श्राद्ध–सत्सङ्ग शास्त्रीय चिन्तन

4824

 

उपप्राध्यापक पुष्पप्रकाश ज्ञवाली
नेपाल संस्कृत विश्वविद्यालय
बेलझुण्डी, दाङ ।

सत्य सनातन वैदिक धर्ममा श्राद्धको विशेष महत्व रहेको छ । परम्परालाई हेर्दा संसारका सबै धर्मका अनुयायीहरूले आ–आफ्ना मृतकका नाममा कुनै न कुनै कर्म गरेकै हुन्छन् । मृतकका नाममा गरिने मौनधारण वा दानादि कर्महरू सबै श्राद्धकै अनेक रूपहरू मान्न सकिन्छ । सत्य सनातन धर्ममा शास्त्रीय मर्यादा पालनका सन्दर्भमा केही सत्संग गर्ने प्रयत्न यहाँ गरिएको छ ।
१. श्राद्ध शब्दको अर्थ
प्रेतं पितृंश्च निर्दिश्य भोज्यं यत्प्रियमात्मनः ।
श्रद्धया दीयते यत्र तच्छ«ाद्धं परिकीर्तितम् ।। पृथ्वीचन्द्रौदये मरीचिः, नि. सि. तृ. प. उ.
आफूलाई प्रिय वा मिठो लाग्ने खाने वस्तु प्रेत वा पितृलाई उद्देश्य गरेर श्रद्धापूर्वक दान गर्नुलाई श्राद्ध भनिन्छ ।
पित्रादीन्मृतानुद्दिष्य विहिते काले देशे पक्वान्नामान्नहिरण्यान्यतमद्रव्यस्य विधिना दानं श्राद्धम् ।
मृत्यु भएकाहरूलाई अर्थात् पितृ–प्रेतलाई उद्देश्य गरेर शास्त्रले विधान गरेको उचित समय र स्थानमा रहेर पाकेको अन्न काँचो अन्न, सुन आदि वस्तु शास्त्रोक्त विधिले दान गर्नुलाई श्राद्ध भनिन्छ ।
होमश्च पिण्डदानं च तथा ब्राह्मणभोजनम् ।
श्राद्धशब्दाभिधेयं स्यादेकस्मिन्नौपचारिकम् ।। श्रीधश्चेति नि. सि.तृ.प.उ. ।
अग्नौकरण, पिण्डदान र ब्राह्मणभोजन यी तीनओटै कार्य सँगसँगै गर्नुलाई श्राद्ध भनिन्छ ।
यजुषां पिण्डदानं तु वहवृचानां द्विजार्चनम् ।
श्राद्धशब्दाभिधेयं स्यादुभयं सामवेदिनाम् ।। धर्मप्रदीपश्चेति नि. सि. तृ. प. उ. ।
यजुर्वेदीहरूका लागि पिण्डदान, ऋग्वेदीहरूका लागि ब्राह्मणपूजा र सामवेदीहरूका लागि पिण्डदान र ब्राह्मणपूजा दुबै कर्म गर्नु श्राद्ध शब्दको अर्थ हुन्छ । निषेध अवस्थाबाहेक श्राद्धमा अग्नौकरण, पिण्डदान र ब्राह्मण पूजा यी पक्ष सर्वाधिक महत्वपूर्ण हुन्छन् । एकोद्दिष्ट श्राद्धमा अग्नौकरण, नित्य, मघा आदि श्राद्धमा पिण्ड र जातश्राद्ध आदिमा ब्राह्मणभोजन निषेध गरिएको हुन्छ ।
२ – श्राद्धमहिमा
श्राद्धात्परतरं नान्यच्छ«ेयस्करमुदाहृतम् ।
तस्मात्सर्वप्रयत्नेन श्राद्धं कुर्याद्विचक्षणः ।। नि. सि. तृ. प. उ ।
श्राद्धभन्दा अर्को कल्याणकारी कार्य कुनै छैन । त्यसैले बुद्धिमान व्यक्तिले पूर्ण प्रयत्नपूर्वक श्राद्ध गर्नू ।
यो वा विधानतः श्राद्धं कुर्यात्स्वविभवोचितम् ।
आब्रह्मस्तम्बपर्यन्तं जगत्प्रीणाति मानवः ।। नि. सि. तृ. प. उ ।
जसले आफ्नो औकातअनुसार बिधिपूर्वक श्राद्धगर्दछ, त्यसले ब्रह्मदेखि घाँससम्मलाई नै खुसी गराउँदछ ।
देवकार्यादपि सदा पितृकार्यं विशिष्यते ।
देवताभ्यः पितृणां हि पूर्वमाप्यायनं शुभम् ।। नि. सि. तृ. प. उ ।
सदैव देवकार्यभन्दा पितृकार्य विशिष्ट हुन्छ । निश्चय नै देवताहरूको भन्दा पहिले पितृहरूको अनुष्ठान गर्नु कल्याणकारी हुन्छ ।
तस्माच्छ«ाद्धं नरो भक्त्या शाकैरपि यथाविधि ।
कुर्वीत श्रद्धया तस्य कुले कश्चिन्न सीदति ।। वीरमित्रोदस्यश्राद्धप्रकाशः ।
त्यसैले मानिसले भक्ति र विधिपूर्वक सागसब्जीद्वारा मात्र भए पनि श्राद्ध गर्दछ भने त्यसको कुलमा श्रद्धाभावले गर्दा कसैले पनि दुःख पाउँदैन ।
न सन्ति पितरश्चेति कृत्वा मनसि यो नरः ।
श्राद्धं न कुरुते तत्र तस्य रक्तं पिबन्ति ते ।। आ.पु.नि.सि.तृ.प.उ. ।
जुन व्यक्तिले पितृहरू छैनन् भन्ने दुर्भाव मनमा राखेर श्राद्ध गदैन भने त्यस्तो व्यक्तिको रगत तिनै पितृहरूले नै पिउँदछन् । त्यसैले आफूसँग जे जस्तो वस्तु छ, त्यही श्राद्धोचित वस्तुद्वारा अवश्यमेव श्राद्ध गर्नुपर्दछ । यसबाट आफ्नै कल्याण हुन्छ ।
३ श्राद्धको भेद वा प्रकार
श्राद्धका सबै भेदहरू केलाउँदा अत्यधिक संख्या भए पनि तिनीहरूलाई एकअर्कामा अन्तर्भाव गर्दा मुख्य रूपमा चार भागमा विभाजन गरिएको छ ।
अत्र पार्वणैकोदिष्टवृद्धिसपिण्डीकरणात्मकं चतुर्विधमेव मुख्यम् । नि.सि.तृ.प.उ. ।
तत्र श्राद्धं चतुर्विधम् । पार्वणश्राद्धमेकोद्दिष्टश्राद्धं नान्दीश्राद्धं सपिण्डीकरणश्राद्धं चेति भेदात् । ध.सि.तृ.प.उ. ।
मुख्य रूपमा पार्वण श्राद्ध, एकोद्दिष्ट श्राद्ध, नान्दीश्राद्ध र सपिण्डीकरण श्राद्ध गरी श्राद्धहरू चार प्रकारका हुन्छन् ।
४– श्राद्ध गर्न योग्य स्थान
शुचिदेशं विविक्तं तु गोमयेनोपलेपयेत् ।
दक्षिणाप्रवणं चैव प्रयत्नेनोपपादयेत् ।। नि.सि.तृ.प.उ.मनुः ।।
शुद्ध, एकान्त र दक्षिणतर्फ ओरालो परेको स्थानमा गाईको गोबरले लिप्नू र श्रद्धापूर्वक सामाग्री जुटाएर श्राद्ध गर्नुपर्छ ।
तीर्थादष्टगुणं पुण्यं स्वगृहे ददतः शुभे । प्रभासखण्ड इति नि. सि. तृ. प. उ. ।।
तीर्थमा श्राद्ध गरेको भन्दा आठ गुणा बढी फल आफ्नै गृहमा श्राद्ध गर्दा प्राप्त हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने एकोद्दिष्ट, पार्वण आदि श्राद्धहरू आफ्नै शुद्ध घरमा गर्नु सर्वाधिक उत्तम हुन्छ । तीर्थ श्राद्धहरुका लागि त तीर्थहरूमा नै जानुपर्दछ ।
रूक्षं कृमिहतं क्लिन्नं सङ्कीर्णानिष्टगन्धिकम् ।
देश त्वनिष्टशब्दं च वर्जयेच्छ«ाद्धकर्मणि ।। नि. सि. तृ. प. उ. ।
रुखो वा फोहर, किराहरू भएको, चिसो,साँघुरो, दुर्गन्धित, अपशब्दयुक्त स्थानमा श्राद्ध कर्म गर्नुहुँदैन ।
तस्य देशाः कुरुक्षेत्रं गया गङ्गा सरस्वती ।
प्रभासं पुष्करं चेति तेषु श्राद्धं महाफलम् ।।
तुलसीकाननच्छाया यत्र यत्र भवेद्विज ।
तत्र श्राद्धं प्रदातव्यं पितृणां तृप्तिहेतवे ।।
महोदधौ प्रयागे च काश्यां च कुरुजाङ्गले ।। नि. सि. तृ. प. उ. ।
गङ्गायमुनयोस्तीरे पयोष्ण्यमरकण्टके ।
नर्मदा बाहुदातीरे भृगुलिङ्गे हिमालये ।।
गङ्गाद्वारे प्रयागे च नैमिषे पुष्करे तथा ।
सन्निहत्यां गयायां च दत्तमक्षøयतां व्रजेत् ।। नि. सि. तृ. प. उ. ।
कुरुक्षेत्र, गया, गङ्गा, सरस्वती, प्रभास, पुष्कर, तुलसीको छाया पर्ने स्थान, समुद्र, प्रयाग, काशी, कुरुक्षेत्र, गङ्गायमुनाको सङ्गम र तट, पयोष्णी, अमरकण्टक, नर्मदा, बाहुदा, भृगुलिङ्ग, हिमालय, गङ्गाद्वार, नैमिषारण्य, पुष्कर आदि तीर्थ र नदी किनारहरूमा श्राद्धगर्नाले पितृहरू अक्षय तृप्त हुन्छन् । श्राद्ध गर्ने व्यक्तिलाई पनि महाफल प्रप्त हुन्छ ।
शमीपत्रप्रमाणेन पिण्डं दद्याद् गयाशिरे ।
उद्धरेत्सप्तगोत्राणि कुलमेकोत्तरं शतम् ।।
पिता माता च भार्या च भगिनी दुहिता तथा ।
पितृमातृष्वसा चैव सप्तगोत्रणि वै विदुः ।।
तत्वानि विंशति नृपा द्वादशैकादशादश ।
अष्टाविति च गोत्राणां कुलमेकोत्तरं शतम् ।। नि. सि. तृ. प. उ. ।
पिताको गोत्रका १२ पूर्व तथा १२ परका २४ कुल, मावली गोत्रका १० पूर्व र १० परका २० कुल, ससुराली गोत्रका ८ पूर्व र ८ परका १६ कुल, बहिनीको गोत्रका ६ पूर्व र ६ परका १२ कुल, छोरीको गोत्रका ५ पूर्व र ५ पर एवं आफू (छोरीको) ११ कुल, फुपूको गोत्रका ५ पूर्व र ५ परका १० कुल, र सानिमा–ठूली आमाको गोत्रका ४ पर र ४ पूर्व कुल गरी जम्मा ७ गोत्रका १०१ कुलको उद्धार हुन्छ ।
शालग्राममयी मुद्रा संस्थिता यत्रकुत्रचित् ।
वारणस्या यवाधिक्यं समन्ताद्योजनत्रयम् ।।
यत्किञ्चित्पैतृकं कुर्यात्सपिण्डं वा तदन्तिके ।
विष्णुलोकं स गच्छेत्तु लभते शाश्वतं पदम् ।।
म्लेच्छदेशे शुचौ वापि चक्राङ्को यत्र तिष्ठति ।
योजनानां तथा त्रीणि मम क्षेत्रं वसुन्धरे ।।
चक्राङ्कस्य तु सान्निध्ये यत्कर्म क्रियते नरैः ।
स्नानं दानं तपः श्राद्धं सर्वमक्षयतां व्रजेत् ।। नि.सि.तृ.प.उ. ।
शालग्राम, काशी,र चक्राङ्कको तीन योजन अर्थात् १२ कोश भित्र स्नान, दान, तप, श्राद्ध आदि कर्म गर्नाले त्यसको अक्षय फल प्राप्त हुन्छ र विष्णुलोकमा गई मुक्त हुन्छ । म्लेच्छ देश होस् वा शुद्ध जहाँ भए पनि चक्राङ्क छ भने तीन योजनभित्र ईश्वरकै स्थान हुन्छ ।
सकृदभ्यर्चितं लिङ्गं शालग्रामशिलां च यः ।
पीठे संस्थापयित्वा तु श्राद्धं यः कुरुते नरः ।।
पितरस्तस्य तिष्ठन्ति कल्पकोटिशतं दिवि ।
“श्राद्धाह्नि तु समभ्यच्र्य नृवराहं जनार्दनम् ।”
“पूजयित्वा शिवं भक्त्या पितृश्राद्धं प्रकल्पयेत् ।” नि.सि.तृ.प.उ.।।
एकपटक पूजा गरेको शिवलिङ्ग र शालग्रामशिला पीठमा राखेर जुन व्यक्तिले श्राद्ध गर्दछ, त्यसका पितृहरू करोडौं सय कल्पसम्म स्वर्गमा रहन्छन् ।
श्राद्धको दिन श्रीविष्णुको पूजा गरेर श्राद्धकर्म गर्नुपर्दछ । भक्तिपूर्वक शिवजीलाई पूजा गरेर पितृश्राद्ध गर्नुपर्छ । नेपालको कृष्णागण्डकी किनारका स्थानहरू अतिपावन परं पवित्र स्थानहरू हुन् । जहाँ शालग्रामहरू प्राप्त हुने अद्वितीय कृष्णा गण्डकीका १२ कोश भित्रका स्थानहरू सदा सर्वदा पवित्र छन् । यस नदीबाट प्राप्त शालग्राम अन्यत्र कहीं लगिएको छ भने पनि ती शालग्राम राखिएको स्थानदेखि १२ कोश भित्रका स्थानहरू समेत ईश्वरकै स्थान हुन्छन् ।
५, अर्काको घरमा श्राद्ध
परकीयगृहादौ श्राद्धकरणे तद्भूमिस्वामिपितरो भागं हरन्ति ।
तेन गृहस्वामिने मूल्यं दत्वा कार्यम्, स्वयमनुज्ञया वा कार्यम् ।। ध.सि.तृ.प.उ. ।।
अर्काको घर वा स्वामित्व रहेको स्थानमा श्राद्ध गरेमा त्यही घरमालिकका पितृहरुले श्राद्धको भाग अपहरण गर्छन् । त्यसैले अर्काको घर वा स्वामित्व रहेको स्थानमा श्राद्ध गर्नुहुँदैन । गर्नु नै परेमा घर मालिकलाई मूल्य दिएर वा घरमालिकको आज्ञा वा अनुमति पाएमा श्राद्धादि कर्म गर्न हुन्छ । यसबाट भाडा तिरेर बसेको कोठामा श्राद्ध गर्न हुन्छ भन्ने पुष्टि हुन्छ ।

