुपमा रहेका यी चार तत्वदेखि भिन्न विद्या र नया“ कुराको खोज र अनुशीलन गर्ने प्राकृतिक गुण नै मानिसलाई पशुताबाट श्रेष्ठतातर्फ उन्मुख गराउने माध्यम हो । त्यसैले प्राचीन कालका ऋषि–महर्षिहरुले निर्णय गरेर भनिदिए “विद्या विहीन” पशु अर्थात विद्या वा ज्ञान नभएको वस्तु नै पशु हो । यसकारण मानिसले आफूलाई पशुताबाट माथि उठाउनका लागि विद्या अध्ययन र त्यसको अनुशीलन गर्नुपर्दछ ।
सनातन संस्कृतिमा ज्योतिर्गणना विधिलाई आधार मानेर कुनै पनि कर्मको आरम्भ गर्न उचित समयको निर्धारण गरिन्छ । ब्रह्माण्डमा भएका ग्रह, नक्षत्र र तारा समूहरु र यसबाट प्रवाहित हुने शूक्ष्म रश्मीको प्रत्यक्ष प्रभाव मानव मनमा स्वतः पर्दछ । मानव शरीर ब्रह्माण्डमा भएका उर्जाका स्रोतहरु सूर्य चन्द्रमा आदि ग्रह र नक्षत्र समूहको समष्टिगत रुप हो , बेदान्तले यो विषयलाई पुष्टि गर्दै भन्दछ “यत पिण्डे तत् ब्रहमाण्डे” अर्थात् ब्रह्माण्डमा भएका ग्रह नक्षत्रहरुमा जे–जे तत्वहरु छन् हाम्रो शरीरका विभिन्न भागहरुमा तिनै तत्वहरु छन् । यसकारण मानव शरीर ब्रह्माण्डको समष्टिगत र सानो रुप हो । यसर्थ ब्रहमाण्ड र यसको रहस्यका बारेमा समुचित ज्ञान हासिल गर्न आफ्नै शरीर संरचनाका विषयमा जानकारी हुनु आवश्यक हुन्छ । आकाशमा भ्रमणशील ग्रह–नक्षत्रहरु परिवर्तन हुंदा कुनै निश्चित समयमा ब्रहमाण्डीय उर्जा (अयकmष्अ भलभचनथ) को प्रबलता रहन्छ ।
पञ्चमी तिथिलाई पूर्णा तिथि भनिन्छ भने माघ महिनामा सूर्य विषुवत रेखाबाट मकर राशिमा प्रवेश गरिसकेका हुन्छन् । यस समयमा सूर्यका अदृश्य किरणबाट प्राप्त हुने जीवन प्रदायक किरणबाट प्रकृति र पर्यावरणमा पनि अति सकारात्मक प्रभाव परिरहेको हुन्छ । मकर राशिमा रहेका सूर्य र पञ्चमीका पूर्णचन्द्रमाका अग्निसोमात्मक शीतताप समन्वयको समुचित प्रभावले अन्न आदि पनि प्रचुर मात्रामा फल्ने भएकाले श्रीपञ्चमी सबै काम आरम्भ गर्नका लागि शुभ भनिन्छ ।
श्रीपञ्चमीका दिन रतिकामको पूजा गर्ने नियम पनि छ । वसन्त ऋतुमा पाकेर तयार हुने रवि फसलहरु यस समयमा ढकमक्क पुलेका हुन्छन । वनमा पला“सको फूलले पनि अलौकिक सौन्दर्य र दिव्य आभा फैलाइरहेका हुन्छन् ।
यसरी प्रकृति पुष्पित र पल्लवित भएका बेला मानवमन स्वतः विपरीत लि¨ीप्रति प्रवृत्ति हुने भएकाले नवयुवा–युवतिले मर्यादापूर्वक आपसी प्रेमलापको संकेत गर्नु अनुकूल समय मानिन्छ । विवाहित वा नवविवाहित दम्पतीले भने कामोपकभोग गर्दै उत्तम रुप, गुण र चरित्रले युक्त सन्तान प्राप्तिको प्रयास गर्न अनुकुल हुन्छ ।
श्रीपञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वस्ती पूजा गरेर कार्य आरम्भ गर्नुपर्छ किनकी ज्ञान बिनाको कर्म जहां र जहिले पनि धाराशायी हुनसक्छ । यस कारण विद्याकी अधिष्ठात्रीको पूजा गरेर कार्य आरम्भ गर्नु उत्तम मानिन्छ ।
महाशिवरात्रि
