आपदाका समयमा धर्मगुरुहरूको सामाजिक दायित्व

692

विश्वप्रकाश लामिछाने
वैश्विक महामारी कोरोना कोभिडले विश्व आक्रान्त बनेको छ , सामान्य मानवीय कार्यहरू समेत प्रभावित हुने गरि भएको कोभिडप्रभावले मानवसमुदायलाई जति आर्थिक र भौतिक नोक्सानी पुर्यायो त्यो भन्दा अनेक गुणा धेरै मानशिक नोक्सानी पुर्याएको छ । मानशिक नोक्सानीको कारण आर्थिक पनि हुन सक्दछ अथवा व्यक्तिले गरेको योजना कार्यान्वयन पक्षमा पुग्न नसकेका कारण पनि प्राय समाज मानशिक रूपले तनावग्रस्त बनेको हो ।

मानव स्वाभाव नै गतिशीलता हो गतिशील बन्न सकिएन भनें मनमा चिन्ता बढदछ र भविष्यको चिन्ता पनि हुन्छ परिणाम निराशा बढछ । हाल समाजमा आर्थिक पक्ष कमजोर देखिएको छ , जव आर्थिक पक्ष कमजोर बन्दछ अध्यात्मिक पक्ष पनि कमजोर हुनपुग्दछ । कमजोर अध्यात्मिकताले पनि मानशिक तनाव बढाउदछ र मानिस किंकर्तव्य विमूढताको स्थितिमा पुग्दछ ।
यद्यपि कठिन परिस्थितिमा मानिसलाई अध्यात्मले सहयोग गर्दछ सकारात्मक भावनाले जिजीविशा बढाउदछ । यसकाराण् सकारात्मक बन्न प्रयत्नशील बन्नु पर्दछ । सुख दुःख हानी दण्ड निर्बन्धमा शान्त र आशावादी बन्न सक्यो भनेंमात्र मानिस प्रगतीपथमा बढन सक्दछ ।
कोरोना प्रभावमा नेपाली अध्यात्म क्षेत्र निक्कै कमजोर बनेको छ । धर्मप्राण नेपाल र नेपालीहरूले खुल्ला र उन्मुक्तता पूर्वक धार्मिक कृत्यहरू गरिरहन पाएका छैनन , अनि यससंग सम्बन्धीत कर्म गराउने ज्योतिषी आचार्य गुरु पुरोहित सबैका मनमा सामान्य पीडा पनि कायम छ । यद्यपि दुःखमा धैर्यवान बन्नु सनातन धर्मीको मूख्य लक्षण हो । कठीनाईलाई परमात्माले लिएको परिक्षा सम्झेर शान्त बस्न प्रयास गर्नु र अनुकूल समयको प्रतिक्षामा बस्नु पनि धर्म भावना हो भन्ने कुरा अध्यात्मका अनुयायीहरूले महसुस गर्नु पर्दछ ।

नित्यकर्ममा नियमित रूपले सक्रिय बनेर आफ्नो मनस्थितिलाई परमात्मामा समर्पित गर्नु अहिले गुरु पुरोहित र आचार्यहरूको कर्तव्य हो । महामारीका बेला प्रलोभनमा पारी धर्मान्तरण गराउन सक्रिय विदेशी धर्मपरिवर्तनकारी संघ संस्थाहरूको निगरानी पनि यसबेला ज्योतिषी गुरु पुरोहित र धर्माचार्यको दायित्व भित्र पर्दछ । सनातन शास्त्र सतत अध्ययन नगरेका जनसाधारणको बुझाईमा धर्म सजिलै प्राप्त गर्ने विषय हो भन्ने हुन्छ । जन्म मृत्यु देखिका विभिन्न संस्कारहरूको बैज्ञानिकता हुदाहुदै पनि यसबारे जानकारी गराउने योग्य गुरुका अभावमा जनसाधारणले भय वा परम्परा निर्वाह गर्नका लागिमात्र संस्कार कर्महरू सम्पन्न गरेका हुन्छन् र महामारी र आपदाका बेलामा हुने आर्थिक अभाव र कर्महरूको अनिवार्यता र कर्म सम्पन्न गर्नका लागि रुपिया पैसाको अनुपलब्धताले जन्माएको निराशालाई समाएर धर्म परिवर्तनकारीहरू सक्रिय हुनसक्ने संभावनालाई ध्यानमा राख्दै ज्योतिषी , गुरु पुरोहित सबैले सरलता पूर्वक व्यक्तिलाई ठूलो आर्थिक लगानी नगरिकन काज क्रिया र सवै प्रकारका संस्कार कर्महरू गराउनु प्रमुख दायित्व हो भन्ने बुझ्नु पर्दछ ।
विवाह ब्रतबन्ध जस्ता कर्महरुलाई ठूलो आयोजनाका रुपमा नभई विधि र शास्त्राज्ञालाई सम्मान गर्दै सामान्य रुपले सम्पन्न गराउनका लागि यजमानहरुलाई पे्ररित गर्न सक्नु पर्दछ ।

पर्याप्त सवारीसाधनको अभाव र आर्थिक अभावका वेला फोन वा सामाजिक संजाल आदिका माध्यमले यजमानका धर्म कर्म विधि नियम सम्बन्धी कुराका जिज्ञासा सजिलै समाधान गरिदिनु पनि गुरु पुरोहितहरुको दायित्व हो । सामाजिक संजाल आदिवाट समूह वनाई दैनिक वा साप्ताहिक रुपमागुरु पुरोहित र यजमानका बीचसम्पर्क स्थापित गरेरधर्मकर्म र आगामी चाडवाड तिथिपषर््हरुका समबन्धमा पनि जानकारी गराउनु उत्तम हुने छ । नेपाली समाज गुरु पुरोहितका निर्देशनमा चल्ने समाज भएका कारण यस्ता महामारी र आपदाका बेला समाजको मनाबल उच्च राख्न गुरु पुरोहितहरुको महत्वपूर्ण भूमिका समाजमा रहेको हुन्छ ।

लेखक नेपाल ज्योतिष परिषद् प्रदेश १ का अध्यक्ष हुनुहुन्छ ।