वनानि गिरयो नद्यस्तीर्थान्यायतनानि च ।
देवखाताश्च गर्ताश्च न स्वाम्यं तेषु विद्यते ।। ध.सि.नि..सि.तृ. प. उ.आदित्यपुराणे ।।

कुनै व्यक्ति विशेषको स्वामित्व नरहेका वन– पर्वत, नदीतट, तीर्थक्षेत्र–भवनहरू, देवपोखरी, तलाउ आदि सार्वजनिक स्थानमा कसैको पनि स्वामित्व हुँदैन, त्यहाँ श्राद्ध गर्न हुन्छ ।
नैकवासा न च द्वीपे नान्तरिक्षे कदाचन ।
श्रुुतिस्मृत्युदितं कर्म न कुर्यादशुचिः क्वचित् ।। नि.सि.तृ.प. उ. स्मृतिसारे ।।

एउटा मात्र वस्त्र लगाएर, द्वीपमा, आकाशमा र अशुद्ध अवस्थामा वेद र स्मृतिद्धारा विहित कर्म कदापि गर्नुहुँदैन । तल धोती र माथि च्यादर आदि दुई वस्त्र हुुनुपर्दछ ।

६. श्राद्ध गर्ने उचित समय

यद्यपि श्राद्ध सधै गर्न मिल्ने कर्म हुनाले नित्य श्राद्धको व्यवस्था गरिएको छ । त्यसबाहेक केही विशेष दिनहरु निम्न छन्
अमावास्याष्टका वृद्धिः कृष्णपक्षोऽयनद्धयम् ।
द्रव्यं ब्राह्मणसम्पत्तिर्विषुवत्सूर्यसङ्क्रमः ।।
व्यतीपातो गजच्छाया ग्रहणं चन्द्रसूर्ययोः ।
श्राद्धं प्रति रुचिश्चैव श्राद्धकालाः प्रकीर्तिताः ।। नि.सि.तृ.प.उ. याज्ञवल्क्यः
प्रत्येक औँसी, मंसिर, पुष, माघ, फागुन महिनाका कृष्णपक्षका अष्टमीहरू, सन्तानादिवृद्धि, संस्कार, तीर्थयात्रा, यज्ञादिमा, कृष्णपक्ष, माघे र साउने संक्रान्ति, श्राद्धोचितवस्तुहरू प्राप्त समय, सत्पात्र ब्राह्मण प्राप्त समय, प्रशस्त आम्दानी भएको समय, वैशाख र कार्तिक संक्रान्ति, प्रत्येक सूर्य संक्रान्ति, व्यतिपात योग, गजच्छाया योग, चन्द्र–सूर्य ग्रहण योग र श्राद्ध गर्ने इच्छा जागृत आदि समय श्राद्ध गर्न योग्य छन् ।
आमश्राद्धं तुः पूर्वाह्णे एकोद्दिष्टं तु मध्यमे ।
पार्वणं चापराह्णे तु प्रातर्वृद्धिनिमित्तकम् ।। नि. सि. ध. सि. तृ. प. उ. हारीतः ।।
काँचो अन्नले गर्ने श्राद्ध पूर्वाह्णेमा, एकोद्दिष्ट श्राद्ध मध्याह्नमा, पार्वण श्राद्ध अपराह्णमा र वृद्धिश्राद्ध बिहानको समयमा गर्नुपर्छ ।
ऊध्र्वं महूर्तात् कुतपाद्यन्मुहूर्तचतुष्टयम् ।
मुहूर्तपञ्चकं ह्येतत्स्वधाभवनमिष्यते ।। नि.सि.तृ.प.उ ।।
मध्याह्नसहित मध्याह्नपछिका ५ मुहूर्त ४ घण्टाको समय श्राद्धका लागि उचित हुन्छ ।
तत्रैकोद्दिष्टं मध्याह्ने सप्तम–अष्टम–नवममुहूत्र्तरुपे कार्यम् ।
तत्रापि कुतुपरौहिणसंज्ञका अष्टमनवममुहूर्तौ मुख्यकालः । ध. सि. तृ. प. उ. ।।
एकोद्दिष्ट श्राद्ध सातौ आठौँ र नवौ मुहूर्तमा गर्नुपर्छ । त्यसैमा पनि आठौँ कुतप र नवौँ रौहिण यी दुई मुहूर्तको समय मुख्य काल हो ।

मध्याह्नश्च पञ्चधा विभक्ते दिने तृतीयभाग इति माधवः ।। नि. सि.तृ.प.उ. ।।

दिनलाई ५ भागमा विभाजन गर्दा तेस्रो भाग मध्याह्न हुन्छ ।

दिनस्य पञ्चविभागास्त्रित्रिमुहूर्तमुहूर्तकास्तत्राद्यो भागः प्रातः संज्ञः द्वितीयः सङ्गवस्तृतीयो मध्याह्नश्चतुर्थोऽपराहह्णः पञ्चमो भागः सायाह्नः । दिनस्य पञ्चदशो भागो मुहूर्तस्तत्र सप्तमो गन्धर्वोऽष्टमो मुहूर्तो कुतपो नवमो रौहिणः । ध. सि. तृ. प. उ ।।
दिनलाई ५ भाग लगाउँदा ३ – ३ मुहूर्तका प्रातः, सङ्गव, मध्याह्ण, अपराह्न, सायाहन्न नामका हुन्छन्, जसमा तेस्रो मध्याह्न र चौथो अपराह्न हुन्छ । त्यसै गरी दिनलाई १५ भागमा विभाजन गर्दा एक भागमा एक मुहूर्त अथात् २ घडी ४८ मिनेट मात्र पर्न आउँछ । सातौं मुहूर्तको नाम गन्धर्व, आठौ कुतप र नवौं मुहूर्तकोनाम रौहिण हो ।

प्रारभ्य कुतपे श्राद्धं कुर्यादारौहिणं बुधः ।
विधिज्ञो विधिमास्थाय रौहिणंं तु नलङ्घयेत् ।। नि. सि. तृ. प. उ हारीतः ।।
कुतप अथवा मध्याह्नको प्रारम्भमा श्राद्ध सुरू गरी रौहिणको अन्तसम्ममा श्राद्ध गर्ने व्यक्ति विधि जान्ने विद्वान् हो । रौहिण काल उल्लङ्घन गर्नुहुदैन ।
यस हिसाबले एकोद्दिष्ट श्राद्ध गर्ने समय चार घडी अर्थात् १ घण्टा ३६ मिनेट कुतप र रौहिण यो समय अत्यन्त महत्वपूर्ण हुन्छ । यो समय तर्पण वाहेकको श्राद्ध गर्ने समय हो ।
एतच्चपार्वणश्राद्धं कुतुपादिमुहूर्तपञ्चके कार्यम् ।
न सायाह्ने न रात्रौ न प्रातः–सङ्गवयोः । ध. सि. तृ. प. उ.।।
यो पार्वण श्राद्ध कुतप अर्थात् मध्याह्नमा सुरू गरी ५ मुहूर्तभित्र अर्थात् ४ घण्टामा समापन गर्नु पर्दछ । साँझ, राति, प्रातसङ्गव कालमा होइन ।

७, श्राद्धका लागि अधिकार
“पुत्रेषु विद्यमानेषु नान्यं वै कारयेत् स्वधाम् ।” ध. सि. तृ. प. उ.।।
छोराहरू भएमा अरुलाई स्वधा अर्थात् श्राद्ध कर्म नगराउनू ।
पुत्रः पौत्रश्च तत्पुत्र पुत्रिकापुत्र एव च ।
पत्नी भ्राता च तज्जश्च पिता माता स्नुषा तथा ।।
भगिनी भागिनेयश्च सपिण्डः सोदकस्तथा ।
असन्निधाने पूर्वेषामुत्तरे पिण्डदाः स्मृताः ।।
छोरा, नाति, पनाति, छोरीको छोरा, पत्नी, भाइ–दाइ, भतिज (भाइ दाइको छोरा), पिता, माता, छोराकी पत्नी (बुहारी) बहिनी, भान्जा, सपिण्ड दाजुभाइ, समानोदक दाजुभाइ, सगोत्री, सवर्ण आदि मध्ये पहिलेका नभएको अवस्थामा क्रमशः पर–परका व्यक्तिलाई श्राद्ध गर्ने अधिकार हुन्छ ।
“पिण्डदोंऽशहरश्चैव पूर्वाभावे परः परः ।” नि. सि. तृ. प. उ
“यश्चार्थहरः सः पिण्डदायी ।” नि. सि. तृ. प. उ.
पिण्ड दिने र अंश लिने काममा पूर्वको अभावमा क्रमशः परका व्यक्तिको अधिकार हुन्छ । जसले सम्पत्ति लिन्छ, उसैले पिण्ड दिनुपर्छ ।
प्रेतस्य प्रेतकार्याणि अकृत्वा धनहारकः ।
वर्णानां यद्वधे प्रोक्तं तद्व्रतं प्रयतश्चरेत् ।। नि. सि. तृ. प. उ. व्याघ्रपादः ।।

मृतकको काजक्रिया पिण्डतर्पण आदि नगरीकन धन मात्र लिने व्यक्तिलाई आफ्नै वर्णका मानिसको हत्या गरे बराबरको पाप लाग्छ । यस्तो पापीले सवर्ण व्यक्तिको हत्या गर्दा गर्नुपर्ने व्रत (प्रायश्चित्त) प्रयत्नपूर्वक गर्नुपर्दछ ।
विभक्तास्तु पृथक्कुर्युः प्रतिसंवत्सरादिकम् ।
एकेनैवाविभक्तेषु कृते सर्वैस्तुतत्कृतम् ।। नि. सि. तृ. प. उ. मदनरत्नः ।।
दाजुभाइहरू आ–आफ्नो अंश लिई छुट्टिभिन्न भएको भए प्रत्येक वर्ष गरिने एकोद्दिष्ट, पार्वण आदि श्राद्धहरू अलग–अलग नै गर्नुपर्दछ । अंशबन्डा नभई सगोलमा भएमा एकजनाले मात्र गरेपछि सवैले गरेको हुन्छ । अलग–अलग गर्नु पर्दैन ।
नवश्राद्धं सपिण्डत्वं श्राद्धान्यपि च षोडश ।
एकेनैव तु कार्याणि संविभक्तधनेष्वपि ।। नि. सि. तृ. प. उ. लघुहारीतः ।।
मलिन षोडशी, मध्यम षोडशी, उत्तमषोडशी, आद्याब्दिक, सपिण्डीकरण र मासिकहरू यी कर्महरू छुट्टिभिन्न भई अंश लिएका दाइभाइले समेत एकै स्थानमा एउटाले मात्र गर्नुपर्दछ । अरूदाइभाइले सँगै सहयोग गर्नुपर्दछ । अलग–अलग गर्ने इच्छा भए पनि यी कर्महरू अलग–अलग गर्नु हुँदैन । द्वितीयाब्दिक आदि एकोद्दिष्ट, पार्वणलगायतका पितृकर्महरू छुट्टिभिन्न भइसकेपछि त एकै ठाउँमा गर्ने इच्छा भए पनि एकै ठाउँमा संयुक्तमा गर्नुहुदैन । अलग–अलग नै गर्नुपर्छ भन्ने कुरा उपर्युक्त बचनहरुबाट पुष्टि भएको छ ।