कात्र्तिक कृष्णपक्ष चतुर्दशी तिथिको रात्रिलाई महाशिवरात्रिका नामले सम्बोधन गरिन्छ । शिव साक्षात्कार भएको यो दिन शिव पूजन व्रत उपवास गरेर रात्रि जागरण बसी शिवपूजन गर्नाले सबै मनोकामना पूजा हुनुका साथै मृत्युपछि शिव सायुज्यता प्राप्त हुने शास्त्रमा वर्णन गरिएको छ । शिवरात्री कृष्ण पक्ष र रात्रीमा हुनुको अभिप्राय पनि अति बैज्ञानिक रहेको छ । शुक्ल पक्षमा चन्द्रमा सबल रहेका हुन्छन भने कृष्ण पक्षमा क्षीण रहन्छन अनि औशी तिथिमा चन्द्रदर्शन हुदै हुदैन । यसरी मनको अधिष्ठाता देवता चन्द्रमा अदर्शनीय भए पछि यसको प्रभाव समस्त प्र्राणीमा पर्दछ । चन्द्रमाका सुमधुर रश्मी रहित रात्रीमा स्वाभाविक रुपले तामसी बृत्तिको बृद्धि हुन्छ र मानव लगायत सबै प्राणीमा आपराधिक भावना बढदछ ।यही भावनालाई आध्यात्मिक भाषामा भुत प्रेत भनिन्छ । भुत प्रेतका नियन्त्रक भगवान शिव भएकाले चन्द्रमाको रश्मीको अभावमा प्राणीको मनमा जाग्ने कुत्सित भावना निवारण गर्न यो रात्रीमा शिव (कल्याणकारी आत्मानुसन्धानका अधिष्ठाता देवता ) उपासना गरिन्छ ।
रात्रि कालमा जागरण गरेर मनलाई ईश्वरमा समाहित गराउनु नै योग हो । रात्रिको समय हामी निद्रारुपी क्षणिक आनन्दमा त रमाउंछौ । यद्यपि निद्रा आलस्यको अर्को रुप पनि हो । रातको निरव र शान्त परिवेशमा आलस्य त्याग गरेर ब्रहमाण्डको सूक्ष्म अंशरुपी शरीरभित्र रहेको दिव्य शक्ति र सो शक्तिको स्रोत परमेश्वरको चिन्तन गर्न जति असहज दिन हुन्छ त्यति नै सहज रात्रि हुने भएकाले शिव पूजा गरेर शिव साक्षात्कार गर्नका लागि रात्रिको समय सर्वोत्तम मानिन्छ । योगीहरु रात्रिमा शिवचिन्तन गरेर कैवल्य मुक्ति प्राप्त गर्न समर्थ हुन्छन् भने गृहस्थहरु यही रात्रिमा शिवको पूजा गरेर सबै चन्द्रमा रहित रात्रीमा हुने मनोविकारलाई समाप्त पार्दै आप्mना सम्पूर्ण मनोकामना पूरा गर्न सक्दछन । शिवरात्रीको सारभूत रहस्य यही हो ।
होली पर्व
अतिभौतिकवादी सोच राखेर विधाताको विधानको उपहास गर्दै संसारमा आफ्नो मात्र साम्राज्य स्थापना गर्ने चिन्तन भएको व्यक्तिभित्र आफू प्रतिकूल व्यवहार गर्ने जो कोहीप्रति पनि सद्भाव र सदासयता रहंदैन । आफ्न दृष्टिकोणलाई मात्र राज्यको कानुन बनाउने एकात्मवाद नै अतिभौतिकवादी सोच पनि हो । सत्ययुगको उत्तरार्धमा हिरण्यकश्यपमा यही दुर्गुणको विकास भयो । आफूले आर्जन गरेको शक्तिको घमण्डमा शक्तिप्रदातामाथि नै कहर बर्साउन थालेपछि त्यस्तो अलोकतान्त्रिक र स्वयम्भू शक्ति संचालन विधिको शान्त र विधिसम्मत रुपले प्रतिरोध गर्ने आफ्नै छोराको हत्याको प्रयास गर्न पनि चुकेन । यसै पापकर्मको प्रतिफल शक्तिमान हिरण्यंकश्यप शक्तिहीन (मृत्यु हुनु नै शक्तिहीन हुनु हो ईश्वर सर्वशक्तिमान भइकाले कहिल्यै मर्दैैन) बन्नुप¥यो । पौराणिक कालको यही अति सुखदायी दिनलाई सम्झना बनाएर मनाउने होली पर्वको लौकिक र पारलौकिक दुवै प्रकारको महत्व रहिआएको छ ।
