शिवरात्रिको महत्व र रहस्य

193

चक्रपाणि गौतम
फाल्गुन कृष्णपक्ष चतुर्दशी तिथिलाई शिवरात्रिब्रत भनिन्छ । शिव शब्दले कल्याणकारी अथवा सकारात्मक संकल्पना भन्ने अर्थ निस्पन्न गर्दछ । निराहार ब्रत, शिवपूजन र रात्रीजागरण यो पर्वको विशेषता हो । यो ब्रतमा रातभरि जागा रहेर शिवजीलाई अभिषेक गर्ने विधान रहेको छ । रातका चार प्रहरहरुमा अलगअलग विधिले शिवलिङ्गमा विविध द्रव्यले अभिषेक र चन्दन अक्षत फूल भष्म आदि वस्तुहरु समर्पण गर्ने विधान रहेको छ । एक अहोरात्र (२४) घण्टा निराहारब्रत र शिवपंचाक्षर मन्त्रको जप र शिवलङ्गिमा जल दुध र कामनाअनुसारका द्रब्यले अभिषेक यो ब्र्रतका नियमहरु हुन ।
महाशिवरात्रि पर्व परमात्मा शिवको दिव्य अवतरणको मंगलकारक उत्सव हो । निराकार शिवतत्वले साकाररुप धारण गरेको यो रात्रि काम क्रोध आदि विकाररुलाई त्यागेर मानवलाई निर्विकार र मत्सररहित जीवनयापन गर्न सिकाउने पर्व पनि हो । ईशान संहिता अनुसार फाल्गुन कृष्ण चतुर्दशीको राति भगवान शंकर करोडौं सूर्य समान तेज लिएर लिङ्ग रुपमा प्रकट भएको बताईन्छ ।“शिवलिङ्गतयोद्भुतःकोटिसूर्यसमप्रभः” । ईशान संहिता कै आख्यान अनुसार पद्मकल्पको सुरुमा ब्रह्माजीले अण्डज पिण्डज स्वेदज उद्भिज प्राणि र देवताहरुको सृष्टि गरि सकेर स्वेच्छापूर्वक घुम्दै क्षीरसागरमा पुग्नु भयो,आफ्ना अनन्यशक्ति र वैभवरुपी श्रीदेवी भूदेवीका साथमा सहस्र फणयुक्त शेषशैयामा आनन्दपूर्वक संसेवित नारायणलाई देखेर ब्रह्माजीलाई अभिमान आयो आफूलाई सृष्टिको मूलआधार मानिरहेका ब्रह्माले भगवान नारायणलाई देखेर क्रोधयुक्त दुर्वचनले अपमान गरे । नारायणले मन्द मुस्कानका साथ ब्रह्माजीलाई भन्नु भो हे बत्स आउनुहोस तपाईलाई स्वागत छ । यसरी नारायणले गरेको स्वागतलाई आफ्नु अपमान मानेर ब्रह्माले भने तिमी को हौ ? यहा“ किन बसिरहेका छौ ?ब्रह्माको यस्तो अभिब्यक्ति सुनेर नारायणले भन्नुभयो ब्रह्मा तिमी मेरो नाभि कमलबाट उत्पन्न भएका पुत्रहौ, म स्रष्टा हु“ , यसरी ब्रह्मा र विष्णुबीच विवाद बढेपछि ब्रह्माले पाशुपत र नारायणले माहेश्वर अस्त्र उठाएर भिषण युद्धप्रारम्भ भयो ,दुबैको युद्धले सृष्टिमा प्रलयको आशंका उत्पन्न भयो र स्वर्गका देवताहरु कैलाश पर्वतमा गएर शिवजीको स्तुति गर्न लागे , देवताहरुको आसय बुझेर भगवान शंकर युद्धरत ब्रह्माजी र नारायणका बीचमा अचानक ज्योतिर्मय स्तम्भका रुपमा प्रकट हुनु भयो । यसपछि माहेश्वर र पाशुपत दुबै अस्त्र