बुटवल भदाै १५
रौतहटकाे हनुमान मन्दिरमा भएकाे पुजारी हत्याको सत्यतथ्य छानबिन हुनपर्ने माग गर्दै राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।
हस्पिटललाईन देखि शुरू भएको र्यालीले बजार परिक्रमा गरेकाे थियाे । बिरोध कार्यक्रममा हत्यारालाई कारबाही गर, धार्मिक सहिष्णुता कायम गर, गृहमन्त्री राजिनामा देउ, नालायक सरकार मुर्दाबाद, बढ्दै गएको धार्मिक गुरुहरू माथिको सांघातिक हमला अन्त्य गर, हिन्दु राष्ट्र कायम गर , धर्म निरपेक्षता खारेज गर भन्ने नारा लगाइएको थियो ।
संगठनका केन्द्रीय सदस्य अमृत पाण्डेको संयोजनमा भएको बिरोध कार्यक्रममा राप्रपा मध्यपूर्व संयोजक तोयानाथ लम्साल, राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाण लगायत राप्रपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।