लक्ष्मीनारायण मन्दिर झापाको साधारणसभा सम्पन्न एघार सदस्यीय नयॉ कार्यसमिति चयन ।

254

ॐवाणि सम्बाददता
झापा शिवशताक्षी स्थित माईधार झापामा रहेको श्रीजगद्गुरु योगिराज कमलनयनाचार्य आश्रम तथा लक्ष्मीनारायण मन्दिर माईधार झापाको ५१ औ साधारणर।भा सम्पन्न भएको छ । संस्थाले आफ्नै सभाहलमा गरेको साधारणसभामा आ ब ०७८ ७९को आय विवरण र नगद प्रवाहको लेखापरीक्षणको प्रतिवेदन प्रस्तुत गरेको छ । ७८ श्रावणदेखि ७९ असार मसान्त सम्म ३ करोड ४९ लाख ५३ हजार ९ सय ५३ रुपियॉ ८४ पैसाको कूल आम्दानी रखर्चतर्फ ३ करोड ४९ लाख ५३ हजार ९सय ५३रुपिया ८४ पैसा रहेको संस्थाको लेखापरीक्षणको प्रतिवेदनमा जनाईरुको छ । संस्थाको नगद मौज्दात १ करोड ४५ लाख १९ हजार ५ सय ३ रुपिया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कर्जा प्रवातर्फ कूल १२ लाख रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ । नयॉ कार्यकालका लागि स्वामी गोविन्दाचार्यको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति समेत गठन गरिुएको छ । संस्थाका महन्त अनन्त श्री विभूषित स्वामी केशवाचार्य , स्वामी वासुदेवाचार्य को सान्निध्यतामा संचालित साधारणसभामा शिवशताक्षी नपा वडा नं. १० का वडाध्यक्ष हर्कबहादुर सिंगुको प्रमुख आतिथ्यता रहेको थियो । आगामी दुई वर्षका लागि गठित कार्यसमितिमा उपाध्यक्ष नारायण प्रसाद रिजाल, सचिव कमलप्रसाद निरौला , सहसचिव उद्धव बॉस्कोटा कोषध्यक्ष माधवी भण्डारी र सदस्यहरु लीलाप्रसाद भट्टराई , टीका गुरागाई कमला घिमिरे परशुराम बराल नारायण खतिवडा र टेकनाथ नेपाल रहेका छन ।