८– श्राद्धीय ब्राह्मण
श्राद्धीय ब्राह्मणका सन्दर्भमा विभिन्न ग्रन्थहरूमा विस्तृत ब्याख्या भएको छ । उत्तम–मध्यम र अधम गरी तीन भागमा वर्गीकरण पनि गरिएको छ । श्राद्धमा वेद–वेदाङ्ग – धर्मशास्त्र पुराण आदि शास्त्रहरूमा विज्ञ एवं सदाचारी ब्राह्मण हुनुपर्छ भन्नेकुरामा दुई मत छैन । श्राद्धमा वचन शुद्धताको आवश्यकता पर्ने र विभिन्न विभक्तिहरू मिलाउनु पर्ने हुँदा कम्तीमा पनि यी काममा सक्षम ब्राह्मण हुनुपर्छ । यसका लागि संस्कृत शिक्षा राम्रोसँग पढ्नै पर्दछ । केही न केही वैदिक ज्ञान पनि हुनुपर्दछ । यस्तो अवस्था नभए पनि युग– अनुकूल जे–जस्ता ब्राह्मण पाइन्छन्, त्यसै अनुसार भए पनि श्राद्ध गर्नुपर्छ । श्राद्धलोप गर्दा प्रदोष लाग्ने भएकाले श्राद्ध नगरी बस्नु हुदैन । श्राद्धीय ब्राह्मणका सन्र्दभमा यहाँ अत्यन्त संक्षिप्त र महत्वपूर्ण चर्चा गरिन्छ ।
असमानप्रवरको ह्यसगोत्रस्थैव च ।
असम्बन्धी च विज्ञेयो ब्राह्मणः श्राद्धसिद्धये ।। नि. सि. तृ. प. उ. कुर्मपुराणम् ।
प्रवर र गोत्र असमान भएको, कुनै पनि नाता सम्बन्ध नपर्ने, विद्वान, ब्राह्मण श्राद्धसिद्धिका लागि उचित हुन्छ ।
पितृपुत्रौ भ्रातरौ द्वौ निरग्निं गुर्विणीपतिम् ।
सगोत्रप्रवरं चैव श्राद्धेषु परिवर्जयेत् ।। नि. सि. तृ. प. उ.
बाबु छोरा, दुई भाइ, अग्निग्रहण नगरेको व्यक्ति, गर्भवतीको पति र गोत्र प्रवर एउटै भएको श्राद्धीय ब्राह्मण वरण गर्नु हुँदैन ।
नैकगोत्रे हविर्दद्याद्यथा कन्या तथा हविः ।
अभावे ह्यन्यगोत्राणामेकगोत्रांस्तु भोजयेत् ।। नि. सि. तृ. प. उ. हेमाद्रौ कौर्मगाग्र्यौ ।
एउटै गोत्रमा हव्य कव्य दिनुहुँदैन । जसरी एउटै गोत्रमा कन्या लेनदेन गर्नु हुँदैन त्यसरी नै हव्य कव्य पनि लेनदेन गर्नु हुँदैन । अन्य गोत्रीय ब्राह्मण विलकुल नभएमा मात्र समान गोत्रीय भए पनि भोजन गराउनु पर्दछ । यस्तै कतिपय अप्ठ्याराहरू फुकाउनु पर्ने हुँदा कुशका ब्राह्मण स्थापना गर्नु परेको बुझ्न सकिन्छ ।
विप्राभावे दर्भबटुः – निधाय वा दर्भबटूनासनेषु समाहितः ।
प्रैषानुप्रैषसंयुक्तं विधानं प्रतिपादयेत् ।। नि. सि. तृ. प. उ देवलः ।
ब्रह्मणको अभावमा कुशका ब्राह्मण स्थापना गरी बिधिपूर्वक श्राद्ध गर्नु पर्दछ ।
गायत्रीसारमात्रोऽपि वरं विप्रःसुयन्त्रितः ।
नायन्त्रितश्चतुर्वेदी सर्वाशी सर्वविक्रयी ।।
काणाः कूटाश्च कुब्जाश्च दरिद्रा व्यधितास्तथा ।
सर्वे श्राद्धे नियोक्तव्या मिश्रिता वेदपारगैः ।। नि. सि. तृ. प. उ. हेमाद्रौ व्यासः ।
नियम अनुशासन अर्थात् सदाचारमा रहेको ब्राह्मण केवल स्नान–सन्ध्या (गायत्री जप) मात्र गर्ने भए पनि श्रेष्ठ हुन्छ । चारै वेदको ज्ञाता भए पनि जे पायो त्यही खाने र बेच्ने दुराचारी ब्राह्मण श्राद्धका लागि उचित हुँदैन । सदाचारी भएमा शारीरिक कमजोरीभएका, झुटो बोल्ने, दरिद्र, रोगी आदि भए पनि ती ब्राह्मणहरूलाई वेदमा पारङ्गत व्यक्तिले श्रद्धमा नियुक्त गर्नुपर्छ ।

९– कुतप
कुतप शब्दले मध्याह्नको समयसहित आठ कुराहरूको बोध हुन्छ । जुन यसप्रकार छन्–
मध्यान्हः खड्गपात्रं च तथा नेपालकम्बलः ।
रौप्यं दर्भास्तिला गावो दौहित्रश्चाष्टमः स्मृतः ।।
पापं कुत्सितमित्याहुस्तस्य सन्तापकारिणः ।
अष्टावेते यतस्तस्मात्कुतपा इति विश्रुताः ।। नि. सि. तृ. प. उ. पृथ्वीचन्द्रोदये मत्यस्यपुराणम् ।
मध्यान्ह समय, खाग, नेपाली शुद्धऊनी कम्बल, चाँदी, कुश, तिल, गाई र छोरीको छोरा नाति यी आठओटा कुतप हुन् । यिनीहरूले पापलाई नाश गर्ने भएकाले कुतप नामले प्रख्यात छन् ।
१०– श्राद्धीय पुष्पहरू
अगस्त्यं भृङ्गराजं च तुलसी शतपत्रिका ।
चम्पकं तिलपुष्पं च षडेते पितृवल्लभा ।। नि. सि. तृ. प. उ. स्मृतिसारे ।।
अगस्त्य पुष्प, भृङ्गराज, तुलसी, सयपत्री, चम्पा र तिलपुष्प गरी ६ पुष्पहरू पितृप्रिय हुन्छन् ।
केतकीं करवीरं च बकुलं कुन्दकं तथा ।
पाटलां चैव जातीं च श्राद्धं यत्नेन वर्जयेत् ।। नि. सि. तृ. प. उ. स्मृतिसारे ।।
केतकी, करवीर, बकुल, कुन्द, पाटला (पाडरीपुष्प–जलकुंभी) जाती (चमेली–मालती) यी ६ पुष्पहरू श्राद्धमा प्रयत्नपूर्वक अर्थात् बिल्कुल प्रयोग गर्नुहुँदैन ।
उग्रगन्धीन्यगन्धिनी चैत्यवृक्षोद्भवानि च ।
पुष्पाणि वर्जनीयानि रक्तवर्णानि यानि च ।।
जलोद्भवानि देयानि रक्तान्यपि विशेषतः । नि. सि. तृ. प. उ. हेमाद्रौ शंख ।।
ज्यादैउग्र गन्ध भएका र गन्ध नै नभएका, चिताबृक्षहरूमा फुलेका वा डुमरीका पुष्पहरू र सम्पूर्ण राता पुष्पहरू श्राद्धमा प्रयोग गर्नु हुँदैन । विशेष गरेर जलमा उत्पत्ति भएर फुल्ने कमल आदि पुष्पहरू राता भए पनि श्राद्धमा प्रयोगयोग्य हुन्छन् ।
न जातिकुसुमैविद्वान् बिल्वपत्रैश्च नार्चयेत् ।
जपादिकुसुमं झिण्टी रूपिका सकुरण्टिका ।।
पुष्पाणि वर्जनीयानि श्राद्धकर्मणि नित्यशः ।। नि. सि. तृ. प. उ. वृद्धपराशरः ।।
जातीपुष्प (चमेली – मालती) बेलपत्र, जपाकुसुम आदि बाह्रमासे पुष्प, झिण्टी (कटसरैया) रूपिका सेतो पुष्प हुने आँक, कुरण्ठिका (चाँगे पुष्प) यी पुष्पहरू श्राद्धकाममा कहिल्यै प्रयोग गर्नु हुँदैन । यी बाहेक नीला, काला पुष्पहरू श्राद्धमा बिल्कुल प्रयोग गर्नुहँुदैन ।

११– तिलक धारण
कर्तुर्ललाटे ऊध्र्वपुण्ड्रादेर्विकल्पः । भोक्तुस्तु भवत्येव ।
चन्दनतिलकस्तु पिण्डदानात्प्राक्कर्तुर्वज्र्यः ।
भोक्तुस्तु भोजनकालात्प्राग् वज्र्यः । ध. सि. तृ. प. उ. ।।
कर्ताले श्राद्धको सुरुमा नै निधारमा तिलक धारण गर्ने वा नगर्ने दुवै विकल्प रहेका छन् । श्राद्ध भोजन गर्ने ब्राह्मण आदिले तिलक धारण गर्न हुन्छ । श्रीखण्ड चन्दनको तिलक भने श्राद्धकर्ताले पिण्डदान भन्दा पहिले धारण गर्नु हुँदैन र भोजन गर्नेहरूले भोजन समयभन्दा पहिले निधारमा चन्दन धारण गर्नु हुँदैन ।
“आचाराद् व्यवस्था” नि. सि. तृ. प. उ. ।।
आफ्नो कुल परम्परा जे–जस्तो छ, त्यस्तै गर्नुपर्छ । सन्ध्या, जप, हवन, दान, स्वाध्यायन, देवयज्ञ, पितृयज्ञ आदि कार्य गर्दा निधारमा तिलक हुनुपर्छ भन्ने वचनहरू र श्राद्धमा हुँदैन भन्ने विवादको निष्कर्षमा उपर्युक्त वचनहरू आएका हुन् । यसबाट के स्पष्ट हुन्छ भने चन्दन भन्दा भिन्न तुलसीमठको माटो वा गङ्गादि नदीको बालुवाको तिलक धारण गरेर श्राद्धकर्म गर्नु सर्वोत्तम हुन्छ । विकल्पको पनि विधान भएको हुँदा बिनातिलक पनि श्राद्ध गर्न हुन्छ ।

