ॐवाणाी जेष्ठ १२
काठमाण्डाै
साेमवार काठमाण्डाैमा ३ जना काेराेना संक्रमित फेला परेका छन् । टाेखा न.पा ३ र ६ मा तथा वुढा निलकण्ठ न. पा. ३ का २७, ४१, र ३७ बर्षीय पुरुष संक्रमित फेला परेका हुन् । कोरोना भाइरस संक्रमणको पुष्टि भएका टोखाका दुई व्यक्ति एक किरानाा पसले र अर्का ज्योतिषी भएको खुलेको छ । काेराेना भाइरस धेरै भन्दा धेरै समम्पर्कमा आउने व्यक्तिमा सजिलै सर्ने भएका कारण समाजिक तथा शारीक दूरी कायम गरेर कार्य गर्नु यसकाे विकल्प हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ जनासहित आज ७२ जना नयाँ संक्रमित भेटिएका थिए ।
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारलगायतलाई पनि संक्रमण भएको यो भाइरस विभिन्न पेशा र व्यावसयामा संलग्नलाई नै लागिरहेको छ ।धेरै भन्दा धेरै मान्छेसँग सम्पर्क हुनेलाई चाँडो संक्रमण देखिने कोरोना भाइरस काठमाडौं टोखा नगरपालिका–३ धनेश्वरका एक जना ज्योतिषीमा पनि पुष्टि भएको वडा सदस्य मुकुन्दराज कुँवरले जानकारी गराउनु भयाे । अहिले साे स्थानलाइ शीलगरेर अन्य सम्पर्कमा आउने काेही छन् की भनेर खाेजी भएकाे सदस्यले जानकारी गराउनु भयाे ।
अर्का १ जना भने वडा नं. ६ का किराना पसले रहेको कुँवरले जानकारी गराउनु भयाे । ती व्यक्तिहरूको र्यापिड टेस्ट पनि पोजेटिभ आएको थियो । र्यापिडमा पोजेटिभ देखिएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेका थिए । उनका अनुसार नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि समेत पठाएको थियो ।