ज्याे. थानेश्वर देवकाेटा
सूर्य
सूर्य समस्त ब्रह्माण्डको प्रकाश दिने स्थिर ग्रह हो । यो ग्रह पृथ्वीबाट ९२९५६५२४ (नौकरोड उन्तीस लाख छपन्न हजार पाँचसय चौबीस माइल माथि छ । यो ग्रह पाप संङ्केत र पूर्वदिशाको मालिक हो । सूर्यको वर्ण पँहेलो र पुरुष जातिमा गनिन्छ । यस्को फल पिताबाट सुखकम पाउने हुन्छ भने यो ग्रहको पालामा अपच बढी हुन्छ । सूर्यको पालामा हृदयरोग बढ्न सक्ने, खराब स्थानमा बसेर पापी ग्रहको साथमा बसेमा जेल पनि लान सक्ने हुन्छ । परन्तु सूर्य शुभग्रहको साथमा शुभ स्थानमा बसे राम्रोकाम गर्छ, पराक्रमी हुन्छ, शत्रुलाई पराजय गर्छ । धनसम्पत्ति बढाउँदै लैजान्छ । कामदारहरू बेइमानी हुन्छन् । साथीभाइ धेरै बढ्दै जान्छन् तर नीचो भएमा मतिहीन, रोगी र चोरी लुटपाट जस्ता भैरहने सङ्केत पनि हुन्छ । स्थान अनुसार साथमा रहेको ग्रह के कस्तो छ विचार गरी फल वताउनु पर्दछ ।
चन्द्रमा
यो ग्रह पृथ्वीको एउटा उपग्रह हो । यो ग्रह ः पृथ्वीबाट नजिक रहन्छ र पृथ्वीको परिक्रमा गरिरहन्छ त्यसैले यो ग्रह पृथ्वीबाट २६८००० । (दुई लाख अड्तीस हजार किलो मिटर माथि रहन्छ त्यसैले यो चन्द्रमा ज्योतिषीहरूको विचारमा शुभग्रह मानिएकोछ । यो ग्रहलाई वायव्य दिशाका मालिक भनिन्छ र स्त्री जातिमा मिल्छ । यो ग्रहको प्रभावले मानिस सदैव भाग्यशाली र धनसम्पत्तिबाट पूर्ण हुन्छ । यो सुख शान्ति दिने ग्रह मानिन्छ । आफ्ना बाबु, दाजुभाइ, दिदीबैनी र इष्टमित्रबाट पूजिने तथा सम्मान समेत पाउने, यश इज्जत कमाउने, धार्मिक एवं स्त्री जातिको धैरै प्यारो पनि हुने र स्त्रीजातिबाट लाभ गर्न सफल हुन्छ । यो ग्रह पापयुक्त भएमा विषम फल देला । मानिस अटेर हुने,अल्छीपन बढ्ने र चिसो बढी हुने, शीतल गराउने तथा काममा ढिलासुस्ती गराईरहने हुन्छ ।
मङ्गलग्रह
मङ्गल ग्रहले सूर्यको परिक्रमा गर्छ । यो ग्रह पृथ्वीबाट करिब १६२५००००० । सोह्र करोड पचीस लाख किलो मिटर टाढा रहेको छ तर ज्योतिषीहरूले यसलाई पनि पाप संज्ञक ग्रह मानेका छन् । यो ग्रह दक्षिण दिशाको मालिक र भूमिपति पनि हो । मंगल पुरुषकारक तथा अग्निकारक ग्रह हो । यसको गति अति उत्तेजक र कष्टकारी हुन्छ । यो ग्रह शुभ भएमा धनसम्पत्ति, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र र बाहन आदिको वृद्धि गराउँछ । मंगलले जे दिने हो त्यो चाँडै नै दिनेगर्दछ । शुभ स्थानमा बसेकोछ भने राज्यलाभ गराउँछ । यो राज्याधिकारी ग्रह पनि हो । सेना, प्रहरी, प्रशासक र जमिनको अधिपति गराउँछ । यदि अशुभ स्थानमा बसेको भए गृहनष्ट, समाजमा निन्दित, अपव्यय तामसादि कार्यमा लगाउने, अपराध गर्न मन हुने, सुवर्णादि नास, बाहनादिबाट हानि गराउने हुन्छ । फलित गर्दा यसको गति र स्थानलाई विचार गर्नु पर्दछ ।
