रक्षाकिशोर
मातातीर्थ औशि विशेष
एक दिन स्वामी विवेकानन्दलाई एकजना अनुयायीले सोधेछन स्वामी जी हामीले आमालाई किन सम्मान गर्नु पर्ने ? प्रजनन त सामान्य कुरा हो । पशु प्राणि सबैका आमा हुन्छन नै , आमा बन्नु त प्राकृतिक कुरा न हो ।
स्वामीजीले एउटा सामान्य तौलको ढुंगा मगाउनु भयो र कपडामा ढुंगालाई बेरेर त्यो अनुयायीको पेटमा बा“धि दिदै भन्नु भयो लौ आज दिनभरि यो ढुंगा पेटमा बोकेर बेलुकासम्मका सबै कामहरु गर । अनुयायीले त्यसै गरे । तर पेटमा भारि बोकेर दिनभरी काम गर्दा बारम्बार थकित भए बेलुका स्वामीजीसंग आएर भने गुरुजी अव म यो भारि बोक्न सक्दिन । दिन भरि ढाड दुख्यो , शरिर सिथिल भयो एकदम थकित भएको छु माफ गर्नुहोला अव म यो बोक्न नसक्ने भयें ।
स्वामीजीले मुस्कुराउदै भन्नु भयो देख्यौ ? एउटा सामान्य ढुंगा पेटमा बा“धेर तिमीबाट केही घण्टा पनि काम हुन सकेन तर आमाले पेटमा तिमीलाई नौ महिनासम्म बोकेर घर गृहस्थिका सारा काम गरिन । संसारमा आमा बाहेक कुनै तत्व यति धैर्यवान छैन यसकारण आमालाई सधै सम्मान गर्नु पर्दछ ।
आमा कुनै गात्रधारी पात्र मात्र हैनन आमा एक अनुभूति एक आभास ए विश्वास हुन । गर्भमा रहदाकोशव्दहीन आहट जन्मपछिको गौरवपूर्ण अनुभव सव आमा नै हुन । आमाले गरेको स्नेह त्याग उदारता र शहनशीलतालाई याद गरौ त । यस्ता ममताका प्रतिमान आमासंग कतिथ छन कति । आमाका त्याग विश्वास शहनशीलता कुन सन्तानले गनेर सक्छ र । गन्न नै चाहने हो भने कसरी गन्ने ।अनिआमाको त्यागको ऋण कसरी तिर्ने ? ऋण आभार र कृतज्ञता जस्ता शब्दहरु त पराईलाई अभिव्यक्त गरिने शब्दहरु हुन आमालाई कुन शब्द वा भावले सम्मान गर्ने । आमालाई त सम्मान नै चाहिदैन , आभार र कृतज्ञता नै पस्कनु पर्दैन किनकि आमा त आफ्नै हुन । आमा अर्को पात्र हुदै हैनन । हामी पो आमाका अंश हौ अनि हामी जसका अंश हौं उनको ऋण चुकाउने कल्पना गर्नु पनि मूर्खता हो । सोचौ त आमाले हामीलाई कति धेरै उपकार गरेकी हुन्छिन र कुन उपकारको आभार व्यक्त गर्नु हामीले ? कुन उपकारको ऋण चुक्ता गर्नु हामीले । जव हामीलाई पृथ्वीमा जन्मदिन असैह्य पिडाले आमा छटपटाउछिन त्यो उपकारको ऋण तिर्नु कि ? अथवा छातीबाट अमृत भारा बगाएर आफैलाई सुकाउदै हाम्रो कोमलतालाई परिपोषण् गरिन त्यसको ऋण चुकाउने ? नियमित रुपमा आमाले दिसा धोईदिएर सफा राखेको ऋण तिर्ने कि कसैको आ“खा नलागोस भनेर आ“खैमा लगाईदिएको कालो टीकाको ऋण तिर्ने ?
पेटमै हुदा कतिपल्ट हामीले आमालाई लात्तले हान्यौ ? त्यसको ऋण तिर्ने कि हाम्रा लात्तीलाई पनि मीठो अनुभूति गर्दै आमाले ह्दयमा झल्काएको खुशी वा लातको आभासले मुस्काएको ओठको मुस्कानको ऋण तिर्ने ? सम्झना गरौ त सव काम र खुसिहरु छोडेर आमा सधै हामी संगै बसिरहिन । बाल्यकालमा दबाई पानी खाना खुवाई रहिन हाम्रा जिद्दी र मागहरुलाई पूरा गरि रहिन । उमेर बढदै गएपछि हामीमा सभ्यता र संस्कारको बीउ रोप्न प्रयास गरिरहिन । आमाप्रति के कुरामा आभार व्यक्त गर्ने आमाले गरेको कुन उपकारको ऋण तिर्ने हामीले ।
हामी विरामी भएको दिनको कल्पना गरौं । साधारण ज्वरो नै आएको दिनको कल्पना गरौ त दिन रात भोक निद्रा केही नभनि आमाले हाम्रो शिर सुमसुम्याएको चिन्ताले आकुल भएर कहिले धामी कहिले वैद्य त कहिले डक्टरकोमा लगेको मातृ बात्सल्यताको ऋण तिर्न सकौला त हामी ?
आमालाई ईश्वरले सृजनशक्ति प्रदान गरेर प्रकृतिमा एक विलक्षण व्यवस्थाको भागिदार बनाएका छन । ईश्वरको एक अव्यक्त अघोषित व्यवस्था जुन व्यवस्थाको पालना आमाले अनवरत रुपमा गरिरहेकी छिन ।आमा गाईका रुपमा चरीका रुपमा बघिनीका रुपमा जुनसुकै प्राणिका रुपमा आमा व्यापक छिन र मातृत्वको व्यवस्थालाई सुव्यवस्थित संचालन गरिरहेको छिन । गाई बाछोलाई चाटिरहेको छ ।चरी चल्लालाई चारो खुवाईरहेको छ आमाको व्यापकतालाई मनन गरौ त । यसैले आमाको महिमा अति ठूलो छ । भगवान सबैतिर प्रत्यक्ष पुग्न सक्दैनन यसकारण उनले आमा बनाई दिए । आमा जव हुन्छिन उनको ईश्वरीय रुपले सधै सुख दिन्छ जव हुन्नन उनको आशिर्वादले सुखि बनाई रहन्छ । आम व्यक्ति हैनन आमा पात्र पनि हैनन आमा ईश्वर हुन आमा अनुभूति हुन । आमा π प्राणि तिम्रो उपकारको आभार व्यक्त गर्ने अधिकार राख्दैन अनि ऋण तिर्ने सामथ्र्य पनि राख्दैन । आमा तिमी श्रद्धा हौ केवल श्रद्धा ।