चक्रपाणि गौतम
मोरङको बिराटनगर पाञ्चालीस्थित श्रीलक्ष्मीनारायण मन्दिर तथा लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिने संस्कृत भाषा प्रशिक्षण कार्यक्रम संचालन भईरहेको छ । प्रंशिक्षणमा अति छिटो र सजिलो माध्यमले संस्कृत सिक्न सकिने कुरा श्रीलक्ष्मीनारायण मन्दिर पाञ्चाली बिराटनगरका महन्त स्वामी अच्युत प्रपन्नाचार्यले जानकारी गराउनु भयो । प्रत्यक्ष पद्धति र विविध प्रयोगात्मक विधिबाट संस्कृत सिकाईने यो विधि संसारका कुनै पनि भाषा सिक्न सबै भन्दा वैज्ञानिक विधि रहेको कुरा युवा विद्वान बलराम कोईराला बताउनु हुन्छ । संस्कृत अति सजिलो र जो कोहीले पनि बोल्न र बुझ्न सक्ने भाषा भए पनि पछिल्लो समयमा यो भाषा कठीन भाषा भन्ने दुस्प्रचारका कारण सर्वसाधारणले यो भाषा सिक्न बोल्न नचाहेको तर यस्ता प्रशिक्षण शिविरका माध्यमले आम सर्वसाधारण पनि यो भाषाप्रति आकर्षित भएको संस्कृतका विद्वान आकाश नीलम बताउनु हुन्छ । संस्कृतका मूर्धन्य विद्वान डा. गुरुप्रसाद सुवेदी लगायतका विद्वानहरुले प्रशिक्षण दिईने शिविरमा गुरुकुलहरुका आचार्य र गुरुकुलका विद्यार्थी सहित आम सर्वसाधारणलाई पनि भिन्न भिन्न कक्षामा राखि प्रशिक्षण दिईको आयोजक समितिले बताएको छ ।