लाइसेन्स हेरेरमात्र चिना देखाउन जानुहोला लामिछाने

509


ज्योतिष शास्त्र आम जनमानसमा आकर्षणको विषय बनेको छ । आफ्ना काम भविष्य र योजनाहरुका संभावना असंभावना आदिको जिज्ञासु मनोबृत्ति भएका संसारका सबै मानिसहरु यस विधामा आकर्षित हुन्छन । मानिसको यो मनोभावलाई लक्षित गरि हाल ज्योतिष विद्याका अनेक प्रकारका फलादेश गर्ने ज्योतिषीहरु पाईन्छन । कतिपयले यसलाई व्यवसायिक रुप नै पनि दिएको पाईन्छ । नेपालमा पनि ज्योतिषीहरु संस्थागत रुपले काम गर्दै आईरहेको २५ वर्ष पूरा भई सकेको छ । यसै विषयमा केन्द्रीत रहेर नेपाल ज्योतिष परिषदका कोशी प्रदेश अध्यक्ष विश्वप्रकाश लामिछानेसंॐवाणि कर्मी रक्षा ढुंगानाले गरेको कुराकानी ।
प्रश्न स्वागत छ हजुरलाई , नेपालमा ज्योतिषीहरु संगठित हुनुपर्ने आवश्यकता किन पर्यो ?र यो संगठनको उद्देश्य के हो ?
उत्तर प्रश्नका लागि धन्यवाद छ । ज्योतिष विद्या अनन्तको विद्या हो । यसका आयामहरु धेरै छन । यो विधाले नछोएको पाटो र पक्ष कुनै पनि छैन । योग शिक्षा आयुर्वेद पुराण ,कृषिविज्ञान वास्तु लगायतका अनेक विधा यस विज्ञानका अंगहरु हुन । एकैजना व्यक्तिले यी सबै विधामा दक्षता हासिल गर्न सक्ने कुरै भएन तर जीवनको कुनै पनि पनि समस्या एक अर्का विधामा आधारित रहेरमात्र समाधान गर्न सकिन्छ । अलग अलग विधाका ज्योतिषीहरु संगठित भए भनें यो विद्याको महत्व गरिमा र प्रभावकारिता बढछ भन्ने उद्देश्यले पनि हामी संगठित भएका हौ । संगठित रुपले ज्योतिषका सबै विधाको उपयोग गर्दा समाजमा सकारात्मक प्रभाव पर्दछ अनि शास्त्रका अनेक आयामहरुको पनि रक्षा हुन्छ भन्ने बुझ्नु पर्छ ।
प्रश्न हाल ज्योतिष शास्त्रको दुरुपयोग बढेको छ , मानिसको मनोभाव र विश्वासको अचुचित फाईदा उठाउने ज्योतिषीहरु बढेका छन भन्ने गुनासाहरु पनि धेरै सुनिन्छन नि ?
उत्तर हो हामीले पनि यस्ता गुनासाहरु सुन्ने गरेका छौं । हाम्रो परिषदमा अवद्ध भएका ज्योतिषीहरुमाथि हामी निगरानी खवरदारी पनि गरिरहन्छौं । नियमित सेमिनार तालिम आदि पनि नेपाल ज्योतिष परिषदले दिईरहेको छ । र औपचारिक अनौपचारिक दुवै क्षेत्रबाट आएका ज्योतिषीहरुलाई उनीहरुको क्षमता हेरेर लाईसेन्स पनि दिईरहेका छौ । ज्यो विधा सानु तिनु मेहनेतले दक्षता हासिल गरिहल्ने विधाचाहि हुदै होईन तर पनि पछिल्लो समय यस विज्ञानप्रति धेरैको रुचि बढेका कारण हामीले यस विज्ञानका आधारभुत कुराहरु अति सरलतापूर्वक सिकाएर सर्वसाधारणलाई सामान्य विषयको जानकारी गराउन सक्ने बनाएका छौ ।
प्रश्न एकै जना व्याक्तिको कुण्डली हेरेर फरक फरक ज्योतिषीले भिन्ना भिन्दै फल र उपाय बताउने गरेका गुनासाहरु पनि सुनिन्छन नि एउटै विद्यामा यस्तो फरक कुरा कसरी भएको हो ?