१२– श्राद्धकर्ता र भोजनकर्ताका लागि नियमहरू,
अथ निमन्त्रणादिश्राद्धाहे भुक्तान्नपरिणामपर्यन्तं कर्तुर्विप्राणां च नियमाः । स्त्रीसङ्गपुनर्भोजनानृतभाषणाध्यापनद्यूतायासभारोद्वहनहिंसादानप्रतिग्रहचौर्याध्वगमन–
दिवास्वपकलहादिवर्जनं कतृभोक्त्रुभयधर्माः । स्त्रीसङ्गश्चश्राद्धदिने तत्पूर्वदिने च ऋतुकालेऽपिवज्र्यः । ताम्बूलक्षुरकर्माभ्यङ्गदन्तधावनवर्जनं कतृधर्माः । भोक्तृविप्राणां तैलाभ्यङ्गे उद्वर्तने क्षौरे च विकल्पः । कर्तुर्भोक्तुश्च मुख्यवारुणस्नानेनैवाधिकारो न तु गौणस्नानेन । ध. सि. तृ. प. उ. ।।
श्राद्धकर्ता र निमन्त्रित ब्राह्मण आदिले श्राद्धका दिन खाएको नपचुन्जेलसम्म यी नियमहरू पालन गर्नुपर्छ– स्त्री संसर्ग, पुनर्भोजन, झुटोबोल्नु, पढ्नुपढाउनु, जुवातास खेल्नु, गरुङ्गो भारी बोक्नु, हत्याहिंसा, दान लिनु–दिनु, चोरी, यात्रा, दिउसो सुत्नु, झैझगडा आदि काम गर्नुहुँदैन । स्त्रीसंसर्ग एकछाकी र श्राद्धको दिन ऋतुकाल भए पनि परित्याग गर्नुपर्छ । सुपारी सेवन, मुण्डन, तेल घस्ने वा अभ्यङ्ग, दाँत माझ्ने काम श्राद्धकर्ताले गर्नुहुँदैन । श्राद्धभोजन गर्ने ब्राह्मण आदिकाहरूका लागि तेलघस्ने, कपूर चन्दनादि सुगन्धित वस्तु लेपन र मुण्डन गर्नका लागि विकल्प रहेको छ । श्राद्धकर्ता र भोजन गर्ने ब्राह्मणादि सबैले अनिवार्य रूपमा जलस्नान गर्नुपर्छ, अन्य गौणस्नानले हुँदैन ।
श्राद्धकृच्छुक्लवासाः स्यान्मौनी च विजितेन्द्रियः ।
उपवासं परान्नं च औषधं च विवर्जयेत् ।।
अवस्त्रत्वं मलवद्वस्त्रत्वं कौपीनत्वं कच्छहीनत्वमनुत्तरीयत्वं काषायवस्त्रत्वमाद्र्रवस्त्रत्वं द्विगुणवस्त्रत्वंरक्तवस्त्रत्वं दग्धवस्त्रत्वं स्यूतवस्त्रत्वमित्येकादशविध नग्नत्वं कर्तृभोक्तृभ्याम् वज्र्यम् । ध. सि. तृ. प. उ. ।।
श्राद्ध गर्ने व्यक्तिले सेतो कपडा धारण गर्नु पर्दछ । अनावश्यक बोल्ने, इन्द्रियहरूलाई अधीनमा नराख्ने, उपवास बस्ने, अरुको अन्न खाने, औषधी खाने गर्नुहुँदैन । वस्त्रहीनभई नाङ्गो हुने , मैलोकपडा लगाउने, लँगोटी वा कच्छामात्र लगाउने, कच्छहीन (धोती फेर्दा बाँया कम्मर, नाभी र पछाडि मोडेर गाँठो जस्तो वनाउनु पर्नेमा त्यस्तो नगराउनु), कम्मरदेखि माथि उत्तरीय वस्त्र नराख्नु, गेरु वस्त्र र चिसो वस्त्र लगाउनु, वस्त्र दोब्बर गराएर लाउनु, रातो, डढेको र सिलाएको वस्त्र लगाउनु यी ११ प्रकारको नाङ्गो अवस्थामा श्राद्धकर्ता र श्राद्धभोक्ता रहनुहुँदैन ।
“शिवरा¦येकादश्यादौ त्ववघ्राणमेव ।” नि. सि. तृ. प. उ. ।
शिवरात्रि, एकादशी आदि निर्जल उपवास व्रत भएमा खान तैयार गरेको पक्वान्न सुघ्नुपर्छ, खानुहुँदैन । यदि दूध, फलाहार गर्ने व्रत छ भने त्यही दूध, फलाहारबाट नै श्राद्ध भोजन सिद्ध हुन्छ ।
उपवासो यदा नित्यः श्राद्धं नैमित्तिकं भवेत् ।
उपवासं तदा कुर्यादाघ्राय पितृसेवितम् ।।
मातापित्रोः क्षये प्राप्ते भवेदेकादशी यदि ।
अभ्यच्र्य पितृदेवांश्च आजिघ्रेत्पितृसेवितम् ।। (नि. सि. प्र. प. माधवीये कात्यायनः)
जब नित्य उववास व्रत र मातापिताको वा अन्य नैमित्तिक एकोद्दिष्ट आदि श्राद्ध एकै दिन परेको छ भने पितृलाई समर्पित अन्न सुघ्नु र उपवास व्रत बस्नुपर्दछ ।
१३– विशेष निषेध
आयसेन तु पात्रेण यदन्नं सम्प्रदीयते ।
भोक्ता विष्ठासमो भुङ्क्ते दाता च नरकं व्रजेत् ।। नि. सि. तृ. प. उ. वसिष्ठ ।।
फलामको भाँडोबाट श्राद्धमा जुन अन्न दिइन्छ, त्यो अन्न खानेले विष्ठासमान खान्छ र दाता नरक जान्छ ।
“सीसकायसरीतिपात्राण्ययज्ञीयानि ।” नि. सि. तृ. प. उ. पैठिनसिः ।
सीसा, फलाम र पित्तलका भाँडाहरू यज्ञकालागि अनुचित हुन्छन् ।
न कृष्णवर्णं दातव्यं नापि कार्पाससम्भवम् ।
पितृभ्यो नापि मलिनं नोपभुक्तं कदाचन ।।
न छिद्रितं नापदशं न धौतं कारुणापि च ।
कार्पासनिषेधोऽन्य सम्भवे ।। नि. सि. तृ. प. उ. हेमाद्रावादित्यपुराणे ।।
कालो–नीलो वर्णको वस्तु, कपासबाट निर्मित कपडा, मैलो, प्रयोग गरेको, फाटेको, किनारा या विट नभएको, धोएको र दुःख मानेर वा कमजोर कपडा वा कुनै वस्तु पितृहरूलाई दिनुहुँदैन । अन्य कपडा सम्भव भएसम्म सुती कपडा दान नगर्नू ।
“सपुत्रया न कर्तव्यं भर्तुः श्राद्धं कदाचन ।” नि. सि. तृ. प. उ. स्मृते ।
पुत्रवती महिलाले पतिको श्राद्ध कहिल्यै गर्नुहुँदैन ।
“वामहस्ते च दर्भांस्तु गृहे रङ्गवलिं तथा ।” नि. सि. तृ. प. उ . ।
बायाँ हातमा कुश धारण गर्ने र रेखीबनाउनेकाम श्राद्धमा गर्नुहुँदैन ।
यच्चोत्कोचादिना प्राप्तं पतिताद्यदुपार्जितम् ।
अन्यायकन्याशुल्कार्थं द्रव्यं चात्र विवर्जितम् ।।
पित्रर्थं मे प्रयच्छस्वेत्युक्त्वा यच्चाप्युपाहृतम् । नि. सि. तृ. प. उ. ।
घुस आदि दुष्कर्मबाट प्राप्त, पतितादि दुष्कर्मबाट प्राप्त, कन्या विक्रीबाट र अन्यायबाट प्राप्त, पितृका लागि भनेर मागेको र चोरीबाट प्राप्त वस्तु श्राद्धमा निषेध गरिएको छ ।
पादकोपानहौ छत्रं रक्तचित्राम्बरं तथा ।
रक्तपुष्पं च मार्जारं श्राद्धभूमौ विवर्जयेत् ।
घण्टानादो श्वधत्तुरशङ्खशुक्तिसान्निध्यं च वर्ज्यम् । ध. सि. तृ. प. उ. ।
चप्पल, जुत्ता, छाता, रातो र रङ्गीचङ्गी कपडा, रातो पुष्प, बिरालो, घण्टीको आवाज, कुकुर, धतुरो, शङ्ख, शुक्ति आदि श्राद्ध गर्ने स्थानको नजिक हुनुहुँदैन ।
१४– पिण्ड
तिलमन्नं च पानीयं धुपं दीपं पयस्तथा ।
मधु सर्पिः खण्डयुक्तं पिण्डमष्टाङ्ग उच्यते ।। नि. तृ. प. उ. त्रिस्थलीसेतौ ।
तिल, अन्न, जल, धूप, दीप, दूध, मह, घिउ यी आठ अङ्गले युक्त सख्खर वा चिनी मिश्रीसहित हुनुलाई पिण्ड भनिन्छ ।

एकोद्दिष्टे सपिण्डे वा कपित्थं तु विधीयते ।
नारिकेलप्रमाणं तु प्रत्यब्दे मासिके तथा ।।
तीर्थे दर्शे च सम्प्राप्ते कुक्कुटाण्डप्रमाणत ः । नि. सि. तृ. प. उ.
महालये गयाश्राद्धे कुर्यादामलकोपमम् ।। नि. सि. तृ. प. उ. अन्त्येष्टिपद्धतौ भट्टाः ।
एकोदिष्ट र सपिण्डीकरण श्राद्धामा कपित्थ समान , वार्षिक र
मासिक श्राद्धमा नारियल समान , तिर्थ श्राद्ध र दर्श श्राद्धमा
कुखुराको अण्डा समान, महालय श्राद्ध र गया श्राद्धमा अमला समान पिण्ड हुन्छन् ।
पिण्डमग्नौ सदा दद्याद्भोगार्थी प्रथमं नरः ं।
पत्न्यै प्रजार्थं दद्याद्वै मध्ममंमन्त्रपूर्वकम् ।।
उत्तमां गतिमन्विच्छन् गोषु नित्यं प्रयच्छति ।
आज्ञां प्रज्ञां यशः कीर्तिमप्सु पिण्डं प्रवेशयेत् ।।
प्रार्थयन् दीर्घमायुष्यं वायसेभ्यः प्रयच्छति । नि. सि. तृ. प. उ.।।
आकाशं गमयेदप्सु स्थितो वा दक्षिणामुखः ।। हेमाद्रौ ब्रह्माण्डे
भोगविलास चाहने व्यक्तिले प्रथम पिण्ड अग्निमा सेलाउनू सन्तान
प्राप्तिका लागि मध्यम पिण्ड मन्त्रपूर्वकं पत्नीलाई दिनुपर्छ । उत्तम
गति प्राप्तिका लागि सधै गाईलाई पिण्ड खुवाउनुपर्छ । आज्ञा , प्रज्ञा यश, कीर्ति आदि प्राप्तिका लागि पिण्ड जलमा डुबाइदिनुपर्छ । लामो आयु प्राप्तिका लागि पिण्ड कागलाई दिनुपर्दछ । यसरी पिण्ड सेलाउँदा आकाशतर्फ फर्केर, पानीमा रहेर वा दक्षिण फर्केर कार्य सम्पन्न गर्नुपर्छ ।
“वीरं मे दत्त पितरं” इति पिण्डानां पध्यमपत्नीं प्रशयेत् ।
“आधत्त पितरो गर्भं कुमारं पुष्करस्रजम् । यथायमरपा असत् ।”
इति भत्र्रा दत्तस्याद्येनादानं द्वितीयेन प्राशनम् । नि. सि. तृ. प. उ.आश्वलायनः ।
उपर्युक्त पहिलो मन्त्रद्वारा पतिले पिण्ड लिने र दोस्रो मन्त्रद्वारा मध्यम पिण्ड पत्नीले खानुपर्छ (सन्तान प्राप्तिका लागि) ।
तीर्थश्राद्धे सदा पिण्डान् क्षिपेत्तीर्थे समाहितः ।। नि. सि. तृ. प. उ. ।। माधवीये विष्णुधर्मे ।
तीर्थश्रद्धमा पिण्डहरू सधै तीर्थजलमा सेलाउनुपर्छ ।
“पिण्डांस्तु गोऽजविप्रेभ्योदद्यादग्नौ जलेऽपिवा । नि. सि. तृ. प. उ. याज्ञवलक्यः ।
पिण्डहरू गाई, बाख्रा, ब्राह्मण, अग्नि, वा जलमा सेलाउनु पर्दछ ।
१५– क्षयाह वा एकोद्दिष्ट श्राद्ध
एकोद्दिष्टं तु कर्तव्यं पित्रोश्चैव मृतेऽहनि ।
एकोद्दिष्टं परित्यज्य पार्वणं कुरूते नरः ।।
अकृतं तद्विजानीयाद्भवेच्च पितृघातकः । नि. सि. तृ. प. उ. व्यास ।
मातापिताको मृत्यु भएको तिथिका दिन एकोद्दिष्ट श्राद्ध अवश्य गर्नुपर्छ । मानिसले एकोद्दिष्ट श्राद्ध नगरीकन पार्वण श्राद्ध गर्दछ भने श्राद्ध नै नगरेको ठहर्छ र पितृघातक हुन्छ ।
देशधर्मं समाश्रित्य वंशधर्मं तथापरे ।
सूरयः श्राद्धमिच्छन्ति पार्वणं च क्षयाह्न्यपि ।। नि. सि. तृ. प. उ. पृथ्वीचन्द्रोदये वृ. पा. ।
देश र कुलको धर्म परम्पराका आधारमा एकोद्दिष्ट र पार्वण श्राद्ध गर्नुपर्छ भन्ने विद्वान्हरूको अभिमत रहेको छ ।
सपिण्डीकरणादूर्णं प्रति सम्वत्सरं सुतैः ।
मातापित्रोः पृथक्कार्यंमेकोद्दिष्टं मृतेऽहनि । नि. सि.तृ. प. उ. यमः ।
सपिण्डीकरण गरिसकेपछि प्रत्येक वर्ष मुत्यु भएको तिथिमा माता पिताको एकोद्दिष्ट श्रद्ध अलग अलग गर्नु पर्छ ।
मृताहं समतिक्रम्य चाण्डालेष्वभिजायते । नि. सि.तृ.प.उ. मरीचिः ।
आशौचादि विनाकारण मृत दिन श्राद्ध नगरी वितायमा चाण्डाल भएर जन्मनु पर्छ ।
अपुत्रा ये मृताः केचित् स्त्रियो वा पुरुषाश्च ये ।
तेषामपि च देयं स्यादेकोद्दिष्टं न पार्वणम् ।। नि.सि.तृ.प.उ. हेमाद्रावापस्तम्वः ।।
सन्तान नभएका महिला वा पुरुषको मृत्यु भएमा एकोद्दिष्ट श्राद्ध गर्नु पर्छ, पार्वण श्राद्ध गर्नु पर्दैन ।
सपिण्डीकरणादूर्ध्वमेकोद्दिष्टं विधीयते ।
अपूत्राणां च सर्वेषामपत्नीनां तथैव च ।। (अपत्नीनांः ब्रह्मचार्यादीनाम् ।) नि.सि.तृ.प.उ. प्रचेताः ।।
सन्तान नभएका र व्रतबन्ध भई विवाह नभएका ब्रह्मचारीहरूको मृत्यु भएमा सपिण्डीकरणपछि एकोद्दिष्ट श्राद्ध हुन्छ । अपुत्रस्य पितृव्यस्य तत्पुत्रो भ्रातृजो भवेत् ।
स एवास्य तु कुर्वीत पिण्डदानादिकां क्रियाम् ।।
पार्वणं तेन कार्यं स्यात्पुत्रवद्भ्रातृजेन तु ।।
पितृस्थाने तु तं कृत्वा शेषं पूर्ववदुच्चरेत् ।। नि.सि.तृ.प.उ. वृद्धपाराशरः ।
सन्तान नभएका काकाहरूको लागि भतिजा नै आाफ्नो छोरा समान हुने भएकाले उसैले नै काजक्रिया एकोद्दिष्ट, पार्वण आदि श्राद्धहरू गर्नु पर्छ । पिताको स्थानमा पितृव्यको वचन मिलायर बाँकी सबै एकैकिसिमले (पिताको जस्तै) गर्नुपर्छ ।

