सवै विद्वानहरुबीच सम्बाद समन्वय स्थापना गरेर ज्योतिष विद्यालाई एकरुपता प्रदान गर्न पनि ज्योतिषीहरुको संगठन आवश्यक छ

1121

ओमवाणी श्रावण ६
ज्योतिषीहरू बाट समाजमा धेरै सेवा सहयोग र सामाजिक सद्भाव समाजिक एकताका कार्यहरू पनि भएका छन् । आफ्ना सही सटिक पलित र अंक गणनाको प्रभावले ज्योतिषले समाजलाई सकारात्मक दिशातर्फ बढ्ने प्रेणा प्रदान पनि गरेको छ । पूर्वकाल देखि आजसम्म समय, मुहूर्त, काल, बेला, तिथि, प्रदान गर्ने शास्त्र पनि ज्योतिष नै हो । ज्योतिषका पूर्व आचार्यहरूको गहन अध्ययन र अनुसन्धान ज्योतिषमा गरेका थिए भन्ने शास्त्र प्रमाण छन् यसको परिचालन तथा फलितका बिषयमा नेपाल ज्योतिष परिषद् प्रदेश नं १ का अध्यक्ष विश्वप्रकाश लामिछाने संग ओमवाणीका लागी धार्मिक संचारकर्मी चक्रपाणि गौतमले गर्नु भएको कुरा कानी ।

पूर्वी नेपालका स्थापित ज्योतिषी हुनुहुन्छ लामिछाने । लामो समदेखि फलित ज्योतिषमा सिद्धहस्त लामिछाने नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर १ का अध्यक्ष पनि हुनुहुन्छ । प्रस्तुत छ ज्योतिषी लामिछानेसंगको सम्बाद

१ आज भोली के मा व्यस्त हुनुहुन्छ ?

लकडाउनले व्यस्तता घटायो अध्ययनशीलता बढायो , सामाजिक दूरी कायम राख्नु पर्ने आचारसंहिताले एकान्तमा बसेर अध्ययन अध्यवसाय गर्ने अवसर मिल्यो । यदा कदा आफन्तसंग सामाजिक संजालमा कुराकानी गर्ने र वचेको समयमा अध्ययन नै गर्ने कार्य भईरहेका छन । म लागायत सबै ज्योतिषहिरुले यसपाली खारिएर अध्ययन चिन्तन र विचारविमर्श गर्ने अवसर पायौं । सामाजिक संजालको प्रयोग गरेर सबै ज्योतिषीहरुले विवादित र आपसमा न सुल्झेका विषयहरुमा खुव मन्थन र निर्णय गर्यो यसपल्ट लकडाउनले ज्योतिषीहरुमा विशाल एकता गरायो र फलादेशमा हुने गरेका मतभेदलाई एकरुपतामा रुपान्तरण गर्न सकियो ।

२ अहिले ज्योतिषीहरुको जीविका कसरी चलिरहेको छ ?

धेरै जनसम्पर्कमा हुनुपर्ने र नजिकैको दूरीबाट बोलचाल गर्ने भएकाले ज्योतिषीहरुले लकडाउन सुरु भएदेखि नै मर्यादा पालन गरे जनसम्पर्कमा आउनासाथ कठिनाई हुने भएकाले कसैले पनि आफ्नातर्फबाट सेवा दिन सक्नुभएन , यसैलाई आजीविकाको माध्यम बनाउनेहरुलाई अहिले पनि कठिन छ र लकडाउनका समयमा त ज्योतिषीहरुले झनै कठीनाईको सामना गर्नु पर्यो । यसो त सामूहिक रुपमा आयोजना गरिने ठूला साना धार्मिक अनुष्ठानहरु हुन सकेनन ज्योतिषीमात्र नभई अरु आचार्य गुरु पुरोहितहरुलाई पनि समस्या त परेकै हो र अहिले पनि परिरहेकै छ । कठीनाईमा धैर्यधारणको शिक्षा दिने विद्वानहरुले आफ्नु कठीनाईलाई गौण नै मन्नु भएको छ । तर पनि यो समयमा आचार्य गुरु पुरोहित र ज्योतिषीहरुलाई अफ्ठ्यारो नै परेको मान्नु पर्दछ ।

३ ज्योतिषीले त आफूलाई यस्तो समस्या आइपर्र्दै छ भन्ने कुरा जानेर पूर्वतयारी गर्नु पर्ने होईन र ?

