वैदिक सनातन धर्ममा अनेकाै बिधि र निययमकाे पालनाकाे कुरा गरिएकाे पाईन्छ । सनातन हिन्दु धर्म अनेकाै मन्त्र देवता हरुकाे वर्णन पनि पाईन्छ। बिभिन्न मन्त्र जप्नाले अलग अलग फल पाईने कुराकाे चर्चा पनि शास्त्रहरुमा पाइने गर्दछ । हिन्दु धर्म सबै भन्दा उत्तम मन्त्र ॐ लाई मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुनै ओमकारबाट हुनेगर्छ । वेद, पूराण आदिमा पनि ओमकारकाे निकै महत्वका साथमा वर्णन पाईने गर्दछ। सम्पूर्ण ऋषिमुनीहरुकाे ध्यान ध्याता सबै ॐ नै रहेकाे पनि मानिन्छ ।
ॐकारं बिन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिन:।
कामदं मोक्षदं चैव ॐकाराय नमो नम:।।
ओमकाे उच्चारणले भगवान खुशी हुनुका साथै कामना तथा माेक्ष मात्र मिल्ने हैन आराेग्यतामा पनि यो मन्त्र निकै प्रभावी हुने मानिएकाे अध्यन अनुसन्धानबाट पुष्टि पनि भएका छन् । ॐकारकाे जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।
ॐ उच्चारणबाट उत्पन्न हुने तरंगले दिमागलाई शान्त राख्न सहयाेगी हुन्छ ।ओमकारकाे थेरापी तथा उच्चारणले धेरै विरामीहरु ठिक हुने कुरा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।
- थाइराइडः– हरेक दिन ओमकारकाे उच्चारण गर्दा थाइराइडको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
- एन्जाइटीः– ओमकाे जपले हाम्रो मानसिक स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । ॐ उच्चारणले तनाव, डरजस्ता समस्याबाट मुक्ति पाइन्छ ।
- तनाव तथा टेन्सनः– ओम मन्त्रको उच्चारण गर्दा मानसिक शान्ति मिल्छ भने यस चिन्ता, तनाव, मानसिक थकानदेखि टाढै राख्छ ।
- ब्लड सर्कुलेसनः– ॐ उच्चारणले शरीरमा ब्लड सर्कुलेसन सही हुन सहयाेग हुन्छ भने यसको दिनहुँ उच्चारण गर्दा रगतमा अक्सिजनको मात्रा वृद्धि हुन्छ ।
- स्वस्थ मुटुः– दैनिक ओमकाे जप गर्दा बिपी र ब्लड सर्कुलेसनमा सन्तुलित हुन्छ । यसले मुटुलाई स्वस्थ राख्न सहयाेग गर्छ ।
- पाचनः– ओमकारकाे उच्चारणले पेटमा हल्चल यानी भाइब्रेसन उत्पन्न हुन्छ, जसले सदा पाचन प्रक्रिया सन्तुलित रहन्छ ।