पाँच दिनकाे पर्व तिहार

408

ध्रुवशरण ढुंगाना
बुटवल कार्तिक ५

हिन्दूहरुको दोस्रो ठूलो चाड हो तिहार । तिहार यो चाड कार्तिक कृष्णपक्षको त्रयोदशीबाट कार्तिक शुक्लपक्षको द्वितीया सम्म पाँच दिनमनाउने गरिन्छ । यो पर्व लाई यमपञ्चक पनि भनिन्छ । यमराजको पूजाआज गरिने भएको कारणले यमपञ्चक भनिएको हो, यमराज वैदिक सनातन धर्म अनुसार मृत्युका मालिक मानिन्छन् । तिहारको बेला पशु पक्षीकलाई समेत पूज्ने गरिन्छ । अहिले समयमा मनिस मानिसको शत्रु बन्दै गइरहेको वेलामा तिहार जस्तो पशु पक्षीको पनि पूजा गर्ने पर्वले संसारमा आपसी प्रेमले बाँच्नु पर्छ भन्ने संदेश पनि लिन सकिन्छ । तिहार लाई उज्यालो चाड भनिन्छ । यो पर्वमा जताततै झीलीमिली दिपमालीका गर्ने प्रचलन रहेको छ । दिप बाल्नाले अन्घकारको नाश हुन्छ, बत्तीलाई आत्मको ज्योति भनिएको पाइन्छ । तिहारका पाँचदिन अलक अलक पशु पक्षी तथा भाइको पूजा आजा गरि मानिन्छ ।
कागतिहार
तिहारको पहिलो दिनलाई कागतिहार भनिन्छ । कागलाई धर्म शास्त्रमा यमराजको दूतभनिएको छ । सोही कारण कार्तिककृष्ण त्रयोदशीका दिन काग पूजन गरेर यमपञ्चक सुरु हुन्छ । यसदिन घरमा बनाइएका मिठा मिठा परिकार कौवा लाई खान दिने प्रचलन रहेको छ । कागलाई यमराजको सन्देश वाहक मानिएको हुनाले यमपञ्चकको पहिलो दिन कौवाको पुजा गर्ने गरिन्छ । वास्तवमा विचार गर्ने हो भने कौवाले घरका वरपरका फोहरमैला सडेगलेका वस्तुहरु खाई वातावरण सफा राख्नको लागि सहयोग गर्दछ । कागले अन्नवाली नष्ट गर्ने किराहरु खाई कृषि पर्यावरणमा समेत मदत गर्ने हुनाले पनि कागको पुजा गर्नु सान्र्दभिक देखिन्छ । नीति शास्त्रमा कौवा बाट मनुष्यले पाँच गुण ग्रहण गर्न सकिने वताएको छ जस्तै – लुकेर मैथुन गर्ने, समय समयमा संग्रह गर्ने, सदैव साबधान रहने, कसैमा विश्वास नगर्ने, मत्त भएर नवस्ने यी गुणहरू कौवाट मान्छेले लिन पनि सकिन्छ, भने कागबाटै ठुलो सानो उँचो निचो धनी गरीव भेदभाव रहित दृष्टि हुनुपर्छ भन्ने कुरा कागबाट सिक्न सकिन्छ । किन भने कागले एउटै आँखाको नानीले सबैतिर हेर्न सक्ने हुन्छ ।
कुकरतिहार नरक फाल्ने दिन
नरक चर्तुदशी समेत भनिने यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गर्ने गरिन्छ । नरक चर्तुदशीको दिन तेलमा लक्ष्मीको वास रहेको हुन्छ र त्यस दिन शरीरमा तेल लगाउनाले वर्षदिन भरी धनसम्पत्तीको कमी हुँदैन भन्ने कुरा शास्त्रमा उल्लेख छ । यसै दिन तिलको झाङ्टाको आगो फुकि ताप्नालेनरक जानु पर्दैन भन्ने धार्मिक विश्वास रहीआएको छ । यमपञ्चकको दोस्रो दिन कुकुरलाई फुलमालाले सजाई मिठा मिठा परिकार खान दिई पूजा गर्ने परम्परा रहेको छ । कुकुरलाई यमराजको पाले समेत भनिएको छ । कुकुरको पूजा गर्नाले यमलोकमा प्रवेश गर्दा बाधाव्यावधान नआओस् भनि यमको साक्षी रुप रहेको कुकुरको पूजा गर्ने प्रचलन रहिआएको छ । अहिलेको समाजमा भएका विभिन्न प्रकारका अपराधहरु नियन्त्रण गर्न पनि पुलिस तथा आर्मीले कुकुरको सहयोग लिने गरेको देखिएको छ । सोही कारण अहिलेको समयमा सानासाना कुरामा झैझगडा गरि आफ्नै व्याक्तिले आफ्नो साथ नदिने अवस्था सिर्जित भएको समाजमा कुकुरबाट कुनै पनि परिस्थितिमा आफ्नो मालिकको साथ नछोड्ने भएकका कारण मानवले लिनुपर्ने ठूलो गुण यो पनि हो । अतः यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गर्नुको अर्थ घरको संरक्षक र यमप्रीतिकारकभएको कारणले कुकुरको पूजा गर्ने प्रचलन रहिआएको हो । कुकुरबाट नीतिमा छ ओटा गुण लिन सकिने कुराको उल्लेख छ ।
