गणेश चौथीव्रत

515

 

ॐ वाणी
भाद्रशुक्ल चतुर्थीका दिन भगवान् गणेश जयन्तीको दिनको रूपमा मनाउने प्रचल रहेको छ । गणेश चौथीको दिन अग्रपुजनीय भगवान् गणेशलाई ज्ञान, समृद्धि तथा सौभाग्यको देवताको रूपमा पूज्ने प्रचलन छ । यस्तो कथनाछ की भाद्रपद शुक्लपक्ष चौथीको दिन भगवान् गणेशको जन्म भएको थियो । भारतको माहाराष्ट्रआदि क्षेत्रमा भाद्रशुक्ल चौथीका दिनदेखि बिधिवत गणेशको प्रतिमा तथा मूर्ति स्थापना गरेर १० दिन सम्म भव्यरूपमा मनाउने चलन रहेको छ । यसरी स्थापना गरेको कलश तथा गणेश प्रतिमा आनन्त चतुर्दशीको दिन भव्य विर्सजन गर्ने गरिन्छ । भगवान् गणेशको जन्म भाद्रशुक्लपक्ष चौथी तिथि सोमवारको दिन मध्यान्ह कालमा स्वाति नक्षत्र भएको मानिन्छ । त्यसैले भगवान् गणेशको पूजा गर्दा मध्याह्नकाल उत्तम मानिन्छ । वैदिक ग्रन्थ तथा समाजमा भगवान् गणेशलाई विद्या–बुद्धि, विध्न–विनाशक, मंगलप्रदाता देवताको रूपमा पूजा गर्ने गरिन्छ । गणेश पूजामा दुवो, सिन्दूर लड्डु बिषेश गणेशका प्रियहन् ।
गणेश भगवान्को जन्मको बिषयमा
एक समयमा पावर्तीमाता स्नान गर्नको लागि तैयार हुनुहुन्थ्यो, त्यसै बेला कोही भित्र प्रवेश नगरोस् भन्नका लागि आफ्नो शरीरबाट मयलको मूर्ति निर्माण गरेर प्रणहालेर आफ्नो गृहरक्षाको लागि नियुक्ति गरिदिनु भयो । यिनै द्वारपाल गणेश हुनुहुन्थ्यो, उहाँले आउनेहरूलाई रोक्न थाल्नु भो, सोही बेला शिवभगवान् पनि अफ्नो कैलाश भवनमा प्रवेश गर्न लाग्दा द्वारपालेले रोक्यो युद्ध भो, शिवले आफ्नो त्रिशुलले उनको गला काटेर भित्र प्रवेश गर्नु भयो । भित्र महादेवलाई देखेर चकित हुँदै पावतीले हजुरलाई द्वारमा कसैले रोकेन भन्दा शिवले रोकोको थियो मैले उसको सिरकाटेर भित्र आएँ भन्दा पावर्ती दुखी हुँदै विलप गर्न लाग्नु भो, पावर्तीलाई प्रशन्न गर्नको लागि शिवजीले हात्तीको सिरजोडेर जीबित गरिदिनु भयो, हात्तीको सिर जोडिएको हुँनाले गणेशको नाम गजानन रहन पुग्यो ।

अर्को प्रसंगमा पावर्तीको विवाहको धेरै समय व्यतित हुँदापनि सन्तान भएनन् अनि सन्नतानको लागि भगवान् श्रीकृष्णको व्रत गर्नु भो भगवान्को व्रत प्रभावले पावर्तीमाताले गणेशलाई उत्तपन्न गर्नु भो बालको दर्शन गर्न शानिमहारज आउनु भएको थियो तर शनिको दृष्टि बालकमा थिएन पावर्तीले जिद्दीले हेर भन्दा शनिको बक्र दृष्टिमै बालको सिर काटियो भगवन् ले हात्तीको सिर जोडेर पुन जीबित गर्नु भयो नाम गणेश भो ।

भगवान् गणेशको जन्मको बिषयमा अर्को प्रसंगमा द्वारमा वसेका गणेश सँग परशुरामको झगडा भयो र युद्धमा परशुरामले गणेशको सिरकाटेको पछि भगवान्ले पावर्तीलाई खुशी बनाउन हात्तीको सिर जोडेर पनः जीबित गर्नु भो भन्ने पुराणहरूमा पाईने गर्दछ ।