खुले यज्ञ अनुष्ठान र पुराणहरु

584

 

 

 

चक्रपाणि गौतम

पैसा संग्रह गर्ने उद्देश्यले पुराण आयोजना गर्नु धर्मको मर्म विपरित रहेको अधिकांश विद्वानहरुको भनाई ।

संसार कोभिड १९को संक्रमणले आक्रान्त बनेपछि विश्वभर नै सामाजिक सांस्कृतिक र पारिवारिक गतिबिधि बन्दप्राय रहे । मठ मन्दिर देवस्थल र तीर्थयात्राहरु सवै बन्द रहदा समाजमा सामाजिक र सांस्कृतिक विचलन आउने हो कि भन्नेचिन्ता पनि बढ्यो , अत्यावश्यक बाहेकका कुनै पनि धार्मिक वा सांस्कृतिक कृत्यहरु हुदै भएनन । धर्मकर्मका निर्देशक र ज्ञाता आचार्य गुरु पुरोहितहरु लामु समयसम्म लकडाउनको प्रभावमा परे अनि आफूहरुले गराउदै आएका यज्ञ अनुष्ठानहरु कहिलेदेखि पुनः प्रारम्भ होलान भनेर अन्योलमा रहे । यसरी लामु समयसम्म यज्ञ अनुष्ठान बन्द हुनु भन्दा पहिला देशमा पुराण र यज्ञ अनुष्ठानको लहर नै चलेको थियो । पुराणको आयोजना नभएको कुनै गांउ नै हुदैन थियो एउटै क्षेत्रमा दुई भन्दा बढी पुराणहरु आयोजना गरिन्थे । पुराणको माहोल बढेको थियो ओल्लो गांउ र पल्लो गाउमा नै अनावश्यक प्रतिस्पर्धा हुने गर्दथे , अझ सामाजिक पुराणहरुमा त पैसा संग्रह गर्नका लागि नै अनेक प्रकारका स्किमहरु दिइन्थ्यो दानका आधारमा दानदाताको सम्मानको वर्गीकरण गर्ने गरिन्थ्यो । उच्च सम्मान पाउने आशामा जनसाधारण पनि बढी भन्दा बढी दानको बचन दिन्थे र यज्ञ सम्पन्न हुदा लाखौ उठेको र करोडौको लेखाजोखा देखिन्थ्यो । समाजमा विकाश निर्माणका लागि धनआर्जन गर्ने सजिलो माध्यमका रुपमा पुराणलाई लिइन्थ्यो । व्यक्तिगतरुपमा आयोजना गरिएका पुराणहरुमा पनि जनसाधारण ज्ञान कम र मनोरंजन बढी खोज्दथे परिणमतः पुराणहरु भक्ति र ज्ञान प्रधान नभई धन र मनोरंजन प्रधान बनिसकेका थिए । ननचाउने नहसाउने र ज्ञानकामात्र कुरा गर्ने पण्डित झुर र बोर ठानिन्थे दिवा सत्रका कथामा सहभागी अति कम हुदा कथाबाचकलाई बोर लाग्ने र सां“झका सत्रमा ननचाई नह“साई दिए सहभागीलाई झुर लाग्ने । बाक्पटु पण्डितहरु पनि के कम महोल तताउन खप्पिस हुनै पर्ने यसरी सप्ताह समापन हुन्थे समाजले कति ज्ञान हासिल गर्याे सनातन धर्मको विज्ञान कति प्रचार प्रसार भयो कुनै लेखाजोखा हुदैनथ्यो । एउटा प्रबुद्ध बर्ग र पण्डितहरुको समूहले यस्ता यज्ञहरुलाई बेद पुराण र यज्ञको अपमान र संस्कृतिमा बिकृति र विचलनका रुपमा परिभाषित गरिरहे । जे भए पनि देशमा धेरै ब्राह्मणहरुको बृत्ति चलेको थियो नाममात्रकै भए पनि धर्ममाहोल बनेको थियो । कोभिड संक्रमण सुरु भएपछि कथा र यज्ञहरु रोकिए महामारीका कारण मृतकको दाहसंस्कार पनि परिजनका समक्ष गर्न नसक्ने स्थिति बन्यो । सबै सामाजिक गतिबिधिसंगै यज्ञ अनुष्ठान र पुराणहरु पनि बन्द भए । कतिपय विद्वान ब्राह्मणहरुले कार्य वा पेशा परिवर्तन नै गरे भनें कतिपयले यजमानको कल्याणका लागि बैकल्पिक माध्यमबाट उनीहरुले चाहेका यज्ञ अनुष्ठान सम्पन्न गर्ने निर्णयसम्म गरे । कतिपय विद्वानहरु भर्चुअल पद्धतिबाट आन्तिरिक अध्ययन र ज्ञान प्रवाहमा पनि तल्लीन रहे स्व अध्ययनका लागि लकडाउन विद्वानहरुका लागि रचनात्मक चाहि बन्यो । अन्ततः कोरोनाको प्रभाव समाप्तप्राय भएको छ समाजका गतिबिधिहरु क्रमस सुचारु हुन थाले र अहिले धार्मिक सांस्कृतिक कृत्यहरु प्रारम्भ भैसकेका छन । विवाह ब्रतबन्ध र पुराण लगायतका धार्मिक कार्यमा उन्मुक्त र खुल्ला रुपले प्रस्तुत हुने नेपाली समाजले पनि वैश्विक महामारीका कारण लामै समयसम्म उन्मुक्त सहभागिता जनाउन सकेन । महामारीकै कारण श्रद्धालुहरुको आवागमन शून्यप्राय रहेका कारण सकसमा परेका मठ मन्दिरि देवस्थल तीर्थस्थल र तीर्थाश्रयीहरुको जीवन सामान्य बनिसकेको छ । अन्तत तीर्थस्थलहरुमा पनि तीर्थयात्रीहरुको चाप बढेको छ । देवालयमा शंखनाद र घण्टबादन धेरै सुन्न थालिएको छ । महामारिका कारण रोकिएका यज्ञ अनुष्ठानहरु पुनः सुरु भएपछि हामीले आचार्य कथाबाचक समाजका अगुवाहरुसंग अवका दिनमा पुराण यज्ञ अनुष्ठान कसरी गर्ने र पुराणहरुको वास्तविक रुप कस्तो हुनु पर्छ भनेर यो स्तम्भकारले तयार पारेको एक विद्वान एक जिज्ञासा ।


