चक्रपाणि गौतम
यही माघ ८ गते भारतको अयोध्यामा मर्यापुरुषोत्तम श्रीरामचन्द्रको मन्दिर निर्माण भईसकेर भगवान श्रीरामको मूर्ति प्राणप्रतिष्ठा सम्पन्न हुदैछ । हिन्दु धर्मशास्त्रको ज्योतिष गणना विधि अनुसार त्रेतायुगको अन्त्यतिर भगवान श्रीरामको जन्म भएको हो । धर्मपरायण सूर्यवंशी राजाहरुको कुलमा राजा दशरथका पुत्रका रुपमा साक्षात भगवानले राम अवतार लिएर पृथ्वीमा अन्यायी र पापी राजाहरुलाई समाप्त गरि धर्मस्थापना गरेका कुराहरु विभिन्न कालखण्डमा रचना गरिएका रामायणहरुमा वर्णन पाईन्छ । रामायण जस्ता काव्यधर्मिताको मर्यादामा रहेर लेखिएका ग्रन्थहरुका आधारमा आभन्दा लगभग ९ लाख ५० हजार वर्ष पहिले भारतको सरयु नदीछेउमा रहेको अयोध्यामा श्रीरामको जन्म भएको थियो भनेर सरयु नदी र रामजन्मस्थलको आसपासका क्षेत्रहरुको पनि वर्णन पाईन्छ । यसरी अयोध्यामा ईश्वरले रामका रुपमा अवतार लिएपछि यो क्षेत्रलाई वेद पुराण अनि दर्शनलाई आफ्नो जीवनको आधार मान्ने सनातनी हिन्दुहरुले मोक्ष दिने पुण्यक्षेत्रका रुपमा गौरवसाथ स्विकार गर्दै आएका छन ।
रामायणकथा अनुसार अवधक्षेत्रमा जवदेखि सूर्यवंशी रघुकूलले आफ्नो कुलीन परम्पराका रुपमा राज्य व्यवस्था सचालन गर्न थाल्यो त्यस समयदेखि प्रजालाई उचित न्याय प्राप्त थियो । राजा र राजनीति आफै न्यायपरायण भएपछि प्रजामा देशभक्ति इमान्दारिता कर्तव्यनिष्ठा आदि स्वतः हुने नै भयो र रघुकूलमा राज्यको न्यायप्रणाली अति उत्तम रहेको थियो । त्यसबेला अवधको राज्यसीमा धेरै ठूलो थिएन । अवधभरिका प्रजा अति सुखि त थिए तर सत्ययुगमा स्थापित भारतवर्ष जुन भारतवर्षका सम्पूर्ण क्षेत्रहरुका प्रजा अवध झै सुखि र खुसी थिएनन । विद्वानहरु पनि विद्याको दुरुपयोग गरेर कमजोरलाई शोषण गर्दथे । सामन्तहरु प्रजाबाट लिएको करको व्यक्तिगत भोग विलास र सुखसयलका लागि उपयोग गर्दथे । शक्तिशाली पुरुष र राजाहरु स्त्री धन मद मदिरा आदिमा आशक्त थिए । धर्मको बाटोमा हिड्ने ऋषिमुनिहरुलाई पनि कुत्सित बिचार भएका मानिसहरुले दुःख दिईरहन्थे । यज्ञ यागादिको अपव्याख्या गरेर प्रबुद्धहरु धन संग्रह गर्नका लागि यज्ञ गर्ने गर्दथे । प्राणिमा धर्मको भावना समाप्त भई सकेको अवस्था थियो यसै बेला अवधको अयोध्यामा राजा दशरथको घरमा मर्यादापुरुषोत्तमका रुपमा श्रीरामको जन्म भयो ।
