चक्रपाणि गौतम
अक्षयतृतीयाको दार्शनिक पक्ष
संसारमा रहेका सबै भौतिक पदार्थहरु क्षयधर्मा छन नासवान छन अस्थायी छन । स्थायी तत्व केवल ईश्वरमात्र हो यसैले ईश्वरलाई अक्षय भनेर भनिन्छ । अक्षय त्यही हुन्छ जो कहिल्यै नाश हुँदैन । ईश्वर बाहेक संसारमा हरेक चिजहरु नाशवान छन । क्षयधर्मा वस्तुहरु असद्भावना अहंकार काम,क्रोध,लोभ,मोह,मद,मात्सर्य र इर्स्या उत्पन्न गराउने प्रबृत्तिका हुन्छन भनें अक्षयधर्मा कर्महरु सद्भाव सकारात्मक चिन्तन, मनन दया,करुणा, मैत्री र सात्विकतातर्फ प्रवृत्त गराउने खालका हुन्छन । अक्षयधर्मा कर्महरुले हामीलाई दैवी सम्पदातर्फ डोहोर्याउँछ। जीवनमूल्यको अनुसरण र वरण गर्ने प्रेरणा प्रदान गर्दछ । बैशाख शुक्ल तृतीया तिथिलाई अक्षय तृतीया भनिनुको कारण नाशवान वस्तुहरुको उत्सर्गबाट अविनाशी तत्वप्राप्तिको सामथ्र्य र भौतिक पदार्थहरुप्रति निस्पृहताबाट अविनाशी मोक्षमार्गतर्फ प्रेरित हुन परमात्माको निर्हेतुक कृपा प्राप्त गर्ने सत्य त्रेता युगारम्भको प्रथम दिन भएकाले नै हो ।
मानव जीवनको प्रमुख लक्ष्य मोक्ष हो मोक्ष प्राप्त गर्न ईश्वरको कृपा चाहिन्छ । भनिन्छ ईश्वरकृपा मानिसलाई अकारण नै हुन्छ यानि की हाम्रा असंकल्पित अज्ञात र अनिच्छापूर्वक नै सही गरिएका पुण्यकर्मले मानवलाई सत्संगतर्फ लाग्ने ईश्वरीय चेतना प्रवाह हुन्छ । त्यही सत्संग भौतिक वस्तुप्रतिको निस्पृहता जागृत गराउने माध्यम बन्दछ अनि ब्यतिm आत्मा र ईश्वरानुभूतितर्फ लाग्दछ संसारिक र भौतिक कर्महरु कर्तव्य ठान्दछ र धर्मपूर्वक जीवनयापन , श्रमपूर्वक अर्थोपार्जन , त्यागपूर्वक उपभोग कर्तव्य निवाह गर्दछ अनि धर्म श्रम र त्यागको परिणाम अक्षय अविनाशी मोक्ष प्राप्त गर्दछ ।
अक्षय तृतीयामा विविध सामाजिक धार्मिक कृत्यहरु पनि सम्पन्न गर्ने गरिन्छ । यस दिनलाई भगवान परशुराम र वेद विद्याका उद्धारक भगवान हयग्रीवको अवतार दिवसका रुपमा पनि मनाइन्छ । भगवान परशुराम आठ चिरंजीवीमध्ये एक हुन । परशुरामले अत्याचारी शासकहरुको अन्त्य गररे धर्म स्थापन गरे उनी पृथ्वीमा धर्म र राजधर्म स्थापन गरेकै कारणले चिरंजीवि भए अक्षय जीवन प्राप्त गरे ।यसकारण आज पनि हामी परशुरामलाई चिरंजीवी भन्छौ दीर्घजीवनप्राप्तिका लागि पूजा गर्छौं । सत्ययुगमा हयग्रीव नामक दानवले ऋषि आचार्य लगायत सबै ब्राह्मणहरुलाई पराजित गरेर वेदविद्यालाई रसातलमा लगेर लुकाएको थियो यसै दिन भगवानले हयग्रीव अवतार धारण गरेर हयग्रीवकोको बध गरि विद्या स्थापना गर्नु भएको हो । यसर्थ आज पनि विद्याका उपासकले सरस्वती संगै भगवान हयग्रीवको पनि उपासना गर्ने गर्दछन । हयग्रीव वैदिक विज्ञानका स्थापक हुनुहुन्छ । ऋतुविज्ञान अनुसार बैशाख महिनामा गमी अत्याधिक बढदछ गमीका कारण मानिस पशु पंक्षी सबै तीर्खाले व्याकुल हुन्छन यसर्थ बैशाखको मध्य समयमा धनीहरुले अन्न नभएका स्थानमा अन्न जल आदिको व्यवस्था गर्ने विधान रहिआएको छ । ज्योतिष शास्त्र अनुसार अक्षयतृतीया बैशाखको शुक्ल तृतीयामा रोहिणी पौषको औसी मूल रक्षाबन्धनका दिन श्रवण कार्तिक पूर्णीमाका दिन कृत्तिका नक्ष्त्र परेनन भने देशमा अकाल र दुष्टहरुको चलखेल बढनेराज्यकोषमा भष्टाचार हुने र नागरिकलाई अन्याय हुने भन्ने कुरा उल्ले गरएका ले यस्ता किसिमका कष्ट शान्ति गर्न पनि जनस्तरबाट दान धर्म कर्म आदि गर्ने परम्परा रहिआएको हो । अक्षयर्ततीयामा नया“ जौको सातु र सर्वत दान गर्ने नियम छ । बटुवाहरुलाई भोक र प्यासबाट जोगाउन जौ को सातु दान गरिन्छ र स्वयं पनि जौ को सातु सेवन गर्ने गरिन्छ । आयुर्वेद शास्त्र अनुसार जौ को सातु सुपाच्य शीतल बलबर्धक कफ नास गर्ने र पुष्टि प्रदायक हुने भएका कारण बैशाखमा सातु सेवन उत्तम मानिन्छ ।
बैशाख महिना माधवमासका नामले चिनिन्छ । कुनै प्रकारका दोष रहित हुनका लागि यो महिनामा गरिएको श्नान दान जप तप अक्षय फल प्रदान गर्ने हुन्छ । माधवमास मै अक्षय तृतीयाका दिन भगवान बद्रीनाथको दर्शन खुल्छ बद्रीनाथको दर्शन पनि मोक्षमार्गमा लैजाने सहज माध्यम मानिन्छ ।