जगदाधार शक्तिरूपा श्रीराधाजीकाे प्राकट्य अष्टमी

593

ॐवाणी बुटवल भदौ १०
वैदिक सनातन धर्ममा भाद्रपदको शुक्लपक्ष अष्टमी तिथि राधाष्टमीको रूपमा मनाउने गरिन्छ । धर्म शास्त्र अनुसार राधाष्टमीमा कृष्णकी अहल्लादीनि शक्ति राधारानी को प्रकट भएको दिन हो । भदाै शुक्लपक्षअष्टमीका वरसानाका राजा वृषभानुको यज्ञभूमिमा राधाको प्राकट्य भएको थियो ।
वेद पुराणहरूले राधालाई कृष्ण वल्लभा भनेर गुणगान गाएका छन् । श्रीराधाजीको प्राकट्य समय मध्यददिनको १२ बजे मानिने गर्दछ । शास्त्रहरूमा राधाको निकै गुणगनान तथा भगवन् कृष्णकी शाश्वत शक्तिरूपा तथा प्राणकी अधिष्ठात्री देवी भनिएको छ ।

श्रीमद् देवी भागवत् नारयण भगवान्ले राधा मन्त्रको उपदेशगर्दै ब्रह्मालाई श्रीराधामन्त्र अतिनै प्राचीन भएको र राधाको पूजन बिना मनुष्यले कृष्ण कृपा पाउन नसक्ने कुराको वर्णन रहेको छ । ब्रह्मवैर्वत पुराणमा जगत् को आधर शक्तिकोरूपमा राधालाई मानिएको छ । मूलप्रकृतिश्वरी राधाबाटनै सम्पूर्ण देवीहरू लक्ष्मी, दूर्गा, सरस्वतीको प्रादूर्भाव भएको वर्णन पाईन्छ ।
राधाको षडाक्षरी मन्त्रको जपले अज्ञानताको नाश हुने मानिन्छ । कृष्णाष्टमी भव्यरूपमा मनाउने हाम्रो समाजमा महीलाहरूकी शक्तिरूपा देवी श्रीराधाको पनि प्राकट्य उत्सव मनाएर जगत् का संम्पूर्ण नारीहरूको सम्मान हो ।