आज मिति २०७७ जेष्ठ १२ गते सोमवार तदनुसार २५ मई २०२०

445

ॐवाणी

आज मिति २०७७ जेष्ठ १२ गते सोमवार तदनुसार २५ मई २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, गृष्मऋतु , जेष्ठशुक्लपक्ष, तिथिः– तृतीया ४७ घडी ३० पला, रात्री १२ वजेर १२ मिनेटसम्म , नक्षत्र मृगशिरा १ घडी ३१ पला विहान ५ वजेर ४७ मिनेट सम्म पश्चात् आद्र्रा , योग – धृति , करण – तैतिल आनन्दादीयोग – आनन्द , चन्द्रमा – मिथुन, सूर्य– बृषराशिमा , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १२ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५० मिनेटमा ।
चन्द्रमा – पश्चिम दिशामा ।
योगिनी – आग्नेय दिशा ।
कालराहु – वायव्य दिशामा ।
दिशाशूल– पूर्वमा ।
राहुकाल – विहान ६ वजेर ५४ मिनेट देखि ८ वजेर ३६ मिनेट सम्म । अशुभ
यमघण्टा – विहानको १० वजेर १८ मिनेट देखि मध्यान्न १२ वजेर १ मिनेट सम्म । अशुभ
गुलीककाल– दिनको १ वजेर ४३ मिनेट देखि ३ वजेर २६ मिनेट सम्म । सौम्य
अभिजितमुहूर्त – विहान ११ वजेर ३४ मिनेट देखि १२ वजेर २८ मिनेट सम्म । शुभ

मेष (चु,चो,चो,ला,ली,लु,ले,लो,अ)
नयाँ कामको सुरुवात गर्न आजको दिन राम्रो रहेको छ । कामहरु बन्दै जानेछन । मित्रहरू संग मिलनको योग छ । मीठो भोजन स्वाद लिन पाईनेछ, आज सम्बन्धी लेन देनको कार्य को लागि राम्रो दिन रहेकोछ । धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा लिन सकिनेछ । वौद्धिक तथा लेखन क्षेत्रमा प्रगति गर्नु सकिनेछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।उपाहार तथा धन प्राप्ति होला, बिद्यामा उन्नति हुनेछ, व्यसायमा प्रगतिको पथमा लम्किनेछ । हिम्मतमा वृद्धि होला , सहयोगीले भरपूर साथ दिनेछन् ।

