ज्योतिषमा भ्रमविमर्श

393

विश्वप्रकाश लामिछाने
मानव सभ्यताको जव सूत्रपात भयो अथवा जव मानिसमा चेतनाशक्तिको विकाश भयो सर्वप्रथम उसले आफूलाई हेर्यो आफ्ना वारेमा जिज्ञासा प्रारम्भ भयो । म को हु ? मेरो भविष्य के होला ? भनेर मानिस आफैप्रति जिज्ञासु बन्न थाल्यो । यसरी मानिसको आफूप्रतिको जिज्ञासु मनोबृत्तिको परिणाम ज्योतिष शिक्षाका रुपमा प्रस्फुटित भयो र आज यो विधा वेदको सशक्त उपजीवि विज्ञानका रुपमा स्थापित भयो । भनिन्छ आफ्नु घर द्वार र परिवार सबै त्यागेर उन्मुक्त जीवन बांच्न चाहने संन्यासीहरु पनि आफ्नु उत्तम गतिका लागि ज्योतिषीहरुसंग जिज्ञासा राख्दछन भनें सर्बसाधारण र जीवनका उहापोहमा रम्ने अनि सुखदुःखको अनुभवमा प्रवाहित हुने सर्वसाधारण मनुष्यमा भविष्यको चिन्ता र यसप्रतिको जिज्ञासा हुनु स्वाभाविक नै हो । मानिसको जीवनमा जिज्ञासा भएन आशा भएन भनें उन्नति वा विकास संभव छैन यसकारण जिज्ञासा नै विकासको योजना बनाउने सही वस्तु हो ।
पछिल्लो समयमा मानव सांस्कृतिक र परम्परागत मूल्यमान्यतालाई आत्मसात नगरि स्वयं सफलताका लागि प्राय एक्लै संघर्षरत छ । यस्तो अवस्थामा ब्यक्तिमा आफूले गरेका कामहरु सफल वा असफल के हुनेहुन चिन्ता लाग्छ नै र यस्तो अवस्थामा आफ्ना जिज्ञासानिबृत्तिका लागि ज्योतिष र ज्योतिषीको आश्रयउचित नै हुन्छ पनि ।
आधुनिक भौतिक विज्ञानले माने झै ज्योतिष विज्ञानले पनि मानिसलाई कर्म गर्न नै प्रेरित गर्दछ । कर्मवाद नै ज्योतिषको मूल मर्म हो । यो विज्ञानले भाग्यको पक्षलाई पनि अस्वीकार भनें गर्दैन परन्तु ज्योतिष विज्ञान वेद पुराण आदि शास्त्रभन्दा भिन्न विषय पनि होइन यो वेदको उपजीवि विज्ञान हो , वेदको आंखा हो । जसरी आंखामा उर्जा सक्रिय रहनका लागि शरिमा प्राण रहनु आवस्यक छ त्यसरी नै ज्योतिषमा कर्मनिर्देशक दृष्टि रहन वेद पुराण श्रुति स्मृतिका निर्देशन पालन हुन अति आवस्यक छ । वेदको मर्यादा पालन हुन सकेन भनें ज्योतिषीको पलmकथन र उपचार उपाय सफल बन्न सक्दैन ।
पछिल्लो समय ज्योतिषमा रुचि ह्वात्तै बढेको छ सर्वसाधारण ज्योतिष विधामा आकर्षित भएपछि ज्योतिषीहरु पनि व्यवसायिक रुपमै यस विधालाई अंगाल्न थालेका छन । युवावर्गमा आफ्नु भविष्य र करियरको चिन्ता छ र यस विधालाई आफ्नु भविष्यको दिशानिर्देशक विधाका रुपमा युवाहरुले पनि स्वीकार गरेका छन । यद्यपि भौतिक सुखका लागि युवाहरुले प्योतिषलाई भौतिक रुपमै बुझेको पाईन्छ । यद्यपि यो विधा सत प्रतिशत भौतिक विज्ञान होईन । यो अध्यात्मविज्ञान हो । भौतिक लाभ र आध्यात्मिक सुख दुबै प्राप्तगर्न धर्माचरणको अति आवस्यकता हुन्छ । व्यक्ति धर्म आचरणमा तल्लीन चै छैन तर ज्योतिषको आश्रय लिएर सफल बन्न खोज्दछ भने त्यो संभव नै हुदैन । यसरी नै ग्रहशान्ति गरिसकेपछि व्यक्तिका पूर्वपापहरुको प्रभाव सकिन्छन र धर्मपूर्वक अगाडि बढदा उसका कर्म सफल पनि हुन्छन ।परन्तु ग्रहशान्ति गरेर पुनः कुकर्म मै प्रबृत्त हुने ओ भनें दुःख सकिने कुनै आशा नगरे हुन्छ ।
पछिल्लो समयमा भारतीय वा नेपाली नै पनि ज्योतिषीहरुमा अशासत्रीय विषयहरुलाईै ब्याख्या गर्ने चलन बढेर गयो । केही कर्म नै नगरि सुख धन र मान पाउने चाहनारुपी मनोरोगलाई मनोबैत्रानिक रुपले अध्ययन गरेर सामान्य बस्तु द्रव्य रत्नहरु प्रयोग गर्दा मालामाल भईन्छ भनेर सामाजिक संजालमा भनिदिएपछि सर्वसाधारणहरु त्यते लाग्दछन तर त्यसको परिणाम प्राप्त नै हुदैन । अमुक राशिले यसो गर्नुहोस मालामाल हुनुहुनेछ भन्ने खाले मिथ्याप्रचारले गर्दा ज्योतिष विज्ञानको दुरुपयोग त हुन्छ नै यसले वेदको मर्यादा र विज्ञानलाई समेत विश्वास गर्न नसक्ने बनाउछ । यसकारण ज्योतिष विधामा लागेका गुरु पुरोहितहरुले वेदको मर्यादालाई कायम राख्दै असल चरित्रका साथ जातकलाई भ्रम र दुविधामा नपारिकन अध्ययन गरेर फलादेश गर्नु पर्दछ । पछिल्लो समयमा सिर्जना गरिएका ग्रहशान्तिका उपायहरु शास्त्रसम्मत छन वा छैनन भन्ने कुरा स्वयं जातकले पनि मनन गर्न अति आवस्यक छ । अन्यथा हामीमा भ्रममात्र रहन्छ यसले ज्योतिष शास्त्र ज्योतिषी र वेद सबैको कुभलो हुने छ ।


लेखक नेपाल ज्योतिष परिसद प्रदेश १ का अध्यक्ष हुनुहुन्छ ।