राष्ट्रिय एकता दिवश पृथ्वीजयन्ति

230

पुस २७ गतेका दिनलाई राष्ट्रिय एकताकाे दिवश काेरुपमा मनाउने गरिन्छ । पुसकाे २७ गतेका दिन नेपालकाे एकीकरणकर्ता  पृथ्वी नारायण शाहकाे जन्म भएकाे थियाे । उनि नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। उनको जन्म विसं  १७७९ पुष २७ गते बिहिबार भएको थियो। ।  श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह तात्कालिक गाेरखा राज्यका शाहवंशीय राजा थिए।  उनले साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने  आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पछि योगी नरहरिनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गराउनु भएकाे थियाे।

पृथ्वीनारायण शाहले स‌‌-साना राज्य भिरकोट, कास्की, लम्जुङ गोरखा आदिमा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए। तत्कालीन बेलामा पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो। सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनमा रहेको थियो। पृथ्वीनारायण शाहले वि सं १८३१ माघे सङ्क्रान्तिका दिन नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे । देहत्यागकाे समयमा उनकाे उमेर ५२ बर्षकाे थियाे । उनकाे मृत्यु पश्चात्  नेपाल एकीकरण अभियान उनका पुत्र  बहादुर शाह, बुहारी रानी राजेन्द्र लक्ष्मी,  लगायतले अगाडि बढाएका थिए। नेपाल अङ्ग्रेज युद्ध पछि एकीकरण बन्द भएकाे थियाे । वि‌‍‍‍‍‍ सं  १८७३ सालमा सुगौलीको सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो।

२००९ सालदेखि राष्ट्रसन्त योगी नरहरीनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरिएको थियो।

पृथ्वी नारायण शाह लाई उनका पिताले  सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण भएको मानिन्छ। उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सँग  भएको थियो भने दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।

उनले थालेकाे एकीकरणकाे उपज अहिलेकाे नेपाल हाे सायद उनले एकीकरणकाे थालनि नगरेकाे भए कालन्तरमा नेपालका साना तिना छरिएर रहेका राज्यहरु बाह्य शक्तिकाे उपनिवेश हुन सक्थे हाेला एकीकरण भएकाकारण पुरै भारत  अग्रेज शासकाे उपनिवेश हुँदा पनि नेपाल बच्न सक्याे । तात्कालीबेलामा कसैका राज्यहरु छिनिए हाेलान् कसैकाे राज्यकाे अस्थित्व गुम्याेहाेला तर बिशाल नेपाल हामी सबैकाे साझा नेपाल त बन्न पुग्याे ।   भारतमै पुराना कयाै राज्यकाे अहिले नामाे निसाना छैन त्यसैले गएका इतिहासलाई गालि गर्नु भन्दा बर्तमानमा रहेकाे नेपालकाे विकाश तिर लम्कनुनै बुद्धिमानी हुन्छ ।

 

#पृथ्वीजयन्ति