सांसद किरणकुमार साहले लिए संस्कृतमा सपथ

121

 

 

 

सरस्वती प्रज्ञा
सांसद किरणकुमार साहले नेपालको संसदीय ईतिहसमै पहिलोपटक कुनै सांसदले संस्कृतमा सपथ लिएको संसद सचिवालयले जानकारी गराएको छ । यस अधि नेपाली भाषामा र २०६४ साल पछि अन्य भाषमा सपथ लिईने गरेको भए पनि संस्कृत भाषमा भने पहिलो पटक सपथ लिइएको हो । हिन्दुत्वको पहिचान झल्किने भगवा कपडा लगाएका साहले आफू संस्कृत र संस्कृति जोजाउका लागि संस्कृत भाषामा सपथ लिएको जानकारी गराएका छन । संस्कृत भाषामात्र नभई संस्कृत शिक्षा र सभ्यता पनि रहेको सांसद साहले बताए । आफ्नु मातृभाषा संस्कृत नभए पनि नेपालका सबै भाषाहरुको मातृभाषा संस्कृत रहेका कारण सबै भाषाभाषीले संस्कृतको सम्मान गर्नुपर्ने कुरा साहले बताएका छन । नेपालमा अंग्रेजी र अरु भाषाहरुको प्रभाव बढेकाले संस्कृत नेपाली र सबै भाषाहरु संकटमा पर्न सक्ने देखिएकाले पनि आफू सबै भाषाको संबर्धन गर्न भाषाहरुको जननी भाषा संस्कृतमा सपथ लिन उत्साही भएको साहले जानकारी गराए । संस्कृत भाषाको उच्चारण अति अति बैज्ञानिक रहेका कारण सजिलै उच्चारण गर्न सकिने र यसले शरिर मन र बुद्धिमा पनि सकारात्मकता प्रबाह हुने भएका कारण सबैले संस्कृत बोल्न सिक्नु उपयुक्त हुने कुरा साहले बताएका छन । नेपालका शिक्षालयहरुमा पहिले संस्कृत पढाई हुने गरेको भए पनि हाल सो बन्द गरिएकोप्रति दुःख व्यक्त गर्दै साहले फेरि पनि देशमा संस्कृत पढाई सुरु गरिनु पर्ने धारणा राखेका छन ।
देशमा सबै कार्यालय आन्तरिक उडान लगायतका निकायहरुमा नेपाली देवनागरी लिपीको प्रयोग गर्नु पर्ने माग संसदमा उठाउने कुरा पनि सांसद साहले बताएका छन । आफूले संस्कृत भाषामा सपथ लिएकोमा सबै धर्माबलम्बीहरुले सकारात्मक रुपमा लिएको साहले बताए ।