सांच्चै हुन्छ त ग्रहशान्ति….?

351

 


चक्रपाणि गौतम
ज्योतिषशास्त्र के हो यो बुझ्न बेदान्त दर्शन बुझ्नु जरुरी छ । यो शास्त्रमा विश्वास गर्नु एउटा कुरा हो तर तर्कपूर्ण र तथ्यपरक कुरा अध्ययन गरेर विश्वस्त हुनु चै खास कुरा हो । कतिपय भौतिकवादीहरु पनि ज्योतिषशास्त्रलाई विश्वास गर्दछौं भन्दछन । किन विश्वास गर्दछौ ? भनेर सोधनी गर्दा उनीहरुले दिएको उत्तर सुनेर भनें यो स्तम्भकारलाई अलिअलि हा“सो पनि उठछ । भौतिकवादीहरुको भनाई हुन्छ ज्योतिषविद्या विज्ञान हो त्यसैले विश्वास लाग्छ । कतिपय आफूलाई युवा आधुनिक भन्ने ज्योतिषीहरु पनि यो विधालाई विज्ञान हो भन्दछन अर्थात भौतिकवादीले भने झै ईलेक्ट्रोन र प्रोटोनको विज्ञान हो भनेर भन्दछन । आधुनिक भनिएका ज्योतिषीहरुलाई त भौतिक विज्ञानको ईलेक्ट्रोन र प्रोटोन के हुन खासै ज्ञान नै हुदैन । हाम्रो समाज व्यक्तिको रुप उमेर हेरेर प्रभावित बन्ने समाज छ । व्यक्तिको अध्ययन र विषयप्रति अध्यवसाय ( मिहिनेत) कत्तिको छ भन्ने रुची नै व्यक्तिमा देखिदैन । ज्योतिषी हौ भन्नेहरु पनि यो सिद्धान्तका मान्य र सामान्य दुबै प्रकारका ग्रन्थ समेत पढेका हुदैनन । पछिल्लो समय नेपालमा देखिएको अधिकांश ज्योतिषीहरुलाई ज्योतिष शास्त्रका कुनै पनि श्लोकको सामान्य अर्थ भन्न लगाउने हो भने उनीहरुको अनुहार कालो निलो हुने अवस्था छ । किनभनें संस्कृत बाङमयको आधारशीला भनेको संस्कृत व्याकरण हो, पाणिनीय व्याकरण हो । व्याकरण रहित संस्कृत संभाषण र श्लोक वाचन त अपवित्र हुन्छ भनें ज्योतिष जस्तो विशेष शब्दावली भएका संस्कृत श्लोकहरुको अर्थ सामान्य ज्योतिषी हु भन्नेले लगाउनै सक्दैनन । अर्को तर्फ केही समय गुरुकुलमा संस्कृत व्याकरण पढेकाहरु संस्कृत कलेज वा विश्वविद्यालयमा पढदा सजिलो का लागि साहित्य लगायत अरु विषयको अध्ययन गर्ने गर्दछन ।संस्कृत कलेज अध्ययन गरुन्जेल दीक्षान्तपछि कर्मकाण्ड पुराणवाचन जस्ता काम गरेर जीविका नचलाउने मनोविज्ञानले ग्रस्त हुन्छन संस्कृतका विद्यार्थीहरु । तर दीक्षित भईसकेपछि सरकारी रोजगारी पाउन कठीन छ । संस्कृतका विद्यार्थीले स्कुल कलेजमा नेपाली वा संस्कृत पढाउनु पर्यो नत्र कर्मकाण्डकै भर पर्नु पर्ने अवस्था छ । संस्कृत विषयमा आशालाग्दो प्राविधिक विषय आयुर्वेद पढन पनि अव १२ कक्षा अनिवार्य विज्ञान पढनु पर्ने नेपाल सरकारले नियम लागु गरेपछि यो विधामा विद्यार्थीको आकर्षण रहे पनि हालसम्म गुरुकुलमा दस जोड दुई कक्षामा विज्ञानको खासै अध्यापन गरिएको छैन । यसकारण परम्परागत बाहेक औपचारिक आयुर्वेद अध्ययन गर्न संस्कृतका