ओम वाणी
आज मिति २०७७ जेष्ठ १० गते शनिवार तदनुसार २३ मई २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, गृष्मऋतु , जेष्ठशुक्लपक्ष, तिथिः– प्रतिपदा ४६ घडी ४६ पला, रात्री ११ वजेर ५५ मिनेटसम्म , नक्षत्र रोहिणी ५९ घडी ३ पला, विहान ४ वजेर ५० मिनेट सम्म, योग – अतिगण्ड , करण –किंस्तुघ्न आनन्दादीयोग – श्रीवत्स, चन्द्रमा – बृष राशिमा, सूर्य– बृषराशिमा , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १३ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ४९ मिनेटमा ।
चन्द्रमा – दक्षिण दिशामा ।
योगिनी – पूर्व दिशा ।
कालराहु – पूर्व दिशामा ।
दिशाशूल– पूर्वमा ।
राहुकाल – बिहान ८ वजेर ३६ मिनेट देखि १० वजेर १९ मिनेट सम्म । अशुभ
यमघण्टा –दिनको १ वजेर ४३ मिनेट देखि ३ वजेर २५ मिनेट सम्म । अशुभ
गुलीककाल– विहान ५ वजेर १३ मिनेट देखि ६ वजेर ५५ मिनेट सम्म । सौम्य
अभिजितमुहूर्त – विहान ११ वजेर ३३ मिनेट देखि १२ वजेर २८ मिनेट सम्म । शुभ
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कला कौशलताका धनीहरुका लागि सुनौलो अवसर आउनेछ, बन्धु बान्धव हरुले प्रेम तथा सहयोग गर्नेछन् । रोग शोक वाट छुट्कारा मिल्नेछ । आजको दिन हजुरले स्थिर भएर काम गर्नु पर्ने छ, यात्राको आयोजन गर्दै हुनुहुन्छ भने सावधान हुनुहोला , जागिरमा भने प्रमोसन तथा यश प्राप्त हुनेछ । मन प्रशन्न रहनेछ ।
बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
मनमा उठ्ने नकारात्मक विचारहरु समाप्त भएर जाने छन् , ठुला व्यक्ति सँग सम्पर्क बढेर जाला । प्रेममा सफलता हात लाग्नेछ , बिरोधीहरुलाई पछि पार्न सकिएला । शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त अनुभव गरीएला । पद प्रतिष्ठामा बृद्धिले मन प्रशन्न होला, मित्र तथा पारिवरिक सदस्यहरु सँग आनन्दको समय व्यतित हुनेछ ।
मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । पढाइमा मनजाने छैन । पेटमा समस्या आउला, खानपानमा ख्यालगर्नु पर्ला ।आज तपाँईको मनमा डर त्रासले वासगर्ने सम्भावना छ, मान हानी हुनसक्छ अतः साबधान रहनुपर्ने हुन्छ । खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि टाढै रहन सके मानसिक शान्ति मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शैक्षिक योग्यतामा निखार आउनेछ, कागजीकाम गर्ने हरुको लागि राम्रो दिन रहेको छ । प्रेममा देखावटी गर्ने हरु सगँ सावधान रहनु राम्रो हुन्छ । आजको दिन हजुरले वैचारिक जित हासिल गर्न सक्नुहुने छ, धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला । पुत्र पौत्रको सहयोग तथा सुख मिल्नेछ , साथीभाइ सँग रामाईलो गरिनेछ , मिष्ठान भोजनको अवसर जुट्नसक्छ
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आजको दिन तँपाइले गरेका सामजिक योगदानकोे चर्चा चल्नेछ, प्रेमामा मधुरता आउला शिक्षामा मनजानेछ । साथी भाइसँग रमणीय स्थलको यात्रा गर्न सकिनेछ, बिद्यामा रुचि,दाजुभाई बाट सहयोग मिल्लनेछ । पति पत्नीको विचको सम्बन्धमा मधुरता आउनेछ, धन– धर्म कमाउने मौका आउनेछ , स्वास्थ्थमा सुधार, घरयासी नवीन सामन खरिद गर्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
सामाजिक कार्यमा मन जानेछ । हिम्मतमा बृद्धि , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुन सक्नेछ । परिवारका लागी समय दिन सकिनेछ । व्यापारी तथा जागिर गर्ने हरुका लागी आजको दिनले सफलता दिनेछ, पूर्व सञ्चित योजनाहरु कार्यन्वयन हुनेछन् । पिता तथा पैतृक सम्पत्तीबाट लाभ लिन सकिन्छ,परिवारमा खुशीको माहालोल वन्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
आजको दिन ठुलो लगानि वाट वच्नु पर्ने हुन्छ । कार्यमा बिलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । प्रेममा धोका खान सकिन्छ सावधान हुनु होला, वाटो–घाटो काट्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा बिषेश ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कफ, वातका रोगीहरुलाई राम्रो दिन छैन, कुनै पनि अनैतिक कामबाट परै रहनुपर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मिष्ठान्न भोजनको आनन्द लिन पाईनेछ । शरीरको आलश्य दूरहोला , धार्मिक यात्रा गर्ने मानसिकता पैदा होला बिद्या तथा प्रेममार्ग सफल । आजको दिन तँपाइले नयाँकामको थालनी गर्ने दिन रहेकोछ, सहकर्मि हरुको सहयोग भरपूररुपमा पाइनेछ । शुभ समाचार आउनेछ, गरेको व्यवसायले प्रशन्नता बढउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साथीभाइ सँगको मेल जोलले प्रशन्नताको बृद्धिहोला । धनको दिशामा गरिएको प्रयास सफल होला, विपरीत लिङ्गी सगँको आर्कषण वढेर जाला । सहज र आनन्दमा दिन व्यतित होला । आजको दिन हजुरको बिचार स्थिर रहनेछ , सार्वजनिक कार्यले समाजमा प्रतिष्ठित हुने अवसर जुट्ला । शाहासले गर्दा चुनौती पूर्ण पनि सहजै पुरागर्न सक्नुहुने छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
। बिद्यामा रुचि बढेर जाला, आर्थिक कमजोरी दूरहोला , यश, कृति फैलिदै जानेछ । प्रेममा मिलन तथा मधुरता आउनेछ । आज पारिवारिक मेल जोल तथा आनन्दमा समय व्यतित गरिनेछ , व्यपारको लागी अतिनै उत्तम दिन रहनेछ । स्वजनको सहयोगले गर्दा महत्व पूर्ण सफलता हात लाग्ला । बोलीको प्रभाव बढेर जाला
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाई लेखाइमा मन जने छैन । व्यावसायमा मन्दी आउनेछ । आर्थिक कमजोरी आउला, आफन्तमा बिवाद होला । मित्रहरु सगँ वनाएका योजना अधुरै रहनेछन् । आज फूर्ति तथा तेजको कमी महशुस होला, आमाको स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरु सगँ वाद विवाद हुने सम्भावना रहेकाले कमा वोल्नु राम्रो होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन बिधामा लागेका हरुको लागि अतिनै राम्रो दिन रहन्छ । स्त्री हरुले भने वाणीमा संयमता अपनाउनु पर्नेछ । प्रतिस्पर्धा बढेपनि नयाँ कामको अनुभव गरिनेछ, बौद्धिक अथवा तार्किक चर्चामा भाग लिन सकिनेछ । धनलाभका मार्ग फेला पर्लान्, व्यवसायमा प्रगति होला , शत्रु नाश हुनेछन् ।
#aaj ko raasi