सीता क्रान्तदर्शी
बिहानको ६ बजेको थियो म नुहाइ सकेर तातो पानी पिउदै पत्रिका पढ्दै थिए । श्रीमती जी चिया पकाउदै हुनुहुन्थ्यो । एकजना बृद्ध अवस्थाकि आमा औलाबाट तपतपि बल्ड चुहाउदै हाम्रो घर तिर आउदै हुनुहुन्थ्यो । म यो ठाउँमा नया मान्छे थिए। मात्र १ महिना भएको थियोे उहाले मलाई हस्पिटलमा देखेर चिन्नु भएको रहेछ । अनि सम्बोधन गर्दै भन्नु भयो डक्टर बाबु मेरो औला काटेर रगत बगिरहेको छ यसको रोकथाम गरिदिनुन । मैले धेरै काम गर्न बाकी छ ।ती बृद्ध आमाको कारुणिक स्वर सुनेर मैले छिटोछिटो रगत सफा गरेर औषधि लगाइदिए केही आराम भएको अनि रगत आउन छोडेको कुरा सुनेर म प्रशन्न भए । अनि त्यतिकैमा श्रीमती जीले चिया ल्याउनु भयो ।बृद्धअबश्था कि आमालाई पनि खाने आग्रह गरे तर उहाले धेरै काम गर्नुपर्ने छ,गाइलाइ खोले पकाउनु पर्ने छ। त्यसपछि खाना लिएर श्रीमान भएको हस्पिटलमा जानु छ! भन्नु भयो उहाँको कुरा सुनेर सोधेँ श्रीमान कुन हस्पिटलमा हुनुहुन्छ अनि के बिरामी ? आमाको जवाफ थियो मानसिक बिरामी २ बर्षदेखि हस्पिटलमा हुनुहुन्छ । मलाई पागल भन्नु हुन्छ तर मलाई उहाको बोलि प्रिय लाग्छ सगै बसेर खादा आनन्द लाग्छ । म एक्लै चिया पिउन सक्दिन उहाँको याद आउछ त्यसैले म अहिले जान्छु डक्टर साब भन्नु भयो तर मनले मानेन श्रीमती जीलाइ भनेर २ दान अनार पठाइदिए आमा खुसि हुदै जानु भयो ।र बेलुका २ लिटर लोकल गाइको दुध , हरियो साग सिमि इत्यादि लिएर मेरो स्वागत गर्न आउनु भएको थियो । मलाई हर्क लागो ५ बर्ष देखि टुहुरो बनेको कति सन्तानको चाहाना गर्दा पनि सन्तान हुन सकेको थिएन । आमासग आफ्नो गुनासो पोखे अनि मेरो पनि आज राति डिउटी भएको हुदा आमालाई मेरो गाडीमा लगेर हस्पिटलमा पुर्याए, बुवालाइ हेरे, बुवाको मुहार कता कता मेरी दिदीसग मिल्थ्यो मजाले नियाले अनि मेरो हस्पिटल त्यहाबाट नजिकै थियो दुइजनासग बिदा मागरे म मेरो डिउटीमा गए। मलाई बुवाको मुहार याद आइरह्यो ।मेरी आमाले सानामा सुनाउनुहुन्थ्यो तिम्रो दिदीको बुवाले छोडेर म अहिले जसले तिमीले बुवा भन्छौ उहिसग आएकि भनेर । तर मेरो आमाको पहिलो श्रीमान कहा हुनुहुन्छ ? के गर्नु हुन्छ भनेर कहिले सोधिन । आज मलाई यि बृद्धअबश्थाका बुवाको मुख हेर्दा मेरी दिदीको याद आयो र राति सपनामा पनि देखे भोलिपल्ट ति आमाको घर खोज्दै गए बल्लतल्ल भेटे र एउटा मोबाइल पनि लिएर गएको थिए आमासग बोल्न पाइन्छ भनेर आमा खुसि हुनु भयो खोले पकाउन सघाए मलाई बिरामीको उपचार गर्न जतिकै आनन्द लाग्न थाल्यो आमाको नजिक जादा । अनि आमालाई सोधे आमा तपाईंका छोराछोरी छैनन् ? आमाले गहभरी आसु पार्दै भन्नु भयो बाबु २ जना छोरा थिए बिदेश जान्छु भनेर हिडेका १५ बर्ष भो केही खबर आको छैन त्यहि कारण बुवा मानसिक रोगि बन्नु भयो । छन भन्नु कि छैनन् भन्नु ? बाबु आमा हु याद आउछ । अनि फेरि सोधेँ बुवाको हजुर पहिलो श्रीमती हो कि दोश्रो आमाले भन्नु भयो म दोश्रो श्रीमती पहिला एउटी छोरी भएपछि पल्टन जानु भएको थियोे रे त्यतिबेला कसले तिम्रो श्रीमती अर्किसग गइ भनेपछि माया मारेर केही बर्ष पछि मलाई बिहे गर्नु भएको हो बाबु । आमाको कुरा सुनेर पक्का पनि बुवा मेरी आमाको पहिलो श्रीमान हुनुहुन्छ भनेर मलाई मनमा भइरह्यो आमाले एउटा गित गाउनु हुन्थ्यो मलाई राम्रोसँग याद थियो । ति बिरामी बुवालाइ खाना