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न हुनेछ । आफन्तहरूबाट असहयोग प्राप्त होला । धनक्षय हुनेछ, काममा सफलता मिल्ने छैन । अनावश्यक नसोँचेको कार्यमा धन व्यय होला । दूर दराजबाट अशुभ समाचार पनि आउन सक्नेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरू हुनेछन् । व्यवसायमा घाटा होला । सकारी कामकार्यहरू अधुरा हुनेछन्, स्वास्थ्यमा नमी आउनेछ , प्रेममा असफता हात लाग्ला । अफन्तनै विरोधी होलान् , आँखामा समस्या न आउला भन्न सकिन्न । यात्रा खर्चिलो हुँनेछ, चोट पटको योग रहेकोले साबधान रहनु पर्नेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । मनमा बनेका योजनाहरूले स्थान पाउँन सक्नेछन् । रोकिएका कामहरू सुचारु हुने छन् । कर्यमा तिव्रता वेश होला । कर्मको फल प्राप्त हुनेछ, आफन्तको सहयोग मिल्नेछ, सामाजिक सेवामा मन लाग्नेछ स्वगृही बुधले गर्दा बोलीको प्रभाव बढ्नेछ । विद्यार्थी तथा किरानाका व्यापारीहरूका लागि आजको दिन विशेष फलदायी देखिन्छ । तपाईको प्रसंसा गर्ने प्रसस्त भेटिने छन् । भोज तथा उत्सवमा सहभागी भइनेछ । चुनौति पूर्ण काम पनि सहजै पूरा होलान् ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद होला । यात्राको अवसर देखिएता पनि यात्रा हुनुभने कठीन देखिन्छ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । आँखामा विकार आउन सक्छ । कार्ययोजनाहरू अधुरै रहनेछन् खानपानमा विशेष सतर्कता अपनाउनु होला । विद्यार्थीहरूका लागि आजको दिन खासै शुभ रहेको छैन, आजको दिन सकेसम्म कम मेलजोल तथा वाद–विवाद कमै गरेको राम्रो ।मानसिक क्लेश रहला, चोट पटक लाग्न सक्छ सावधानी अपनाउनु पर्नेछ । सहजकाम पूरा गर्नु पनि मेहनत गर्नुपर्ला  ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
रोग, शोकबाट छुट्कारा मिल्ने छ, मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ भने स्त्रीका लागि पुरुषको सुख मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुने छ । दीर्ध लाभका कार्योजनाहरूका बिषयमा कुरा चल्नेछन् । स्वास्थ्य राम्रो रहनेछ । विद्यार्थीहरूको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट हल्का आम्दानीको योग देखिन्छ । वित्तीय कारोवारीहरुको लागि राम्रो दिन हुन सक्छ । बिद्यामा रुचि वढेर जाला धन लाभ होला, नजीकि यात्र फलदायी हुनेछ । वाणिज्य व्यवसायवाट लाभ लिन सकिनेछ , वाहनवाट लाभ लिन सकिन्छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
राजकीय कार्यबाट फलदायी हुनेछ, पिताको सहयोग तथा स्नेह प्राप्त होला । व्यापर व्यवसाय कसरी चलाउने भन्ने कुराको विकास होला यान तथा बाहनबाट सुख मिल्ने छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा रुचि जागेर जानेछ । राम्रो खवर सुन्नमा आउनेछ । धन जोडीनेछ प्रेममा सफलता मिल्ने छ । कार्य सहजै सफल होला, मानसिक शान्ति मिल्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आफन्त तथा भाइवन्धुहरू संग मन मुटाव हुनसक्छ, व्यवहार गर्दा सजगता राम्रो होला । गर्नलागेको काममा भाग्यले साथ नदेला । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो हुन्छ । मन अस्थिर तथा चञ्चल रहनेछ । कुनै पनि काममा सफलता मिल्ने छैन । अध्ययन क्षेत्रबाट कुनै प्रकारको उपलब्घी हातमा आउने छैन । जमीनमा विवाद श्रृजना हुन सक्छ ।प्रेममा झन्झट खेप्नु पर्ला । घर छिमेकमा वाद विवाद पर्न सक्छ । मान हानि हुनसक्नेछ, पेटमा समस्या आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
चोट पटको भएले सताउला, वहान तथा यानमा सावधानी अपनाउनु पर्नेछ । घरयासी झै–झमेला आउन सकछ,मेहनतका साथ गरेको काम सफल हुने छैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । माल सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । स्वास्थ्यमा अचानक खरावी आउन सक्छ । खाना पिनामा सजकता अपनाउनु होला ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
घर परिवारमा रमाईलो वातावरण वन्नेछ , नयाँ परिकारको स्वाद लिन सकिनेछ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेम सफल हुने दिन छ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् । चौपाया तथा कृषिबाट सफलता मिल्नेछ , नजीकि यात्रा अर्थ पूर्ण रहनेछ । अध्ययन अध्यापनको लागि राम्रो दिनछ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्ने छ । शत्रु पराजित हुनेछन । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमीहरू सगँ व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरूका लागि आजको दिन राम्रो रहेको छ । व्यवसायबाट फाइदा हुनेछ । दुखीलाई सहयोग गर्ने मानसिकता वन्नेछ । आजको दिन चिन्ता स्वतः चिन्तनमा परिणत हुनेछ, कल्पना तथा सृजनाशक्तिमा अभिबृद्धि होला । ठुला व्यक्तिको संगत होला, सन्तानले प्रसन्नता दिनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरूपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरूपमा विवाद उत्पन्न हुन सक्नेछ । खानपानमा ख्याल गर्नुहोला । योजनाहरु गुप्त राख्नु पर्ने हुन्छ । विद्यामा सहज तरिकाले प्रगति हासिल हुनेछैन । स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । व्यवसायमा बाधा व्यवधान आउने हुन्छ , स्वजनमा बिवाद बढ्न सक्ने ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । शरीरमा वायु विकार देखापर्ने छ । चिसोका कारण स्वास्थ्यमा समस्या आउने छ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैचारिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । अचल सम्पत्तीलाई चलाउनु राम्रो हुदैन । बिद्यार्थीहरुका लागि मध्यम दिन देखिन्छ । आज तँपाईको स्वाभिमानमा दखल दिनेहरु सल्वलाउनेछन्, मन अशान्त हुने भएकाकारण मनलाई शान्त गर्नुको लागि आध्यात्मिक सहारानै सर्वोत्तम हुन्छ ।