गुरु ज्ञान र गुगल

418

(गुरुपूर्णिमा विशेष )

 


चक्रपाणि गौतम

तिमीलाई ट्याली चलाउन आउछ ?
मैले एक महिला मित्रसंग च्याटमा सोधें ।
आउदैन सिक्न सक्छु उनले भनिन ।
सम्बादको केहीबेर पछि एउटा युट्युवको लिंक पठाईन
लिंक नखोलि मैले सोधें यो के हो ?
उनले भनिन ट्याली कसरी सिक्ने यहा“ जानकारी छ ।
सामान्य कुरा भएकाले मैले ए ए लेखें सम्बाद सकियो ।
अर्को दिन छोरालाई भनें बाबु प्रिन्टर विग्रियो ल्यावमा लैजा त ।
एकछिनपछि उसले प्रिन्टर बनेको जानकारी दियो ।

मैले सोधें कसरि बन्यो ?
जे चाहिए पनि गुगल सर्च गर्नु । नाकमा सिंगानको पाप्रो अडकियो भनें पनि कसरी निकाल्ने जानकारी पाईन्छ । गुगगल तपाई भन्दा ठूलो गुरु हो । छोराको उत्तर थियो ।
म आफूलाई गुरु भन्न र भनिन रुचाउदिन । म आफूलाई गुरुभक्त मान्छु । मंसंग जे छ गुरुकै कारण छ । म गुरुप्रति कृतज्ञ छु नित्य गुरुबन्दना गर्दछु । विविध संस्कार संस्कृति परम्परा र धर्मविज्ञानको अध्ययन अनुसन्धान गर्न मन पर्छ यसर्थ म आफूलाई विद्यार्थी मान्छु । आफूले गरेको अध्ययन सामान्य अर्थकरी पनि छ अर्थोपार्जनका लागि म मेरो विद्या नै प्रयोग गर्छु । मेरो सम्पर्कमा विविध प्रकारका व्यक्तिहरु आउछन , उनीहरुको निजी सोच अनुसार कुरा गर्छन । म काउन्सिलिङ्ग गर्छु सिद्धान्ततः यो कुरा यस्तो हो तपाईको बाटो यो हो , तपाईले बुझेको कुरा यो हुनसक्छ अव यसो गर्नुहोला । मेरो काउन्सिलिङ्गपछि अन्तमा पेसेन्टको उत्तर आउछ गुरु † तर यो कुरा मैले गुगलमा हेरेको अर्कै भनेको छ । मैले पेसेन्टका यस प्रकारकोे उत्तर धेरै सुनेको छु र आजभोली मंसंग काउन्सिलिङ्गमा आउने हरुलाई मीठो शब्दशैलीमा मुस्कुराउदै भन्दछु अनि कि तपाईले लगाएका चप्पल र गुगलमा हेराएको ज्योतिष ढोका बाहिरै छोडेर आउनु भो नि ?
अचेल आवालबृद्ध बनिता सबै गुगल गर्छन । यो सर्च ईन्जिन कति अश्वशक्तिको छ कसैले खोजेकै छैनन तर रोजेका छन । यसैले भौतिक गुरुको विकल्पका रुपमा गुगल गुरु बनेको छ । यतिमात्र हैन स्वनामधन्य गुरुहरु र धर्मगुरुहरु पनि गुगल गर्छन यसर्थ गुगगललाई गुरुणाम् गुरु भने फरक पर्दैन ।