श्रीरामले जहिले पनि पारिवारिक सामाजिक र राजनैतिक रुपमा पालना गर्नु पर्ने मर्यादापालन गरिरहनु भयो यसकारण श्रीरामलाई मर्यादापुरुषोत्तम भनियो । विवाह पश्चात १४ वर्ष वनवासी भएर रामले आफ्नु कूल मर्यादा अनुसार वनवासी आदिवासी समुदाय र प्राणिहरुको कल्याण गर्नु भयो । वनवासमै रहदा धन सम्पदाले सम्पन लंकाका राजा रावणबाट अपहरित आफ्नी पत्नी सीतालाई रावण र उसको कुशासनबाट प्रशिक्षित अनुयायीहरुको बध गरेर आफ्नो राज्यमा ल्याउनु भयो । वनवासको क्रममा भगवान श्रीरामलाई अनेकौ आदिवासी वनवासी जनजातीहरुले साथ दिए र उनीहरुको साथ लिएर नै वन जंगल र त्यहाका वन्यप्राणिहरुलाई निर्भयता प्रदान गर्नु भयो ।
श्रीरामको जीवन र चरित्रको दार्शनिक विवेचन गर्ने हो भनें श्रीरामलाई सर्वत्र अशल ल योग्य राजनीतिज्ञका रुपमा चित्रण गर्न सकिन्छ । रामराज्यको अवधारणा भनेको सांस्कृतिक राष्ट्रवाद हो । सांस्कृतिक राष्ट्रवाद भनेको एकै प्रकारको राष्ट्रिय चरित्र हो । मानव जीवनमा व्यक्तिका व्यक्तिगत गुणदोष चिन्तन चरित्र र व्यावहारहरु हुन्छन तर थ्यस्ता व्यक्तिगत कुराहरुलाई धर्ममा अनुबन्ध गराएर सम्पूर्ण नागरिकमा एकात्मक चिन्तन र भावना जागृत गराउनु नै रामराज्यको अवधारणा हो । रामराज्यको अवधारणा धर्म आधारित छ ।मानिसलाई धर्मको बाटोमा हिडन सिकाउने श्रीमद्भगवतगीताको ईश्वर “सर्वभूतेषुः ह्द्देशेर्जुन तिष्ठति” यो भनाई अनुसार प्रत्येक व्यक्तिले अर्को प्राणिमा ईश्वरको वास छ भन्ने सोच्नु पर्दछ । यसरि अर्को व्यक्तिमा ईश्वरको स्वरुप देखिसकेपछि व्यक्ति आफूलाई प्रतिकूल हुने व्यवहार अरुलाई पनि गर्दैन । जव कुनै पनि व्यक्ति धर्मभावनाले ओतप्रोत भएर अरु स सबै प्राणिप्रति सौहार्द बन्दछ कही कतै कुनै पनि कर्ममा पाप जन्मदैन अपराध जन्मदैन । धर्मनीति अनुसार धर्मका लक्षण भनेका धैर्यता , क्षमा , दुर्भावनाको, दमन , चोरी नगर्नु , स्वास्थ्य र सफाईप्रतिको प्रतिवद्धता, ईन्द्रियनिग्रह , समाज उपयोगि बिचारप्रवाह , लोककल्याणकारी विद्या अभ्ययन ,सत्यभाषण र प्रतिशोधरहित कार्यव्यापार हुन । यी धर्मप्राप्तिका लक्षणहरु जव मानिसले आफ्नु आचरणमा ल्याउछ तव कुनै कानून नै बनाउनु पर्ने आवश्यकता रहदैन । रामराज्यको ब्याख्या गदै रामायणमा उल्लेख गरिएको छ “न राजा न प्रजा चासित न दण्डो न च दाण्डिक”अर्थात जुन समयमा रामको राज्य थियो त्यस बेला राजा पनि थिएनन राजा नभएपछि प्रजा पनि हुने भएनन , दण्डविधानको कुनै कानून थिएन र दण्डसजाया पाउनु पर्ने कुनै अपराधि पनि थिएनन । यसको अर्थ हो रामराज्यमा राजा प्रजा राज्यनीति सबै भएपनि राजामा आफू राजा हु“ भन्ने अभिमान रहदैन र प्रजालाई पनि आफू कसैबाट शाशित व्यक्ति भएको महसुस हुनु हुदैन । यसरि रामराज्यमा सबैले आ आफ्ना संस्कार संस्कृति स्वतन्त्रतापूर्वक मान्न पाउदथे तर सबैको राष्ट्रि«य चरित्र एक थियो ।
