प्रेम गर्नेहरुको पवित्र पर्व वटसावित्रीब्रत

224

 

चक्रपाणि गौतम
जेठ महिनाको आंैशि तिथिलाई बटसावित्रीब्रतका रुपमा लिईन्छ । यो ब्रतका दिन सौभाग्यवती नारीले आफ्नो अटल सौभाग्य दाम्पत्य प्रेम र गुमेको धन यस पुनः प्राप्त गरि सुख उपभोग गर्ने कामनाका साथ बर को रुखमा गई ब्रह्मा साबित्री सत्यवान र सावित्रीको विशेष पूजा आराधना गर्नु पर्दछ । स्कन्दपुराण अनुसार
नारी वा विधवा वापि पुत्रीपुत्रविवर्जिता ।
सभर्तृका सपुत्रा वा कुर्याद ब्रतमिदं शुभम् ।।
अर्थात यो ब्रत विधवा सधवा सन्तानहीन सन्तानयुक्त स्त्रीले पति र सन्तानका साथ बसेर गर्नु पर्दछ ।यो ब्रत लिदा ज्येष्ठ कृष्ण त्रयोदशिका दिन रातिमात्र भोजन गरिन्छ चतुर्दशिका दिन आफ्नै घरको आफैले उत्पादन गरेको अन्न भोजन र औशिका दिन दिन रात ब्रत गरेर प्रतिपदाका दिन ब्रत पारायण गर्ने गरिन्छ । यो ब्रतको नियम अनुसार त्रयोदशी तिथिका दिन बिहान नुहाएर शुद्ध आसनमा बसेर स्त्री ले “मम बैधव्यादि सकल दोष परिहारार्थं ब्रह्मसाबित्रीप्रीत्यर्थं सत्यवत्सावित्री प्रीत्यर्थं च वटसावित्रीव्रतमहं करिष्ये ” भनेर संकल्प गर्नु पर्दछ । औशि तिथिका दिन विहानै पुरानो बरको रुखमा गएर ब्रह्मा सावित्री र सत्य सावित्रीको अलग अलग प्रतीमा बनाएर सप्तधान्यमाथि राखेर विधिपूर्वक पूजा गर्नु पर्दछ अनि बरको रुखमा कांचो धागोले बेरेर चन्दन फूल अक्षता धूप बात्ती आदिले बरको पूजा गरेर “अवैधव्यं च सौभाग्यं देहि त्वं मम सुब्रते पुत्रान् पौत्राश्च गृहाणघ्र्यं नमोस्तु ते ” यो मन्त्र पढदै सावित्रीलाई अघ्र्य चढाउनु पर्दछ । यसपछि बरको बृक्षमा जल चढाएर “वट सिंचामि ते मूलं सलिलै रमृतोपमैः । यथा शाखाप्रशाखाभिर्वृद्धो सि त्वं महितले । तथा पुत्रैश्च पौत्रैश्च सम्पन्नं कुरु मे सदा ।। भन्दै प्रार्थना गर्नु पर्दछ । प्रार्थना पछि चना र पैसा राखेर प्रसाद चढाउनु पर्दछ अनि सो प्रसाद सौभाग्यवती नारीले सासुलाई दिएर आशिर्वाद लिने शास्त्रीय नियम छ ।
शास्त्रमा वरको रुखको धेरै ठूलो महत्व छ । वरको बृक्षमा ब्रह्मा बिष्णु र शिव तीनै देवताको वास रहने कुरा शास्त्रमा उल्लेख गरिएको छ । “वटमूले स्थिितो व्रह्मा वटमध्ये जनार्दनः । वटाग्रे तु शिवो देवः सावित्री वटसंश्रिताः” । वरको रुखलाई वेदवृक्ष पनि भनिन्छ ।देवी सावित्री पनि वरको रुखमा विराजमान रहन्छिन ।
