संक्रमित १२ सय नाघे आज मात्र १७० जना, प्रदेश नं. ५ मा ६३ जना

451

ॐ वाणी   जेठ १६ । 

नेपालमा शुक्राबार थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । यसरी पुष्टि भए सगै नेपालमा संक्रमितहरुको कुल संख्या १ हजार २ सय १२ पुगेको छ । जस मध्ये  १ हजार १ सय ३ पुरूष र १ सय ९ जना महिला रहेका छन् ।

यस्तै प्रकारले  अहिले सम्म  २ सय ६ जना संक्रमणमुक्त भएर फर्केका छन् । अहिलेसम्म कोरोना भाइरसका कारण ६ जनाको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार आज सम्म प्रदेश नं. ५ का ९ जिल्लामा ४ सय ३३ संक्रमित रहेका छन्  भने आज शुक्रवारमात्र प्रदेशमा ६३ जना संक्रमित देिखएका छन् ।  प्रदेशकाे कपिलवस्तु जिल्लामा ५२ जना बाकेंजिल्लामा १० जना र रूपन्देहीजिल्लामा १ जना संक्रमित पुष्टि भएकाे छ । अर्घाखाँची मूमिका स्थानका मृत्यु भएका पुरूषकाे काेराेना संक्रमणा पुष्टि भएकाे छ । मृत्युहुनेकाे संख्या ६ पुगेकाे छ ।

हाल सम्म प्रदेश नंं.१ का ८ जिल्लामा मा १ सय ५७ जना संक्रमित रहेका छन् , प्रदेश नं. २ का ८ जिल्लामा ४ सय ९० जना रहेका छन् । वागमती प्रदेशका १२ जिल्लामा ४४ जन संक्रमित छन् । गण्डकी प्रदेशमा २०जना संक्रमित भएका छन् ।  कर्णाली प्रदेशमा ३ जिल्लामा संक्रमितकाे संख्या ४४ रहेकाे छ । सुदुरपश्चिम प्रदेशकाे ७ जिल्लामा २१ जना संक्रमित रहेका छन् ।