होली पर्वको अघिल्लो दिन सा“झपख होलीका दहन गर्ने परम्परा रहिआएको छ । विभिन्न प्रकारका कपडा र ज्वलनशील पदार्थबाट बनेको होलिकाको प्रतिकृति (चीर) जलाएर खुशी मनाइन्छ । गा“उभरिका बालबालिका, युवायुवती एवं वृद्धवृद्धा सहभागी भएर होलिका दहन गरेपछि त्यही आगो घरघरमा लगेर रवि फसलका अन्न भुटेर खाने चलन छ । होलिका दहनपछि बालकहरु हातमा हतियार लिएर शस्त्र अभ्यास गर्छन । यो शस्त्र अभ्यास ले बाल बालिकाहरुमा निर्भिकताकोे विकास गर्न सकिन्छ र गांउ, समाज र राष्ट्रमा आइपर्ने आपत कालमा शस्त्र अभ्यास गरेको व्यक्ति प्रयोग हुन समर्थ हुन्छ । यसरी सनातन परम्परामा हरेक नागरिकले सैन्य अभ्यासको अनिवार्यतालाई पनि विधान गरेको छ । पूर्णिमा तिथिका दिन इष्टदेवको आरधना गरेर पलासको फूलबाट निर्माण गरिएको अबीर चढाई त्यही अबीर मान्यजनलाई खुट्टामा र प्रियजनलाई मर्यादापूर्वक शरीरमा दलिदिने नियम छ । आयुर्वेद अनुसार पला“सको रुख आफैंमा सर्वगुण सम्पन्न र अनेक रोग नाश गर्ने औषधि पनि हो । यसको पुष्पबाट बनेको अबीरको प्रयोगले सबै प्रकारका चर्मरोग निको हुन्छन् । यसकारण होली पर्वमा केवल पला“स पुष्पको अबीर मात्र प्रयोग गर्ने विधि ग्रन्थहरुमा उल्लेख छ । यद्यपि देशाचारका आधारमा यो पर्व मनाउने शैली केही फरक–फरक भए पनि समष्टिमा पर्वको महत्व प्रेम, सदभाव र आपसी मनमुटावको समाप्ति नै हो ।
रामनवमी
चन्द्रमास गणना पद्धतिअनुसार चैत्र शुक्लपक्ष प्रतिपदादेखि नयां वर्ष आरम्भ हुन्छ । यही प्रतिपदादेखिका नौ दिनलाई चैत्री नवरात्र अथवा चैत्रदशै पनि भनिन्छ । नववर्षको शुभागमनसंगै व्यापारी, कारोवारी र आम सर्वसाधारणले रामायणका दिव्य कथा श्रवण गरी शक्ति उपासना गर्दै आफ्नो व्यापारको नया हिसाव–किताब सुरु गर्छन् । जसरी रोगीलाई नमारी रोगलाई मार्नु बुद्धीमानी मानिन्छ त्यसरी नै शोषकलाई नमारी शोषणबृत्तिलाई मार्नु शासनको उद्देश्य हुनु पर्दछ । दण्ड विधानको उद्देश्य अपराधिसंग बदला लिने नभई उसको अन्तरात्मा शुद्धि गराउनु हो । समाजमा व्यापत शोषणबृत्ति नहटाउने हो भने कुनै पनि शोषित वर्ग भित्रै शोषकबृत्ति उत्पन्न हुन्छ जसरी भ्यागुतालाई सर्पले च्यापिरहेको हुन्छ तर पनि त्यस विसम परिस्थितिमा भ्यागुगो छिचिमिरो खांदै हुन्छ, यसको मतलब स्पष्ट छ ः समाजमा अन्तिम शोषकको पहिचान कहिल्यै हुन सक्दैन । त्यसकारण सबैको मनमा ईश्वर छ भन्ने भावनाको पूर्ण विकास गर्न सकियो भने मात्र मानवमनबाट शोषणबृत्ति समाप्त हुन्छ अनि राज्य र समाजको समुचित उन्नति हुन्छ । यसभावनाले मात्र कोही कहिल्यै अन्यायमा पर्दैन भन्ने रामराज्यको अवधारणा स्थापित गरेर धर्मपूर्वक राज्यसत्ता संचालनको शिक्षा प्रदान गर्न भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा रामनवमी पर्व मनाइन्छ ।