प्रलयको अन्तिम चरणमा भगवान श्रीकृष्णले मार्कण्डेय ऋषिलाई वरको पत्तामा आफ्नु बालरुपको दर्शन गराउनु भएको थियो । पवित्र तीर्थस्थल प्रयागराजमा अक्षयवटका नामले प्रसिद्ध वरको वृक्ष रहेको छ । सो वृक्षलाई तीर्थराज प्रयागको छाताका रुपमा सम्मान र श्रछा गरिन्छ ।यसै प्रकार तीर्थहरुमा पवित्र स्थल पंचवटीको पनि त्यत्तिकै महत्व रहि आएको छ । यस स्थलमा विशेष प्रकारका पांचवटा वरका रुखहरु रहेका छन । त्रेतायुगमा कुम्भज मुनिको सल्लाह लिएर भगवान श्रीराम लक्ष्मण र माता सीताले यहां विश्राम गर्नु भएको थियो ।
भौतिक रुपले हेर्ने हो भनें वरको रुखमा हानिकारक ग्या“सलाई नियन्त्रण गर्ने शक्ति रहेको हुन्छ । जाडोमा यो रुखको छाया न्यानो हुन्छ भने गर्मीमा यो रुखको छायामा वस्दा शीतलता प्रवाह हुन्छ ।आयुर्वेदमा वरको पत्ता , बोक्रा ,काठ ,फल , जरा काण्ड सबै चिजको अति उपयोगिता वर्णन गरिएको पाईन्छ । नियमित रुपले वरको रुखमनी बस्ने हो भनें हाम्रो मानशिक र बौद्धिक र शारिरिक विकास हुने कुरा निघण्टु आदि ग्रन्थहरुमा वर्णन गरिएको पाईन्छ । बरको रुखको आयु अति लामु हुन्छ । विविध झन्झावात र प्रतिकूलतालाई सहन गरेर दीर्घजीवन पाउने वरको वृक्ष बीजसंरक्षणका लागि अति महत्वपूर्ण मानिन्छ । कुनै मासिन लागेको कुनै पनि बिऊको थोरै मात्र पनि एक वर्षसम्म वरको रुखमा राखेर खेतिमा प्रयो गर्दा त्यो बिउमा सौ गुणा अधिक उत्पादकत्व बढने कुरा , प्राचीन कृषि वास्तु सिद्धान्तमा उल्लेख गरिएको छ ।
परामनोवैज्ञानिक रुपमा अध्ययन गर्ने हो भनें वरको रुखको छायामा वसेर वरको दृढताको अध्ययन गर्दा र वरको आफूलाई दृढ बनाउन सकिन्छ । आधुनिक चिकित्साविज्ञान र आयुर्वेद दुबै आयुस सिद्धान्तको शोध अनुसार यसै पनि वरको रुखमनी बस्ने हो भनें मानशिक समस्या , नपुंसकता , चर्मरोग , मधुमेह ,मूत्रविकार जस्ता अनेक रोगहरु सहजै निदान हुन्छन ।
पौराणिक कथा अनुसार मद्र देशकी राजकुमारी सावित्रीलाई आफू अनुकुलको पति खोज्न अनुमति दिईयो उनले राज्यसत्ता खोसिएर जंगलमा वास बसिरहेका द्युमत्सेनका छोरा सत्यवानलाई पतिका रुपमा रोजिन । विवाहको तयारी हुदै गर्दा सावित्रीको विवाह सत्यवानसंग हुने कुरा थाहा पाएर देवर्षी नारदले सत्यवानको आयु अति कम भएको र विवाह गरेको केही महिना मै उनको मृत्यु भै हाल्ने कुरा सावित्रीका पिता राजा अश्वपतिलाई जानकारी गराउनु भयो । राजकुमारीका पितालाई छोरी विवाह लगत्तै विधवा हुने कुराले चिन्तित बनायो । उनले छोरी सावित्रीलाई सत्यवानसंग विवाह नगर्न आग्रह गरे । सावित्रीले राजा अश्वपतिलाई भनिन पिता आर्य कन्याले आफ्नु पति एकपल्टमात्र चुन्दछन । विवाह पछि जेसुकै होस म सत्यवानसंग नै विवाह गर्दछु । छोरीको दृृढ अठोट देखेर राजा अश्वपतिले जंगलमा गई सत्यवानसंग सावित्रीको विवाह गरिदिए । विवाह आनन्दसंग सम्पन्न भयो जंगलमा सावित्री सासु ससुरा र सत्यवानको सेवामा लागिरहिन ।