धिक्कार प्रेम………

131

 

चक्रपाणि गौतम
प्रेरक कथा

यां चिन्तयामि सततं महिषा बिरक्ता ।
साप्यन्यमिच्छतिपतिं स च अन्यमिच्छेत ।।
अस्मत्कृते च परितुष्यति काचिदन्या ।
धिक तां च धिक तां च इमां च माम च ।।

राजा भर्तृहरि एक दिन सिकार खेल्न गएछन जङ्गलमा कुनै साधुले उनलाई एउटा अति अद्भुत र दिब्य फल दिदै भने राजन π यो फल अति दिव्य छ यसको सेवनले तिमीमा अद्भुत शक्ति बुद्धि र उर्जा बढनेछ , तिम्रो जवानी कहिल्यै कम हुने छैन जसले यो फल खानछ सय बर्षसम्म बा“च्दछ यस कारण तिमी यो फ खाउ र आरोग्यतापूर्वक राजपाट सम्हाल । आजसम्म ज जसले यो फलको सेवन गरे सबै दीर्घायु बनेका छन । राजा फल लिएर दरवार फर्किए सा“झमा दरबार पुगेर राजाले आफ्नी महारानी अनङ्गेनालाई त्यही फल दिदै भने महारानी π यो फल अति दिब्य छ , यो फल खानेको जवानी सधै कायम रहन्छ , शक्ति स्फूर्ती र उर्जावान बनेर सय वर्षको जीवनयापन गर्न सक्छ , तिमी मेरी सबैभन्दा प्रिय हौ यस कारण तिमी सधै स्वस्थ रहनु पर्छ यो फल तिमीले खाउ है । रानीसंग मदमस्त रतिकृडा गरेर राजा निस्किए । राजसी स्वाभावका कारण राजा परस्त्री गमन गर्दथे उनी अर्को कक्षमा गएर बा“की रात बिताउन दरवारकै अकी रानी पिंगलासंग रात बिताए । राजा जस्तै अनङ्गसेना पनि परपुरुष गमन गर्दथिन राजा भर्तहरिको रथ हा“क्ने चन्द्रचूडसंग अनङ्गेना आकर्षित थिईन , पूर्णीमाको रात राजाद्वारा उद्दीपन गराईएको काम वासना रानीलाई शरिरसुखको लालसा झनै बढ्यो रथ हा“क्ने चन्द्रचूडलाई संकेत गरिन । चन्द्रचूड रानीको कोठामै आयो बिष्फोटक रतिकृडाको बीचमा रानीले भनिन चन्द्रचूड π तिमीले मलाई सोधेका थियौ नि म तिमीलाई कति माया गर्छु भनेर ल आज म सावित गरिदिन्छु । महारानीले फल हातमा लिदै भनिन यो फल खाने मान्छे सय वर्षसम्म बा“च्छ । यो अद्भुत फल खाएपछि तिमी सधै जवान हुन्छौ । यो फल मलाई राजाले दिएका थिए तर यस्तो अद्भुत फ तिमीलाई नदिई कसरी म खान सक्छु र । सहवास पछि चन्द्रचूडले भन्यो महारानी ठीक छ यो फल म घर गएर खान्छु । सारथी फल लिएर घर पुग्नासाथ चन्द्रचूडलाई रुपलेखाको निम्तो आयो । नगरबधू रुपलेखाको आमन्त्रणलाई चन्द्रचूडले अस्विकार गर्ने कुरै भएन महारानीले दिएको त्यही अद्भूत फल लिएर रुपलेखासंग रात बिताउन गयो । रुपलेखाको मदमस्त र जवानीले भरिपूर्ण शरिरमा चन्द्रचूडको प्रचण्डतायुक्त दलनले दुबैको कामबासना शान्त बन्यो । चन्द्रचूडले रुपलेखालाई भन्यो प्रिये म तिमीलाई अति माया गर्छु ,तिमीले पनि मलाई यो अतुल्य सुख दिएकी छौ त्यसैले यो फल तिमी खाउ यो फल खाएपछि तिमी सयवर्ष बा“च्छौ तिम्रो जवानी कहिल्यै सकिदैन । रुपलेखाले पछि खान्छु भन्दै फल राखिन । राजा भर्तृहरिले एका बिहानै रुपलेखालाई मध्याह्नमा तिमीसंग समय बिताउने ईच्छा छ भन्ने सन्देश पठाए । रुपलेखाको खुसी झनै बढ्यो उसका लागि राजाको यौननिमन्त्रण खुसी भन्दा पनि मूल्य बढनु हो । मध्याह्नमा रुपलोखा कामुक श्रृङ्गारले भरिपूर्ण भएर दरबार पुगिन बासनाले उन्मत्त राजाले रुपलेखाको भव्य स्वागत गरे । आफ्नो अंगालोमा बा“धेर रुपलेखाको