लक्ष्मीपूजागाई तिहार तथा दीपमालिका
यमपञ्चकको तेस्रो दिन धनधान्यकी देवी मानिने लक्ष्मीको पूजा गर्ने गरिन्छ । घरलाईफुलमालाले सजाई भगवती लक्ष्मी माताको पूजाको तयारी गर्ने गरिन्छ । औशीको सन्ध्याकालको समयमा विशेष प्रकारले कुवेर सहित लक्ष्मी, गणेश, चन्द्र, ऐरावत हात्ती, खातावही, तिजोरीको पुूजा गरी लक्ष्मी पुजा मनाउने गरिन्छ । लक्ष्मी पूजाकै दिन सन्ध्याकालमा दीप प्रज्वलन गर्ने परम्परा रहिआएको छ । वर्षै दिन भरिकै सबैभन्दा अँध्यारो रातको रुपमा कात्र्तिक कृष्ण अमावश्यको रातलाई मानिने भएको कारणले अन्धकार नष्ट होस् भन्नको लागि घरघरमा दीप जलाउने गरिएको हो । वत्ती बाली दीपावलि गर्नाले अध्यारो वरिपरि रहन सक्तैन । वत्तीको काम अध्यारोलाई चिर्नु हो, अज्ञानरुपी अन्धकारलाई नास गरी ज्ञानरुपी ज्योति जलाउनु नै वत्ति जलाउनुको अर्थ हो । दीपमालिका गर्ने प्रचलन त्रेतायुग देखिनै वैदिक सनातनधर्मीहरुले गर्दै आएको पाइन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावलि गरेको प्रसङ्ग आउने गर्दछ । त्यस समय देखि दीप प्रज्वलन गर्ने परम्परा सुरु भएको हो । दिनभर लक्ष्मीको व्रत गरी साँझ लक्ष्मीको मुर्ति, नगद पैसा तथा ढुकुटीको पुजाआजा गर्नाले धनधान्यले भरिपूर्ण हुने गर्दछ । लक्ष्मीको पूजा गृहस्थीहरुको लागि अत्यन्त आवश्यक मानिएको छ । लक्ष्मीको पूजाले घरगृहस्थीमा सुखशान्ति समृद्धि भरीने, झैझगडा देखि मुक्त रहने हुन्छ । यसैदिन हिन्दु धर्मावलम्वीहरुले गाईको पनि पूजन गर्ने प्रचलन छ । गाइलाई सम्मान स्वरुप तेल बेसार घसिदिने, मिठामिठा परिकार खुवाउने पनि गरिन्छ । गाई हिन्दु धर्ममा जन्म देखि मृत्यु सम्म काम लाग्ने प्राणी हो । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घरकोठा चोख्याउने पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ ।गाइको पुजा केवल एकदिन मात्रै गरेर गाइको सम्मान हुन सक्दैन । अहिलेको समयमा गाइको दुध, गहुत तथा गोबरबाट स्वास्थ्यका लागि विभिन्न प्रकारका औषधीहरुको निर्माण पनि भएको छ । सोही कारण पनि गाइको सम्मान र पूजा गर्नु मनुष्यको कर्तव्य हो । गाइको पूजा गरी गाइको गोठ नघाई तोरण तार्ने प्रचलन पनि रहिआएको छ ।
गोवद्र्धनपूजा तथ गोरुपूजा
यमपञ्चकको चौथो दिन गोवद्र्धन पूजा तथा गोरु पुजा पनि गर्ने गरिन्छ । गोवद्र्धनको अर्थ गौ को वृद्धि हो । पर्वतको पूजन भनेको पर्यावरणको पूजन पनि हो । गोवद्र्धनको पूजाको प्रचलन वृन्दावनमा कृष्ण भगवानको पालादेखि नै इन्द्रको पुजा बन्द गराई गोवद्र्धन रुपि प्रकृतिको पूजाबाट सुरु गरिएको पुजा हो । त्यसैको स्वरुप मानि गोबरको थुप्रो बनाई फुलमालाले श्रृगार गरी दूध चढाई पूजा गर्ने गरिन्छ । गोरुको पूजा पनि यसैदिन गरिने गरिन्छ । गोरुले नै खेतबारी जोत्नको लागि सहयोगी हुने भएका कारण गोरु पूजा गर्न थालिएको हो ।
