बुटवल
दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेसनबाट सभापतिमा ज्यो. ज्ञानेन्द्र पाण्डेय (गजल) निर्वाचित हुनुभएको छ ।
आईतवार बुटवलमा भएको दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेसन विश्व ज्योतिष महासघका अध्यक्ष पञ्चाङ्गार डा. लोकराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनबाट नयाँ कार्यसमिति बनेको छ ।
जसमा सभापति ज्यो. ज्ञानेन्द्र पाण्डेय (गजल),वरिष्ठ उप–सभापतिमा पण्डित विष्णुप्रसाद मरासिनी,उपसभापतिमा हविन्द्र भुषाल, जनक लम्साल, महासचिवमा पण्डित नविन पौडेल,उप-महासचिव हरिचन्द पौडेल,गायत्री देवि सुवेदी पराजुली र अनुप पौडेल निर्वाचित हुनुभएको छ ।
त्यस्तै कोषाध्यक्षमा पवित्रा आचार्य, सचिवमा माया शर्मा पन्थी, सह-सचिवमा सन्देश सापकोटा र हरिहर पण्डित अधिकारीलाई चयन गरेको छ । त्यसै गरी सदस्यहरुमा मित्रलाल पन्थी,प्रदिप खनाल ,प्रविन कुमार तिवारी, मनोज भुसाल, दुर्गा बस्याल सुबेदी, माधव अर्याल, धना सुवेदी भण्डारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत लक्ष्मण पन्थीले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै विश्व ज्योतिष महासंघका सहअध्यक्ष वास्तुविद् डा. माधव मंगल जोशीले माथि विभिन्न ग्रहहरु र तल जमीन दुई वटा शक्तिहरुको बीचमा हामीहरु छौ त्यसैले वास्तुकलालाई नबुझी अगाडि बढेर काम गर्दा ठूलो क्षति हुने सम्भावना रहेकाले विश्वास गरे फाइदा नै पुग्ने बताउनुभयो ।
त्यसैगरी दक्षिण एसियाली ज्योतिष महासंघका सभापति लक्ष्मण पन्थीले ज्योतिष पेसालाई मर्यादित र व्यवसायिक बनाउन आग्रह गर्नुभयो । विश्व ज्योतिष महासंघका प्रवक्ता समेत रहनुभएका पन्थीले ज्योतिष पेसामा लागेहरुलाई विधिवत रुपमा दर्ता गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय ज्योतिष समिति नेपालका सभापति खिलनाथ काफ्ले,विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका महासचिव कमल पौडेल,रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशका संयोजक सुन्दर भण्डारीको सभापतित्व र राष्ट्रिय ज्योतिष समिति नेपालका महासचिव रविन पंगेनीले संचालन गर्नुभएको थियो । त्यस्तै सोही कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासंघका पूर्व उपमहासचिव थानेश्वर देवकोटालाई सम्मान गरिएको थियो ।