ज्योतिषी सन्तोष पोख्रेल सिन्धुशास्त्री सरस्वती प्रज्ञा
ज्याेतिष भनेकाे समाजकाे आँखा हाे भनेर वैदिक ग्रन्थहरुमा उल्लेख गरिएकाे पाईन्छ । ज्याेतिष ग्रन्थका पूर्वआचार्यहरुले समाजकाे लागि अनेकाै साेधगरेर समाजकाे भलाे हुने दिशा देखाएका छन् । आधुनिक बैज्ञानिकहरुले पनि ज्याेतिषज्ञानले नै अनेकाै खाेजगर्न सहयाेगी भएकाे बताएका बचन पाईन्छन् । पात्राे गडना देखि लिएर ग्रहण गडनासम्ममा हुनेगरेकाे समय सुद्धिका कारण याेशास्त्रलाई मनगढन्त शास्त्रहाे भन्नेका लागि दह्राे जवाफ दिएकाे छ । ज्याेतिषकै कारणबाट अनेकाै घटनाहरुकाे परिभाशित हुन सक्छ । जनसाधारणलाई यो विद्याले आकर्षित पनि नबनाएकाे पकै हैन तर यसको दुरुपयोग पनि अहिलेकाे समयमा अति धेरै बढेको छ । समाजलाई धर्मको बाटो देखाउने यो विधा हालमा धन कमाउने ब्यवसायका रुपमा फैलिएको महसुस हुन थालेको छ । शास्त्र बिपरित कुराहरु भनेर सर्वसाधारणको विश्वास दोहन ज्योतिष विद्याको मर्यादा भित्र पक्कै पर्दैन । प्रस्तुत छ यी यावत् कुराहरुलाई समेटेर ज्योतिष परिषद प्रदेश नम्बर १ का बरिष्ठ उपाध्यक्ष ज्योतिषी सन्तोष पोख्रेल सिन्धुशास्त्री सँग ज्यो ॐ वाणीकर्मी सरस्वती प्रज्ञाले गर्नु भएको संक्षिप्त कुराकानी ।
१ ॐ नमस्कार आजभोलि केमा ब्यस्त हुनुहुन्छ ?
सामान्य गृहस्थकर्म , स्वाध्याय र सामाजिक चिन्तनमा छु । मेरो आध्यात्मिक चिन्तन अनि कर्तव्यपथमा निरन्तरता र मातापिताको सेवा अनि ज्योतिष चिन्तनमा नै तल्लीन छु ।
२ ज्योतिष परिषदको प्रदेश बरिष्ठ उपाध्यक्ष पनि बन्नु भएको छ, ज्योतिष परिषदको अवको नीति र कार्यदिसा के हो ?
परिषदको नीति स्पस्ट छ , ज्योतिष शास्त्र अति गहन विषय हो । अति मेहनत र साधनाले मात्र ज्योतिर्बिज्ञानमा मानिसले पूर्णता पाउदछ । केवल कुनै ब्यक्तिको चिना हेरेर यसो यसो हुन्छ भन्नुमात्र ज्योतिष हो भन्ने भ्रम सर्वसाधारणलाई छ । तर ज्योतिष त्यतिमात्र हैन यो विज्ञानका अनेक विधाहरु छन । खगोलको अध्ययन ग्रह नक्षत्रहरुको संचालनले जलवायुमा पार्ने प्रभाव , उर्जाको उपयोग अनि मौसम अनुसार कृषिउत्पादन , वन वनस्पतिको अध्ययन देश काल र परिस्थिति अनुरुप भौगोलिक आधारमा अन्न र जडिबूटीको उत्पादनको संभाब्यता अध्ययन , रोग निदानका लागि ज्योतिर्चिकित्सा आदि अनेक प्रकारका विधाहरु ज्योतिष भित्र पर्दछन । हामी यी सबै विधाहरुमा विशेषज्ञ तयार गर्ने योजनामा छौ । विशेष गरेर ज्योतिष विज्ञान चिकित्साविज्ञानको महत्वपूर्ण