शान्त भएर त्यही ज्योतिर्लिङ्गमा प्रवेश गरे । ब्रह्मा बिष्णुले शंकरको सो लिङ्गलाई यथोचित पूजा गर्दै प्रार्थना गर्न थाले,प्रभो π हामीले यो लिङ्गको आदि र अन्तको रहस्य जान्न नै सकेनौ प्रभा ेπ आगामी दिनहरुमा सर्वसाधारणले हजुरको पूजा कसरी गर्नेछन । ब्रह्मा विष्णुको यो कुरा सुनेर निराकार निष्कल शिवले आफूलाईतत्काल १२ विशेष ज्योतिर्लिङ्गमा विभाजन गर्नुभयो । शिवको यो साकार स्वरुप फाल्गुन कृष्ण चतुर्दशी तिथिका दिन प्रकट भएका कारण यो तिथिलाई शित्ररात्रि भनिएको हो ।
ज्योतिष शास्त्र अनुसार प्रतिपदा आदि सबै तिथिका अधिष्ठाता देवताहरु हुने गर्दछन अतःजुन तिथिका जो देवता हुन्छन तीनै देवताको विशेष कृपा पाउन त्यही तिथिमा ब्रत गर्ने गरिन्छ । चतुर्दशी तिथिका अधिष्ठाता देवता शिव भएका कारण यो ब्रतको नाम शिवरात्रिब्रत रहेको हो । यद्यपि प्रत्येक कृष्ण चतुर्दशी तिथिलाई मासशिवरात्रिब्रत भनिन्छ भनें वर्ष क्षय हुनु भन्दा पहिलेको महिनालाई महाशिवरात्रि भनिन्छ । जसरि कुनै पनि रोग ब्याधि वा शुभअशुभकर्महरु गर्नु भन्दा पहिला नै हामी सतर्कता पूर्वक तयारि गर्दछौं त्यसरि नै चन्द्रमास गणनाविधि अनुसारको बर्ष समाप्ति भन्दा अघिल्लो महिना फाल्गुन मै हामीले आगामी वर्षका लागि उर्जा संचय गर्न ब्रत उपवास र शिवसंकल्पनाको कर्म गर्नु पर्दछं । रुद्रसंहितामा उल्लेख गरिए अनुसार शिरात्रिब्रत गर्दा ब्यक्तिलाई भोग र मोक्ष दुवै कुरा प्राप्त हुन्छन , शैवशास्त्र अनुसार मोक्ष चाहनेहरुले चार प्रकारका नियम पालना गर्नु पर्दछ १भगवान शिवको पूजा २ शिवपंचाक्षरको नियमित जप ३ शिवमन्दिरमा ब्रत उपवास र ४काशिमा देहत्याग शिवपुराणमा उल्लेख गरिएका यी चार मोक्षका उपाय मध्ये शिवालयमा शिवरात्रिको ब्रत सबै भन्दा उत्तम उपायमानिएको छ । यसर्थ यो ब्रत सवैले अनिवार्य रुपमा गर्नै पर्दछ ।
शिवपूजनको अर्को रहस्य रातभरि ब्रत र पूजा हो । प्राय अरु देवी देवताहरुको पूजा ब्रत दिउसो हुन्छ भनें शिवपूजा रात्रिमा नै हुने गर्दछ । शास्त्र अनुसार भगवान शंकर संहारशक्ति र तमोगुणका अधिष्ठाता हुनुहुन्छ , यसकारण भगवान शंकरलाई तमोमय रात्रिप्रति विशेष लगाव हुनु स्वाभाविक नै हो । रात्रिलाई संहारकालको प्रतिनिधिकालका रुपमा पनि मानिन्छ जव रात पर्दछ सर्वप्रथम प्रकाशको संहार हुन्छ । मानिसको दैनिक कर्मचेष्टाहरुको संहार हुन्छ र अन्तमा निद्राद्वारा चेतनाको संहार हुन्छ । यसरि सबै प्रकारको शक्तिको संहार भएपछि सारा संसार अचेतन निद्रमा डुबेर अकर्मण्य बन्दछ यसर्थ परमात्माको संहारिणिशक्तिका अधिष्ठाता शंकरलाई रात प्रियहुनु स्वाभाविक नै हो ।यद्यपि भगवान शंकरको आराधना शिवरात्रि का दिन मात्र हैन सधै प्रदोष समयमा गरिन्छ प्रदोष समय रात्रि आरम्भ हुने समयलाई भनिन्छ ।