१६– मृत्यु भएको समय थाहा नभएमा
यस्य मृतस्य देशान्तरमरणादिना मासो ज्ञायते तिथिर्न ज्ञायते तस्य तन्मासे दर्शे शुक्लैकादश्यांकृष्णैकादश्यां वा प्रतिवार्षिकं श्राद्धम् । मृततिथिज्र्ञञाता मासो न ज्ञातस्तदा मार्गशीर्षे माधे वा भाद्रे वाऽऽषाढे वा तत्तिथौ वाषिर्कम् । तिथिमासयोज्ञाने यद्दिने देशान्तरं प्रस्थितस्तन्मासदिवसौ ग्राह्यौ । प्रस्थानदिनादेरज्ञाने मृतवार्ताश्रवणतिथिमासौ । प्रस्थानवार्ताश्रवणयोर्मासज्ञाने तिथेरज्ञाने तन्मासे दर्शादौ । प्रस्थानादिमास विस्मरणे तिथिस्मरणे मार्गशीर्षाादि चतुर्षु तत्तिथौ वार्षिकम् । मरणतच्छ«वणप्रस्थानानां दिनमासयोरज्ञाने माघस्य मार्गस्य वा दर्शेश्राद्धम् । प्रतिकृतिदाहे दाहदिने बार्षिकादि । ध.सि.तृ.प.उ. ।
कसैको विदेशमा मृत्यु हुनाले वा अन्य कारणले तिथि थाहा भएन, महिना मात्र थाहा भयो भने त्यही महिनाको औशी, शुक्लपक्ष वा कृष्णपक्षको एकादशीमा बार्षिक श्राद्ध गर्नुपर्छ । मृत्यु भएको तिथि पक्ष थाहा भयो तर महिना थाहा भएन भने मंसिर, माघ, भदौ, र असार मध्ये कुनै एक महिनाको त्यही तिथि पक्षमा र तिथि मात्र थाहा भई पक्ष पनि थाहा नभएमा कृष्णपक्षको त्यही तिथिमा गर्नुपर्छ । तिथि र महिना दुवै थाहा नभएमा प्रस्थान गरेको तिथि महिनामा श्राद्ध गर्नुपर्छ । प्रस्थान गरेको तिथि महिना पनि थाहा नभएमा मृत्यु भयो भने सुनेको तिथि महिनामा श्राद्ध गर्नुपर्छ । प्रस्थान वा मरेको भन्ने सुनेको तिथि थाहा भएन महिनामात्र थाहा भयो भने त्यही महिनाको औशी वा एकादशीमा श्राद्ध गर्नु पर्दछ । प्रस्थान गरेको वा मृत्यु भएको भन्ने सुनेको तिथि थाहा भयो, महिना थाहा भएन भने पनि उपर्युक्त चार महिनामध्ये कुनै एक महिनामा थाहा भएको तिथिमा श्राद्ध गर्नुपर्छ । मृत्यु भएको, प्रस्थान गरेको र मृत्यु भयो भन्ने सुनेको सबै तिथि महिना विर्सिएमा माघ वा मंसिर महिनाको औशीमा वार्षिक श्राद्ध गर्नुपर्छ । केही पनि थाहा नभएकाले पुत्ला बनाई दाह संस्कार गरिएको छ भने त्यही पुत्ला जलाई दाह संस्कार गरेको तिथि, पक्ष महिनामा वार्षिक श्राद्ध गर्नु पर्छ ।
१७– आशौच परेमा
दातृभोक्तृभ्यामाशौचं न ज्ञातं चेन्नदोषः । ध. सि. तृ. प. उ.
श्राद्धकर्ता र ब्राह्मणादि निमन्त्रित व्यक्ति दुवै पक्षलाई आशौच परेको थाहा नभएमा आशौचको दोष लाग्दैन, श्राद्ध गर्न हुन्छ । उपर्युक्त दुई पक्षमध्ये दुवै पक्ष वा एक पक्षले थाहा पाएर पनि अतिक्रमण गरेमा थाहा पाउने पक्ष दोषको भागी हुनुपर्छ ।
देये पितृणां श्राद्धे तु आशौचं जायते यदा ।
आशौचे तु व्यतिक्रान्ते तेभ्य श्राद्धं प्रदीयते ।। नि.सि.तृ.प.उ. ऋष्यश्रृङ्ग
आशौच परेर श्राद्ध गर्न नपाएमा आशौच समाप्तिपछि गर्नुपर्छ ।
आशौचमध्ये श्राद्धदिनपाते आशौचान्ते एकादशाहे कार्यम् । एकादशाहो चेन्मलमासेऽपि कार्यम् । तत्रातिक्रमे शुद्धमासे । एतन्मासिके प्रतिवार्षिके च ज्ञेयम् । एकादशाहेऽसम्भवे अमावास्यायां शुक्लकृष्णैकादश्योर्वार्षिकम् । केचिदाब्दिकमप्यन्तरितं दर्शादिकालासम्भवेऽग्रिम मासे तत्तिथौ कार्यमित्याहुः । ध.सि.तृ.प.उ. ।
आशौच परेको समयमा श्राद्ध पर्यो भने आशौचान्त अर्थात् एघारौं दिन श्राद्ध गर्नुपर्छ । यसरी शुद्ध मासमा आशौच परी एघारौ दिन मलमास प¥यो भने पनि आशौचान्त श्राद्ध गर्नुपर्छ । एघारौं दिन पनि गर्न नपाएमा शुद्ध महिनाको औसी एकादशीमा गर्नुपर्छ । यो निर्णय मासिक श्राद्ध र प्रतिवार्षिक वा एकोद्दिष्ट श्राद्धका पक्षमा लागू हुन्छ । कसै–कसैको मतमा एघारौं दिन र औसी एकादशीमा पनि श्राद्ध गर्न नपाएमा अर्को महिनामा अघिल्लो महिनाकै पक्ष र तिथिका दिन गर्नुपर्छ । त्यसमा पनि श्राद्ध गर्न नपाएमा अनुकुल परेको औंसी वा एकादशीमा एकोद्दिष्ट श्राद्ध अवश्यमेव गर्नु पर्छ । उपर्युक्त निर्णयहरू मासिक र एकोद्दिष्ट श्राद्धका पक्षमा भएकाले महालय वा पार्वण श्राद्धका पक्षमा पार्वणकै शीर्षकमा चर्चा गरिनेछ ।

१८– पत्नी रजस्वला भएमा
प्रत्याब्दिकं मासिकं च रजोदोषेऽपि तद्दिन एव कार्यमित्येकः पक्षः । पञ्चमेऽहनि कार्यमित्यपरः । पक्षद्वयेऽपि ग्रन्थसम्मतिः शिष्टाचारसम्मतिश्च । भार्यान्तरसत्वे तद्दिन एवेति सर्वसम्मतम् । तद्दिने करणपक्षे श्राद्धकाले रजस्वलादर्शनादिकं वज्र्यम् । तेन तादृशगृहासम्भवे योग्यपाककत्र्रसम्भवे (स्वसपिण्डस्यपाककर्तुरसम्भवे चेति पाठान्तरम्) च पञ्चमेऽहनीति पक्षः श्रेयान् अपुत्रास्त्रीरजोदर्शने भर्तुराब्दिकं पञ्चमेऽहनि कुर्यान्नत्वन्यद्वारा तद्दिने । ध.सि.तृ.प.उ.।।
एकोद्दिष्ट र मासिक श्राद्ध पत्नी रजस्वला भए पनि श्राद्धकै दिन गर्नुपर्छ भने एकपक्षको धारणा छ । पाँचौँ दिन गर्नुपर्दछ भन्ने अर्को पक्षको धारणा छ । ग्रन्थकार र शिष्टाचारको दुवै पक्षमा सहमति छ । अर्की पत्नी शुद्ध भएमा भने श्राद्धकै तिथिमा गर्नुपर्छ भन्ने पक्ष सर्वसम्मत छ । श्राद्धकै तिथिमा गर्दा रजस्वला पत्नीसँग कुरा गर्ने, हेराहेर गर्ने, सोधपुछ गर्ने आदि रजस्वलासंग सम्बन्धित कुनै काम गर्नु हुँदैन । त्यसरी श्राद्ध गर्न वा पाककर्म गर्ने योग्य सपिण्डीभित्रका व्यक्तिको अभाव भई श्राद्ध गन असम्भव भएमा पाँचौं दिन श्राद्ध गर्नु उत्तम हुन्छ । सन्तान नभएकी पत्नीले आफ्नो पतिको एकोद्दिष्ट वा मासिक श्राद्ध रजस्वला भएको समयमा अन्य व्यक्ति द्वारा पनि श्राद्ध गर्न लगाउनु हुँदैन । पाँचौं दिन आफैले श्राद्ध गर्नुपर्छ ।
सप्ताहात्पितृदेवानां भवेद्योग्या ब्रतार्चने । इति, तद्रजोनिवृत्तिपरमिति हेमाद्रिभिन्नसर्वनिबन्धसिद्धान्तः । नि.सि.तृ.प.उ. ।।
देवता र पितृको व्रत पूजागर्नका लागि महिलाहरू रजस्वला भएको सातौं दिनबाट योग्य हुन्छन्, भन्ने पक्ष रजनिवृत्तिपरक हो भन्ने कुरामा हेमाद्रिवाहेक सम्पूर्ण निबन्धहरूको सिद्धान्त रहेको छ ।

१९– एकैदिन अनेक श्राद्ध परेमा
तत्र पित्रोर्मृताहैक्ये पूर्वं पितुः श्राद्धं तत पाकभेदेन मातुरित्युक्तम् । गृहदाहादिना सपिण्डानां युगपन्मरणे सम्बन्ध सामीप्यक्रमेण श्राद्धानि पाकभेदेन पृथक्कुर्यात् । पृथक् पाकेन भिन्न श्राद्धाशक्तौ “ तन्त्रेण श्रवणं कृत्वा श्राद्धं कुर्यात् पृथक पृथक ।” क्रमेणै कदिने मरणे मरणक्रमेण तत्रैकदिने एकस्त्रयाणां श्राद्धानि न कुर्यात् । वार्षिकश्राद्धत्रयप्राप्तौ श्राद्धद्वयं स्वयं कुर्यात् । तृतीयादि भ्रात्रादिना कारयेद्दिनान्तरे वा कुर्यात् । ध.सि.तृ.प.उ. ।।
मातापिताको एकैदिन एकै तिथिमा मृत्यु भएर दुवै श्राद्ध एकैदिन परेमा पहिले पिताको श्राद्ध गरेपछि स्नान गरी नयाँ सामाग्री अथात् पिण्डका लागि पायस समेत नयाँ वनाएर माताको श्राद्ध गर्नुपर्छ । घरमा आगजनी, बाढीपहिरो वा अन्य कुनै कारणले धेरै जनाको सँगसँगै मृत्यु भएर एकैजनाले एकैदिन धेरै श्राद्ध गर्नुपरेमा नजिकको सम्बन्धको क्रमले अलग अलग पायस आदि सामाग्रीबनाएर अलग अलग श्राद्ध गर्नुपर्छ । यसरी सम्भव भएन भने एकैपटक पायस पकाई श्राद्ध भने अलग अलग नै गर्नुपर्छ । एकै दिन भए पनि क्रमैले मृत्यु भएमा एउटै ब्यक्तिले एकै दिन तीनओटा श्राद्ध गर्नुहुँदैन । एकोद्दिष्ट श्राद्ध तीनओटा परेमा दुईओटा आफूले गर्ने र अर्को तेस्रो आदि एकोद्दिष्ट श्राद्ध अन्य दाइ–भाइ वा अधिकार प्राप्त व्यक्तिहरूद्वारा गराउनु पर्छ । त्यो पनि सम्भव नभएमा अर्कोदिन आफैले गर्नुपर्छ ।
यद्देकत्र भवेयातामेकोद्दिष्टं च पार्वणम् ।
पार्वणं त्वभिनिर्वत्र्य एकोद्दिष्टं समाचरेत् ।। नि. सि. तृ. प. उ. माधवीये जावालिः ।।
यदि एकैदिन एकोद्दिष्ट र पार्वण श्राद्ध परेको छ भने पहिला एकोद्दिष्ट गरेर मात्र पार्वण श्राद्ध गर्नुपर्छ ।
अमावास्यां क्षयो यस्य प्रेतपक्षेऽथवा पुनः ।
पार्वणं तस्य कर्तव्यं नैकोद्दिष्टं कदाचन ।। नि. सि. तृ. प. उ. शङ्खः ।।
औसीका दिन र आश्विन कृष्णपक्षमा मृत्यु भएका व्यक्तिहरूको एकोद्दिष्टको सट्टा एकापार्वण गर्नुपर्दछ । एकोद्दिष्टको सट्टा एकापार्वण श्राद्ध गरिने हुँदा आश्विन कृष्णपक्षमा मृत्यु भएकाहरूको लागि पहिले एकापार्वण गरेर पुनः त्यसैदिन पार्वण श्राद्ध वा अनिषिद्ध अर्को दिन पार्वण हुन्छ ।