पुर्याउन सघाउन म पनि गए अनि त्यो आमाले गाउने गित धेरै पटक गाए धेरै पटक बुवाले मन्त्र मुग्ध भएर सुन्नु भयो । अनि एक्कासि श्रद्धा भन्नु भयो जुन मेरी आमाको नाम थियो । ए बाबु तिमीले कसरी मेरी श्रद्धाले गाउने गित उनको शैलिमा भनेउ ? मैले बुवालाइ सोधे श्रद्धा भनेको को हो? उहाले भन्नु भयो मेरी प्राण प्यारी जसलाई म धेरै प्रेम गर्थे तर मलाई छोडेर अर्को सग बिहे गरिन भनेको सुनेर म धेरै बिरक्तिए कहाँ गइन कोसग गइन थाहा छैन बाबु उनि मेरो हृदयमा छिन बाबु भनेर बुवाले मुटुभरिको प्यार दर्शाउनु भयो । तर मेरी आमा पोइला जानुभएको थिएन रे त्यतिबेला कुन पापीले बुवालाइ त्यस्तो सन्देश पठाइदिएको रहेछ । दिदीको बिजोग भएको कारण मेरा बुवाले बिहे गरेको सुनेको थिए । तर मैले बिरामी बुवालाइ केही भनिन बरु मलाई बुवालाइ आफ्नो हस्पिटलमा लान मन लाग्यो ताकि मैले सेवा गर्न सकुम आमाको छोराको प्यास मेट्न सकुम । घरमा गएर श्रीमती जीलाइ सबै कुरा सुनाए ।श्रीमती जी खुसि हुनुभयो । सन्तानको इच्छा धेरै थियो धेरै प्रयास ( औषधि , धामी , ज्योतिष बिधि) सबै प्रयोग गर्दा पनि गर्भ रहने केही लक्षण देखिएन ।तर यी आमाबुवाको सेवा गरेको केही महिना नबिल्दै आशिर्वादले श्रीमती गर्भवती भएको चाल पायौ बृद्धअबश्थाका आमा बुवाको आशिर्वाद मैले पाएको अनुभुति गरें । बिस्तारै आमाको घर नजिकै घर किन्ने सोच बनाए । भने जस्तो भयो पनि किने र आमाले फलाउनु भएको साग, गाइको दुध अनि आमाको प्यार मिसिएका बचनले हामी दुबै जना तृप्त थियौं । बुवाको हरेक सेवा गर्ने जिम्मेवारी मैले लिँए दिसापिसाब सबैको व्यबस्थापन गर्नुपर्थ्यो तर सेवामा आनन्द मिल्थ्यो । बिस्तारै बुवाको बिराममा धेरै सुधार आउन थाल्यो । मैले महि हु हजुरको बिदेश गएको छोरा भने उहाहरुले गहभरी आसुपारी यतिका समय किन आएनौ बाबु अहिले भनेउ भनेर भक्कनिनु भयो । मैले के भन्ने बिस्तारै म सबै कुरा बताउनेनि थिए तर बुवाको स्वास्थ्यमा धेरै सुधार भएको हेर्न चाहान्थे समय बित्दै गयो श्रीमती जीले छोरीको जन्म दिनु भयो हामी सबै प्रशन्न भयौं । खुसि बढिरहेको थियो । आमाको अचानक हात भाचियो । दुख लागो नातिनि खेलाउने हात तर खुसिको कुरा बुवाको स्वास्थ्यमा धेरै सुधार आउदै गयो सायद छोराको प्रेम पाएर होला समय बित्दै गयो । आमाको हात बिस्तारै निको हुने क्रममा थियो बुवाले पनि घर आउने रहर गर्नु भयो ल्याइयो बुवाको मनको स्थिति नर्मल मान्छेको जस्तो हुन थाल्यो यो सब प्रेमको चमत्कार थियोे सबै कुराले साथ दिएको थियो मलाई अब मेरी आमाको बारेमा बताउन मन लाग्यो बताए बुवा धेरै रुनु भयो अंकमाल गर्नु भयो बाबु मेरी श्रद्धा को
छोरा तिमी , उनि कति प्रिय थिइन् । बाबु तिमीले मलाई श्रद्धाको याद दिलायौ। ठ्याक्कै उनिमा हुने सबै गुण तिमीमा पाए अब म कहिले दुखि हुन्न । मलाई मेरा सन्तान भन्दा प्रिय मेरी श्रद्धा लाग्थ्यो म गरिब अवस्थामा मेरो जीवनमा आएकि थिइन ।आज उनको नासो पाएको छु भनेर बुवाले हृदय भरिको प्यारले सम्बोधन गरेपछि म धेरै प्रशन्न भए मेरो आनन्दको सीमा रहेन ।जिउने रहर बढ्यो सबै कुरा राम्रो भयो । म पनि बुवाको गहिरो प्रेममा डुबेर मेरा दिवंगत आमाबुबाको स्वरूप उहाहरुमा देख्दै रमाएर जिवन जिउन थालेँ ।धन्य हुनुहुन्छ भगवान । आमाबुबाको आशिर्वादले आज मैले फेरि खुसीको बहार हृदयमा ल्याए।