बुध
बुधलाई नपुंसक ग्रह भनिएको छ । यो ग्रह पृथ्वीबाट ३७०००००० संैतीस करोड किलो मिटर माथि रहन्छ । यो ग्रहको विचार सूर्यसँग अति नजिक भईरहन खोज्छ । यसको अशुभ फल भनेको पागल बनाउने र रोगी बनाउने, लाटो हुने, स्वार्थी हुने, र कुष्ट रोगी पनि बनाउने गर्छ । अतः यसले शुभ ठाउँमा शुभ ग्रहसँग बसेदेखि विद्वान्, नेता, धनी, बुद्धिजीवी, साहसिलो जातक हुन्छ भने सुन्दर शरीर भएको स्त्रीहरूबाट प्यारो, गाँउ नगरको प्रमुख मान्यगन्य हुनेछ । बुधकै राम्रो प्रभावले जातक उच्च विचार भएको, रंगिलो, बजाउँन गाउँन जान्ने, धेरै जनासगँ संपर्क राख्न सक्ने आदि गराउँछ ।
बृहस्पति
बृहस्पति सूर्य ग्रहलाई छोडेर अरूभन्दा ठूलो मानिएको छ । यो ग्रह सूर्यबाट ९८७१२००० – नौ करोड सतासी लाख बाह्र हजार किलो मिटर टाडा रहन्छ । गुरु पूर्व दिशाको मालिक हो । यस ग्रहको शुभ प्रभावले मनुष्यहरू दानी, धेरै धर्म मान्ने, धैर्य, बुद्धिमानी, धन सम्पत्ति जोड्नुका साथै इज्जतदार विद्वान् गराउँछ । वृहस्पति अशुभ तथा पापी ग्रहको तालमेल भएमा अुशभफल प्रदान गर्दछ । जस्तै– धनक्षय हुने, इज्जतमा दाग लाग्न सक्ने, हरेक कार्यमा असफलता हातलाग्ने, मनमा अशान्ति, घर जमिनमा झमेला, मानहानी आदि गराउन सक्छ ।
शुक्र
शुक्रग्रह ज्योतिषीहरूको विचारमा शुभग्रह मानिएको छ । यो ग्रह गोरो वर्णको छ भने यसले आग्नेय दिशाको प्रतिनिधित्व गर्दछ । शुक्रलाई जल तत्वको मानिएकोछ । यो ग्रह पृथ्वीदेखि ३४३००००० ( तीन करोड त्रिचालीस लाख) किलोमिटर दूरीमा रहेकोछ । यो ग्रह अधिक चम्किलो ग्रह हो । यस ग्रहले फलमा हेर्दा वात, पित्त, काव्य – संगीत, वीर्य, स्त्रीकामी, आँखामा समस्या दिनसक्ने हुन्छ । यस्तै विद्या, भूषण, आत्मसम्मान, समाजमा सक्रियता, ज्योतिष, राजनीति, कलानाटक, पाकसम्बन्धी इन्जिनियर, कलेक्टर, सेना, प्रशासक, कृषि जस्ता कुरा विचार गर्न सकिन्छ । स्वास्थ्यमा नशा सम्बन्धी विचार गर्ने , घरजमिन वृद्धि गराउँने, झगडामा विजय दिलाउने, पशुपक्षी फैलाउँने, वाहनको वृद्धि गर्ने, बौद्धिक कार्यमा सफलता दिलाउने ठूला–ठूला व्यक्तिसगँ संपर्क गराउने काम पनि शुक्र ग्रहले गर्दछ ।