१९– महालय श्राद्ध
आश्विन कृष्ण पक्षलाई महालय, पार्वण, षोडष श्राद्ध (सोह्र श्राद्ध) को पक्ष भनिन्छ । यसलाई पितृपक्ष वा प्रेतपक्ष पनि भनिन्छ । एक पक्षमा पन्ध्र दिन मात्र हुने भएकाले तिथिवृद्धि हुँदा १६ हुने र तिथिक्षय हुँदा १४ श्राद्ध हुने भए पनि “वृद्धिक्षयाऽभावे पञ्चदशैवमहालयाः ।” भनेर धर्मसिन्धु तृ. प. उ. मा १५ श्राद्ध मात्र स्वीकार गरिएको छ । निर्णयसिन्धुमा भने देवलको वचनलाई उद्धृत गर्दै १६ श्राद्ध भनिएको छ ।
अहः षोडशकं यत्तु शुक्लप्रतिपदा सह ।
चन्द्रक्षयाविशेषेण सापि दर्शात्मिका स्मृता ।।
आश्विन शुक्ल प्रतिपदासहित १६ दिन नै महालय वा सोह्र श्राद्ध हुन्छन् । शुक्ल द्वितीया दिन चन्द्रोदय हुने भएकाले शुक्ल प्रतिपदा चन्द्रक्षयकै समयविशेषले गर्दा शुक्ल प्रतिपदा तिथि औंसीसमान नै मानिन्छ । त्यस दिन मातामह श्राद्ध हुने हुँदा गणनाक्रमले पनि सोह्र नै पुग्दछ । क्षय वा वृद्धि जे भए पनि एउटा श्राद्ध लोप वा वृद्धि कदापि हुँदैन । तिथि क्षय भए पनि दुई श्राद्ध अलग(अलग तिथिका एकै दिन हुन्छन् । तिथि वृद्धि भए पनि एउटै तिथिका दुई श्राद्घ हुँदैनन् । एकपक्षभित्र १५ तिथिका १५ श्राद्ध नै हुन्छन् । त्यसैले शुक्ल प्रतिपदासहित १६ श्राद्ध हुन्छन् । अन्यथा १५ मात्र । पूर्णिमा लाई गणना गरेर १६ पु¥याउने पक्षलाई नि. सि. र ध. सि. दुवैले आदर नगरेको देखिन्छ ।
सक्षम व्यक्तिले आश्विन कृष्ण पक्षको श्राद्ध १६ दिन नै गर्नु सर्वाेत्तम हुन्छ । त्यो नसक्ने व्यक्तिले पञ्चमीदेखि वा षष्ठीदेखि वा अष्टमीदेखि वा दशमीदेखि वा एकादशी देखि पनि आफ्नो शक्ति अनुसार गर्न सकिन्छ । त्यो पनि नसक्नेहरूले एकदिन अवश्य गर्नुपर्छ । १६ दिन नै श्राद्ध गर्दा निषेधित दिनमा पनि क्रमशः श्राद्ध गर्नुपर्छ ।
नभस्यापरे पक्षे श्राद्धं कार्यं दिने दिने ।
नैव नन्दादि वज्र्यं स्यान्नैव निन्द्या चतुर्दशी ।। नि. सि. द्वि. प. पराशरमाधवीये काष्र्णाजीनिः ।
सबै दिन श्राद्ध नगरेर १ दिन गर्ने बाहेक अन्य कुनै विकल्प रोज्ने हो भने चतुर्दशीका दिन श्राद्ध गर्नुहुँदैन । केवल एक दिन मात्र महालय श्राद्ध गर्दा निम्न नियमहरूमा विचार पु¥याउनु पर्छ ।
(क) निषिद्ध दिनहरू र अपवाद
सकृन्महालये प्रतिपदा षष्ठी एकादशी चतुर्दशी शुक्रवारो जन्मनक्षत्रं जन्मनक्षत्राद्दशममेकोनविंशं नक्षत्रं च रोहिणी मघा रेवती चेति वज्र्यानि क्वचित्त्रयोदशी सप्तमी रविवारो भौमवासरोऽपि वज्र्य उक्तः । पितृमृततिथौ सकृन्महालयकरणे नन्दादि निषेधो नास्ति । नि. सि. द्वि. प. ।।
एकदिन मात्र गर्ने महालय श्राद्धमा प्रतिपदा, षठी, एकादशी, चतुर्दशी, शुक्रवार, जन्मनक्षत्र, जन्म नक्षत्रदेखि दशौं र उन्निसौं नक्षत्र रोहिणी ,मघा,र रेवती नक्षत्रका दिन गर्नुहुदैन । कसै कसैले त्रयोदशी,सप्तमी, आइतबार र मंगलबारलाई पनि निशेध गरेका छन् । तर पितृमृत तिथिमा गर्दा कुनै पनि निषेध लागु हँुदैन । पितृमृत तिथिमा एकदिन मात्रै गर्ने महालय श्राद्ध गर्न हुन्छ ।
असक्तःपक्षमध्ये तु करोत्येकदिने यदा ।
निषिद्धेऽपि दिने कुर्यात्पिण्डदानं यथाविधि ।। नि.सि.द्वि.प. कात्यायन
पक्षभर श्राद्ध गर्न नसकेर पितृ मृत तिथिका दिन एकदिनमात्र श्राद्ध गर्दा निषिद्ध दिनमा पनि विधिपूर्वक पिण्डदान गर्नुपर्दछ ।
मृततिथौ श्राद्धासम्भवे निषिद्धतिथ्यादिदिनं वर्जयित्वा महालयः । तत्रापि द्वादश्यमावास्याष्टमीभरणीव्यतिपातेषु मृततिथ्यभावेऽपि सकृन्महालये कोऽपि तिथ्यादिनिषेधो नास्ति ।
पितृमृत तिथिमा महालय श्राद्ध गर्न असम्भव भएमा निषिद्ध दिन बाहेकका दिनमा महालय श्राद्ध गर्नुपर्छ । त्यसैमा पनि द्वादशी, औंशी, अष्टमी, तिथि, भरणी नक्षत्र र व्यतिपात योग परेको दिनमा रोकिएको महालय श्राद्ध केही पनि नजुराईकन गर्न सकिन्छ ।
(ख) सन्यासीका लागि श्राद्ध,
एकोद्दिष्टं जलं पिण्डमाशौचं प्रेतसत्क्रियाम् ।
न कुर्याद्वार्षिकादन्यब्रह्मीभूताय भिक्षवे ।। प्रेतक्रिययैकोद्दिष्टनिषेधे सिद्धे पुनस्तद्ग्रहणमाब्दिकपरम् । तेन तत्पार्वणमेव । त्रिदण्डिनां द्वादशे नारायणवलिः ।। नि. सि. तृ. प. उ. श्राद्धचिन्तामणौ दत्तात्रेयः ।
ब्रह्मसायुज्य सन्यासीहरुका लागि एकोद्दिष्ट श्राद्ध, जल, पिण्ड, आशौच, काजक्रिया आदि केही गर्नुपर्दैन । श्राद्ध गर्न चाहेमा एकोद्दिष्टका दिन पावर्ण विधिले श्राद्ध गर्न हुन्छ । त्रिदण्डी सन्यासीको १२ औं दिन नारायणवलि गर्न हुन्छ ।
एकादशेऽन्हि पार्वणं तदपि त्रिदण्डिनः ।
हंसपरमहंसादीनां पार्वणादिकमपि न कार्यम् ।। नि. सि. तृ. प. उ. शूलपाणिः ।।
एघारौं दिन त्रिदण्डी सन्यासीको पार्वण श्राद्ध गर्न हुन्छ । हंस परमहंस आदि सन्यासीको त पार्वण श्राद्ध पनि गर्नु हुदैन ।
यतीनां च वनस्थानां वैष्णवानां विशेषतः ।
द्वादश्यां विहितं श्राद्धं कृष्णपक्षे विशेषतः ।। नि. सि. द्वि. प. पृथ्वीचन्द्रोदये संग्रहोक्ते ।
सन्यासी वानप्रस्थी र वैष्णवहरूको श्राद्ध विशेष गरेर कृष्णपक्षको द्वादशी तिथिमा गर्नुपर्छ ।
सन्यासीनां महालयस्तु अपरान्हव्यापिन्यां द्वादश्यामेव सपिण्डकः कार्यो नान्यतिथौ । धा. सि. द्वि. प. ।
सन्यासीहरूको महालय श्राद्ध अपरान्हव्यापी द्वादशी तिथिमा नै पिण्ड सहित गर्नु पर्छ , अन्य तिथिमा हुँदैन । सन्यासीहरूको महापरिनिर्वाण अत्य जुनसुकै तिथिमा भएको भएको भए पनि आश्विन कृष्ण पक्षको महालय श्राद्ध गर्दा द्वादशी तिथिमा नै गर्नुपर्छ भन्ने स्पष्ट हुन्छ । सन्यासीबाहेक अरू गृहस्थको द्वादशी तिथि परेको छ भने पनि यही द्वादशीमा नै महालय श्राद्ध गर्नु पर्छ ।
(ग) अविधवानवमी श्राद्ध
भर्तुरग्रे सहदाहेन वा मृतानां मातामही–भगिनी–दुहितृ–मातृष्वसृ–पितृष्वस्रादीनाम्पुत्राणां पितृमात्रादिकुलोत्पन्नानां सर्वासामेव सौभाग्यवतीनामस्यां नवम्यां श्राद्धं कार्यम् । भर्तुरग्रेमृतानां तत्तद्भर्तृमरणोत्तरं च न कार्यम् । अतएवास्याविधवानवमीत्वप्रसिद्धिः । अतः पत्न्या अपि नवमीश्राद्धं कार्यम् । धा. सि. द्वि. प. ।
पतिभन्दा पहिले मृत्यु भएका वा पति सँगै दाह संस्कार गरिएका, मावलकी हजुरआमा, बहिनी, छोरी, सानीमा–ठूलीआमा, फुपू आदि पुत्र नभएकाहरूको पिता माता आदिको कुलमा जन्मेका सबै अविधवा महिलाहरूको यो आश्विन कृष्णनवमीमा पार्वण श्राद्ध गर्नुपर्छ । पतिभन्दा पहिले मृत्युभएका महिलाहरूको यो श्राद्ध पतिको मृत्यु भएपछि गर्नुहुँदैन । अतएव यो श्राद्ध अविधवा नवमी भनेर प्रसिद्ध छ । यो श्राद्ध पतिले पत्नीको पनि गर्नुपर्छ । यदि कसैको नवमी तिथि छ भने पार्वण श्राद्ध यसै दिन हुन्छ । अविधवा नवमी र पितृको पार्वण श्राद्ध दुवैको एउटै कर्ता भएको अवस्थामा दुवै श्राद्ध गर्न सम्भव भएन भने मात्र अविधवा नवमी श्राद्ध यसै दिन र पितृ पार्वण द्वादश्यादि अनिषिद्ध दिनमा गर्नुपर्छ ।
स्त्रीश्राद्धे पुत्रदेयाः स्युरलङ्काराश्चयोषिते । नि. सि. तृ. प. उ ।।
मञ्जीरमेलादामकर्णिकाकङ्कणादयः ।।
मार्कण्डेपुराणे मदालसावाक्यम् ।।
महिलाको श्राद्धमा छोराले सधवा महिलालाई गहनाकपडाहरू, पाउजु, चोली, पटुका, ढुङ्ग्री, मडवारी, टप, वाला आदि दान गर्नु हुन्छ ।
(घ) त्रयोदशीश्राद्ध
त्रयोदशी भाद्रपदी कृष्णा मुख्या पितृप्रिया ।
तृप्यन्ति पितरस्तस्यां स्वयं पञ्चशतं समाः ।।
मघायुतायां तस्यां तु जलाद्यैरपितोषिताः ।
तृप्यन्ति पितरस्तद्वद्वर्षाणामयुतायुतम् ।। नि. सि.द्वि. प. चन्द्रिका ।।
आश्विन कृष्ण त्रयोदशी तिथि पितृहरूका लागि अत्यन्त प्रिय र मुख्य तिथि हो । त्यस दिन श्राद्धगर्दा ५ सय वर्षसम्म पितृहरू सन्तुष्ट हुन्छन् । त्यही त्रयोदशीमा मघानक्षत्रसमेत भएको अवस्थामा जलआदिबाट सन्तोष भएका पितृहरू दशहजार बर्षसम्म तृप्त हुन्छन् । यस्तै महिमाहरू प्रशस्त छन् ।
त्रयोदश्यां बहुपुत्रा युवमारिणस्तु भवन्ति । नि. सि. द्वि. प. आपस्तम्बः ।।
त्रयोदशीमा श्राद्ध गर्नाले धेरै छोराहरू युवावस्थामा मर्दछन् ।
मघायुक्तत्रयोदश्यां पिण्डनिर्वपणं ंद्विजः ।
ससन्तानो नैव कुर्यान्नित्यं ते कवयो विदुः ।। नि. सि. द्वि. प. बृहत्पाराशर ।
मघात्रयोदशीमा सन्तान भएको द्विजले पिण्ड दिएर श्राद्ध गर्नुहुदैन, भन्ने कुरा विद्वानहरूले जान्दछन् ।
त्रयोदश्यां कृष्णपक्षे यः श्राद्धं कुरुते नरः ।
पञ्चत्वं तस्य जानीयाज्ज्येष्ठपुत्रस्य निश्चितम् ।। नि. सि. द्वि. प. अङ्गिराः ।
जुन मानिसले कृष्णपक्षको त्रयोदशीमा श्राद्ध गर्दछ, त्यसको जेठो छोरो अवश्य मर्छ भन्ने् जान्नू ।
त्रयोदश्यां तु वै श्राद्धं न कुर्यात् पुत्रवान् गृही । नि. सि. द्वि. प. वामनपुराणम् ।
पुत्रवान् गृहस्थीले त्रयोदशीमा श्राद्ध नगर्नु ।
असन्तानस्तु यस्तस्य श्राद्धे प्रोक्ता त्रयोदशी ।
सन्तानयुक्तो यः कुर्यात्तस्य वंशक्षयो भवेत् ।। नि. सि. द्वि. प. हेमाद्रौ नागरखण्डः ।
सन्ताननभएका लागि त्रयोदशी श्राद्ध गर्नुपर्छ, भनिएको हो । सन्तान भएकाले यो श्राद्ध गर्छन् भने सन्तानको नाश हुन्छ ।
केवलमघायामपि श्राद्धं कार्यम् । ध. सि. द्वि. प. ।
त्रयोदशी र मघाको योग वाहेक अन्यतिथिमा मघा परेमा श्राद्ध गर्नुपर्छ । यी सवैकुराहरूमा विचार गर्दा त्रयोदशी र मघाको योगमा सन्तान भएका व्यक्तिले श्राद्ध नगरी पूर्वोक्त अनिषिद्ध तिथिका दिन महालय श्राद्ध गर्नु उपयुक्त देखिन्छ । त्रयोदशी र मघाको योग नपरी अन्य तिथिमा मघा योग हुँदा श्राद्ध गर्न हुन्छ र पक्षभर श्राद्ध गर्ने क्रममा पनि मघात्रयोदशीमा श्राद्ध गर्नुपर्छ ।
(ङ) चतुर्दशी श्राद्ध
अथात्र चतुर्दश्यां पित्रादित्रयमध्ये एकस्यापि शस्त्रविषाग्निजलादिश्रृङ्गिव्याघ्रसर्पादिनिमित्तेन दुर्मरणेन मृतस्यैकोद्दिष्टविधिना श्राद्धं कार्यम् । पित्रादिद्वयोः शस्त्रादिहतत्वे द्वे एकोद्दिष्टे कार्ये । पित्रादीनां त्रयाणां शस्त्रादिहतत्वे पार्वणमेव कार्यम् । ध. सि. द्वि. प. ।।
पिता, पितामह, प्रपितामह मध्ये कुनै एकजना पनि शस्त्रादि दुर्मरणमा परेका भएमा आश्विनकृष्ण चतुर्दशीका दिन दुर्मरणमा परेका व्यक्तिको एकोद्दिष्ट बिधिले श्राद्ध गर्नुपर्छ । तीनमध्ये कुनै, दुई व्यक्तिको दुर्मरण मृत्यु भएको भए चतुर्दशीकै दिन दुईओटा एकोद्दिष्ट श्राद्ध गर्नुपर्छ । तीनओटैको दुर्मरणमा पार्वण श्राद्ध नै गर्नुपर्छ ।
इदं धूरिलोचनसंज्ञकदेवसहितं कार्यम् । ध. सि. द्वि. प. ।
यो चतुर्दशीमा गरिने एकोद्दिष्ट श्राद्ध धूरिलोचन नामका देवतासहित गर्नुपर्छ ।
प्रेतपक्षे चतुर्दश्यामेद्दिष्टं विधानतः ।
दैवयुक्तं तु तच्छ«ाद्धं पितृणामक्षयं भवेत् ।।
तच्छ«ाद्धं दैवहीनं चेत्पुत्रदारधनक्षयुः ।
एकोद्दिष्टं दैवयुक्तमित्येवं मनुरब्रवीत् ।
नि. सि. द्वि. प. प्रयोगपारिजातके ।।
आश्विन कृष्ण चर्तुदशीमा गर्ने श्राद्ध विधिपूर्वक देवसहित एकोद्दिष्टश्राद्ध गर्नाले पितृलाई अक्षय तृप्ति हुन्छ । उक्त श्राद्ध देवरहित गरेमा पुत्र–पत्नी धननाश हुन्छ । त्यसैले उक्त एकोद्दिष्ट देवसहित हुन्छ भनेर मनुले भन्नु भएको छ ।
एवं चर्तुदश्यामेकोद्दिष्टं कृत्वा पित्रादिसर्वपितृगणेद्देशेन सकृन्महालयस्तिथ्यन्तरेऽवश्यं कार्यः । ध. सि. द्वि. प. ।
यसरी चर्तुदशीमा एकोद्दिष्ट श्राद्ध गरेर पिताआदि सम्पूर्ण पितृगणलाई उद्देश्य गरेर अन्य औंसीआदि अनिषिद्ध तिथिमा सकृन्महालय श्राद्ध पनि अवश्य गर्नुपर्छ ।
अत्र चतुर्दशीश्राद्धस्य कथञ्चिद्विघ्ने तु अत्रैव पक्षेऽग्रिमपक्षे वा दिनान्तरे तत्पार्वणविधिनैव कार्यं नत्वेकोद्दिष्टम् । ध. सि. द्वि. प. ।
यो चतुर्दशी श्राद्धमा आशौचादि विघ्न परेमा यही पक्ष वा अर्को पक्षको कुनै दिन गर्नुपरेमा अनिषिद्ध दिन पार्वण विधिले नै गर्नुपर्छ, एकोद्दिष्ट विधिले गर्नु हुँदैन ।
(च) मातमह श्राद्ध
आश्विनशुक्लप्रतिपदिदौहित्रेणानुपनीतेनापि सपत्नीकमातामहस्य पार्वणं मातुले सत्यपि अवश्यं कार्यम् । मातामहीसत्वे केवलमातामहपार्वणम् । इदं जीवत्पितृकेणैवकार्यम् । इदं सपिण्डकमपिण्कं वा । ध. सि. द्वि. प. ।
आश्विन शुक्ल प्रतिपदाका दिन व्रतबन्ध भए नभए पनि छोरीको छोराले पत्नीसहित मातमह (आमाकापिताजी) को पावर्ण श्राद्ध मामा भए पनि अवश्य गर्नुपर्छ । मातमही (आमाकीआमा) जीवित भएमा मातामहको मात्र पार्वण श्राद्ध गर्नुपर्छ । यो श्राद्ध आफ्ना पिताजी जीवित भएकाले नै गर्नुपर्दछ । यो श्राद्ध पिण्डसहित वा पिण्डरहित जुनसुकै विधिले पनि गर्न हुन्छ ।
(छ) आश्विनकृष्ण पक्षभित्र श्राद्ध गर्न नपाएमा
अमावास्यापर्यन्ततिथावसम्भवे आश्विनशुक्लपर्यन्तं ययस्मिन्कस्मिंश्चित्तिथौ महालयः । तत्रासम्भवे यावत्वृश्चिकदर्शनंव्यतिपातद्वादश्यादि पर्वणि कार्यः । ध. सि. द्वि. प. ।
आश्विनकृष्ण औंसीसम्म पार्वण श्राद्ध गर्न असम्भव भएमा आश्विन शुक्ल पञ्चमीसम्म अनिषिद्ध कुनै दिन श्राद्ध गर्नुपर्छ । त्यो पनि सम्भव नभएमा कार्तिक महिनाभित्र अनिषिद्ध दिन महालय श्राद्ध गर्नुपर्छ । त्यो पनि सम्भव नभएमा प्रायश्चित्त गर्नुपर्छ ।
दुरो अश्वस्य मन्त्रं च दशवारं द्विमासयोः।
महालयं यदा न्यूनं तदा सम्पूर्णमेति तत् ।। ‘ दशमासं द्विमासयोः’ इति पादः ।। नि. सि. द्वि. प. ऋग्विधाने ।
आश्विन र कार्तिक यी दुई महिनाभित्र पनि महालय श्राद्ध असम्भव भएमा बाँकी दशमहिनासम्म प्रत्येक दिन दशपटकका हिसावले तलको मन्त्र जप गर्नुपर्छ ।
दुरो अश्वस्य दुर इन्द्र गोरसि दुरो यवस्थ वसुन इनस्पतिः ।
शिक्षानरः प्रदिवो अकामकर्शनः सखा सखिभ्यस्तमिदं गृणीमसि ।।
मन्त्रोऽयं ऋग्वेदसंहितायां प्रथमाष्टके चतुर्थाध्याय इति नि. सि. द्वि. प. ।