ज्योतिषशास्त्रअनुसार उज्यालो पक्षको चतुर्दशी तिथिको रात्रिमा चन्द्रमा पूर्ण र सवल हुन्छन भने कृष्ण पक्षको चतुर्दशीका रात्रिमा क्षीण र दुर्वल हुन्छन ।जसरि शुक्लपक्षकाप्रत्येक तिथिमा सवलचन्द्रमाका प्रभावले अन्न फल फूल औषधिआदिमा विशेष रस र प्रभावकारि शक्तिप्रवेश गर्दछ त्यसरि नै कृष्णपक्षका तिथिहरुमा प्रतिदिन क्षीण र बलहीन हुदै जाने चन्द्रमा अमावश्याभन्दा पहिलो रात्रीमा रिक्त र बलहीन हुन्छन । सम्पूर्ण जगतका मनशक्तिका नियन्ता चन्द्रमा क्षीण भएपछि हाम्रो मनशक्ति विचलित र बिकृत हुनु स्वाभाविक नै हो । जव मनको अधिष्ठाता शक्ति स्रोत क्षीण र प्रभावहीन हुन्छ त्यसबेला मानिस लगायत सबै प्राणिमा नकारात्मक भाव र नराम्रा चेष्टा अनि अशुभ चिन्तनहरु पैदा हुन्छन यसकारण औंशीको अन्धकारमय रात्रि आउनुभन्दा पहिला नै मनमा सृजन हुने नकारात्मक भावलाई नियन्त्रण गर्न शिव अर्थात कल्याणकारि तत्वको ध्यान मनन कीर्तन र उपासना गर्न अति जरुरि छ । जसरि नदीमा बाढी आउनु भन्दा पहिला नै बा“ध तयार गरिन्छ त्यसरि नै बर्षको अन्तिममहिनाको औशि र त्यसको रात मनमा नकारात्मक र तामसी भावहरु नआउन भन्ने उद्देश्यका साथ चतुर्दशीब्रतको विधान गरिएको हो ।
ऋषिमहर्षिहरुले सम्पूर्ण आध्यात्मिक अनुष्ठानमा निराहार ब्रतको विधान गरेका छन । कुनै पनि प्रकारका भोजन नगरि निराहार ब्रत बस्दा मनमा हुने विषयवासनाहरु निवारण हुन्छन । निराहार ब्रतले यौन उर्जालाई पनि नियन्त्रण गर्दछ , मनको बिकृत अवस्थामा मानिस र प्राणि सबैले यौन उर्जालाई दुरुपयोग गरिरहेका हुन्छन जसलाई व्यभिचार पनि भनिन्छ ,र यस प्रकारका अनेक कुविचारलाई नै शास्त्रले भूतप्रेत आदि भनेर विवेचना गरेको छ । अर्वाचीनको मनोविज्ञान र श्रीमद्भगवद्गीता अनुसार मनमा भएका कु भावनालाई नियन्त्रण गरेर आत्मसंयम मनोनिग्रह र मनमा सकारात्मक चेतना जागृत गराउन दिनमा भन्दा रातमा कठीन हुन्छ यसकारण रातमा संयमीहरुले जागरण गरेर आत्मसंयमका लागि निराहार रहेर शिवपूजा गर्नु उपयुक्त हुन्छ ।यसकारण मनलाई सत्यं शिवम् सुन्दरम् को कालजयी संकल्पतर्फ लैजान रात्रिप्रिय शिव र शिरात्रिको अति महत्व रहेको छ ।