आजदेखि धनुर्मास पर्व सुरु

178

श्रीबैष्णव सम्प्रदायको बहुचर्चित धनुर्मास पर्व आजदेखि सुरु भएको छ ।प्रत्येक वर्ष पौष महिनाभरी मनाईने यो पर्वमा श्रीबैष्णवहरुका १२ आलवार सन्तहरुमध्ये कवयत्री सन्त आण्डालको पूजा उपासना गरिन्छ । दैनिक एकाबिहानै उठेर जलासयमा गएर नुहाएपछि श्रीकृष्णको पूजा गरिन्छ । यसपछि आण्डडालको पूजा र तुलसीले अर्चन गरि सकेपछि आण्डालद्वा द्रबिड भाषामा रचना गरिएको तिरुपाब्बै दिव्यप्रबन्ध पाठ गरिन्छ । उपदेशरत्नमाला गोदा स्तुती जस्ता सुन्दर र रहस्यमय स्तोत्रहरुको पाठ पछि प्रसादका रुपमा खिर र खिचडी ग्रहण गर्ने गरिन्छ । नारी सन्त आण्डालले रचना गरेको ३० पद्य भएको तिरुपाब्बै प्रबन्धका प्रत्येक दिन एक एक पद्यको विशेष ब्याख्या सहित कथा बर्णन गर्ने गरिन्छ । यो पर्वलाई श्रीब्रत भनिएपनि उपवासरुपी ब्रत नभई भक्ति र समर्पण रुपी ब्रत भएकाले यसलाई एक महिनासम्म विशेष बिधि बिधानले मनाईने गरेको श्रीबैष्णवाचार्यहरु बताउछन ।