(२०) ग्रहण लागेका दिन श्राद्ध परेमा
ग्रहणदिने पित्रादेर्वार्षिकश्राद्धप्राप्तौ सति सम्भवेऽन्नेन कार्यम् । ब्राह्मणाद्यलाभेनासम्भवे तु आमेन हेम्ना वा कार्यम् । ध. सि. प्र. प. ।।
ग्रहणको दिन माता–पिता वा अन्य कसैको पनि एकोद्दिष्ट श्राद्ध परेमा सम्भव भएसम्म पिण्डसहित श्राद्ध गर्नुपर्छ । ब्राह्मणादिको अभावमा काँचो अन्न (सिदा) दान वा सुनदान गरेर भएपनि ग्रहणकै दिन श्राद्ध गर्नुपर्छ ।
दर्शे रविग्रहे पित्रोः प्रत्याब्दिकमुपस्थितम् ।
अन्नेनासम्भवे हेम्ना कुर्यादामेन वा सुतः ।। प्रयोगपारिजातके गोभिलः ।। नि. सि. प्र. प. ।
तेन चन्द्रग्रहणेऽपि सपिण्डादिवार्षिकमन्नादिना तद्दिन एव कार्यमिति मदनपारिजाते ब्याख्यातम् । पृथ्वीचन्द्रोदयेऽप्येवम् नि. सि.प्र. प. ।
औसीमा सूर्यग्रहणमा मातापिताको एकोद्दिष्ट श्राद्ध परेमा पिण्डसहित श्राद्ध गर्नुपर्छ । त्यो सम्भव नभएमा सुन अथवा काँचो अन्न दानले भए पनि छोराले श्राद्ध गर्नुपर्छ । दिउँसोमा पर्ने सूर्य ग्रहणका दिन त श्राद्ध गर्नु पर्छ भने रातिमा पर्ने चन्द्रग्रहणका दिन पिण्डसहित मासिक, बार्षिक आदि श्राद्ध गर्नु पर्छ भन्ने कुरा मदनपारिजात र पृथ्वीचन्द्रोदयमा पनि उल्लेख छ ।
“ग्रहणात्तु द्वितीयेऽह्नि रजोदोषात्तु पञ्चमे ।” निर्णयामृते ।
ग्रस्तावेवास्तमानस्तु रवीन्दू प्राप्नुतो यदि ।
प्रत्यब्दं तु तदा कार्यं परेऽहन्येव सर्वदा ।।
ग्रस्तोदये यदा चन्द्रे प्रत्यब्दं समुपस्थितिम् ।
तद्दिने चोपवासः स्यात्प्रत्यब्दं तु परेऽहनि ।
चन्द्रसूर्योपरागे च तथा श्राद्धं परेऽहनि ।।
इत्यादिवचनानि, तानि महानिबन्धेषु क्वाप्यनुपलम्भा न्निर्मूलानि, प्रत्युत पूर्वोक्त निबन्धेषु तद्दिन एव श्राद्धमुक्तमित्यलम् । नि. सि.प्र.प. ।।
ग्रहणमा अर्काेदिन र पत्नी रजस्वला भएमा पाँचौं दिन श्राद्ध गर्नु पर्छ ।
चन्द्रग्रहण ग्रस्तोदय भएमा त्यसदिन उपवास बसी अर्काेदिन एकोद्दिष्ट श्राद्ध गर्नु पर्छ ।
चन्द्रसूर्य ग्रहण ग्रस्तास्तका दिन एकोद्दिष्ट श्राद्ध परेमा सधै श्राद्ध अर्को दिन गर्नुपर्छ । चन्द्र सूर्य ग्रहणका दिन श्राद्ध परेमा अर्को दिन श्राद्ध गर्नु पर्छ ।
इत्यादि वचनहरू महानिबन्धहरूमा कहीं पनि उपलब्ध नभएकाले निर्मूल हुन् । त्यसैले ग्रहणकै दिन श्राद्ध गर्नुपर्छ ।