अंग पनि हो । भौगोलिकताका आधारले मानिसमा भिन्न भिन्न स्वास्थ्य समस्याहरु हुने गर्दछन भनें भौगोलिकता कै आधारले उपचारका विधि र औषधिहरु पनि निर्धारण गरिन्छ । तर आजभोलि आयुर्वेदको ब्यवसायिकीकरण भएका कारण औषधि बनाउने जडिबूटीहरुको ब्यवसायिक खेति गर्न थालिएको छ र ती जडीबूटीहरु वास्तवमा अपरिपक्व र उचित ऋतु र जलवायुको अभावमा काम गर्न नसक्ने हुन्छन । आज आयुर्वेद पछि पनुको कारण भनेको व्यवसायिक रुपले जडीबूटीको खेति गरेर गुणस्तरहीन औषधि उत्पादन गर्नु हो । मानौ तुलसीको व्यवसायिक खेती गरेर कुनै औषधि निर्माण गर्न त्यसमा विभिन्न फर्टिलाईजरहरु प्रयोग गरेर तुलसीको परिपक्व हुने ऋतु भन्दा पहिले नै तयार पारिन्छ परिणमतः तुलसीमा हुनुपर्ने प्राकृतिक र औषधीय गुण नै हुदैन यसरि नै सबै औषधिहरु बुझ्न सकिन्छ । अव परिषद आयुर्वेदाचार्यहरुसंग सम्पर्क गरेर यस विषयमा छलफ गर्ने योजना गर्दै छ । औषधि उत्पादकहरुसंग पनि शुद्ध र प्राकृतिक जडिबूटीबाट औषधि निर्माण गर्न गराउन प्रभावकारी कार्य संचालन गर्ने योजनामा छ ।
३ मानिसको ग्रहदसा हेर्ने ज्योतिष शास्त्र यसरी आयुर्वेद र खेतीपातीतिर भडकिन मिल्छ र ?
वास्तवमा ज्योतिषले धर्मको बाटो देखाउछ । सबैकाम धर्मपूर्वक गरिनु पर्छ भन्ने ज्योतिषको दर्शन हो । भौतिक उन्नती र आध्यात्मिक लाभ ज्योतिषको लक्ष्य हो । मानिसको शरिमा हुने रोग शोक चिन्ताहरु भौतिक हुन र ती भौतिक समस्यालाई भौतिक औषधिले नै निदान गर्न सकिन्छ । अव औषधिहरु नै प्रकृतिको नियम बिरुद्ध बनेका छन भनें ज्योतिषले त्यसमा हस्तक्षेप गर्नै पर्छ । आयुर्वेद चिकित्सापद्धतिमा अष्टाङ्ग चिकित्सा मध्ये भूतबाधा पनि पर्दछ यो भूतबाधा भनेको ग्रहपिण्डहरुको दुस्प्रभाव भन्ने हो । मानौ बेल वा आंक को जरालाई विशेष बिधिबाट औषधि निर्माण गरि नेत्ररोगको उपचार गरिन्छ अव अव आंक बैसाख महिनामा परिपक्व हुन्छ तर अधिक औषधि बनाउन जुनसुकै मौसममा त्यसको उपयोग गरेपछि त्यसमा हुनुपर्ने रस र औषधिय गुण रहदैन नै । बैसाख महिनामा काटेकोआंकको समिधाले हवन गरेर सूर्यको ग्रह दसा हटाईन्छ किन भनें बैसाख महिनामा आंकले सूर्यको शक्ति आफूमा शोषण गरेर औषधिम बनेको हुन्छ अव जुनसुकै महिनामा आंकका समिधा बनाउदा ग्रहशान्ति नै हुदैन अव पुरोहितहरुले मनमानी गरिदिनु भो भनें ग्रह शान्ति हुदैन अनि ज्योतिषी र ज्योतिषको विश्वास कम हुन्छ अव ज्योतिष परिषद्ले पुरोहितहरुको कर्मलाई हस्तक्षेप गर्ने कि नगर्ने ?
