युवा शक्ति नै राष्ट्रशक्ति हो

317

 

     

        किशोर गौतम   

विश्व युवा दक्षता दिवस विशेष
युवा देश समाज र संस्कृतिको उन्नयनमा महत्वपूर्ण भूमिका निर्वहन गर्ने शक्ति हो । युवामा अथाह कल्पनाशीलता र कार्यक्षमता रहेको हुन्छ । प्रकारान्तरले भन्ने हो भनें युवा उर्जा क्षमता र दक्षताको प्रतीक हो । समाज र देशको उन्नती र प्रगतीका लागि युवाको दक्षता र कल्पनाशीलताको पहिचान र प्रयोग गर्ने स्थानको निर्माण आजको आवश्यकता पनि हो । युवालाई रोजगार र युवा स्वरोजगार यी दुई कुरालाई मूलमन्त्र मानेर राज्यले युवा लक्षित कार्यक्रमहरु ल्याउनु आजको आवश्यकता पनि हो । मनोविज्ञान अनुसार बाल्यावस्थादेखिको कल्पनाशीलता र योजनाहरु कार्यरुपमा परिणत हुने र गर्ने समय नै युवावस्था हो । यस कारण हामी देश र समाजको उन्नती चाहन्छौ भनेें युवालाई आफ्नो दक्षता आफै प्रकट गर्ने अवसर राज्यले प्रदान गर्नु पर्दछ ।
हाल युवाको मनोविज्ञानलाई अध्ययन गर्ने हो भने युवाहरुमा अतिरिक्त आत्मविश्वासको पूर्णतया कमी देखिएको छ । युवा बाहुल्य स्थानको भौगोलिक अवस्था , संसाधनको उपलब्धता र शिक्षाको गुणस्तरलाई मनन गर्ने हो भनें अधिकांश युवाहरुू आफ्ना बारेमा कम जानकारी राख्दछन । अति कम प्रतिशत युवाहरुमात्र उच्चशिक्षाप्रति आकर्षित छन भने अधिकांश युवाहरु आफ्नो करियरको अनिश्चिततका कारण आफ्नो उर्जावान युवावस्था विदेशमा परिश्रम गरेर विताउन बाध्य छन । आम युवा र अभिभावकमा देशभित्र उर्जा खर्च गरेर कुनै उन्नति प्रगति हुन्छ भन्ने मान्यता नै रुढ भएर बसिसकेको छ । युवा देश नेतृत्व र समाजलाई गाली गर्न बाध्य छ । आफ्नु देशमा उर्जा खर्च गर्न अव युवालाई लाजमर्दो भएको सामाजिक मनोविज्ञान स्थापित भैसकेको छ । एकातिर राज्य रोजगारीका नाममा युवालाई विदेश पठाउन उद्यत छ भनें अर्कोतिर युवा आफै पनि विदेश नगई नछाडने अठमा अडिग रहेको छ । परिणाम युवाको शारिरिक उर्जा विदेशमा खर्च भईरहेको छ । यसरी विदेशमा खर्च भएको उर्जाले केही धन आर्जन त भईरहेको छ तर युवावस्थापछिको समयको अनिश्चितताले युवा तनावग्रस्त पनि छ । युवामा यो अवस्था आउनु भनेको देशको भविष्य अकर्मण्यतातर्फ अग्रसर गराउनु हो । घर परिवार र सामाजिक दायराबाट टाढा रहेपछि युवाहरुको मनोभाव संस्कृतिक सामाजिक नैतिक परिवारिक र चारित्रिक मर्यादाबाट पनि उन्मुक्ति चाहने हुन्छ । अधिकांश युवाहरु युवावस्थामा पाईला टेक्ब्नासाथ आफ्नु उर्जा खर्चगर्न विदेशिने गरेका छन यसरी लामु समयसम्म समाज र परिवारदेखि टाढा रहेपछि युवामा समाज र यसका मूल्यमान्यतासंग उसको निष्ठा र विश्वास पनि कम हुन्छ परिणमतः युवामा देशप्रेमको अभाव सिर्जना हुन्छ ।
युवाको तन सक्रिय र मन बिश्रान्त हुनु पर्दछ । आफ्नु पारिवारिक मूल्यमान्यता । संस्कार संस्कृतिमा भरोसा र अतिरिक्त आत्मविश्वास जगाउनेतर्फ युवाको चिन्तन रहनु पर्दछ । तर सिक्ने र गर्ने उमेरमा भिन्न संस्कृति भएका देशमा युवाउर्जा खर्चगर्न पलायन भएका युवाले न त आफ्ना मूल्यमान्यता बुझ्न सक्छन न त अरुका मूल्यमान्यता स्विकार गरेर लाग्न सक्छन । परिणामतः युवाले देश संस्कृति र राष्ट्रिय चरित्र निर्माण गर्ने मौका नै पाउदैनन यो देशका लागि ठूलो घाटा पनि हो ।
युवालाई देशमा उर्जा खर्च गरेर केही गर्छु भन्ने बनाउन पनि सकिन्छ । यसका लागि करियर काउन्सिलिङका माध्यमबाट कृषि पशुपालन घरेलु उद्यम जस्ता काममा प्रेरित गराउन सकिन्छ । यसका लागि सबैभन्दा उत्तम उपाय शिक्षा हो युवाबर्गामा शिक्षा प्रति आकर्षित गर्न र देशमै आफ्नु उर्जाउपयोग गर्न सरकार र विभिन्न संघ संगठनहरु एक भएर योजना बनाउनु आजको आवश्यकता रहेको छ । जसका लागि सरकारले विशेया युवानीति ल्याएर युवाहरुलाई आथिक लगानी गर्नु पर्छछ । संसाधनको उपयोग गर्न सहज बनाउनु पर्दछ र सामाजिक अनि राष्ट्रियताको भवना जगाउनु अनिवार्य छ ।