माघे संक्रान्तीको अवसरमा देवघाट धाममा विशाल भण्डारा  आयाेजना

1297

माघे संक्रान्ती अर्थात​ मकर संक्रान्ती को पावन अवसरमा देवघाट धाममा विशाल भण्डारा  गरिने भ​एको छ​।
नेपाल को पावन पवित्र क्षेत्र हरिहर क्षेत्र श्री देवघाट धाममा स्नान को लागि आउने सम्पूर्ण तीर्थालु भक्त साथै सन्त महन्तहरु को लागि श्रीस्वस्थानी माता मन्दिर (झोलेङे पुल) मा गत वर्ष देखी प्रारम्भ भएको भोजन प्रसाद बितरण कार्यक्रम यस वर्ष पनि हुने भएको छ​।
अधिल्लो बर्ष ५ हजार भक्तजनहरुको लागि भोजन को ब्यबस्थापन भ​एको थियो भने यस वर्ष १२ हजार भक्तजनहरु को लागि भोजन व्यवस्थाको तयारी रहेको संकल्पकर्ता नारायण दाशले ओमवाणीलाई बताउनु भयाे ।
हिन्दुहरुको पवित्र भुमी श्री हरि हर संगम क्षेत्र देवघाटमा माघे सक्रान्ती स्नान को लागि नेपालका दुर्गम क्षेत्र साथै भारत बाट पनि सन्त महन्त भक्तजन्हरु को आगमन हुने गर्दछ । माघे स‌ंक्रान्तिका दिन देवघाटमाश्रद्धालुहरुकाे निकै भिड भाडहुने भएकाे हुँदा तीर्थालुहरुको सहजताको लागि  अर्घाखाँची जिल्ला अड्गुरीमा पन्थी परिवार मा जन्मनु भएका षड्दर्शन विश्व अखाडा परिषद नेपाल का प्रमुख ️ प्रभारी एवं निम्बार्क सम्प्रदायका प्रथम वैष्णव नागाबाबा श्री नारायण दास (बुलेटबाबा) जी महाराज द्वारा यस बर्ष पनि विशाल भोज भण्डारा को आयोजना गर्नु हुने भएको छ।