आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व, श्रद्धा–भक्तिपूर्वक मनाईदै

590

वुटवल, २७ श्रावण

आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व, वैदिक सनातन धर्मावलम्बीले  देशभर तथा विदेशमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । जन्माष्टमीकाे दिनलाई सानाे तीज पनि भन्ने नेपाली समाजमा प्रचलन छ । जन्माष्टमीकाे दिन व्रत बसी उपाना गर्नाले मनाेरथ पूर्णाहुने जनविश्वास छ ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी  ‘व्रत’ बसी रातभर जाग्राम समेत गर्ने  प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा मथुराकाे कंसकाे जेलमा जन्मनुभएका श्रीकृष्णले  “उद्धरेदात्मनाऽत्मानम्” व्यक्तित्वको विकास प्रत्येक व्यक्तिले आफै गर्नुपर्छ भन्ने पाठ सबैलाई पढाउनु भएको छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा आफ्नाे कर्तब्यलाई भुलेर माेहमा फसेका  अर्जुनलाई निमित्त बनाएर गीताकाे ज्ञान जगत् लाई प्रदान गर्नु भाे  ।  स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ अतिनै पवित्र ग्रन्थ मानिन्छ । गीता  ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थ मानिएकाे छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

सधै जसाे जन्माष्टमीमा मेला लाग्ने गरेका स्थानहरूमा याेसाल काेराेनाले गर्दा मेला लाग्न सकेका छैनन् , अपितुः भीड नगरीकन देशका कयाैं स्थानमा ‘श्रीकृष्ण जन्माष्टमी’ तथा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तैयारी पनि गरीयका छन् ।