उत्तर अति सान्दर्भिक कुरा सोध्नु भयो । ज्योतिषमा कसैको कुण्डली हेरेर उपदेश दिनु सबै भन्दा कठिन कार्य हो । कुनै पनि कुण्डलीको सटिक फलादेश गर्न यसका मान्य र आधारग्रन्थहरु अध्ययन गरेकै हुनुपर्छ । ज्योतिष पढने र तपाईलाई ग्रहफल बताउने मानिसमा धैर्यता अध्ययनशीलता , हुनै पर्छ । ज्योतिषीले जे भन्छ त्यसमा विश्वास त गर्नै पर्छ र व्यक्तिले विश्वास गर्दछन पनि तर आवश्यकता अनुसार चिना देखाउन आउने व्यक्तिलाई आधारग्रन्थहरुको प्रमाण पनि देखाउन सक्नु पर्दछ । आज भोली मनोमानी ढंगले मनगढन्ते फलादेश गर्नेहरुको संख्या अति धरै बढेको छ त्यस्ता नाममात्रका ज्योतिषीहरुसंग विश्वासगरेर ठगिएकाहरु पनि धेरै हुनुहुन्छ त्यसकारण पनि हामीले लाईसेन्सको व्यवस्था गर्ने पर्छ भनेर हामीसंग आवद्ध हुनेलाई ज्योतिष पढाएर योग्य बनाएर लाईसेन्स दिन सुरु गरेका छौ । जो ज्योतिषी असंगठित छ उसमा कुनै न कुनै तुस छ भन्ने बुझे हुन्छ ।
प्रश्न ः बिभिन्न प्रकारका धामी झांक्री माताहरु पनि ग्रह लागो भागो आदि हटाउन भनेर आफ्ना थान बनाएर बसेका पाईन्छन यसमा परिषदको अवधारणा के छ ?
उत्तर ः अति सान्दर्भिक कुरा सोध्नु भयो , मैले अगाडि नै भनिसकें यो ज्योतिष विधामा मानिसको फलादेश गर्ने विधि धेरै छन । वेदले निर्धारण गरेको गणितका आधारमा ग्रहहनक्षत्रहरुको स्थिति , अवस्था आदि हेरेर प्रमाणिक रुपले यसका आधारग्रन्थलाई अध्ययन गरेर ऋषिमुनिहरुले भनेका कुराहरुलाई भन्ने बिधि सबै भन्दा प्रमाणिक विधि हो , यस बाहेक सामुद्रिक शास्त्र अन्तर्गत मान्छेको हातका रेखा , शरिरको लक्षण , मस्तक रेखा आदिवाट पनि भाग्य भविष्य र कर्तव्याकर्तव्यका बारेमा विवेचन गर्न सकिन्छ । ज्योतिषशास्त्रकै अर्को विधा प्रश्नशास्त्र अन्तर्गत प्रश्नकर्ताले प्रश्नगर्दा तत्कालका ग्रह लग्न नक्षत्र आदिका आधारमा फलकथन गर्ने विधि पनि शास्त्रीय विधि नै हो । व्यक्तिको कुनै पनि जन्म विवरण नभएको अथवा आपतकालको अवस्थामा प्रश्नशास्त्रवधिबाट पनि सटिक र प्रमाणिक फलादेश गर्न सकिन्छ नै । ज्योतिष कै अर्को विधि हो शकुनशास्त्र । मानवजीवनमा व्यक्तिगत वा सामूहिकरुपले आईपर्ने आपदा वा सुख समृद्धि आदिका विषयमा प्रकृति पर्यावरण पशुपंक्षी र हामी स्वयंको अन्तश्चेतनाले पनि सकेत गर्दछ । त्यस्ता किसिमका संकेतलाई बारम्बार मनन गरेर हुने परिघटना र अनुभवका आधारमा पनि फलादेश गर्न सकिन्छ यो नै शकुनशास्त्र अन्तर्गत पर्दछ । प्रकृति पर्यावरणको शुभ अशुभ उर्जासंकेत र त्यसको प्रभाव र आईपर्ने बिघ्नबाधा टार्नका लागि अपनाईने बिधि अन्तर्गत धामी झांक्री माता आदिको विधामा पर्दछ ।