केही समय पछि देवर्षि नरदले भने झै अचानक सत्यवानको मृत्यु भयो । हातमा पासो दण्ड र बिभिन्न हतियार लिएक ायमराज र यमदूतले सत्यवानको आत्मालाई समातेर यमलोकतर्फ लैजान थाले । उता सावित्री पनि पतीको पासिर्थव शरिरलाई छोडेर यमराजको पछि पछि लाग्न थालिन । सावित्रीको यस्तो पतिप्रेम देखेर यमराजले भनें सावित्री π मानिसले मानिसलाई जहासम्म साथ दिनसक्छ तिमीले पनि तिम्रो पतिलाई त्यहासम्म साथ दियौ । अव तिमी पर्किएर जाउ तिम्रो पतिलाई हामी यमलोक लैजान्छौ । यमराजको कुरा सुनेर सावित्रीले भनिन हे यमराज जहासम्म पति जान्छन पत्नी पनि त्यहीसम्म जानु पर्दछ । यो नै सत्य सनातन धर्म हो । यमराज सावित्रीको धर्मपरायण कुरा सुनेर भनें हे आर्य कन्या π तिमी के चाहन्छौ ? बरदान माग । यमराजको कुरा सुनेर सावित्रीले भनिन हे धर्मराज जंगलमा मेरा सासु ससुरा आ“खा नदेख्ने भएका छन उनीहरुलाई दृष्टि दिनुहोस । यमराजले तथास्तु भन्दै तत्काल उनीहरुको नेत्रज्योती दिएर सावित्रीलाई जंगल फर्कन आदेश दिए । तर सावित्री यमराजका पछि पछि हिडिरहिन । यमरराजले फेरी अर्को बरदान माग्न भनें सावित्रीले भनिन हे धर्मराज मेरा ससुराको गुमेको राज्य मान र सम्मान फिर्ता दिनुहोस ।आश्चर्यचकित हुदै यमराजले राजा द्युमत्सेनको राज्य बैभव फिर्ता गराईदिएर फेरी सावित्रीलाई फर्कन आदेश दिए तर सावित्री पतिप्रेमा रहेर अडिग रहिन । यसरि पतिप्रेममा अडिग रहेकी सावित्रीलाई देखेर यमराजको मन पग्लियो र सावित्रीलाई फेरि तेस्रो पटक बरदान मान्न भने सावित्रीले भनिन हे धर्मराज मलाई बरदान दिन चाहनुहुन्छ भनें तपाईले पासोमा बा“धेका मेरा पतिका एकसय छोराहरुकी आमा बन्न सकु । पति प्रेममा अडिग सावित्रीकलाई देखेर यमराजले सुखि हु“दै तथास्तु भनेर अन्तध्र्यान भए । त्यसपछि सावित्री जंगलमा फकिएईन पतिको प्राण सासुससुराको नेत्रज्योति र राज्य फिर्ता लिएर सुखपूर्वक जीवन व्यतित गर्न थालिन । पुराणमा उल्लेख गरिएको यो कथालाई आधार मानेर जेठ महिनाको औशि तिथिमा बटसावित्री ब्रत ब्रत गर्ने परम्परा रहि आएको छ । यही समय देखि सत्यवान र सावित्रीको कथा सुन्ने परम्परा पनि प्रारम्भ भएको मानिन्छ । कथासारलाई मनन गने हो भने पतिप्रेमा डुबेकी एक नारीले आफ्नो प्रेमको बलमा नै मरिसकेका जीवनसाथीलाई पनि यमराजबाट फिर्ता लयाउन सक्छिन । परिवारको प्रारब्धलाई समाप्त पारिदिन सक्छिन । वास्तविक प्रेम भएकी नारीमा रहेको यो शक्तिलाई यो कथाले सम्मान गरेको छ । यो ब्रत सनातन सभ्यताको प्रतीक ब्रत पनि हो । पारिवारिक र दाम्पत्य जीवनको आदर्श पर्व पनि हो ।