विद्याथीहरुले सक्ने संभावना नै भएन । एक प्रकारले आयुर्वेदलाई सरकारले संस्कृत विधाबाट खोसिदियो । आयुर्वेद अव वेद रहेन यो विधालाई आधुनिक चिकित्साविज्ञानको बैकल्पिक चिकित्सा पद्धति बनाउन विश्व स्वास्थ्य संगठन (ध्ज्इ ) लागि परेको छ । अव नेपालमा पनि संस्कृत गुरुकूलमा पढेका विद्यार्थीले उच्च शिक्षामा साईन्स नपढी आयुर्वेद पढन पाउने छैनन । आयुर्वेदमाथि विश्व स्वास्थ्य संगठन र विश्वका ठूला भनिने एलोपेथिक औषधी उत्पादकहरुले ठूलो षडयन्त्र गरेका छन । र नेपालमा उनीहरु सफल पनि भई सकेका छन ।
आयुर्वेद पढन आधुनिक विज्ञान पढनै पर्छ भन्ने छैन किनभने रोग लक्षण निदान आदिका सम्बन्धमा आयुर्वेदका आफ्नै मानक सिद्धान्त छन । आधुनिक विज्ञानले भनेका कुरा आयुर्वेद सिद्धान्तले मान्नै पर्छ भन्ने छैन । कतिपय कुराहरुमा आधुनिक चिकित्सा विज्ञान प्रभावकारी पनि छ । रोग निदानका लागि आधुनिक चिकित्साविज्ञान अब्बल नै रहनु पर्छ । तर दार्शनिक मूल्य मान्यता बोकेर भौतिक उपचार गर्न सक्ने आयुर्वेदमाथि विश्व स्वास्थ्य संगठन हावी भएर सरकारलाई नै प्रभाव पारि आयुर्वेद समाप्त पार्न खोज्नु हाम्रो राष्ट्रियता संस्कृति दर्शन परम्परा धर्म सबै कुरा मास्नु हो ।
यो आलेखमा आयुर्वेद विशेष रुपले जोडनु कारण के हो भनें चार्वाहरुजस्ता अपवाद बाहेक संस्कृत बाङमयले प्रतिपादन गरेका कुने पनि विधा आस्तिकताले युक्त छन । ज्योतिषशास्त्रले निर्देशन गरेका छन । जीवनदर्शनको अजस्र ज्ञान प्रवाह गर्ने पण्डितले पनि पुराणमा ज्योतिचक्रको वर्णन गर्नै पर्छ । ज्योतिष शास्त्रले निर्देशन गरेको कुरा मान्नु पर्छ भनेर भन्नेपर्छ । मूहुर्तमा नै कथा प्रारम्भ गर्नु पर्छ । त्यस्तै आयुर्वेद त ऋतु समय नक्षत्र अदिका रोग बनस्पति औषधि सबै ज्योतिष विधा बिना कम नै गर्न सक्दैन । भनौ सनातन सभ्यताका हरेक विधा कालगणनाविधि , मूहुर्त चिन्तन कर्मविपाक ( पुर्वजन्म पुनर्जन्म सिद्धान्त ) आधारित छन ।
हामीले पाउने हरेक सुख दुःखका कारण ग्रहहरु हुन कि हाम्रो भाग्य ? यो प्रश्नको उत्तर जान्न दर्शन जान्नु पर्दछ ।बेदान्त दर्शनले प्रतिपादन गरेको ईश्वर जीव र प्रकृतिबीचको सम्बन्ध के हो बुझ्नु पर्दछ । हमीलाई ग्रहहरुले कुनै कारण बिना नै किन दुःख दिने ? ज्योतिषीको भाषामा ग्रहले पिरेको भने पनि अकारण ग्रहले पीर दिदैन हाम्रो दुःख सुखको कारण हाम्रो प्रारब्ध हो । पूर्वजन्ममा गरिएका पाप पुण्यकर्मका आधारमा हाम्रो जन्म अनुकूल वा प्रतिकूल समयमा हुन्छ । र समयको मर्यादित स्थायी नियम अनुसार ग्रह नक्षत्रहरु गोचर हुन्छन । जीवनको कुन समयमा कस्तो सुख दुख प्राप्त हुने हो भन्ने कुराको निदर्शन ग्रहहरुले गर्दछन । यसकारण ग्रह सूचकमात्र हुन ग्रह दुःखका कारक हैनन । दुःको कारक हाम्रो प्रारब्ध हो । यसलाई भोग्नै पर्छ ।
अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभं।
ना भुक्तं क्षीयते कर्म कल्प कोटि शतैरपि ।। ब्रह्मबैबर्तपुराणको यो उपदेश अनुसार जीवले ( कुनै पनि जन्ममा ) जानेर वा नजानि गरेको पापको फल करोडौ कल्पपछि पनि भोग्नै पर्छ । कर्मलm नभोगि आत्माको कल्याण संभव नै छैन ।त्यस्तै
कृतकर्मक्षयो नास्ति कल्पकोटिशतैरपि ।
अवश्यमेव भोक्तब्यं कृतं कर्म शुभाशुभम् ।। शिवपुराण अनुसार जीवले गरेको कर्म कहिल्यै नास हुदैन शुभ या अशुभ जस्तो सुकै कर्म गरेको भए पनि जीव (चेतनाशक्ति आत्मशक्ति) ले कुने न कुनै समयमा भोग्नै पर्छ । यसकारण हाम्रा सबै दुःख सुख भाग्य निर्धारित छन ।
आधुनिक भौतिकवादीहरुले भाग्यवादको विरोध गर्नुको कारण भाग्यवादलाई आधार बनाएर निहित स्वार्थ पुरा गर्न बीचमा ग्रह नक्षत्र तारा राशिचक्रलाई ल्याएर मानिसले स्वतन्त्र व्यवसाय सिर्जना गरे । खगोल विज्ञान प्रत्यक्ष विज्ञान हो । आकाशमा देखिएका ग्रहहरु पनि प्रत्यक्ष हुन उनीहरुको नियमित गतिविधि पनि सत्य हो । र खगोल सम्बन्धी अध्ययन गर्ने प्राच्यविद्या पनि सत्य हो ।
ज्योतिष फलकथन एक अतीन्द्रिय क्षमता हो । परामनोविज्ञानको आधारमा आधुनिक वैज्ञानिकहरुले यसलाई स्वीकार गर्ने हो भनें ज्योतिषविद्या सर्वमान्य विद्याका रुपमा स्थापित नहुने कुरै छैन ।
दुष्कर्मको संग्रहित फल प्रारब्ध र भाग्यविधानलाई सरल र सहज बनाउने माध्यम सनातन हिन्दु विधानमा पाईन्छन । सनातन धर्मशासत्रहरुका अनुसार भाग्य बदल्ने (ग्रहशान्ति गर्ने ) एकमात्र बिधान प्रायश्चित्त हो । प्रायश्चित्तको सुविस्तृत तत्वज्ञान र सुनिश्चित विधान छन । हाल समाजमा देखिएको भाग्य बदल्ने सस्तो विधानको घुसपैठले कर्मविपाक सिद्धान्त र फलकथन विधिलाई हास्यास्पद बनाईदिएको छ । प्रायश्चित्त भनेको आफूले गरेको गल्ती स्वीकार गरेर भविष्यमा यस्तो नगर्ने भावुक मनस्थितिबाट अव उप्रान्त अपराध नगर्ने प्रण हो । कुनै चोरले चोरि गरेको सबै सामान फिर्ता गरेर पश्चात्ताप गरे पछि चोरि चकारिमा लाग्ने मनस्थिति बदल्न अर्को शुभकर्ममा केन्द्रित हुनु पर्दछ त्यसरि नै पहिले गरेका कुकर्ममा मन नलगाउन ब्रत चान्द्रायण आदिले प्रायश्चित्त गर्नु पर्दछ । व्यक्तिले जुन दुस्साहसले कुकर्म गर्दछ त्यही स्तरमा त्यही स्तरमा आफ्नु दुस्प्रबृत्तिप्रति बिद्रोह गर्नु नै ग्रहशान्ति हो । मंगलमय कर्म हो अनि ग्रहशान्ति हो ।