धनुर्मास , अर्थात आण्डाल शिक्षाब्रत

232

चक्रपाणि गौतम
सूर्य धनु रासिमा प्रवेश गरेपछि अर्थात पौष महिनाको एक गतेदेखि श्रीबैष्णवहरुले एक महिनासम्म श्रीब्रत अर्थात धनुर्मास ब्रत पालनागर्ने नियम रहि आएको छ । एक महिना भरी दक्षिण भारत लगायत विश्वभर रहेका श्रीसम्प्रदायका मन्दिर र र श्रीबैष्णवहरुका नीजि घरहरुमा भगवानको उपासना संगै भगवान नारायणकी पत्नी स्वरुप मानिएकी गोदा देवीको ( आण्डालको ) पनि विशेष स्तुती प्रार्थना गरिन्छ । सनातन धर्माबलम्बीहरुले आण्डाललाई दक्षिण भारतकी मीरा भनेर सम्मान गर्ने गर्दछन भने श्रीबैष्णवहरुले आण्डाललाई भगवान रङ्गनाथकी अर्धाङ्गिनीका रुपमा मान्ने गर्दछन । श्रीबैष्णव सम्प्रदायका प्रमुख १२ आल्वार (विशिष्ट सन्त) हरुमध्ये एक मानिने आण्डालका शिक्षालाई सनातन धर्माबलम्बीहरुले आफ्नु सहज मर्यादाशिक्षका रुपमा लिन्छन । आण्डालद्वारा द्रविड भाषामा लिखित तिरुपाव्बै नामक प्रवन्धलाई नै आण्डाल शिक्षा ग्रन्थ भनिन्छ । यस प्रवन्ध ग्रन्थमा पुस महिनालाई महिनाहरुको शिरका रुपमा मार्गशीर्ष र शुक्ल पक्ष र चन्द्रमाले भरिपूर्ण महिनाका रुपमा वर्णन गर्दै यस महिनामा सबै गोपिनीहरुलाई विहानको समयमा उठन प्ररित गरेर श्रीकृष्णभक्तिमा अनुराग बढाउने कृष्णका दिव्य लीलाहरुको बर्णन गर्दछिन । श्रीकृष्ण चरित्रका प्रत्येक लीलाहरुलाई दार्शनिक व्याख्यान सहित वर्णन गरिएको तिरुपाब्बै प्रवन्धले ३० दिनसम्मको ब्रतमा ३० दर्शन प्रवाह गर्दछ । सामान्यतया गृहस्थ जीवनका वातावरणीय घटना परिघटना र गृहस्थकर्मलाई आत्मोद्धारका रुपमा व्याख्या गरिएको प्रबन्धको गहन ब्याख्या भने रामानुज वेदान्त दर्शनको सारका रुपमा बुभ्mन सकिन्छ । प्रातकालमा गोविन्दका उपासकसंगै गोविन्दलाई पनि जागा गराएर गृहस्थ कर्ममै भक्तिप्रवाह गर्ने ज्ञान तिरुपाब्बैमा दिइन्छ । यो दिव्य प्रवन्धको भावार्थ र ध्वन्यार्थ फरक फरक भएकाले सामान्य ज्ञान ग्रहण गर्ने सामथ्र्य भएकालाई सामान्य अर्थबोध गराईन्छ भनें प्रखर ज्ञान भएकाहरुलाई ज्ञानको गहिराईमा यसको ध्वन्यार्थबोध गराईन्छ । अति क्लिष्ट व्याख्या विवेचना गर्नु पर्ने भएका कारण यो प्रबन्धको ब्याख्या गर्न बिशेष अध्ययन गर्नुपर्ने हुन्छ ।
एक महिनाभरी गरिने यो ब्रत उपवासपूर्वक भने सम्पन्न गरिदैन । भगवानलाई बिभिन्न प्रकारका स्वादिष्ट बस्तुहरु समर्पण गरेर प्रसाद का रुपमा ग्रहण गरि ब्रत पालना गरिन्छ स्नान, मनको शुद्धि ईश्वरको एकाग्रचिन्तन र आत्मसमीक्षा यो ब्रतका अनिवार्य शर्तहरु हुन । गुरुमा निष्ठा र भगवानका भक्तहरुमा सम्मान र भगवानमा आत्मसमर्पण यो ब्रत पालनको मूख्य नियम मानिन्छ । समग्रमा यो ब्रत भौतिक ब्रत नभई शिक्षा ब्रत हो ।