शुभ जन्मदिन जेठ ९ इश्वी सम्बत अनुसार २३ मे गते आज तपाईको जन्मदिन ॐवाणिका तर्फबाट तपाईलाई जन्मदिनको शुभकामना । यो वर्ष यो वर्ष सूर्य ग्रहको प्रभावले साहसी नेतृत्वकुशल र खुसी रहने वर्ष परेकोछ । तपाईले धेरै समयअघिदेखि गर्नु भएको धैर्यताको प्रतिफल प्राप्त हुने वर्ष रहेको छ । सामूहिक रुपमा गरिने कार्यहरुमा सहभागिता जनाउने देखिन्छ । तपाईको आर्थिक पक्ष पनि अति उत्तम रहनेछ । ब्यापार कारोवारमा गर्नु भएको लगानीको उचित प्रतिफल मिल्ने छ । विद्या अध्ययनका लागि विदेशयात्राको प्रयासमा हुनुहुन्छ भनें पनि तपाईलाई सफलता मिल्ने छ । केही कठीन परिस्थितिबाट गुज्रिनुपर्ने परिस्थिति पनि आउने छ । तपाईका बिरोधिहरु सक्रिय रहनेछ । पुराना विवादहरु बिउझिने छन । तपाईको बोलीको कदर नभएको महसुस हुने छ । वैदेशिक रोजगारीमा हुनुहुन्छ भनें तपाईमा केही निरासा बढने छ । अपेक्षित धन आर्जन नभएको महसुस भए पनि पौस महिना पछि आम्दानी बढने छ ।चिकित्सा पेसामा हुनेहरुका लागि वर्ष उत्साह बढाउने छ । कार्यस्थलमा नया अनुभव थप जिम्मेवारी र सिक्ने सिकाउने अवसर मिल्ने छन । गृहनिर्माण नया व्यापारमा लगानी गर्न तपाईलाई यो वर्ष अति उत्तम रहेको छ । आफन्त र आमाबुबाको खुसीका लागि यात्रा तीर्थयात्रा आदिको अवसर मिल्नेछ । तपाईमा नेतृत्वकुशलता बढने देखिन्छ । प्रेम पक्ष केही कमजोर देखिने वर्ष छ । विपरितलिं◊ीकातर्फबाट अनावश्यक विवाद र दवाव आएको महसुस हुनेछ । आफ्ना विचार र व्यवहारमा एकरुपता नभएको आरोप आफन्त र प्रियजनले लगाउने छन ।चीर प्रतिक्षित व्यक्तिसंग भेटघाट हुने वर्ष रहेको छ । तपाई विवाहित हुनुहुन्छ र सन्तान प्राप्तिको प्रयासमा रहनु भएको छ भनें प्रयास गर्नुहोला अपेक्षित सन्तान प्राप्त गर्नुहुने छ । यो वर्ष तपाईको पारिवारिक सम्बन्ध र प्रेम सम्बन्धमा केही जटिलता उत्पन्न हुने संकेत मनका अधिपति ग्रह चन्द्रमाले गरिरहेका छन । तपाई भर्खरै प्रेम सम्बन्धमा अनुबन्धित हुनुभएको छ र यसको आधिकारिक रुपमा तपाईका अभिभावकहरुलाई जानकारी गराउनु भएको छैन भनें जानकारी गराईहाल्नुहोला । प्रेमलाई विवाहमा रुपान्तरण गर्न सोच्दै हुनुहुन्छ भनें तपाईले यथाशीघ्र आफ्नु सम्बन्धलाई सार्वजनिक गनुपर्ने छ अन्यथा तपाईको जीवन र करियरका लागि तपाईका अभिभावक र आफन्तले कुनै विशेष योजना ल्याउने देखिन्छ । तपाई कुनै पनि प्रतियोगि परीक्षाको तयारी गर्दै हुनुहुन्छ भनें यो वर्ष तपाईलाई सफलता मिल्ने छ । सरकारी जागीरमा हुनेहरुका लागि पनि यो वर्ष उत्साह दिने रहेको छ । स्वास्थ्य सामान्य रहने छ । तपाई ६२ +उमेर समूहको हुनुहुन्छ भनें रक्तविकार र बात जनित स्वास्थ्य समस्या देखिने छ । दीर्घ र आनुवंशिक रोगले ग्रस्त हुनेहरुलाई यो वर्ष आराम मिल्ने छ । रोग कै कारण चिन्तित बनिरहनुपर्ने छैन । तपाई १४ वर्ष सम्मको उमेरसमूहमा हुनुहुन्छ भनें मन्दज्वर र अपचनको समस्या देखिने वर्ष रहेको छ । आफूमा उर्जा , क्रियाशीलता र सौभाग्य बढाउनका लागि “दिव्यम् व्योमयन्त्र धारण गर्नुहोला शुभ हुनेछ ।
प्रस्तुति दिव्यदृष्टि ज्योतिष अनुसन्धान एवं परामर्श केन्द्र दमक ९८१७९७३९८२ ९८१४९९८०७५