योग अभ्यासले वाह्य तथा आन्तरिक शरीर हुन्छ तन्दुरुस्त

359

ध्रुवशरण ढुंगाना
बुटवल ।

योगले संसारभर नै प्रसिद्धि बटुल्दै गएको छ । धेरै मनुष्य योगको चर्चा–परिचर्चा गर्ने गर्दछन् । योगले भौतिकवादले आविष्कार गरेको मेशिनरी दुनियाबाट सहजरूपमा विनाश्रम काम गर्ने बानी परेकाहरूको लागि फिजिकल फिटनेस राख्न सहयोग पनि गर्दछ । योगका आदि गुरु भगवान शंकर भएको बताइन्छ । योग अभ्यासले हाम्रो वाह्य तथा आन्तरिक शरीरमा प्रभाव पार्दछ ।

योग प्रदीपनामक ग्रन्थमा १० प्रकारको हुन्छ भनिएको छ । राजयोग, हठयोग,अष्टाङ्गयोग, लययोग, ध्यानयोग, भक्तियोग, क्रियायोग, मन्त्रयोग, कर्मयोग, र ज्ञानयोग रहेको छ ।
ध्यानयोगले सबै कुरालाई नियन्त्रण गर्न सकिने बताउँनुहुन्छ ध्यानयोगी सुवोध रेग्मी । वहाँ भन्नुहुन्छ – “अहिले व्यक्ति अनेकौं मानसिक समस्यामा फसिरहेको देखिन्छ, जबसम्म मनुष्य मानसिक सन्तोष प्राप्त गर्न सक्दैन उ कहिल्यै पनि सुखी हुनसक्दैन किन भने मानसिक उद्विग्नतानै समस्याको मूल जरो हो”।
आजको समयमा सकारात्मकतिर भन्दा नकारात्मक झै–झगडातिर युवाको छिटो आर्कषण बढ्दै गइरहेको तथा अनेकौ कुकर्म, कुलतमा फस्दै गएका युवाहरूलाई बचाउनका लागि पनि ध्यान योगभन्दा अरू कुनै सरल उपाय नभएको रेग्मीको भनाई छ  ।

वहाँ भन्नुहुन्छ ‘ध्यान योगद्वारा कुलत तथा कुबाटोमा लागेको व्यक्तिलाई पनि सुधार गर्न सकिन्छ । योग पनि धेरै प्रकारका हुन्छन्, मनुष्यका शारीरिक तथा मानसिक सबै प्रकारको समस्याको निराकण योगमार्गले नै गर्न सकिन्छ । ’’रेग्मीका अनुसार “शारीरिक सुखले मात्र व्यक्तिलाई पुग्दैन जबसम्म मनुष्य मानसिक सन्तोष प्राप्त गर्न सक्दैन तबसम्म उ संसारमा सुखी हुन सक्दैन ।”

‘हामी सुख खोज्न विभिन्न स्थानमा भौंतारिन्छौ‌ तर आफूमै निहीत सुख र आनन्दलाई पहिचान गर्न सकेका छैनौ । जति बाहिर भट्के पनि सुख खोजेर मिल्नेवाला छैन यो पक्का छ । मन सुखी भए सबै सुखी मन दुःखी भए सबै दुखी मनको निग्रहको लागि योग आसन, प्रणायाम आदिको अत्यन्त जरुरी छ । योगले शरीर, मन, मस्तिष्कको सन्तुलन राख्दछ भने शरीर र मन स्वास्थराख्नको लागि योग गर्नु अत्यन्त आवश्यक छ । पहिलेको अपेक्षामा मनुष्य झन्–झन् अस्वस्थ बन्दैगएको छ । विभिन्न रोगहरूले जन्म लिएका छन् ।

त्यस्तै योगाचार्य कमल पौडेल भन्नु हुन्छ – रोग लागेपछि पनि त्यसको नियन्त्रणको लागि विभिन्न प्रकारका रोगहरूबाट बच्नको लागि योग गर्ने गरिन्छ । विशेष प्रकारले हाडजोर्नी तथा नसा सम्बन्धिका रोगीहरूका लागि योग अति नै आवश्यक हुने वहाँको जिकिर छ ।

योगासनले न सिर्फ रोगको मात्र निधान गर्छ । यसले रहस्मय चक्रका कोषहरू रक्त शिराहरूलाई पनि खोल्ने काम गर्दछ ।कुण्डलिनी जागरण प्रक्रियामा पनि योग अत्यन्त महत्वपूर्ण रहेको योगका जानकारहरू बताउँछन्   । कुनै पनि बच्चा बूढा जवान सबैले योग गर्नाले बिमारी आदिको भुमरीमा पर्नु पर्दैन । योगासन गर्दा खेरी दुर्लभ हर्मोनसहरू शरीरमा आउने हुन्छ ।  मार्डन एलोपेथिक विज्ञानका अनुसार महङ्गो औषधिले पनि निको नभएको रोग फिजिकल योगबाट निको पनि हुनसक्छ ।

विधिः

  • योगका जानकार गुरुहरूबाट सिकेर मात्र योग गर्नु पर्दछ ।
  • भोजनपश्चात तुरुन्त योगासन गर्नु हु‌दैन ।
  • भोजन गरेको कम्तिमा ३÷४ घण्टापछि मात्र योग गर्न उपयुक्त हुन्छ ।
  • योगासन गर्दा समतल भूमिमा आसन लगाएर गर्नुपर्छ ।
  • योग गर्दा खेरी खुल्ला हावा लाग्ने ठाउँमा गर्नुपर्ने हुन्छ ।
  • कुनै आसन गर्दा पनि जवरजस्ती गर्नुहु‌दैन ।
  • महिनावारी,गर्भावस्था,ज्वरो, बिमारी हुँदा योगासन गर्नु राम्रो हुँदैन ।

टिप्सः

  • योग गर्नाले मनुष्यको भित्री ग्रन्थीहरू सुचारु रूपमा काम गर्न थाल्छन् । जसले गर्दा शरीर निरोगी राख्न मद्दत गर्दछ ।
  • दैनिक योग गर्ने युवाहरू नकारात्मक सोच विचारको भुमरीमा पर्नु पर्दैन ।
  • युवास्थाको रक्षा र वीर्य रक्षागर्नको लागि सहयोगी हुन्छ ।
  • योगासनद्वारा सम्पूर्ण पेटको बिमारी निको हुनुका साथै पाचन अंग पुष्ट हुन्छ ।