रामराज्य भनेको विविध संस्कृतिमा निरपेक्ष र राष्ट्रिय चरित्रमा सापेक्ष चिन्तन हो । रामराज्यको वर्णन गरेको एक प्रसंगमा भनिएको छ “न स्वैरि स्वैरिणी कुतः”यसको मतलव हो रामराज्यमा वेश्यागमन गर्ने पुरुष नै थिएनन भनें वेश्याबृत्ति गर्ने स्त्री हुने कुरै भएन । जव राज्यमा अभियुक्त नै रहदैन अभियोजनपक्ष रहने कुरै भएन । वेश्यागमन वा बलात्कार मानिसको मन चिन्तन चेतना र सामाजिक प्रतिष्ठालाई समेत पतन गराउने कार्य भएकाले धर्मनीतिमा कामबासनाको (यौनउर्जा) उपयोग निश्चितकार्यका लागिमात्र गर्न निर्देशन गरियो र रामराज्यमा नागरिकले यसको पालन पनि गरे र समाज अपराधशून्य बन्न सक्यो । यसैगरि कृषि संसाधन खाद्यान्न लगायतका बस्तुहरुको भण्डारण र वितरणप्रणालीलाई धर्मसंग जोडियो र व्यक्तिले संसाधनको अनुचित भण्डारण गर्नुलाई चोरी भनियो ।“ यावत भ्रियेत जठरं तावत सत्वं हि देहीनाम् । अधिकं योभिमन्येत स स्तेनो दण्डमर्हति ” अर्थात मानिसले आफूले उत्पादन गरेको अन्न आदि आफूलाई आवश्यकता परेजतिमात्र राख्नु आवश्ययकता अन्दा बढी राख्ने चोर हो र त्यस्ता चोरलाई दण्ड दिनुपर्छ भनेर रामराज्यलाई सहयोग गर्न पुराणहरुले नीति र कानून त वनाएका छन तर यी र यस्ता कानूनको अवलम्बन रामराज्यले गर्ने पदैन किनभनें मानवीय भावना र प्राणिमा सद्भावना जागृत गर्न मानवीय चेतनाभित्र सर्वत्र ईश्वर दृष्टिगोचर गर्ने राष्ट्रिय चरित्र धर्मलेमात्र स्थापित गर्न सक्दछ । रामराज्यको अवधारणा भनेको राज्य संस्कृति निरपेक्ष र धर्मसापेक्ष हो भनेर बुझ्न सकिन्छ । भिन्न संस्कृति र बिचारवाहकहरुलाई एक राष्ट्रिय चरित्रको मूलधारमा ल्याउन रामचरितमानसमा प्रसिद्ध दोहा छ । “सीयाराममय सव जग जानी । करहु प्रनाम जोरी जुग पानि” । यसको अर्थ हो जव मानिसले सबै सबैमा सीताराम देख्दछ तव उ सबैसंग झुक्दछ सम्मान गर्दछ । राज्य व्यवस्थामा सबैको सम्मान गर्दै एक राष्ट्रिय चरित्रको राज्यनीति आजको वैश्विक आवश्यकता हो र अयोध्यामा शताब्दीयौदेखिको संघर्षबाट प्रतिष्ठित राममन्दिर केवल मन्दिरमात्र नभएर युगीन सभ्यताको पुनस्र्थापनाका लागि प्रतिष्ठित युगान्तकारी अभियान पनि हो ।