स्वस्थानी व्रत सुरु व्रत कसरी र केका लागी गर्ने ? हेराै ।

750

ओमवाणी बुटवल १५ माघ 

पाैष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना सम्म गरिने व्रतसुरु भएकाे छ । याे व्रतलाई स्वस्थानी व्रत भनिन्छ । २०७७ सालको स्वस्थानी ब्रतको सुरुवात माघ १५ गते विहिवार वाट सुरु भएकाे छ । यसै दिनदेखि माघस्नान गर्ने परम्परा र प्रचलन पनि रहेको छ । यसदिन श्रद्धालु हरु आफुलाई पायक पर्ने नदी तीर्थमा पुगेर स्नान गर्ने गर्दछन् । यो वर्ष देवगुरु बृहस्पति अस्त भएका कारण नयाँ व्रतको सुरुवात गर्नु खासै उत्तम नहुने तर पुरानो व्रतलाई निरन्तरता दिन हुने हुन्छ ।
व्रत गर्ने इच्छुकले पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर श्रद्धा पूर्वक नियम तथा आचारमा वस्नु पर्ने शास्त्रीय मान्यता छ । एक महिना भरी नै बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने गरिन्छ ।
स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास रहेको छ । रोग–ब्याधी लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको र उनले चाहेको वर प्राप्त गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रत गरि सकेपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ ।
व्रतबस्नेहरू हरेक दिन विहानैदेखि स्नान गरी व्रत बस्ने गर्दछन् । व्रतको क्रममा स्वस्थानीको पूजा आराधना गुर्नका साथै घर–घर वा समूहमा बसेरमा श्री स्वस्थानी व्रतकथा भन्ने गर्ने गरिन्छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने व्रत मध्येको एक श्री स्वस्थानी माताको व्रत हो । यो व्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यती धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ । तराईको छट पूजा र पहाडको श्री स्वस्थानी व्रत नेपालको संस्कृतिको एक अंग हो । श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन नेपालको काठमाण्डौमा रहेको हुनाले पनि यो व्रत नेपालको आफ्नै मौलिक संस्कृति हो भन्ने प्रचलन छ ।
सत्य युगमा यो व्रत सर्व प्रथम हिमालय पुत्री पार्वतीले श्री महादेव लाई पति पाँऊ भनि गर्नु भएको थियो । प्रतेक वर्ष पौषशुक्ल पूर्णिमाका दिन देखी यस ब्रतको सुरुवात हुन्छ ।
व्रत गर्नेले पालना गर्नुपर्ने नियम
पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखी नै दुबै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ को सरसफाई लिपपोत मण्डप इत्यादी निर्माण गर्ने ।
 भोजनमा सात्विक भोज गर्नुपर्ने दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्विक पदार्थहरू तथा एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ ।
ब्रत गर्नेले व्रतको सुरुवातका दिन देखी ब्रत नसकिदा सम्म पलङ् तथा खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ ।
ब्रत सुरुभए पछि नसकिदा सम्म ब्रतालु पुरुष भए रौं काट्न पनि हुदैन ।
ब्रतको सुरु दिन देखि व्रत नसकिदा सम्म कसै संग झगडा गर्नुहुदैन, दुर्वचन, झुटो नबोल्नु हुदैन ।
कसै सगँ पनि क्रोध गर्नु हुदैन , चोरी नगर्नु तथा ब्रह्मचर्य को पालन गर्नु पर्ने हुन्छ ।
शुद्ध धोएका कपडा हरुनै लागाउनु पर्ने हुन्छ भने शौचादि वाट नबिृत भए पछि स्नान गनु पर्ने हुन्छ ।
मनमा कसैका प्रति प्रतिसोधको भावना हुनु हुदैन सात्विक भाव मात्र हृदयमा राख्नु पर्ने हुन्छ ।
ब्रतको सुरु दिन गर्नुपर्ने
पूर्णिमा दिन बिहानै उठी नदिमा स्नान गरी शुद्घ वस्त्र धारण गरेर नित्यकर्म गर्नु पर्दछ । आत्मशुद्धिका लागि पञ्चगव्य प्रासन गर्ने र देह शुद्धिका लागि गौ दान गर्नु पर्ने हुन्छ ।
