भीम भट्टराई
सम् उपसर्ग पुर्वक डुकृञ् करणे याे धातुबाट क्त प्रत्यय गरिसकेपछी संस्कृत शब्द बन्द छ। संस्कृत शब्दको अर्थ सम्स्कारित हुन्छ ,परिस्कृत वा संस्कार गरिएको भन्ने अर्थ पनि निक्लिन आउँछ।
यो त भयो वैयाकरणिक दृष्टिकोण आउनुहोस् आजको यो computer को युगमा कम्प्युटरकै बिषयबाट कुरा अघि बढाऔं । सायद कमै व्यक्तिहरुलाई थाह हुन सक्छ आजको computer एक्काइसौं शताब्दीको जुन कम्प्युटर छ त्यसको मुटु संस्कृत हो र त्यो विना कम्प्युटर मृत मानिस जस्तो हो।कसरी? भन्ने प्रश्न हुन सक्छ, cimputer को लागि सबैभन्दा सरल र सहज भाषा भनेको संस्कृतनै हो । संस्कृतमा जस्तो सरल अन्य भषामा कम्प्युटरलाई काम गर्न हुँदैन । हजुरहरुलाई आश्चर्य पनि लाग्न सक्छ computer द्वारा गणितको प्रश्नको हल गर्ने विधि जसलाई algeorithms भनिन्छ ,त्यो सन्स्कृतमा नै बनेको छ न कि अन्य अङ्ग्रेजी आदि भाषामा ।
सायद nasa जुन अहिलेको समयको चर्चित space station मानिन्छ,त्यस भित्र संस्कृतका गतिविधि बुझ्न लाग्ने हो भने हामी नेपाली अझ भनौ पुर्वीयहरु अचम्मित हुन्छौं ।
1)NASA द्वारा बन्ने 6th -7th जेनेरेसन super computer संस्कृत भाषामा आधारित हुने छ र2034 सम्ममा हाम्रो हातमा पनि आइपुग्ने जस्तो कुरा सुन्नमा आइरहेको छ ।कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ तर तयार रहनुस् 2034नजिकै छ।
2)नासाकै अनुसार सम्सारमा बोलिने हजारौ भाषामध्ये संस्कृत मात्र एकमात्र येस्तो भाषा हो जुन स्पष्ट छ।
3)त्यही space station मा संस्कृतका ताड्पत्रमा लेखिएका 6000 पाण्डुलिपिहरु छन् जसमा त्यहाँका बैज्ञानिक अनुसन्धान गरिरहेका छ्न् तर हामी भने,वेद,शास्त्रको नाम कानमा पर्ने बित्तिकै एउटा उपेक्षाको भावना उत्पन्न गर्न एक क्षण पछि पर्दैनौ ।
मलाइ लाग्छ ऋषि शब्दको अर्थ वैज्ञानिक नै हो।उत्सुकताको विषय तब आउँछ जब चन्द्र ,बुध,शनि आदित्यादी अनि ब्रह्माण्ड(universe)Galaxyका कुरा आउछन्।वैदिक कालमा त ऋषिहरु समययात्रा time travel पनि गरे प्रमाण भागवत छ,आकाशगङ्गामा विमानमा उड्दै विचरण पनि गरे,तर आजको समयको विज्ञान त विज्ञानमा पुग्नै सकेको छैन बल्ल मंगल वृहस्पतिमा जाने जमर्को गर्दै छन्।यसै क्रममा नासाकै कुरा ,जब अन्तरीक्षमा यान पठाएर सन्देश आदान प्रदानको क्रममा भाषामा समस्या उत्त्पन्न भयो।
जस्तैः m उल्टो भो भने w को भ्रम हुन सक्छ p र q मा उल्टो पुल्टो भयो भने अर्थ नलाग्न सक्छ तर संस्कृत वर्णमालामा जुन अक्षरलाई जसरी उल्टाइ पुल्टाइ हेर्नुस त्यो अक्षरमा भ्रम हुने छैन।ल वाक्यमा उदाहरण हेरौं
सामान्य वाक्य जस्तैः
1)मम नामः भिमः अस्ति।
यो वाक्यलाई जसरी (अगाडी पछाडी गरेर)भन्नुहोस् अर्थ र वैयाकरणिक दृष्टिबाट अशुद्ध हुदैन
2)नामःं मम भिमः अस्ति।
3)अस्ति मम नामः भिम।
4)नामः मम भिमः अस्ति।
यो त केवल ट्रेलर हो संस्कृत जगत्को पूर्ण चलचित्र अत्यन्तै ठूलो छ तर जति हुन्छ व्यक्त गर्छु।कोषबाट नै कुरा गरौं ,संसारका सबै भाषाको अपेक्षा संस्कृतकोष अत्यन्त ठूलो छ, आज सम्म सन्स्कृतमा 102 अरब 78करोड 50लाख शब्द छन् जुन अति नै ठूलो हो ।एक पटक सोच्नुस् । हजुर अङ्ग्रेजी पढ्नु हुन्छ एक दिन oxford वा कुनै dictionary पल्टाउनुस् र त्यहाँ का शब्द सङ्ख्या र संस्कृतजगत्को शब्द सङ्ख्या तुलना गर्नुस् फरक आफैं थाह पाउनु हुन्छ।यो भाषालाइ कतिपयले प्रथम भाषा स्वीकार न गरे पनि धेरै जसो प्रामाणिक विद्वान्का कुराबाट प्रथम नै मान्नु उचित हुन्छ।