त्यस्तै आयुर्वेदमा पनि ऋतुविज्ञान अनुसार औषधि उत्पादनका लागि ज्योतिषीले दवाव र निर्देशन दिन सक्नुपर्छ ।
४ ज्योतिष पलादेशमै आपसमा एकरुपता देखिदैन , त्यतातिर चै तपाईहरुको ध्यान गएको छ कि छैन ?
ध्यान गएको छ , वास्तवमा मानिसको मनोविज्ञानलाई अनुमान गरेर फलादेश गर्ने कथित ज्योतिषीहरु धेरै भए । शास्त्र र ज्योतिषका मूल मान्य ग्रन्थहरुलाई आधार मानेर फलादेश गर्नेहरु कम भए । सतही कुरा र कपोलकल्पित उपायहरुले क्षणिक लाभ देखिएजस्तो लागे पनि यसले ज्योतिष विधालाई हानी पुर्याईरहेको छ । यसतर्फ ज्योतिषीहरु अहिल्यै सचेत नभए यो ब्रह्मविद्याको ठूलो अपमान हुने छ ।आफूलाई प्रोफेसनल देखाउन आकर्षक कुरा गर्नेहरुका कारण धर्म मर्यादा र ज्योतिषविज्ञानको महत्ता खतरामा पर्ने संभावना देखेर नै हामी यस्ता नराम्रा कामको नियन्त्रण गर्ने प्रयासमा छौ । समग्रमा यो विद्याको नाममा धेरै ठगी भईरहेकै छ ।
५ ज्योतिष अध्ययन नगरि भविष्यकथन गर्छु भन्ने माताहरु र अरु साधकहरु अनि उनीहरुको फलकथनतीर तपाईहरुकोध्यान गएको छ कि छैन ?
अवस्य पनि गएको छ , अहिले स्वयंसिद्ध ज्योतिषीहरुको पनि भरमार छ । कुनै साधना सिद्धि बिना मानिस ज्योतिषी बन्ने सक्दैनन । एउटा मन्त्र पनि शुद्धसंगउच्चारण गर्न नसक्नेहरु पनि मानिसहरुको आस्था दोहन गरिरहेको हामीले महसुस गरिरहेका छौ । ज्योतिषी हुन शुद्ध आचरण अध्ययन हुनु पर्छ । सिद्धि प्राप्त गर्न पनि मानिसले कठोर तपस्या गरेको हुनु पर्दछ । अधिकांश माता र साधक भनिनेहरु मनोरोगले ग्रस्त भएजस्ता देखिन्छन । र उनीहरुसंग अतिसाधारण मानिसहरु जन्छन । मनोगत कुराको प्रक्षेपण मिलो भनें माता ठूली नमिले उनीहरुले कुनै प्रश्न नै उठाउदैनन समस्या यही छ । पछिल्लो समयमा अपठित ज्योतिषी र साधनारहित माताहरुले ज्योतिषको बदनाम गराईरहेका छन । यसतर्फ हाम्रो ध्यान गएको छ । यसतर्फ परिषदले कदम चाल्ने छ ।
६ यहाँहरुका आगामी योजनाहरु के छन् ?
ज्योतिषलाई हामीले जसरि बुझेका छौ यो विधा त्यतीमात्र हैन , हामी प्रदेश १ लाई पूर्वीय ज्योतिष अध्ययन गर्न का लागि विश्वका मानिसहरु आउने हवका रुपमा चिनाउन चाहन्छौ । ज्योतिष बाटिका , तारामण्डल , बेधशाला बनाएर हामी आधुनिक खगोल बैज्ञानिकलाई पनि यो विज्ञानको महत्व बुझाउने प्रयासमा छौ । नेपाल सरकारसंग सहकार्य गरेर खगोल अध्ययनको मार्ग प्रसस्त गर्ने अपेक्षामा छौं ।