पौराणिक कथानुसार गोवर्धन बृन्दावन नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवानको अवतार पनि यसै एरियाको राजधानी मथुरामा भएको थियो । भने बाल्यकाल बृन्दावन तथा गोकुल बितेको थियो । यस क्षेत्रका वासी हरुले बृष्टी तथा देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे । कृष्णले एकदिन गोकुलवासी हरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्नुभयो र सबैजना कृष्णको कुरामा राजी भए । गोवर्धन पर्वतको पूजा पनि बिधिवत सम्पादन भयो । आफ्नो पूजन छाडी गोवर्धन पर्वतलाई पूजा गरेको थाहा पाएर रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टी गराउँन थाले त्यो कठिन अवस्थामा भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिलाउनुभयो । इन्द्रले अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा मागे । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनपोषण गर्न सहयोगी गोरूको पनि पूजा गरिन्छ ।
भाइ तिहार
भाइतिहार यमपञ्चकको पाँचौं दिन कार्तिक शुक्ल द्वितीया तिथिका दिन विशेष उत्साहका साथ मनाइन्छ । भाइ टीकाको दिन दिदीबहिनीले दाजुभाइलाई तथादाजुभाइले दिदीबहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजा गर्ने, सप्तरङ्गी टीका लगाई पहेलो, नीलो, सुन्तला, हरियो, सेतो, रातो तथा कालो लगाई दिने र दाजु भाइको लामो आयूकामना समेत गर्ने प्रचलन रहेकोछ । मेवा मिष्ठाई आदि मनपर्ने कुरा खुवाउने, दाजुभाइले दिदीबहिनीलाई भेटी, उपाहार, वस्त्र, आदि दिने प्रचलन रहेको छ ।
काँहावाट सुरुभयोत टीका र भाइ पूजाको प्रारम्भ
परापूर्वकालमा सूर्यकी पुत्री यमराज की बहिनी यमुनाले भाइ टीकाको दिन दिन आफ्नो दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक प्रसङ्ग छ । सधै जसो काममा व्यस्त रहने यमराज यमपञ्चकका पाँच दिन यमुनाको घरमा बास गर्छन भन्ने पौराणिक मान्यता छ । परापूर्व कालमा यमुनाले निमन्त्रणा गरि दाजु यमराजलाई बोलाएकी थिइन् । त्यो समय यमपञ्चक परेको थियो भनिन्छ । यमपञ्चक भर यमराज आफ्नो काम छोडेर बहिनी यमुनाको घरमा बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी टीका लगाई दिइन् त्यही समय देखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, आदिको प्रयोगले आफ्ना दिदीबहिनी र दाजुभाइको सुख समृद्धि, आरोग्य तथा दीर्घायूको प्राप्ती हुने मानिन्छ । यमुनले यमराज सगँ भाइ टीकाको दिन जस्ले भाइ पूजा गर्छन् उनि हरु दीर्धाआयू हउन् भन्ने बरमागेकी थिइन् । अहिले पनि भारतको उत्तर प्रदेशको मथुरा जिल्ला श्रीकृष्णको जन्मस्थली यमुनाको किनार बिश्राम घाटमा टीकाको दिन दिदीबहिनी दाजुभाइको भब्यमेला नै लाग्ने गरेको छ । यमुनामा स्नानगरेर एक आपसमा भाइटीका मनाउने गर्दछन् । यमराजको पूजाले आयूको वृद्धि हुने , ओखर फोर्नाले सत्रुनाश हुने, तेल लगाउनाले अकालमा मृत्यु नहुने, मखमली माला लागाई दिनाले जसरी मखमली ओइलाउँदैन, मुर्झाउदैन त्यतै प्रकारले जीवन पनि मखमली फुलझै बनोस कहिलै दुःख चिन्ताले मुर्झाउन नपरोस, र दूबोको प्रयोगको अर्थ दूबो जसरी फैलिएर जान्छ त्यतै कुल, मान, यश, कृति समाजमा फैलदै जाओस भन्ने अभिप्रय लुकेको छ ।

#भाइ_टीका