जेठ ११ इश्वी सम्बत अनुसार २५ मे आज तपाईको जन्मदिन ॐवाणीका तर्फबाट तपाईलाई जन्मदिनको शुभकामना । यो वर्ष बृहस्पति र शनि ग्रहले तपाईलाई साथ दिएका छन । अठोट पूरा हुनेछन । यो वर्ष फलाम यान बाहन सवारिसाधन चादी सुन आदि किनबेच गर्ने वर्ष रहेको छ । यी चिजहरुमा लगानी गर्नु भयो भनें तपाईलाई शुभ हुने छ । आज तपाईको जन्म दिन हो र तपाई कर्कट राशिको हुनुहुन्छ भने सम्झनुहोस यो वर्ष तपाई सबैतिर सफल बन्नु हुने छ । केवल मनोयोगपूर्वक काममा लाग्नु पर्ने छ ।यो वर्ष तपाईले न्याय र सत्यलाई प्राथमिकतामा राख्नु हुने छ । वर्ष भरि नै अतिथि अभ्यागतको सेवा सत्कारको अवसर पनि प्राप्त हुने छ । आफन्तको साथ सहयोगले पनि तपाईलाई पर्याप्त उर्जा प्राप्त हुने छ । धर्मकर्ममा रुचि बढने छ । तपाई यो वर्ष पूजा उपासना र गरीवहरुको सेवा गर्नुहोस यसका प्रभावले तपाईका परिवार सन्तानहरुको रोकिएका कामहरु बन्नेछन । यो वर्ष चर्मरोग सम्बन्धी सामान्य समस्याहरु उत्पन्न हुने छन । आलस्य त्याग गरेर काम गर्न प्रेरित हुनुहुने छ । यो वर्ष तपाई व्यक्तिगत स्वार्थ त्यागेर कार्यमा लाग्नुहोला धन मान र यस आफै प्राप्त हुने छ । वैदेशिक रोजगारीका क्षेत्रमा हुनुहुन्छ भनें तपाईले अपेक्षित सफलता प्रापत गर्नु हुने छ । सरकारी जागीरमा हुनुहुन्छ भनें यो वर्ष केही असन्तुष्टि व्यक्त गर्ने परिस्थिति सिर्जना होला । वैवाहिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्धमा पनि प्रगाढता आउने छ । तपाईको प्रेम प्रसङ्गलाई आफन्त र मान्यजनले स्वीकार गर्नेछन । यो वर्ष आर्थिक समस्याको सामना गर्नु नपर्ने देखिन्छ । विद्यार्थी हुनुहुन्छ भनें तपाईलाई बृहस्पति ग्रहका प्रभावले अध्ययनमा अपेक्षित सफलता प्राप्त हुने छ । रोजगारीमा हुनुहुन्छ भनें कार्यस्थलमा थप जिम्मेवारी आईपर्ने छ । अख्तियारीको निर्वहनमा ध्यान दिनुहोला । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउने वर्ष रहेको छ ।औषधि उपचारमा समान्य खर्च हुने छ । तपाई साहित्यलेखन , गीतसंगीत र शिक्षण सेवामा हुनुहुन्छ भनें यो वर्ष तपाईको लेखन र रचनात्मकता निर्विविाद रहनेछैन । तपाईले यो वर्ष कामको परिणाम र त्यसले उत्पन्न गर्ने जटिलता र आलोचनालाई सामान्यरुपले दिने प्रयास गर्नु पर्ने छ । तपाई १५ वर्ष उमेरसमूहको हुनुहुन्छ भनें यो वर्षदेखि स्वास्थ्य समास्या समाप्त हुने छ । यो वर्ष स्वभावत तपाईमा शंका गर्ने प्रबृत्तिको विकाश होला यो स्वभावलाई पविर्तन गर्ने वा यस्तो भावनालाई मनमा प्रवेश गर्न नदिनका लागि योग ध्यान र प्राणयाम जस्ता अध्यात्मनिर्देशित कार्यहरु गर्नु होला । भगवान विष्णुको मन्दिरको नियमित दर्शन र विष्णुमन्दिरमा तीलको तेल अर्पण गर्ने नियम बसाउनु होला । विष्णु मन्दिरमा तपार्यले दान गर्नुभएको तेलको आभाले भगवानको गर्भगृह जसरी प्रकाशित हुन्छ त्यसरी नै तपाईको तन मन र चिन्तन उज्यालो हुने छ । उर्जा शक्ति शहनशीलता र सौभाग्य बढाउन शमीबृक्षको जराबाट निर्माण गरिएको “ दिव्यम् शनिजीवनयन्त्र ” धारण गर्नुहोस शुभ हुनेछ ।
प्रस्तुति दिव्यदृष्टि ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
दमक ९८१७९७३९८२ ९८१४९९८०७५