विद्यापीठका विद्यार्थीलाई मास्क र हात धुने साबुन बितरण

575

तिलाेत्तमा असाेज २०

आलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्रले विद्यापीठका विद्यार्थीलाई मास्क र हात धुने साबुन बितरण गरेकाे छ । मंगलवार श्री दुर्गा संस्कृत वेदवेदाङ्ग विद्यापीठका विद्यार्थी,गुरुहरु र कर्मचारीलाई काेराेनाबाट बच्नकाे लागी मास्क साबुन बितरण गरीएकाे संचालक युवा ज्योतिषी गोबिन्द पाण्डेयले वताउनु भयाे  ।

कार्यक्रममा स्वास्थ्य कर्मी घनश्याम पाण्डेले मास्क को महत्त्व र कसरी प्रयोग गर्ने साथै साबुन पानीले हात कसरी धुने भन्ने प्रशिक्षण पनि दिनु भएको थियो । बिद्यापीठका तर्फबाट प्राचार्य नारायण प्रसाद भट्टराई ज्यूले धन्यवाद ज्ञापन गर्दै विद्यापीठका लागी यस्तै दाता हरुको सहयोगको खाँचाे रहेकाे  वताउनु भयाे ।

तिलोत्तमा नगरपालिका १४ दुर्गानगरमा अवस्थित विद्यापीठमा हाल कक्षागत १० सम्म र गुरुकुलीय पढाई हुँदै आएको छ । याे विद्यापीठ बिभिन्न दाताहरूकाे सहयाेगमा चल्दै आएको छ ।

आलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र भैरहवा बिपि पथ लुम्बिनी गेट नजिकै रहेर करिब १, डेढ बर्ष देखि निरन्तर ज्योतिषीय तथा वास्तु सम्बन्धि सेवा प्रदान गर्दै आएको छ ।