सामान्यतया गुरु सर्वज्ञ हुनुपर्ने मान्यता छ । जुनसुकै कुराको सटिक उत्तर गुरुबाट जिज्ञासुले चाहन्छ । यसकारण गुरु ज्ञानको भण्डार हुनुपर्छ । सर्वज्ञ हुनुपर्छ । यो आधुनिक युगमा गुगल सर्वज्ञ छ भन्ने मान्यता स्थापित भैसकेको छ यसकारण स्पेस ( निराकार ) गुरुका अगाडि पार्थिव ( साकार) गुरुको मान्यता कम आंकलन हुदैछ । यद्यपि गुगलगुरुसंग सम्पर्क गर्दा पनि पार्थिव गुरुविशेषको खोजी त हुन्छ नै तर गुगल गुरुका माध्यमले गुरु खोज्ने व्यक्ति शिष्य हुदैन फ्यान हुन्छ ,गुरुकालागि पनि फ्यान शिष्य हुदैन फलोअर हुन्छ । गुगलगुरु र गुगलका गुरुबीच गुरुशिष्य सम्बन्ध नरहेपछि न गुरुपूर्णिमा न त गुरुदक्षिणा , केही आवस्यक छैन । भर्चुअल ज्ञान भर्चुअल सम्बन्ध । भर्चुअल शिक्षा ।
प्रिय पाठक † अव सोच्न थाल्नु भो होला स्तम्भकारको यतिलामु उपोदघात किन ? गुगल स्थापित गुरु विस्थापित भन्ने प्रमाणित गर्न ?
हैन हैन लेखकले अघि नै भनिसकेको छ म गुरुभक्त हु“ । नित्य गुरुबन्दना गर्दछु । अव कुरा गरौ गुरु गुरुकुल र गुरु परम्पराका बारेमा । पहिला बुझौ गुगलमा ज्ञान छ गुरुमा अन्तज्र्ञान । गुगलले शिष्यसंग श्नेह गर्दैन गुरुशिष्य सम्बन्ध श्नेहिल हुन्छ । गुगलले गायत्री भनिदिन्छ गुरुले गायत्री दीक्षा दिन्छन । गुगलले शिष्यको नियमित उपस्थिति अनुपस्थिति खोज्दैन गुरुले शिष्य खोज्छन । शिष्यले नखोजे गुगललाई घाटा छ तर गुरुलाई नखोजे शिष्यलाई घाटा । शिष्य जति ठूलो भए पनि गुगललाई फरक पर्दैन तर शिष्य विद्वान र सम्मानित हु“दा गुरुलाई गौरववोध हुन्छ ।
अव अन्तज्र्ञानका कुरा गरौं । द्वन्द्वात्मक भौतिकवादी कार्लमार्क्र्सले भनेका थिए नभएको ईश्वर कसैले देखाउछ भनें मेरो दर्शन फेल मान्छु । त्यतिवेला तपाईहामीमाथिको स्पेस ( आकास) थियो तर तपाईहामी सामनेको स्पेस ( सफ्टवेयर ) थिएन । हजारौ हातले समाउन नसक्ने स्पेस देखेर मरेका मार्क्र्सको दर्शन हाते स्पेस बनेपछि पक्कै मर्यौ होला । अर्थात यसो भनौं सफ्वेयर जन्मे पछि मार्क्र्सवाद मर्यो । यसैले चिनिया कम्युनिष्ट नेताले भन्न थाले “कम्युनिजम कोकाकोला हैन जसको स्वाद संसारभरि एकै प्रकारको होस” ।
अर्को प्रसंग थपौ पक्कै गुगलले ज्ञान आर्जनमा सहजिकरण गर्यो । तर गुगलका गुरुहरु गुगल नै पढेर गुरु बन्नथाले पछि ज्ञानको गहिराई समाप्त भयो । प्रमाण दिनुनपर्ने लेखि भनिदिए पुग्ने वर्गलाई गुगल गुरु नै हो । न विद्या न प्रज्ञा न शिक्षा । प्रमेय बिनाको प्रस्तुति हचुवा हुन्छ । विचारशून्यले आवरण हेर्छ आन्तर्य हेर्दैन । यसकारण नेपाली ज्ञानार्थीहरुका लागि गुगल कस्मेटिक ज्ञानालय हो । गुगगलका गुरुहरु फङसनल ज्ञानी हुन । यसकारण स्प्रिचुअल ज्ञान र शिक्षा दीक्षाका लागि भौतिक गुरु नै आवस्यक छ । हामी गुगलमुख कम गुरुमुख बढी बन्ने प्रयत्न गरौ । गुगलबाट ज्ञान पाईन्छ गुगगलबाट अन्तज्र्ञान ।