नेपाल ज्योतिष परिषद् प्रदेश नं. ५ काे आयाेजनामा अनलाइन ज्योतिष प्रशिक्षण

633

ॐवाणी  वुटवल १८ जेठ
नेपाल ज्योतिष परिषद् प्रदेश नं. ५ ले आफ्नाे आयाेजनामा  प्रदेश तथा अन्य प्रदेशका ज्योतिषीहरूको लागि अनलाइन ज्योतिष प्रशिक्षण कार्यक्रम  सञ्चालन गरेकाे छ ।

जुम एपबाट गरिएको प्रशिक्षणमा आईतवार नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक लक्ष्मीप्रसाद बरालले ग्रहगोचर तथा राशिफल लेखन विधिबारे प्रशिक्षण दिनु भएको थियो ।

ज्योतिषीहरूले लेखेका राशि तथा फलितमा एकरूपता आओस भन्नका लागि प्रशिक्षण संचालन गरिएको प्रदेश नं. ५ का अध्यक्ष जनार्दन न्यौपानेले जानकारी दिनु भयो । यस्त कार्यक्रमले  लकडाउनको वेलालाई सदुपयाेग गर्दै सम्पूर्ण ज्योतिषी तथा परिषद्का सदस्यहरूले लाभ उठाउन सक्ने उहाँकाे ठहर छ ।

आज भएको अनलाइन प्रशिक्षण कार्यक्रममा २१ जना सहभागिहरूले सहभागिता जनाउनु भएको थियो । कार्यक्रमलाई दैनिक निरन्तरता दिने आयाेजककाे भनाई छ  ।

यस प्रकारको कार्यक्रमले ज्ञानका साथै यो लकडाउनमा दिनभर घरबस्दा हुनसक्ने डिफ्रेसन आदिको लागि पनि निकै सहयोगी हुने प्रशिक्षार्थीहरूको भनाई थियो ।