शरीर र आत्मशुद्धि पश्चात् पूजागर्ने स्थानलाई कर्म पात्रको जलले सेचन गर्नु पर्ने हुन्छ । अनि पूजा गर्ने स्थानमै बसेर हातमा पहेलो तोरी हातमा राखि भूतशोधन गर्नु पर्ने हुन्छ । त्यसपछी त्यसै कर्मपात्रके जल तथा कुशका टुक्रा हातमा लिई “ मैले आज सम्म मन, वचन र कर्मले जानेर अथवा अनजानमा गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख–सम्पत्ती र मुत्यु पश्चात् शिवलोक प्राप्तिहोस् भन्ने कामना गर्दै आजैका दिनदेखि एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु ” भनी संकल्प गरी ब्रतको सुरुवात गर्नु पर्दछ । संकल्प गरेपछि दीप कलश गणेशको पूजागर्ने अनि विचमा कलश थापेर तेसमाथी एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्री स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नु पर्दछ । सुन छै भने मनले कल्पनका साथ सकेको भेटी राखी श्रीस्वस्थानिमाताको स्थापना गर्नु पर्दछ । श्रीस्वस्थानी माता आफ्ना चार हातमा त्रिशुल , तरवार, चक्र र कमल धारण गरेकी , सुनको जस्तै पहेलो वर्ण भएकी । अनेकौ आभूषण हरुले सोभायमान भएकी कल्पना गर्नु पर्ने हुन्छ । लेखिएको अष्टदल कमलको वरि–परि क्रमशै वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा, तथा महाकालीको स्थापना एवं पूजा गर्नु पर्ने हुन्छ ।
दैनिक गर्नुपर्ने पूजा
यसरी प्रतेक दिन बिहान दिप गणेश र कलश को पूजा गर्नुका साथै अष्टमात्रिका तथा श्रीस्वस्थानी माताको ध्यान, पाद्य, अर्घ, आचमन, पंचामृत, चन्दन, वस्त्र , धूप, दिप, नैबेद्य, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य , वनेका पक्वान्न इत्यादीले गर्नु पर्दछ । पूजा पछी दुबै हातमा फूललिई हात जोडी पुष्पाञ्जली गर्नु पर्दछ ।
मध्यान्न कालमा भगवान श्रीमहादेवको श्रीस्वस्थानी माताका साथमा पूजा अर्चना गर्नू पर्दछ । पूजा अर्चना पश्चात् आफुले चिताएकोे कामना पूर्णहोस् भनी श्री स्वस्थानी माता लाई अघ्र्य दिनु पर्दछ ।
साँझको समयमा पनि श्री परमेश्वरीको पूजा पुष्पाञ्जली सकेर श्रीस्वस्थानी माताको कथा बाचन गर्नु पर्दछ । सुन्ने कोही छैन भने पनि आफैले भन्ने र आफैले सुन्ने गर्नुपर्ने हुन्छ । यदी आफूले कथा वाचन गर्न नसक्ने भएको खण्डमा ब्राह्मण तथा घरका अरु सदश्य हरुवाट कथा सुन्न सकिन्छ । सकेसम्म कथा वाचन गर्ने व्यक्तिले अभक्ष खाएको हुनु हुदैन । सामर्थ भएसम्म कथा सुन्नको लागि छिमेकी तथा इष्ट मित्र हरुलई वोलाउनु पर्दछ । कथा सुरु हुनु भन्दा पहिले र कथा सकेपछि पुस्तकको धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पूजा गर्नु पर्दछ । कथा भनिसके पछी आरती गर्नु, र कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नु । यो कार्य दैनिक रुपमा गर्नु पर्ने कार्य हो ।
ब्रतको समाप्तिका दिन
एक महिनासम्म ब्रत को नियम पालन गरेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई मैले गरेको व्रत तथा कामना पूर्ण होस् भनी परमेश्वरीलाई अघ्र्य दिनुपर्दछ । चढाइएका प्रसादबाट आठ÷आठ पतिलाई दिने , पति नभए छोरालाई दिने र छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि छैन भने मेरो कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउनु पर्ने स्वस्थानी व्रतकथा मा उल्लेख गरिएको छ ।
सय रोटी व्रत वसेको मनुष्य आफैँले फलाहार गरी रात्रीमा भजन, कृतन गरी जाग्राम वस्ने, जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने पनि गरिन्छ । यसरी सम्पूर्ण कार्य गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने प्रवल धार्मिक विश्वास छ ।
देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याधी लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ । पहिले सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

शालिनदीमा मेला
स्वस्थानीको अवसरमा पौष शुक्लपूर्णिमा देखि माघशुक्ल पूर्णिमा एक महिनासम्म काठमाण्डौ उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको साँखुस्थित शालिनदीमा माघ स्नान सहित माधवनारायणको मेला लाग्ने लाग्दछ, भने हजारौंको संख्यामा श्रद्धालु हरु त्याहाँ पुगि माघ स्नान तथा भगवान बिष्णुको स्वरुप माधव नारायणको दर्शन गर्ने गर्दछन् । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप नाश भई पूण्य प्राप्त हुने धार्मिक आस्था एवम् विश्वास रहेकोछ ।

# श्रीस्वस्थानी