श्रद्धाका ३५ टुक्रा र लभ जेहाद

164
Man holding kitchen knife and roses in his back, wearing blue t-shirt, on black background. The man has mixed feelings

 

सरस्वती प्रज्ञा

भनिन्छ प्रेम अमूर्त चिज हो र यो प्रतिक्षण बढिरहने विषय हो । शास्त्रकारहरु भन्छन जुन भावना प्रतिक्षण बढीरहदैन त्यो प्रेम हैन । यद्यपि प्रेमको परिभाषा अति विशाल छ । संंक्षेपमा भन्दा प्रेम स्वार्थरहित र प्रियबस्तु वा ब्यतिmको खुसीका लागि गरिने त्याग हो । प्रेममा आफ्नो सुख र खुसी प्रेमीका लागि समर्पण गरिन्छ । संस्कृत साहित्यमा एउटा अति गहन अर्थ बोकेको श्लोक छ ।
बन्धनानिखलुसन्ति बहूनि प्रेमरज्जुकृतबन्धन मन्यत् । काष्ठभेदनिपुणोपिषढङ्घ्रे निस्क्रियो भवति पंकजकोशे ः ।।
अर्थात जीबनमा बन्धनहरु अनेक हुन्छन तर प्रेमरुपी डोरीको बन्धन सबैभन्दा मजबूत हुन्छ किनकि प्रेमकै कारण काठलाई दुलो पार्नसक्ने भ‘वरो कमलफूलभित्र पसेर निस्क्रिय हुन्छ । हो प्रेम यस्तो विशेष कुरा हो । प्रेममा शर्त हुदैन स्वार्थ त पटक्कै हुदैन हुन्छ त केवल प्रेमीको खुसीप्रति आफ्नु शर्त र स्वार्थत्याग । प्रेम दुईपक्षीय र बहुपक्षीय हुन्छ । एउटा प्रेम स्वयंंसिर्जित हुन्छ भने अर्को प्रकृतिपरवस भएर आफूले सिर्जना गरेको प्रेम हुन्छ । बाबु आमा आफन्तसंगको प्रेम अनिवार्य हुन्छ । प्रेम एउटा अनुभूति पनि हो । बाबुआमाले सन्तानलाई गर्ने प्रेमको आरम्भ श्नेहबाट हुन्छ भने गन्तब्य प्रेमीको खुसी हुन्छ तर प्रचलित प्राकृतिक प्रेम विपरित लिङ्गीसंगको श्नेह (लगाव)बाट प्रारम्भ भएर आफ्नो खुसीमा केन्द्रित हुन्छ र यसको परिणाम भौतिकतामा आधारित बन्छ जव लगाव भौतिक हुन्छ त्यसले क्रूरता सिर्जन गर्दछ । किनकि भौतिक कुराको प्राप्ति गर्ने ईच्छा भौतिक रुपले नै प्राप्त गर्न सकिन्छ । भावनात्मकरुपले प्राप्त गर्ने प्रेम भनें अति महत्वपूर्ण हुन्छ पूज्य हुन्छ ।
केही महिना अघि भारतमा श्रद्धा नाम गरेकी एक हिन्दु महिलालाई आफताव नामक उनकै मुसलमान प्रेमीले हत्या गरेर उनका शरिरका पैतिस टुक्रा पारि जंगलमा फ्याकेको मिस्ट्रीले प्रेमील युवा जमात र भारतीय न्यायप्रशासन तरंगित भएको छ । युवावस्थामा हुर्ने रसायनिक आकर्षणलाई प्रेम मानेर एक अर्काप्रति समर्पित हुने प्रकृयालाई भौतिक प्रेम मान्न सकिन्छ र पछिल्लो समयमा भारतीय हिन्दुहरुमा त्रासका रुपमा फैलिएको आतंकको पर्याय लभ जेहाद हिन्दुका छोरीहरुलाई आकर्षक शरिर भएका र स्मार्ट देखिने मुसलमान युवाहरुले लभका नाममा भौतिक लाभ लिएर उनीहरुको इस्लामिक आतंक स्थापित गर्ने मिसनबिरुद्ध नेपाली हिन्दुहरु पनि जाग्नु आवश्यक छ ।