आत्माको रुप नारी पुरुष र सत्ता

442

  सरस्वती प्रज्ञा
भनिन्छ अध्यात्म जगतमा नारी र पुरुष हुदैनन । साधनाको चरम सीमामा पुगेपछि केवल आत्मा शेष रहन्छ । मनुष्यको मूल सत्ता शरिर र शारिरिक आवश्यकता केही पनि हैनन । आत्मा कुनै पनि भिन्न भिन्न प्राणिमा खास विशेषता लिएर रहदैन पनि । सबै प्राणिको आत्मामा न कुनै अतिरिक्त विशेषता हुन्छ न त न्युनता नै रहेको हुन्छ । आत्मामा रहने सबै बैशिष्ट्यहरु सबै प्राणिमा समान नै हुन्छन । र आत्मा सर्वदा आफ्नु मूल स्वरुपमा रहेर विभिन्न शरिर धारण गर्दछ । विशेषताका आधारमा आत्माको कुनै लिंग पनि हुदैन । ब्याकरण अनुसार आत्मा नपुंसक लिंगको शब्द भएकाले आत्मा लिंगरहित तत्व हो । यसरी आत्मा लिंगातीत तत्व हो भनें स्त्री र पुरुषका रुपमा किन शरीरमा समाहित हुन्छ त ? यो प्रश्न उठनु सान्दर्भिक नै हो । पछिल्लो समयमा भौतिक चिन्तनले ग्रस्त भएको चेतनाशक्ति आत्मतत्वको सत्तालाई स्विकारर्न छोडेको छ । सम्पूर्ण कृयाकलापको कारण हाम्रो चेतनाशक्तिमात्र हो यसदेखि बाहेका अरु कुनै अदृष्टतत्वको सत्ताले हामीलाई परिचालन गरेको हुदैन यो मान्यता भौतिकवादको मान्यता हो । हो अव हामी यहीभौतिक मान्यतावाला चेतनाको धरातलमा चढेर नै सोचौ ।
भौतिक विज्ञान भन्छ पुरुष स्त्रीका संसर्गबाट रजबीर्यमा रहने निश्चित क्रोमोजोनका कारण पुरुष र स्त्री बन्दछन यस अतिरिक्त अरु कुनै कारण छैन । तर पुरुष र स्त्रीमा आउने त्यही नाशवान भनिएको चेतनाशक्ति चै कसरि प्रवेश हुन्छ यसमा भौतिक विज्ञान र जीवविज्ञान मौन छ । सनातन हिन्दु पुराणहरुमा उल्लेख गरिएको कर्मविपाक र जन्मान्तरीय कर्मफलको दर्शनलाई मनन गर्ने हो भनें भौतिक विज्ञानले भनेजस्तो त्यो चेतनाशक्ति पनि नाशवान छैन अविनाशी छ सास्वत छ नित्य छ । र कुनै पनि शरिर त्याग गरेपछि त्यही चेतनाशक्तिले आफूलाई जस्तो मान्यतामा स्थापित गर्दछ र जस्तो संस्कार चाहन्छ शरिर पनि तेस्तै पाउदछ । चेतनाशक्तिको आफूप्रति स्थापित मान्यता नै ब्यक्तित्वरुपमा प्रकट हुन्छ । चेतना अर्थात अन्तःकरणका चार विभाग छन मन बुद्धि चित्त अहंकार , यी चार तत्वमध्ये अहंकार भनेको आफ्नु अस्मिताभाव जसका सहायताले व्यक्ति सार्वभौम सत्ता भन्दा अलग रहेको मान्दछ … क्रमस