वस्तुतः ज्योतिषका मूख्य ५ प्रकारका विधा छन , सिद्धान्त ,होरा संहिता प्रश्न र शकुन शास्त्र । आम ज्योतिषीहरुले सैद्धान्तिक विषयको अध्ययन गरेका हुन्छन् र यी विषयमध्ये सिद्धान्त होरा संहिता प्रचलित छन् , प्रश्न शास्त्र र शकुन शास्त्र ग्रन्थ अध्ययनलेमात्र पूरा हुदैन प्रश्न र शकुनका लागि ध्यान योग तपस्या अनुभव पनि चाहिन्छ , यसतर्फ ज्योतिषीहरुको चिन्तन गएको हुदैन ,समूहिक रुपले हुने आपदा जनपद विध्वंश आदिको अध्ययन शकुनशास्त्र भित्र पर्दछ , यसको संक्षिप्त संकेत आयुर्वेद र पुराण ग्रन्थहरुमा पाईन्छन । पृथ्वी ,प्रकृति वातावरण पशुपंक्षि, वन वनस्पति ,भूमीगत वायु , नदीजलमा अमुक अमुक प्रकारको परिवर्त वा अनियमितता आयो भनें समूहिक आपदा आउछ यसकारण समय मै सचेत हुनु पर्दछ भन्ने कुराको उल्लेख शास्त्रमा पनि पाईन्छ , मेदिनी ज्योतिषको सिद्धान्त पनि शकुनका लागि अध्ययन गर्न योग्य विषयहो ,परन्तु आजको भागडौड र मानिस आफैले निम्त्याएको भौतिक सुख प्राप्तिको जिज्ञासा निबृत्ति गर्न बाध्य भएका ज्योतिषीहरुलाई शकुन सिद्धान्त अध्ययन र मनन गर्ने अवसर नै मिल्न नसकेको मान्दछु । सुख पाउदा म मात्र सबै भन्दा सुखि हुन सकौं भन्ने मानिसलाई दुःख आउदा सामूहिक रुपले आउछ भनें हेक्का हुने हो भनें शकुन सिद्धान्तको अध्ययनमा ज्योतिषीहरुलाई बल मिल्ने थियो । अनि आगामी सामूहिक आपदाहरुबाट समाजलाई बचाउन सकिने थियो भन्ने लाग्दछ । सार कुरा के हो भनें अहिले ज्योतिषविद्याको एकतर्फी र व्यक्तिगत सुखदुखको पक्ष ज्ञानका लागिमात्र उपयोग गर्न थालियो सामूहिक हित र लोक कल्याण सम्बन्धी चिन्तनधार कमजोर भयो यसैकारण वैश्विक महामारीहरुको सटीक फकथन गर्ने परम्परामा कमी आयो ।

४ सिद्धान्त होरा संहिताले त शास्त्रद्वारा तयार पारिएको सिद्धान्तलाई आधार मानेर फलकथन गर्दछन तर शकुनशास्त्रले भनेको कुरा पुग्छ भन्ने आधार चै के त ?
नि संदेह पुग्दछ , वर्षा विप्लव प्राकृतिक आपदा भूकम्प उल्कापात आ“धिवेरी जस्ता आपदाहरुको संकेत प्रकृति आफैले गर्दछ , भूकम्पका बेला कुकुर भूई सुङ्दै रुदै गर्दछन , मुसाहरु दूलाबाट निस्किएर छटपटाउछन , वार्षापूर्व कमिलाको समूहले आफ् नुआहारा र भ्रूण सुरक्षित पार्दछ , सर्पहरु दूलाबाट बाहिर निस्केर विचलित हुन थाले भनें ठूलो वर्षा हुन्छ , मानिसलाई रोव र अनिदो नहुदा पनि झपझपी उ“ङ् लाग्यो भने वर्षा हुन्छ , यस्ता धेरै विषहरुछन शकुनका ,यस्ता कुरा बुभ्mन अनुभव त्याग र साधनाको आवस्यकता पर्दछ अनिमात्र आफू र अरुलाई आउने सामूहिक समस्याका सम्बन्धका बारेमा जानकारी गर्न गराउन सकिन्छ ।

५ तपाईहरुको संगठन पनि छ , ज्योतिषीहरुले संगठीत हुनुपर्ने आवश्यकता किन पर्यो ?
यद्यपि यो विद्या ब्रह्मविद्या हो , वेदान्त हो , वेद पुराणमा निर्देशन गरिएको तत्ववोध गराउने कुरा हो अनि भौतिक विज्ञान पनि हो । यसको आदर्श कर्म सिद्धान्त हो गन्तव्य अध्यात्मलाभ र भौतिक उन्नति नै हो । ज्योतिष विद्याविना सनातन संस्कृतिमा कुनै कर्महरु सम्पन्न नै हुदैनन । कुनै पनि वैदिक कर्म गर्न वेदकै निर्देशन र आचारसंहिता पालना गरिनु पर्दछ ,अनि कर्मको उचित अनुचित समय निर्धारण गर्नेकाम ज्योतिष शास्त्रले गर्दछ । हामी आफू हिडने बाटो जसरी आफै हेरेर निश्चिन्त हुन्छौं त्यसरी नै वैदिक कर्म सफल पार्न वेद कै आ“खा ज्योतिषले हेर्दछ र कर्मसाफल्यका लागि निश्चिन्तता प्रदान गर्दछ । हामी कुनै पनि सकाम कर्म सम्पूर्ण रुपले सफल होस भन्ने चाहनाले कर्म गर्दछौं भनें त्यसमा दक्षता आवश्यक हुन्छ ,सबै ज्योतिषीहरु सबै विषयमा दक्ष हुदैनन ,कसैलाई गणीतमा दक्षता प्राप्त छ भने कसैलाई फलितमा यस्तो अवस्थामा सवै विद्वानहरुबीच सम्बाद समन्वय स्थापना गरेर ज्योतिष विद्यालाई एकरुपता प्रदान गर्न पनि ज्योतिषीहरुको संगठन आवश्यक छ । विद्वानहरुको एकता भनेको संस्कृति परम्परा र उत्तरदायित्वको एकरुपता हो । विद्वानहरु संगठीत भएर अध्ययन चिन्तन गरि आपसी हित साधन गर्दै लोक कल्याणमा अग्रसर हुन नै हामीले संगठित हुनुपर्ने आवश्यकता देखेका हौं ।