शास्त्रीय दृष्टिकोणबाट पनि संस्कृत देव भाषा अन्तरीक्षको भाषा हो।देवताहरु मनुष्य भन्दा केही उच्चकोटिका मानिन्छन् र केही उच्चस्तरीय सुख सुबिधामा बस्छन् माने (स्वर्ग )मा बस्छन् ,त्यो ठाउँ अन्तरीक्षमै छ मतलब space मै छ।तेस्तो ठाउँमा बोलिने भाषा हो संस्कृत र आजका मानिसले यो अमुल्य ज्ञान नबुझ्दा गाह्रो भएको छ।
चतुर्विध पुरुषार्थको परिपुर्ती गर्न ऋषिमुनिले करोडौं ग्रन्थ लेखे (मीमाम्सा,अर्थशास्त्र ,कामसुत्र ,वेदान्त)आदि ।यो त सामन्य उदाहरणमात्र हो हाम्रा पुर्वजले नछोएको कुनै क्षेत्र छैन या त्यो परमाणु होस् या त्यो सारा ब्रह्माण्ड होस् कुनै पदार्थ अछुतो रहन दिएनन् ।
आउनुस् अब थोरै सन्स्कृत बोल्नु ,सुन्नु र पढ्नुको फाइदा जानौ
1)संस्कृत बोल्ने व्यक्तीमा( b.p )रक्तचाप,मधुमेह( suger,)कोलेस्ट्रोलको सन्तुलन बनिरहन्छ र महत्त्वपूर्ण कुरा यसबाट सकारात्मक आवेश (Positive charge)पनि सक्रिय हुन्छ।
2)संस्कृत सुन्नुमा पनि धेरै फाइदा छ शास्त्रमा श्रावण महत्त्व हुने कुरा सबैलाई अवगत नै छ र संस्कृतको मुल जरो पनि ऋग्वेद श्रुति नामले नै प्रसिद्ध छ यो कुरा पनि चन्तनिय छ।3)संस्कृत पढ्नेहरूको शरीर तन्दुरुस्त रहने स्मरण शक्ति वा दिमाग तेज रहने र सन्स्कृत speech थेरापीमा पनि उपयुक्त भाषाको रुपमा उभिएको छ।
अब भाषाको इतिहासको कुरा गर्दा 10000 वा20000बर्ष पुरानो भाषा नभइ यो सृष्टि संगैको भाषा हो जुन पुरानो छ।यो भाषा जरा हो जसमा वेद (सम्पुर्ण ज्ञान )रुख हो जुन चार शाखाले विभाजित छ र प्रतिशाखा उपशाखा सङ्गोपाङ्ग दर्शन,इतिहास ,न्याय ,पुराण, वेदान्त जस्ता अनन्त ग्रन्थहरु छन।तिनैलाई अङ्ग्रेजी नाम दिएर विश्व जगत्ले हाम्रोलाई आफ्नो हो भन्ने बनाइ सके हामी केही गर्न सकिरहेका छैनौ ।
अन्तर्राष्ट्रिय जगतमा सन्स्कृत पढ्ने र सिक्ने लहर चलेको छ जर्मनमै 14जति संस्कृत विश्वविद्यालय छन तर नेपाल? कुरा गरि नसक्नु छ चीन तथा अन्य देशले पनि संस्कृतबाट अनि फाइदा लिइरहेका छ्न् तर नेपालका गोलु लम्पट त्यही चीनी भाषा नेपालमा पढाउने कुरा गर्छन कति विडम्बनाको कुरो हो सोच्नुस् एक पटक ।
आविष्कार जुनसुकै होस त्यो संस्कृत कै देन हो ।कसरी ?
1)गुरुत्व सिद्धान्त न्युटनले नभइ भाष्कराचार्य ले पत्ता लगाए
2)नागार्जुनले धातु कर्म (सुन चादी )बनाउने विधि
3)पाइथागोरस प्रमेय pythagoeram theorem)वास्तवमा वौधायनले पत्ता लगाए
4)0को आविष्कार त वेदमा छर्लङ्ग देखिन्छ (शुन्यम्च शुन्यम् च ) वेद्ले नै अङ्क सिकाएको छ( एकाचमे )इत्यादि 5)परमाणु सिद्धान्त 600इ पू कणाद्ले दिए तेस्तै गणित ज्योतिष ,वास्तु पनि संस्कृतकै देन हो
6)विमान शास्त्र भारद्वाज ,सुश्रुत संहिता ,चरक संहिता आदित्यादी आयुर्वेद ,योग ,ध्यान ,अध्यात्म सबै विद्याको आश्रय संस्कृत हो।मात्र विज्ञान नभई ज्ञानको क्षेत्रमा पनि उत्तिकै संस्कृत अगाडी छ ,अनेकौ उपनिषद्, सान्ख्य ,योग ,जुन दर्शन मोक्षकालागी अग्रसर गराउछन् ती पनि संस्कृत मै छन् आदि कुरा विचार गर्दा सबैले यहि भाषानै रोज्नुमा पनि केही ठुलो कारण छ ।यसमा छोटो वाक्यमा धेरै कुरा पूरा गर्ने अद्भुत शक्ति छ ,सबैलाई सरल र सहज (छोटो मिठो )वस्तु नै मन पर्छ।सबै कुरालाई मध्यनजर गर्दा संस्कृत अन्तर्राष्ट्रिय भाषा (international language ) हुन क्षमता राख्ने बिश्वको एकमात्र भाषा हो नेपालको राजनीतिले च्यापेर संस्कृत उठ्न पाएको छैन तर हेर्दा पश्चिमबाट नै यसको पुनरुत्थान हुने संकेत देखिदै छ ,तर अब पर्खाइमा नबसौ आफैं उठौ र यको अभिबृद्धी गरौ र गराउ ।
।। जयतु संस्कृतम् ।।