श्रावण महिना शिवकाे प्रिय महिना, के ले अभिषेक गर्दा के फल पाइन्छ ?

752

ध्रुवशरण ढुंगान 

श्रावण महिना भनेको शिव भगवान् शिवको प्रिय महिना हो । भगवान शिवलाई सबै भन्दा छिटो प्रशन्न हुने देवता भनेर भनिन्छ । अन्य महिना भन्दा श्रावण महिनामा  गरेको पूजाले अधिक फलप्राप्त हुने शास्त्रीय वचन पनि पाइन्छन् । श्रावणमहिनामा समुद्रमन्थन भएकाे र हलाहलनाम गरेकाे बिष निस्कदा याे बिषले संसारनै जलाउन लाग्दा  शिवले बिषपान गरेर संसारलाई बचाएकाे कारण याे महिनामा शिवकाे पूजा गरियकाे भनिन्छ ।  बिषपान गरेपछि शिव भगवान् लाई बिषले डहन हुन लाग्याे र देवताका वैद्य अश्विनीकुमारहरुले बिष समनकाे लागि धतुराे भाङ आदि बनस्पतिहरु औषधीय प्रयोग गरिदिय यसले शिवलाई केही शान्ति भो भने त्यसै वेलादेखि जल तथा यी द्रव्यले शिवको पूजा हुन लाग्यो र आज सम्म पनि सोहीकारण श्रावण महिनामा बिषेश पूजा हुन सुरु भयो ।   अन्य मास भन्दा श्रावणमासमा गरेको पूजाले अधिक फलप्राप्त हुने शास्त्रीय वचन पनि पाइन्छन् । शिव भगवानको उपासनाले धनधान्य तथा समृद्धि प्राप्त हुने बिश्वास का साथ अनेकाै शिवालय हरुमा भक्तहरुको लाम लाग्ने गर्दछ । बाेल वंम भन्दै भक्तहरु गंगा जल लगेर चढाउने गर्दछन् । धर्मशास्त्र अनुसार शिवकाे प्रिय महिनामा यदि श्रद्धापूर्वक भगवान आशुतोषलाई प्रसन्न गराएमा सबै मनोकामना पूर्ण हुन सक्छन् ।
शिवजीलाई प्रसन्न बनाउने केही उपायहरु शिवपुराणमा तथा पौणिक गन्थहरुमा लेखिएका उपाय जानौ ।
 धन सम्पत्तिको कमि छ भने शिवजीलाई रुद्राभिषेक गरी अक्षता चढाउनाले धनलाभ हुनेछ ।
 सन्तानको सुख चाहने वालाले शिवको पूजा अभिषेक गरी गहुँ अर्पण गार्नले सन्तान सुख मिल्ने मानिएको छ ।
 घरमा सुख शान्ति को लागि शिव भगवनाको अभिषेकका साथ जौ अर्पण गरेमा सुख समृद्धिको अवश्य बृद्धि हुनेछ ।
 तिलार्पण गरेमा पापबाट मुक्ति मिल्दछ ।
केले अभिषेक गर्दा के फल पाइन्छ त
 शुद्ध कुशको जलले रुद्राभिषेक गर्दा रोगबाट मुक्ति मिल्नेछ ।
 कुनै पनि वच्चाका मस्तिष्क कमजोर छ भने चिनि मिश्रित दुधले भिषेक गर्दा मस्तिष्क तेज हुन्छ ।
 उखुको रसले अभिषेक गर्नाले लक्ष्मी प्राप्ति हुन्छ ।
 गंगाजल अथवा तिर्थको जलले रुद्राभिषेक गरेमा भोग देखि विरक्ती र मोक्ष प्राप्ति हुन्छ ।
 तेरीको तेलल रुद्राभिषेक गरेमा सत्रुनाश होलान्
 छातीका रोगहरको शमनको लागि महले अभिषेक गर्नु पर्ने हुन्छ ।
 शुद्ध लोकल गाईको घृतले रुद्राभिषेक गरेमा शारीरिक दुर्बलता हट्ने हुन्छ ।
 बंश विस्तारको लागि दुधले अभिषेक गर्नु पर्दछ ।
 पशुको कामना गर्ने वालाले दहीले अभिषेक गर्नुपर्दछ ।
कुन फूलले पूजा गर्नाले के पाईन्छ
 मदार (आँक)को फूलले पूजन गरेमा मोक्षप्राप्ति हुन्छ ।
 चमेलीको फूलले पूजा गरेमा गाडी, घोडा बाट सुख मिल्छ ।
 शमीपत्रले भगवान शिवको पूजन गरेमा मोक्षप्राप्ति हुन्छ ।
 धतररोको पूलले पूजन गरेमा सुयोग्य पुत्र प्राप्ति होला ।
 वेलको पत्रले पूजन गरेमा सुन्दर बरलाई बधु मिल्ने ,बधुलाई वर मिल्ने ।
 जुहीपत्रले पूजन गरेमा अन्नवृद्धि होला ।
 कनेरको फूलले पूजन गरेमा वस्त्रको प्राप्ति होला ।
दुबोले पूजन गरेमा आयु वृद्धि हुन्छ ।