डा. नेत्रबिनोद भट्टराई धर्मशास्त्राचार्य, पुराणबाचक, सह प्राध्यापक नेपाल संस्कृत विश्वविद्यालय ।
प्रश्न ः पुराणमा भागवतको वास्तविक कथा कम बाहिरी कुरा बढी र भागवतको मूल संस्कृत पाठ मौन गर्ने गरिन्छ नि के यो विधिसम्मत कुरा हो ?

हुदै हुदैन आजभोली पुराणमा कुरा बढी र काम कम हुने गरेका छन ,भागवत जस्तो पुराणमा बिहानै देखि अनावश्यक प्यारोडी भजनहरु बज्छन तर भगवानको बाङ्मयमूर्ती रुपी मूलपाठ सुनाईदै सुनाईदैन ,विहानको सत्रमा देवबाणी संस्कृतको मूल पाठ हुनुपर्छ । भागवतलाई बाङमय मूर्ती चै भन्ने अनि भागवतका शब्द चै उच्चारण नै नगर्ने । पहिला भागवतको पाठ अनि त्यसको व्याख्या अध्याय र कथाको समाप्तिमा श्रीकृष्णनाम उच्चारण गर्ने परम्परा भागवतकथा श्रवण बाचन र आयोजनका मर्यादाभित्र पर्ने कुराहरु हुन । भागवतको आयोजना गरेर स्पष्ट रुपले मूल पाठ सुन्ने सुनाउने कार्य भएन भने भागवत आयोजनाको कुनै औचित्य र सफलता नै हुदैन । हुन त आयोजकहरु पनि संस्कृत नजान्ने र पाठकर्ता पनि स्पस्ट पाठ गर्न नसक्ने भएका कारणले पनि यसो गरिएको हुनसक्छ तर आफू र आप्mनो कुलको कल्याण चाहनेले भागवतको मूल पाठ सुन्नै पर्छ र पितृलाई सुनाउनै पर्छ । संस्कृत नबुझे पनि कर्ताले निष्ठापूर्वक र पाठकर्ताले शुद्धतापूर्वक पाठ सुन्ने सुनाउने हो भनें बक्ता श्रोता दुवैका हृदयमा जुन आनन्दानुभूति प्राप्त हुन्छ त्यस आनन्दको शब्दमा बर्णन गर्न सकिन्न । संस्कृत श्लोक संस्कारयुक्त बर्ण शब्द वाक्य र वाक्यांशले बनेका हुन्छन यसैकारण शब्दलाई ब्रह्म भनिएको हो श्लोकका माध्यमबाट कथा सुनाउन बिन्यास गरिएका अक्षरहरुको विधिसम्मत उच्चारित ध्वनी तरंगले वातावरण र शरिर उर्जावान बन्दछ उच्चारित शब्दशक्ति हृदयसम्म प्रवेश गर्दछ अनि अन्तश्चेतनालाई जागृत गराउदछ संस्कृत मनले बुझ्ने भाषा हो कानबाट प्रवेश गरेर जव मनलाई झंकृत गर्छ संस्कृत आफै बुझिन्छ तर शब्द शुद्ध उच्चारित हुनु पर्दछ उच्चारणमा ब्याकरणगत त्रुटी हुनै हुदैन यो संस्कृतानुरागीको अनुभूतसिद्ध कुरा हो यसकारण पुराण आयोजन गर्दा मौन पाठ नेत्रपाठ गर्नु महापाप हो अवका आयोजनाहरुमा पुराण आयोजक र पाठकर्ता दुबै सच्चिनु आवश्यक छ । क्रमसः …