२१  मलमासमा मृत्यु भएकाहरूको श्राद्ध
मलमासमृतानां तु यदा स एवाधिक स्यात्तदा तत्रैव प्रतिसांवत्सरिकं कार्यम् । नि. सि. प्र. प. ।।
मलमासमा मृत्यु भएका व्यक्तिहरूको एकोद्दिष्ट श्राद्ध गर्ने सन्दर्भमा यदि उहीँ महिनामा पुनः मलमास परेकोछ भने त्यही मलमासमा नै एकोद्दिष्ट श्राद्ध गर्नुपर्छ, शुद्धमहिनामा गर्नु हुँदैन । मलमास नपरेका बर्षहरुमा र उही महिनाबाहेक अन्य महिनामा मलमास परेको छ भने त स्वतः शुद्ध महिनामै एकोद्दिष्ट श्राद्ध गर्नुपर्छ ।
चैत्रादौ मलमासे मृतानां कदाचिद्वहुकालेन तस्मिन्नेव चैत्रादौ मलमासे प्राप्ते मलमास एव प्रतिसांवत्सरिकं श्राद्धं कर्तब्यम् । चैत्रादौ शुद्धमासे मृतानां तु प्रत्याव्दिकं श्राद्धं मलमासे न कर्तव्यम् । शुद्धे एव चैत्रादौ कर्तव्यम् । ध. सि.प्र. प. ।।
चैत्रादि मलमासमा मृत्यु भएका व्यक्तिहरूको प्रत्येक चैत्रादि शुद्ध महिनामा नै एकोद्दिष्ट श्राद्ध गर्नुपर्छ । मलमास पर्ने क्रममा कुनै मलमास पुनः त्यही मलमासमा मृत्यु भएको महिनामा नै पर्याे भने एकोद्दिष्ट श्राद्ध पनि त्यही मलमासमा नै गर्नुपर्छ । चैत्रादि शुद्ध महिनामा मृत्यु भएका ब्यक्तिको एकोद्दिष्ट श्राद्ध मलमासमा गर्नु हुदैन, शुद्ध महिनामा नै गर्नुपर्छ ।
(क) प्रथमाव्दिक अर्थात् आद्याब्दिक श्राद्ध
आद्यमेकादशेऽहनि।। ध. सि. नि. सि. प्र. प. तृ.प.उ. ।।
आद्यमासिक र आद्याव्दिक अर्थात् प्रथमाब्दिक श्राद्ध मृत्यु भएको ११ औं दिन गर्नुपर्छ ।
मासादौ मासिकं कार्यमाब्दिकं वत्सरे गते । ध. सि. नि. सि. प्र. प. तृ.प.उ.।।
मृत्यु भएको महिनाको सुरुमा (एघारौं दिन) आद्यामासिक गर्नुपर्छ । पहिलो बर्ष समाप्त भएपछि आद्याब्दिक अर्थात् प्रथमाब्दिक श्राद्ध गर्नु पर्छ ।
हाम्रो परम्परामा “आद्यमेकादशेऽहनि” को नियमलागू गरी एघाराैं दिन आद्ययमासिक आद्याब्दिक दुवै श्राद्ध गरिन्छ र बाह्रौं दिन सपिण्डीकरण श्राद्धगर्न मिल्दछ । अन्य १५ मासिकादि श्राद्ध हाम्रा प्रचलित अन्त्यपद्धतिहरूमा पनि यही नियम अनुरूप आद्याब्दिक श्राद्ध लगायत आद्यमासिकदेखि ऊनाब्दिक सम्मका सम्पूर्ण श्राद्धहरू एघारौं दिन गर्ने र ब्राह्रौं दिन सपिण्डीकरण गर्ने विधान उल्लेख गरियको छ । त्यसपछि हामीले एक बर्ष पूर्ण भई दोस्रो बर्ष को मृततिथिमा जुन वार्षिक श्राद्ध गर्छाैं त्यो नितान्त द्वितीय वार्षिक श्राद्ध हो । द्वितीयाब्दिकका सन्धर्भमा नि. सि. र ध. सि. का प्र. प. र तृ. प. उ. मा स्पष्ट उल्लेख छ कि –
“द्वितीयाब्दिकं तु शुद्धमासे एव नाधिके, नाप्युभयोः ।”
द्वितीयाब्दिक श्राद्ध त शुद्ध महिनामा नै गर्नुपर्छ । मलमासमा पनि गर्नुहुँदैन र शुद्धमास तथा मलमास दुवैमा पनि गर्नुहुँदैन । शुद्धमासमा मात्र गर्नुपर्छ ।
हो यदि वर्ष दिनमा ऊनाब्दिकपछि आद्याब्दिक गर्ने र आद्याब्दिकपछि सपिण्डीकरण गर्ने कसैको परम्परा छ भने द्वादश मासिक शुद्ध मासमा भई आद्याब्दिकको समयमा मलमास परेको छ भने त्यस्तो आद्याब्दिक श्राद्ध तेह्रौं महिना मलमासमा नै गर्ने र चौधौं शुद्ध महिनामा पुनराब्दिक अर्थात् द्वितीयाब्दिक श्राद्ध गर्नुपर्छ । ११ औं दिन मलमास परे पनि नपरे पनि आद्याब्दिक श्राद्ध गरिसकेपछि प्रथम बर्ष पूर्ण भई दोस्रो बर्षको पहिलो दिन द्वितीयाब्दिक श्राद्ध गर्दा मृत्यु भएको महिना, पक्ष र तिथि जुन हो, त्यो श्राद्ध शुद्ध महिनाको त्यही महिना पक्ष र तिथिमा नै गर्नुपर्छ ।
२२– श्राद्धभोजनको प्रयायश्चित्त
दर्शश्राद्धे षट्प्राणायामाः । महालयादिश्राद्धेषु त्रिवर्षोध्र्वं प्रतिवार्षिकेषु च षट्प्रणायामाः गायत्र्यादशकृत्वोभिमन्त्रितस्य जलस्य पानं वा । एवमन्येष्वप्यनुक्तप्रायश्चित्तश्राद्धेषूक्तजलपानमेव । वृद्धिश्राद्धे प्राणायामत्रयम् । जातकर्मादिचूडान्तसंस्काराङ्गवृद्धिश्राद्धे सान्तपनकृच्छ«म्, जातकर्माङ्गश्राद्धे चन्द्रायणं वा । अन्यसंस्काराङ्गश्राद्धे उपवासः । गुरवे द्रव्यं दातुं श्राद्धभोजने सर्वत्रोक्तार्धम् । जपशीलेतदर्धम् । ध. सि. तृ. प. उ. ।।
श्राद्धभोजन गरेपछि प्रायश्चित्त गर्नुपर्ने हुन्छ । त्यसका सम्बन्धमा व्यवस्था भएअनुसार दर्श श्राद्धमा ६ प्रणायाम, महालयादि श्राद्धहरूमा र तीन वर्ष पूर्ण भएपछि प्रतेक एकोद्दिष्ट श्राद्धहरूमा ६ प्रणायाम वा दशपटक गायत्रीमन्त्रद्वारा अभिमन्त्रित जलपान, यस्तै अन्य प्रायश्चित्त उल्लेख नगरिएका श्राद्धहरूमा पनि दशपटक गायत्री मन्त्रद्वारा अभिमन्त्रित जलपान, बृद्धि श्राद्धमा ३ प्राणायाम, जातकर्मदेखि चूडाकर्मसम्मका बृद्धि श्राद्धमा सान्तपनकृच्छ« अथवा जातकर्माङ्ग श्राद्धमा उपवास इत्यादि प्रायाश्चित्तहरू गर्नुपर्छ । गुरुलाई द्रब्य प्रदान गर्न श्राद्ध भोजन गरेमा सबै प्रायश्चित्तहरू आधा–आधा गरे पुग्दछ । गायत्री आदि मन्त्रहरू जपिरहने व्यक्तिले श्राद्ध भोजन गरेमा गुरुलाई द्रव्य दिन श्राद्धभोजन गरेको प्रायश्चित्तको पनि आधा प्रायश्चित्त गर्नुपर्दछ ।

अनापद्यूनमासान्तेषु चान्द्रायणं प्राजापत्यां च । द्विमासाद्युक्तचतुर्षु पादोनकृच्छ«ः । त्रिमासादिषु पूर्वोक्तेष्वर्धकृच्छ«ः । प्रथमाब्दिके पादोनकृच्छ«ः । द्वितीयतृतीयादिके एकोपवासः । क्षत्रियश्राद्धे एतद्द्विगुणम् । वैश्यश्राद्धे त्रिगुणम् । शूद्रश्राद्धे सर्वत्र चुतुर्गुणम् । चाण्डालविषजलसर्प पश्वादिहतपतितक्लीवादिनवश्राद्धे चन्द्रायणम् । अभ्यासे सर्वत्र सर्वं द्विगुणम् । आमहेमश्राद्धे साङ्कल्पिके च तत्तदुक्तप्रायश्चित्तार्धम् । ध. सि. तृ. प . उ . ।।
आपद् नपरेको अवस्थामा मृत्यु भएको दश दिनसम्म, एघारौं दिन, बह्रौं दिनको सपिण्डीकरणमा र ऊनमासिक श्राद्धमा भोजन गरेमा चन्द्रायण र प्राजापत्यकृच्छ« व्रत गर्नुपर्छ । द्वितीय मासिक, त्रैपक्षिक ऊनषाण्मासिक र ऊनाब्दिक श्राद्धभोजन गरेमा पादोनकृच्छ« व्रत गर्नुपर्छ । अन्य मासिक श्राद्ध भोजनमा अर्धकृच्छ« व्रत गर्नुपर्छ । प्रथमाब्दिकमा पादोनकृच्छ« र द्वितीय तृतीयाब्दिक श्राद्धभोजनमा एकदिन उपवास वस्नु पर्छ । क्षत्रियका श्राद्धमा द्विगुणा, वैश्यको तीनगुणा र शूद्रको श्राद्ध भोजनमा चारगुण बढी प्रायाश्चित्त गर्नु पर्छ । चाण्डाल र बिषादिदुर्मरणका नवश्राद्धमा चान्द्रायण एघारौंमा परात्रकृच्छ« र चान्द्रायण एवं बाह्रौंका दिन श्राद्धभेजन गरेमा पराक व्रत गर्नुपर्दछ । पटक–पटक श्राद्धभोजन गरेमा द्विगुणा र आमश्राद्ध, हेमश्राद्ध र साङ्कल्पिक श्राद्धमा भोजन गरेमा जुन श्राद्धमा जुन प्रायाश्चित्त व्रत वताइएको छ त्यसको आधा प्रायाश्चित्त व्रत गर्नु पर्दछ ।
श्राद्धका सन्दर्भमा शास्त्रहरुमा प्रशस्त चर्चा परिचर्चा भएको पाईन्छ । उपर्युक्त सन्दर्भहरू अत्यावश्यकमध्ये अत्यन्त सङ्क्षिप्त रूपमा चर्चा गरिएको मात्र हो । न्युनतम भएपनि श्राद्धका सन्दर्भमा जिज्ञासु सबैलाई सरल इवं सहजरुपमा ज्ञान होस् र श्राद्धमा गर्नै पर्ने कुरा नछुटून् र गर्न नहुने कुरामा समेत सचेतना बढोस् भन्ने उद्देश्यका साथ यहाँ केवल सत्सङ्ग मात्र गर्न खोजिएको हो । श्राद्ध कर्मलाई अज बढि चुस्त दुरुस्त र सर्व साधारणको पहुँचभित्र पु¥याउन विद्वान् पाठकहरूबाट थप योगदानको अपेक्षा राख्दछु ।

सन्दर्भ ग्रन्थ
१. निर्णयसिन्धु ः कमलाकरभट्टप्रणीतः । प्रकाशक– चौखम्बा विद्याभवन वाराणसी २२१००१ ।
२. धर्मसिन्धु ः श्रीकाशीनाथोपाध्यायविरचितः । प्रकाशक– चौखम्बा संस्कृत प्रतिष्ठान दिल्ली ११०००७ ।
३. वीरमित्रोदय ः श्राद्धप्रकाशः महामहोपाध्यायश्रीमित्रमिश्रविरचितः । प्रकाशक– चौखम्बा संस्कृत सिरिज वाराणसी ।
४. संस्कृत–नेपाली–बृहत्–शब्दकोश ः पं. फणीन्द्रप्रसादपाण्डेयविरचितः । प्रकाशक– महेन्द्र–संस्कृत–विश्वविद्यालयः बेलझुण्डी, दाङ, नेपाल ।