नीति तथा कार्यक्रम धार्मिक पर्यटकीय गन्तव्यलाई पनि अर्थतन्त्रको महत्वपूर्ण आर्थिक क्रियाकलापको रूपमा हेरिने ।

479

ओम वाणी

 वुटवल जेष्ट १०
शनिवार प्रदेश नम्बर ५ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गुर्नभएको हो ।  कोभीड १९ को कारण मारमा विश्व नै परेको अवस्थामा प्रदेश ५ सरकारले पनि कोरोना विरुद्ध जुध्नको लागि तयारी सहितको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याएको हो । नीति तथा आगामि आर्थिक बर्षमा अनेकौ खर्च नियन्त्रण गर्दै कृषि क्षेत्रमा विशेष कार्य गर्ने योजना प्रदेश सकारको छ । पर्यटन तथा धार्मिक पर्यटनको विकासमा मा पनि कोभिड १९ को प्रकोप नियन्त्रणमा आउन साथ कार्य गरीने भएकोछ । पर्यटन तथा धार्मिक पर्यटकीय गन्तव्यलाई पनि अर्थतन्त्रको महत्वपूर्ण आर्थिक क्रियाकलापको रूपमा विकास गर्ने लक्ष प्रदेशसरकाले लिएको छ । साहसिक पर्यटन, पर्या पर्यटन, बिदा पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, कृषि पर्यटन, खेलकुद पर्यटन, शैक्षिक पर्यटन, ग्रामीण पर्यटन लगायतका व्यवसायको विविधीकरण र विकास गरी प्रदेशमा रोजगारीको अवसर वृद्धि गरिनेछ ।
प्रमुख पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गरेर प्रदेशमा परिमाणात्मक तथा गुणात्मक रुपमा पर्यटक आकर्षण गर्ने नीतिमा समावेश भएको छ । बिशेष प्रकारले रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा भएका अनेकौ प्राचीन तथा वुद्धस्थल स्थलहरूलाई समेटी बृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन हुनेछ ।
प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक एवम् अन्य पर्यटकीय स्थलहरूको संरक्षण, संवद्र्धन तथा विकास गर्ने लक्ष रहेको छ । गतवर्ष संचालित पर्यटकीय पूर्वाधार निर्माण कार्यक्रम तथा बिस्तृत आयोजना प्रतिबेदन तयार गरिएका आयोजनालाई निरन्तरता दिइनेछ ।
भारतीय र आन्तरिक पर्यटकहरूलाई आकर्षित गरी पर्यटन प्रवद्र्धन गर्न प्युठानको स्वर्गद्धारी, रोल्पाको होलेरी, अर्घाखाँचीको नरपानी, पाल्पाको श्रीनगर र गुल्मीको रेसुङ्गामा हिल स्टेशन निर्माण गरिने भएकाे छ ।
प्रदेशका संस्कृति, भेषभुषा, मौलिकता र परम्परागत पेशा, लाई सुरक्षि गरी वाह्य तथा आन्तरीक पर्यटका लागि अर्गेनिक तथा घरेलु उत्पादनसँग आबद्ध गरी पर्यटन प्रवद्र्धन गर्ने नीति लिइनेछ  ।