व्याकुल अधरपान गर्न थाले , राजाका कठोर हातको स्पर्ससुखले ब्याकुल भएकी रुपलेखा ले राजालाई उन्मत्त बनाएर भनिन महाराज म आज तिमीलाई यस्तो उपहार दिन्छु जुन उपहारले तपाईको यौन उर्जा सयवर्षसम्म विष्फोटक नै रहन्छ । यौनको उन्मादमा लठ्ठिएका राजाले भने प्रिये के त्यस्तो उपहार हो । मेरा लागि त तिम्रो यो आगो लगाउने रुप सौदर्य र जवानी भन्दा ठूलो उपहार के नै पो हुन सक्ला र ? रुपलेखाले त्यही फल वासनाको मदले मस्त भएका राजाको हातमा राखिदिदै भनिन महाराज यो फल खानुस ।
राजाको हातमा जसै फल आयो राजा अवाक बने ,उनको हातखुट्टा काम्न थाले ,किंचित क्रोधका साथ रुपलेखालाई सोधे तिमीले यो फल कहाबाट पायौ ? भयभित रुपलेखाले भनिन चन्द्रचूडले दिएको । राजाले चन्द्रचूडलाई तुरुन्त बोलाए म्यानबाट तरबार निकाल्दै सोधे चन्द्रचूड तिमीले यो फल कहाबाट ल्यायौ ? तिमी रुपलेखासंग गएका थिर्यौ ? क्रोधित राजासंग झुठो बोल्नु प्राण संकटमा पार्नु थियो चन्द्रचूडले सहजै स्विकार गर्यो । राजाका हातमा त्यही फल देखेर चन्द्रचूड अवाक भयो । राजाले फेरि सोधे तिमीलाई यो फल कसले दियो ? चन्द्रचूडसंग सत्य बोल्नुको बिकल्प थिएन उसले । राजा फल बोकेर अनङ्गसेनाको कक्षमा गए अचानक राजा आएको देखेर अनङ्गसेना आत्तिईन राजाले त्यही फ रानीका हातमा राखिदिदै भने हे प्राणप्रिये लौ यो फल खाउ जुन फल तिम्रो प्रेमी चन्द्रचूडले मलाई दिएको हो । राजा बाहिरिए रानी डरले आफ्नु शरिरमा आगो लगाएर मरिन । राजा दुःखी भए । भन्न थाले
यां चिन्तयामि सततं महिषा बिरक्ता ।
साप्यन्यमिच्छतिपतिं स च अन्यमिच्छेत ।।
अस्मत्कृते च परितुष्यति काचिदन्या ।
धिक तां च धिक तां च इमां च माम च ।।
जुनप्रेयसीलाई म प्राण भन्दा प्यारो मान्दछु उ मसंग खुसी छैनन ,उनी अर्कैसंग समर्पित छिन , उनी जसलाई चाहन्छिन उ पनि अकैलाई चाहन्छ , अनि मेरा लागि अर्कै स्त्री समर्पित छ ओ हो π प्रेमका नाममा जागृत आकर्षण कस्तो अचम्मको त्यसैले मैले प्रेम गरेकी रानीलाई धिक्कार छ र उनले प्रेम गरेको चन्द्रचूड सारथरुलाई पनि धिक्कार छ अनि मप्रति आकर्षित हुने रुपलेखालाई पनि धिक्कार छ अनि म आफैलाई पनि धिक्कर छ । राजा भर्तृहरिको जीवनको यो घटनाले उनलाई त्यागि बनायो , कबी बनायो ज्ञानी बनायो । भोगले जव मानिसलाई बैराग्यमा पुर्याउछ तव उ सन्त बन्दछ । अविचल भक्तिमा प्रवाहित बन्दछ । आत्मबोध गर्दछ जव आत्मबोध हुन्छ तव परमात्मामा प्रेम बढछ ,त्यही प्रेम अविचल हुन्छ स्वान्त सुखाय प्रेम गर्नु पर्दछ । प्रेमको परिभाषा गर्दै देवर्षी नारद भन्नु हुन्छ “अनिर्वचनीयं प्रेमस्वरुपम् ” अर्थात प्रेमको स्वरुप अव्यक्त , प्रेमको व्याख्या नै गर्न सकिन्न प्रेम प्रतिक्षण बढदो हुन्छ , प्रेम गुणरहित कामनारहित प्रत्येक क्षण बढिरहने , कहिल्यै नटुटने शूक्ष्म भन्दा शूक्ष्म अनुभव नै प्रेम हो ।प्रेम प्राप्त गरेर प्रेमीले प्रेम नै देख्छ प्रेम नै सुन्छ र प्रेम कै मात्र गुणगान गर्दछ । यस्तो प्रेम मानव मानवबीच हुदैन यस्तो प्रेम मानव मानवबीचको आकर्षण रुपी प्रेम टुटेपछि मात्र मनमा जागृत हुन्छ ।