शनि
शनि पाप संज्ञक ग्रह हो । यसको फल धेरै रिसाउँने र नपुंसक जस्तै हुन्छ । शनि पश्चिम दिशाको मालिक हो भने वायुहरूको मालिक पनि हो । मरूद्गण आदि गरिएका ४९ भाइ वायुहरूको मालिक कहिन्छ । यस ग्रहले शुभ फल दिँदा धन–धान्यबाट पूर्ण, निरोगी, निडर, हरेक प्रकारका निर्णय लिनसक्ने हुन्छ । तर शनिग्रह अशुभ स्थानमा बसेमा अशुभकार्य गराउनुका साथै मान्यजनमा विरोध, अशान्ति, अपव्यय, धेरै नशाका वस्तुहरू प्रयोग गर्ने, पशुचौपायाबाट हानि हुने, मानसिक समस्या पैदा गर्ने नशाको रोग पैदा गर्ने, जमिनबाट हानि, जेलसमेत लैजान सक्ने जस्ता समस्याहरू आउन सक्ने हुन्छ । त्यसैले यो ग्रहको फल बताउँदा धेरै बिचार गरेर वताउनु पर्दछ । शनिग्रह पृथ्वीबाट करिव ७९१०००००० उनासी करोड दश लाख किलोमिटर टाढा रहन्छ ।
राहु
राहु क्रूर पाप संज्ञक ग्रह हो । यो ग्रह दक्षिण दिशाको मालिक हो र कालो वर्णको मानिएको छ । यो ग्रह एक राशिमा ७ वर्ष बसेर अर्को राशिमा सर्ने गर्दछ । यो ग्रह पृथ्वीबाट करिव १६९००००००० एक अर्व उनन्सत्तरी करोड किलोमिटर माथि रहन्छ । यो ग्रहको गति ढिलो रहेको छ । यसको छायारूप प्रकाश पर्न थाले पछि मनुष्यलाई त्यस्तै प्रकारको फलदिन शुरु गर्छ । उचो र पराक्रमस्थानमा बसे राम्रो फल दिन्छ । जस्तै– मन्त्री बनाउने, कलेक्टर, सरकारी सेवामा प्रवेश दिलाउने , प्रहरीप्रमुख बनाउने, जिल्लाप्रमुख बनाउनेदेखि माथिल्लो पोष्टसम्म लैजान्छ । ठूलो उद्योगपति पनि वनाउँछ । तर यो ग्रह दुर्भाग्यसूचक पनि हो तर कहिलेकाँही चमत्कार पनि देखाउँछ । यसले धेरै जसो शारीरिक कष्ट दिने, अप्रेशन, दुर्घटना, अङ्गभङ्ग गराउने, क्यान्सर जस्ता जटिल रोग, मुद्दामामिला खेप्न पर्ने, विद्यामा रोकावट गर्ने सम्म गराउँछ । यो ग्रह नराम्रो भयो भने प्रत्येक काम रोक्ने ग्रह पनि हो । यस ग्रहको विपरीत प्रभाव न्यूनताका लागि भैरवको उपासना फलदायी हुन्छ ।
केतु
केतुग्रह पनि राहुग्रह जस्तै क्रूर ग्रह हो । यो ग्रहलाई कैयाै्ं ज्योतिषीहरूले उत्तर दिशाको मालिक र कुवेरसगँ सम्बन्धित भन्ने गर्दछन् । त्यसैले केतु लागे पछि सम्पत्ति सुख दिन्छ भन्ने गरेको पाइन्छ । तर यो ग्रहको फल भनेको धेरै स्थानमान हानि दिनेखालको मानिन्छ । केतुको पालामा मुटु, किड्नी, फोक्सो, हर्टअटेक जस्ता रोगका साथै चोरी हुने, लुटिने, खेतबारी पैरो जाने, नोकर चाकर शत्रु बन्ने, पशुबाट हानि हुने, आदि समस्या आउने हुन्छ ।