तर यो धामी झांक्री बन्ने कार्य त्यति सजिलो छैन । यो बिधा ठूलो साधना तपस्या आचरण आदिलेमात्र प्राप्त गर्न सकिन्छ ।बैदिक तन्त्रको अति महत्वपूर्ण पाटो धामी झांक्री आदिको यो बिधालाई अचेल धेरै दुरुपयोग गरेको पनि पाईएको छ । नेपाल ज्योतिष परिषदले असली साधना गरेका त्यस्ता तान्त्रिकहरुलाई आफ्नो संस्थामा आबद्ध गरेर यसको सदुपयोग गर्दे सेवाग्राहीलाई लाभान्वित बनाउन पहल गरिरहेको छ । धामी झांक्रीले अपनाउने तन्त्रबिद्या परामनोविज्ञानको एउटा अंग पनि हो । यसलाई धेरैले दुरुपयोग गरेको पाईन्छ । प्राय धामी झांक्रीहरुमा रुखो बोलीबचन , अशुद्ध शब्दचयन , तामस प्रकृतिका द्रव्यप्रयोग आदि देख्न पाईन्छ ।यसको कारण मानवचेतनाको स्थानीय उर्जाप्रति मोह वा आकर्षण हो । त्यसैले धामी झांक्रीहरुले स्थानीय वा व्यक्तिको जन्म आदि भएका स्थानका फलपूmलहरु खोज्ने गर्छन । तर पनि हामीले यो बिधा प्रयोग गर्नेहरु शास्त्रसम्मत चल्न नसकेको पाएका छौ र सबैलाई साधना गर्न प्रेरित गरिरहेका छौ । कतिपय धामी आफूलाई धामी झांक्र भन्नेहरु मनोरोगगले ग्रस्त भएको पनि पाएका छौ । यसको कारण उसको चिन्तन अपेक्षा तिलस्मी कुराको सोच , आफू असाधारण बन्न पाए हुने थियो भन्ने सोचले पनि यस्तो बनाउदछ । यसकारण हामीले धामी झांक्रीहरुकोमा जादा धेरै बिचार गरेरमात्र जानु पर्दछ । धामी वास्तव मै साधना गरेर बनेको हो हैन । उसको पारिवारिक पृष्ठभूमि के हो भन्ने कुरा बुझेरमात्र जानु पर्दछ ।
प्रश्न ः अन्त्यमा हाम्रा पाठकहरुलाई केही सन्देश ?
उत्तर ः ज्योतिष विद्या दर्शन आधारित विद्या हो । यसलाई तर्कले पुष्टि गर्न सकिन्छ । ज्योतिषको उद्देश्यभ नेको मानिसलाई सत्कर्ममा लाग्न प्रेरित गराउनु हो यसकारण सबैले नेपाल ज्योतिष परिषदले परिचयपत्र दिएका वा नेपाल सरकार मातहतका विश्वविद्यालय गुरुकूलमा ज्योतिष अध्ययन गरेका ज्योतिषीहरुको संभव भएसम्म परिचयपत्र हेररमात्र परामर्श लिन जानु होला । यसो गर्नु भयो भनें यो शास्त्र प्रतिको तपाईको भरोसा सधै कायम रहि रहन्छ ।