शरीरको पाचनतन्त्र मजबुत बनाउन एकादशीव्रत, आराेग्यताकाे लागि तुलसी

817

 

ध्रुवशरण ढु‌ंगाना

बुटवल १७ असार

आज आषाढ शुक्ल एकादशी यो एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यसै दिनबाट चतुर्मासव्रतको प्रारम्भ पनि हुन्छ । यस दिन वैदिक सनातन धर्मीहरूले आफ्नो घरको अगाडि रहेको मठमा नयाँ तुलसीको विरूवा रोप्ने प्रचलन रहेको छ । तुलसी रोपी एकादशीको विधिवतव्रत गर्ने परम्परा रहिआएको छ । वास्तु शास्त्रहरूमा पनि तुलसीको प्रयोग अतिनै लाभकारी हुनेकुराको उल्लेख पाईन्छ । आर्युवेदमा तुलसीको लागि औषधीयरूपमा प्रयोग गरिने गरिन्छ । तुलसी ५ प्रकारका पाईन्छन् श्यामा तुलसी, रामतुलसी, श्वेत तथा विष्णु तुलसी, वनतुलसी, नीबू तुलसी आदि तुलसीका भेद छन् ।
आषाढशुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीको रूपमा मनाउने गरिन्छ । हरिशयनी एकादशीबाट भगवान विष्णु सुतललोकमा सयन गर्ने भएकाकारण हरिशयनी एकादशी भनिएको शास्त्रीयमान्यता छ । कथावाचक पं. प्रकाश सुवेदी वताउनुहुन्छ । एकादशी व्रतगर्नु उत्तम हुन्छ, व्रतको पछाडि धार्मिक कारण त छँदै छ व्रतले आरोग्यता पनि प्रदान गर्ने गर्दछ ।
उहाँभन्नु हुन्छ “ जसरी चल्ने मेसीनको लागि पनि कुनै दिन आराम दिइन्छ त्यस्तै हाम्रो शरीरको पाचनतन्त्रले पनि सधै हेवी भोजन पचाउन मेहनत गरेको हुन्छ यदि हामी एकादशीको दिन भोजन नगरेर व्रत ग¥यौ भने हाम्रो दैनिकरूपमा काम गरिरहेको पचनतन्त्रलाई आराम मिल्ने हुन्छ, हाम्रो शरीर सधै आरोग्य रहन मद्दत गर्दछ ” । त्यसैले पनि व्रतगर्ने परम्परा हाम्रो वैदिक सनातन धर्मको हो ।
वास्तुका जानकार आचार्य केशव प्रसाद गौतम भन्नु हुन्छ –अहिले को समयमा मनुष्यलाई साना साना तनावले सताउने , मानसिक समस्या देखिने भएका कारण यो वास्तु दोषको समस्याले पनि आईलाग्ने भएकाले घरको वास्तु दोष नाशको लागि तुलसी समान अरूकुनै वृक्ष नरहेको हुनाले घरको अगाडि तुलसी रोप्नु अति राम्रो हुने हुन्छ , तुलसीले धेरैकुराको समस्याको निराकरण गर्ने हुन्छ त्यसैले हरिशयनी एकादशीमा तुलसीको विरुवा रोप्ने गरिन्छ तुलसीले प्रदुषीत वायुलाई नष्ट गरिदिन्छ । तुलसीको पूजागर्ने वैदिक परम्परा त छदै छ भने तुलसी आरोग्यतामा पनि लाभकारी मानिन्छ ।

चिकित्सकहरूका अनुसार तुलसीमा सयौं रोग निको पार्न सक्ने शक्ति छ । तुलसीले भोक वढाउने, जगाउने , पाचनक्रियाको क्षमता बढाउने , झाडा–पखला रोक्ने , यौन शक्ति बढाउने काम गर्छ , भने रुघा, खोखी , फोक्सो , नशालाई पनि उपर्यक्त रहने हुन्छ । कविराज निरिक्षक हरि अर्याल भन्नुहुन्छ – ज्वरो, श्वासरोग, रक्तचाप रूघा खोकी लागि अतिनै लाभकारी तुलसी मनिन्छ अर्यालका अनुसार तुलसीलाई प्रकृतिक ऐन्टिभाटिक को रूपमा प्रयोग गर्न सकिन्छ ।
आयुर्वेदका जानकारहरूका अनुसार महत्वपूर्ण आर्युवैदिक औषधीमा तुलसीको प्रयो गरिएको हुन्छ । सायद “हाम्रा पूर्वजहरू अतिनै दूर्दर्षी थिए जौ उनिहरूले घरको अगाडि तुलसी रोप्ने संस्कारको विकास गरे किन भने तुलसीको वरपर कुनै पनि बिषालु जिव रहन सक्दैन तेसकारण पनि घरको अगाडि तुलसी रोप्नु अतिराम्रो हो ”।

तुलसी घरकै अगाडि रोप्नुको कारणको विषयमा यसो भन्नुहुन्छ योगी सोमराज अधिकारी तुलसी भनेको सवै भन्दा जीवाणु नाशक भएको आयुर्वेदले पुष्टी गरेको छ सोही कारण हाम्रो घरमा अनेकौ रोगका किटाणुहरूले आक्रमण गर्न नसकोस भन्नका लागि घरको अगडि भागमा तुलसी रोप्ने पष्ट पार्नु भयो । उहाँ भन्नुहुन्छ हाम्रो घरको नकारात्मक वायुलाई समन गर्न सक्ने शक्ति तुलसीमा रहेको छ , हाम्रो पर्यावरणमा सबै भन्दा अक्सिजन दिने वृक्ष भनेको पिपल र तुलसीरहेको कारण पनि तुलसी घरको अगाडि तुलसी रोप्नु पर्दछ ।
पौराणीक ग्रन्थ देविभागवतमा तुलसी लाई सक्षात् विष्णु भगवान भनिएको छ – पौराणिक गन्थ अनुसार तुलसीको नजिकै मृत्यु भएमा यमपाशमा पर्न नपर्ने उल्लेख गरिएको छ ।